logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

राम्रोसँग कम्प्युटर र इन्टरनेट कसरी चलाउने ?अपनाउनुस यी आईडिया टिप्स


  • राजनीति
  • सोमबार, चैत्र २५ २०७५

आफैले आफ्नाे कम्प्युटरलाई स्लो बनाइराख्नुभएको छ कि ?
यो समस्या सबैले भोगेकै हो कि कम्प्युटर निकै ढिलो खुल्छ, ढिलो चल्छ, कुनै प्रोग्राम खुल्न निकै समय लाग्छ, आदि । हामी प्रायः सबैको कम्प्युटरमा कोरे२डुओ, इ३, इ५ प्रोसेसर र १, २ वा ४ जिबीसम्मको र्याम होला । त्यसमाथि हामी आफैले जानीजानी वा अञ्जानमा आफ्नाे कम्प्युटरलाई ढिलो बनाउने काम गरिरहेका हुन्छौं । यसको प्रमुख कारण हो, स्टार्टअप प्रोग्राम । हामीले आफ्नाे स्टार्टअप प्रोग्रामलाई एडिट वा व्यवस्थित गरेर कम्प्युटरलाई छिटो बनाउन सक्छौं ।

स्टार्टअप प्रोग्राम भनेको त्यो हो, जुन तपाईंको कम्प्युटर खुल्नेबित्तिकै आफै सुरु हुन थाल्छ, जुन कम्प्युटरको तस्क् बर् को शोर्त्कुत् इकोन् मा देखापर्छ । यसरी देखिएका इकोन् कम्प्युटर स्टार्ट हुनेबित्तिक्कै आफै खुलेका प्रोग्रामहरू हुन् । यसलाई यसरी पनि बुझ्न सकिन्छ कि तपाईंले कुनै प्रोग्रामलाई खोलेर मिनिमाइज गरेको जस्तै । यानि कि कम्प्युटरमा एउटै समयमा अञ्जानमै एकभन्दा धेरै प्रोग्राम चलिरहेका छन् । यसमा कुनैकुनै जरुरी पनि हुन्छ । तर, धेरैजसो तपाईंलाई आवश्यक छैन । जति धेरै स्टार्टअप प्रोग्राम हुन्छ, त्यति नै धेरै कम्प्युटर स्लो हुने गर्दछ ।

त्यसैले तपाईंले यी स्टार्टअप प्रोग्रामलाई हेरेर कुनकुन प्रोग्राम आफूलाई जरुरी छ, त्यसलाई मात्र स्तर्तुप् राखी अरूलाई दिसब्ले गरी आफ्नाे कम्प्युटरको गति छिटो बनाउन सक्नुहुन्छ ।

कम्प्युटरको स्तर्तुप् प्रोग्राम हेर्नका लागि
–स्तर्त् बटनमा क्लिक गरेर रुन् ओप्तिओन् (विन्+र्) मा क्लिक गर्नुहोस् ।
–खुलेको विन्दोव् द्फ् म्स्कोन्फिग् टाइप गर्नुहोस् ।
–ओक् बटनमा क्लिक गर्नुहोस् ।
–स्य्स्तेम् कोन्फिगुरतिओन् उतिलित्य् को विन्दोव् खुल्नेछ ।
–त्यहाँ स्तर्त् उप् टब् मा क्लिक गर्नुहोस् ।
–त्यहाँ आफ्नाे कम्प्युटरमा चलिराखेका प्रोग्रामहरूको लिस्ट र रजिस्ट्री की–हरू देखिनेछ ।
–यो लिस्टमा तपाईंले जुन प्रोग्रामलाई स्तर्तुप् बाट हटाउन चाहनुहुन्छ, त्यसलाई उन्चेक्क् गर्नुपर्ने हुन्छ ।
–ध्यान दिनुपर्ने कुरा तपाईंले यी प्रोग्रामहरूलाई उन्चेक्क् गर्दा अन्तिविरुस् र अरु जरुरी प्रोग्रामहरूलाई उन्चेक्क् नगर्नुहोला । केवल यस्ता प्रोग्रामहरू मात्र हटाउनुहोस्, जसका बारेमा तपाईंलाई थाहा छ । जस्तै : विनम्प् अगेन्त्, गूग्ले टल्क्, अदोबे रेअदेर् लौन्चे वा अरु तपाईंले इन्स्तल्ल् गर्नुभएका इन्स्तल्ल् हरू ।

इन्टरनेट चलाउँदा ध्यान दिनुपर्ने कुरा
–हिजोआज इन्टरनेट सर्फिङ गर्न सबैलाई मन पर्छ । यो अहिलेको समयमा अपरिहार्यजस्तै बनिसकेको कुरा नकार्न सकिदैन । एक दिन नेटमा बसिएन भने पूरा संसारस“ग सम्बन्ध छुटेको भान हुन थाल्छ ।

–यसरी हेर्दा इन्टरनेट धेरैका लागि आवश्यकता नै बनिसकेको छ । तर, धेरैजसो मान्छेहरूको यो भनाइ छ कि उनीहरूलाई नेट सेर्फिङको दौरान कुनै न कुनै अवाञ्छित समस्याहरूको सामना गर्नुपरेको छ ।

–यसका साथै च्याटिङको बेला चिटिङ गर्ने खालको अनावश्यक म्यासेज पनि आउन थाल्छ । आप्म्नो मेल बक्स पनि यस्तै अनावश्यक मेलले भरिएको पाइन्छ । कुनैकुनै मेलले मन लोभ्याउने गरी जरुरी अफरका साथ भाइरस पनि साथै एट्याच गरेर पठाएका हुन्छन् ।

–नेटमा सुरक्षित सर्फिङ गर्नका लागि केके कुरामा सावधानी अपनाउन जरुरी छ त ?

–त्यसो त नेटमा सर्फिङ गर्नु त्यति गाह्रो छैन । सानासाना कुराहरूमा थोरै पनि सतर्क रहेमा यो काम सहज हुन पुग्दछ ।

इमेल हुन सक्ने खतरा :
यदि नेट सर्फिङको दौरान तपाईंलाई कसैले यस्तै बेकारको चिज मेल गरेको भेट्टाउनुभयो भने उक्त मेल खोल्नु र जबाफ दिनुको साटो त्यस्ता मेल वा अप्प्लिकतिओन् हरूलाई तपाईं ब्लोक्क् गर्न सक्नुहुन्छ । यो कुरामा निकै ध्यान दिन जरुरी छ कि अञ्जान इमेलको साथ अत्तच्मेन्त् का रूपमा नै सबैभन्दा धेरै भाइरस आउने खतरा रहन्छ । त्यसैले, उक्त मेलको एट्याचमेन्टलाई विनाजाँच कहिल्यै पनि डाउनलोड नगर्नुहोस् ।

कुनैकुनै इमेल तपाईंलाई यति रकम चिठ्ठा पर्यो, यो यो पुरस्कार पर्यो भन्ने लाेभ देखाएर फसाउने खालका पनि आउँछन् र यसमा तपाईंको नाम ठेगानाका साथै अरु व्यक्तिगत जानकारी मागिएका हुन्छन् ।

यस्ता इमेलहरूमा लोभिएर कहिल्यै पनि रिप्लाई दिने नगर्नुहोस् । यसमा मात्र तपाईंहरूलाई ठग्नेबाहेक अरु केही हुँदैन । याद राख्नुहोस्, नकिनेको चिठ्ठा कहिल्यै पर्दैन । इमेल आक्रमणबाट सुरक्षित हुने सजिलो उपाय आफूले नचिनेका इमेलहरूलाई नखोलीकनै डिलिट गर्नु नै हो ।

के के सावधानी अपनाउने ?
नेट सर्फिङ वा च्याटको दौरान अञ्जान मित्रहरूलाई आफ्नाे नाम, ठेगाना, फोननम्बर अनि बैङ्क अकाउन्ट नम्बरसम्बन्धी सही सूचना कहिल्यै पनि नदिनुहोस् । नेटमा बनाएका साथीहरूस“ग सकेसम्म एक्लै भेट नगर्नुहोस् । धेरैजस्तो साइट आजकाल पुरस्कार, सर्वेक्षण वा रजिस्ट्रेसनको बहाना बनाएर तपाईंको निजी सूचना, इमेल एड्रेस र पासवर्ड माग्ने गर्छन् । यसमा सतर्क हुनु जरुरी छ ।

यस्ता धेरैजसो साइटहरू आफै पनि कुनै न कुनै प्रोडक्टहरू बेच्ने कोशिस गर्छन् र इमेल डाटा सङ्कलन गरेर विज्ञापनदाता कम्पनीहरूलाई बेच्ने गर्छन् । अनलाइन शपिङको कारोबारसँग सम्बन्धित साइटहरू पनि यस्तो गर्ने गर्दछन् । त्यसैले, यिनीहरूसँग सावधान रहनुमा नै भलाइ छ ।

डाउनलोड गर्दा सतर्क रहनुहोस्
इन्टरनेटस“ग सम्बन्धित कुनै पनि यस्ता एप्लिकेशन जब तपाईं डाउनलोड गर्दै हुनुहुन्छ, जसमा डकुमेन्ट, तस्वीर, अडियो वा भिडियो आदि सेयर गर्न एक्सेस हुने गर्दछ । यस्ता एप्लिकेशनहरू डाउनलोड गर्नुभन्दा पहिला आफ्नाे जेन्युन एन्टिभाइरसद्वारा स्क्यान गर्नु जरुरी छ । साथै, जुन पायो त्यो सप्टवेयरहरू आफ्नाे कम्प्युटरमा डाउनलोड र इन्स्टल गर्ने पनि नगर्नुहोस् । त्यस्ता एप्लिकेशनहरू जसमा कुनै सिक्युरिटी सर्टिफिकेट छैन, त्यसले तपाईंको कम्प्युटरलाई हानी गर्नेबाहेक अरु काम गर्दैन ।

अरू केही महत्वपूर्ण कुराहरू
अाफ्नाे इन्टरनेट ब्राउजरमा पोपुप् ब्लोक्क् ओप्तिओन् अक्तिवे गरेर नचाहिने विज्ञापनहरू र सूचनाहरूमा नियन्त्रण पाउनुहोस् ।
कुनै राम्रो अन्तिविरुस् को प्रयोग गर्नुहोस् र त्यसलाई नियमित उप्दते गर्दै गर्नुहोस् ।
अाफ्नाे कम्प्युटरको महत्वपूर्ण डाटाहरूको ब्याकअप राख्ने बानी गर्नुहोस् (डाटाहरूलाई छुट्टै डिस्क वा सिडीमा सवे गर्दै गर्नुहोस्) ।
जब इन्टरनेटसम्बन्धी काम सकियो, तब इन्टरनेट कोन्नेक्तिओन् लाई दिस्कोन्नेक्त् गर्न नभुल्नुहोस् ।
कुनै साइबर क्याफेमा नेट चलाइसकेर फकिंदै हुनुहुन्छ भने ब्राउजर हिस्तोर्य् क्लेअर् र टेम्परेरी इन्टरनेट फाइलहरूलाई डिलिट गर्न नभुल्नुहोस् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार