राजनीति
काठमाडौं – राष्ट्रिय सूचना प्रविधि केन्द्रको सिस्टममा समस्या आएको छ।सिस्टममा प्राविधिक समस्या आएपछि नेपालका सम्पूर्ण सरकारी वेवसाइट करिब आधा घन्टादेखि बन्द भएका छन्।
सरकारी सर्भर बन्द भएपछि देशरभरका सरकारी कार्यालयको काम प्रभावित भएको छ। यदपी केही समय पहिला पनि नेपालको धेरै सरकारी वेवसाइडमा ह्याकरले ह्याक गरि दिएको थियो।
सर्भरमा सामान्य समस्या आएपछि मर्मतको कार्य जारी रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रका सूचना अधिकारी रमेशप्रसाद पोखरेलले जानकारी दिए। वेवसाइट पुन: संचालनमा आउन अझैं आधा घन्टा लाग्ने सूचना अधिकारी पोखरेलले जनाए।
मुख्यमन्त्री अरविंन्द केजरीवाललाई झापड
एक युवाले सडकमै भोट माग्दै गरेका दिल्लीका मुख्यमन्त्री अरविंन्द केजरीवाललाई झापड हानेका छन्।
सुरेश नाम गरेका युवाले नयाँ दिल्लीको लोकसभा क्षेत्रमा रोड शो गर्ने क्रममा उनलाई झापड हिर्काएका थिए।
उक्त घटना दिल्ली लोकसभा सीटको करमपुरा क्षेत्रमा चुनाव प्रचारप्रसार गर्ने क्रममा भएको थियो। अचानक रातो टि- सट लगाएका सुरेश रोड शोका क्रममा गाडीमा चढ्दै केजरीवाललाई थप्पड हानेका थिए।
झापड हिर्काएपछि उनी भखोजेका थिए । भाग्नेक्रममा समर्थकले सुरेशलाई समातेर प्रहरीलाई बुझाएका थिए। प्रहरीले उनलाई पक्राउ गर्दै स्थानीय मोती नगर पुलिस स्टेशनमा लगेका छन्।
उनीसँग घटनाका बारेमा सोधपुछ भइरहेको दिल्ली प्रहरीले जनाएको छ। यसअघि पनि २०१४ मा रोड शोका क्रममा केजरीवाललाई एक अटो ड्राइभरले थप्पड हिर्काएका थिए।
भिडियो