logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

तात्दै पृथ्वी जाेखिम बढ्दै यस्ताे छ काठमाडौं काे अबस्था


  • राजनीति
  • शनिबार, साउन १८ २०७६

जलवायु परिवर्तनका कारण विश्वको तामक्रम बढ्दै गएको छ। सन् २०१९ को जुलाई अहिलेसम्मकै तातो महिना साबित भएको छ। वैज्ञानिकहरूले विश्वको तापमान औसत १.५ डिग्री सेल्सियसभन्दा बढ्न नदिन चेतावनी दिएका छन्। तीव्र औद्योगिकीकरणका कारण सन् १८५० देखि १९०० को अवधि अत्यधिक तातेको थियो।त्यसयता १ डिग्री सेल्सियस तापक्रम बढिसकेको छ।

यसलाई वैज्ञानिकले अत्यन्त जोखिमपूर्ण मानेका छन्।

काठमाडौंको दस वर्षको औसत तापक्रम जुलाईमा २२.५ डिग्री सेल्सियस छ। जनवरीमा ८ डिग्री सेल्सियस। यहाँको तापक्रम तीव्र गतिमा बढ्दो छ। त्यसलाई रोक्न पर्याप्त मेहनत पुगेमा पनि सन् २१०० मा जनवरीमा ९.५ र जुलाईमा २३.४ डिग्री पुग्ने प्रक्षेपण गरिएको छ।

त्यसका लागि ग्रिनहाउस ग्यास उत्सर्जन बढाउनुपर्ने हुन्छ। निम्न–मध्यम स्तरीय मेहनत भएमा जनवरीमा ४.१ र जुलाईमा २.८ सेल्सियस तापक्रम थपिनेछ। उच्च–मध्यम सफलता भएमा जनवरीमा ४.६ र जुलाईमा ३.५ तथा खराब अवस्थामा जनवरीमा ७.६ र जुलाईमा ५.२ डिग्री सेल्सियस तापक्रम बढ्ने छ। त्यस अवधिमा विश्वको तापमान वृद्धि औसत ३ देखि ५ डिग्री हुनेछ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार प्रकाशित छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार