logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

आज बिहान देशै भर नेटमा समस्या,यस्ता छन कारण….


  • राजनीति
  • मंगलबार, चैत्र ५ २०७५

पोखरा– इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन प्रालिको नारा छ– ‘छिटो भनेकै वर्ल्डलिंक’ । नारा अनुसार पनि वर्ल्डलिंकको सेवा छिटोछरितो हुनुपर्ने हो । तर, अवस्था उल्टो छ । कम्पनीले प्रवाह गर्ने सेवा गुणस्तरीय छैन । त्यति मात्र होइन, न यसको स्पिड राम्रो छ न त गुनासो सुनुवाई गर्ने संयन्त्र ।

सम्झौतामा उल्लेख गरेभन्दा इन्टरनेटको स्पिड कम हुने गरेको ग्राहकको गुनासो छ । तर, यसतर्फ वर्ल्डलिंकले चासो नदिएको उनीहरू बताउँछन् ।

फाइल डाउनलोड र अपलोड हुँदा तोकेबमोजिम स्पिड नहुने गरेको ग्राहकको गुनासो छ ।
इन्टरनेट स्लो चल्ने त बेलाबेला बिग्रने त छँदैछ, त्यसबारे गुनासो टिपाउन झन्झट भएको ग्राहक दुखेसो पोख्छन् । यसतर्फ कम्पनीले चासो नदेखाएको उनीहरूको आरोप छ ।

पोखरामा फेरी पाराग्लाइडिङ दुर्घटना”पाइलट सहित ७ बर्षे बालक घाइते”, यस्तो छ अवस्था

पाेखरा- पाेखरा फेरी प्याराग्लाईडिङ दुर्घटना भएर्को हप्ता दिन नपुग्दै अर्को पाराग्लाईडिङ दुर्घटना भएको छ ।
पोखरा महानगरपालिका १८ साराङकोटाबाट ओपन स्काई प्याराग्लाईडिङ कम्पनिको प्याराग्लाईडिङ खपौंदीमा ल्याण्ड गर्ने क्रममा ग्लाईडर बिजुलीको तारमा अड्कीएर दुर्घटना भएको प्रतक्ष्यदर्शीहरुले बताएका छन ।
दुर्घटनाका परी चिनिया नागरिक एवं पाइलट ५० वर्षका अलेस् व्क्रिएण् र चिनिया मुलुकको सिंगापुरका नागरीक अंन्दाजी ७ वर्षका यण्ग् गुअण्ग् जे घाईते भएको गण्डकी प्रदेश प्रहरीका सुचना अधिक्रित डिएसपी गोबिन्द पुरीले बताएका छन। दुबैजनालाई उपचारको लागि मणिपाल अस्पताल पठाईएको छ ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको बताइएकाे छ ।

प्रचण्ड बिरुद्द अंमेरीकामा उजुरी परे पछी यस्तो छ सरकारको प्रकाउ गर्ने निती

पोखरा- संयुक्त राज्य अमेरिका स्वास्थ्य उपचारको साथै कुटनीतिक भेटवार्ताको लागि पुगेका नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध अमेरिकामा उजुरी परेको छ। पत्नी सीता दाहालको उपचारका लागि अमेरिका पुगेका दाहाल विरुद्ध केन्टुकी स्टेट युनिभर्सिटीमा कार्यरत डा। तिलक श्रेष्ठले उजुरी दिएका हुन ।
उजुरी परेपछि प्रधानमन्त्री केपी ओली तनावित भएका छन्र कम्युनिष्ट सरकारमा हलचल नै मच्चिएको छ। उनले बाल्टीमोरस्थित संघीय ब्युरोमा युद्ध अपराध र आतंकवादी कार्यमा संलग्न भएको भन्दै उजुरी दर्ता गरेका हुन् ।

डा.श्रेष्ठको उजुरीमा भनिएको छ, ‘आतंकवादी भनेर चिनिएका पुष्पकमल दाहाल नेपालबाट आएक छन् । उनी अमेरिकाको आतकंककारी सूचीमा रहेका थिए । उनी संलग्न भएको गतिविधिका कारण १७ हजारभन्दा बढी गरिब नेपाली मारिएका थिए । पत्नी सीता दाहालको उपचारका लागि उनी अमेरिकाको जोन होप्किन्स अस्पतालमा छन् ।’

पश्चिमा मुलुकहरुले युद्ध अपराध वा आत‌ंकवादी क्रियाकलापमा संलग्न भएकाे आराेप लागेकाे अवस्थामा आफ्नाे देशमा प्रवेश निषेध गर्ने वा पक्राउ गर्न र त्यहाँकाे कानुन अनुसार कारबाहि गर्न सक्छन्।

यसअघि नेपाली सेनाका महा सेनानी कुमार लामालाई बेलायतमा यस्तै उजुरीका आधारमा पक्राउ गरिएकाे थियाे। महा सेनानी लामा राष्ट्रसंघीय मिसन अन्तर्गत सुडानमा कार्यरत थिए। आफ्ना परिवारका सदस्यलाई भेट गर्न बेलायत गएको अवस्थामा उनलाई सन् २०१३ मा पक्राउ गरिएकाे थियाे।

पछि सरकारकाे पहलमा बेलायतले उनलाई थुनामुक्त गरेकाे थियाे।

यस्तै द्वन्द्वकालमा मैना सुनारको हत्यामा संलग्न भएको आरोप लागेका सेनानी निरन्जन बस्नेत सन् २००९ मा संयुक्त राष्ट्रसंघीय मिसनबाट फर्काइएका थिए। द्वन्दग्रस्त अफ्रिकी मुलुक चाटमा शान्ति स्थापनाका लागि खटिएको टोलीमा परेका बस्नेत विरुद्ध बिभिन्न मानव अधिकारवादी संघसंस्थाहरुले १५ वर्षीया किशोरी सुनारको हत्यामा संलग्न भएको उल्लेख गर्दै बिरोध गरेपछि राष्ट्र संघको शान्ति स्थापना विभागले फिर्ता गरेको हो।

यस्तो छ प्रचण्डविरुद्ध परेकाे उजुरी पत्रः

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार