फेसबुक, ह्वाट्सएप, इस्टाग्राम एप हरु अब आउने हुवावेका नयाँ स्मार्टफोनमा नचल्ने भएको छ ।
फेसबुकले आफ्ना एप अब बन्ने हुवावेका नयाँ फोनमा ‘प्रि-इन्स्टल’ व्यवस्था हटाउने भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोएटर्सले बताएको छ ।
यो नियम कम्पनीका भगिनीसंस्थाका रूपमा परिचित ह्वाट्सएप र इन्स्टाग्रामका एपमा पनि लागू हुनेछ।
विदेशी दूरसञ्चार प्रदायकहरूसँग गत मे महिनामा अमेरिकाले आफ्ना देशका कम्पनीहरूलाई सुरक्षा जोखिम रहन सक्ने बताउँदै सहकार्य नगर्न निर्देशन दिएको थियो।
यसअघि हुवावेले अब बनाउने फोनमा गुगलका प्लेस्टोर, जिमेल, गुगल म्याप र युट्युब एपहरू राख्न नपाउने भएको थियो।
अमेरिका र चीनबीच जारी व्यापार युद्ध र पछिल्लो समय राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कम्पनीहरूले कारोबार गर्न नपाउने विदेशी कम्पनीको सूचीमा हुवावेलाई राखेको थियो।
हाल हुवावे मोबाइलका प्रयोगकर्तामा कुनै पनि द्वविधा नराख्न हुवावेले आग्रह गरिसकेको छ। कम्पनीले बारम्बर हालका प्रयोगकर्तालाई अहिलेको प्रतिबन्धले असर नगर्ने कम्पनीले प्रष्ट पारेको छ।
हालका मोबाइल प्रयोगकर्ताका लागि आगामी दिनमा आवश्यक अपडेट जारी रहने उसले प्रष्ट पारेको छ।