राजनीति
पोखरा- एउटा आकशीय पिण्ड जुन सय तलाको भवनभन्दा ठूलो छ। पृथ्वीमा झर्ने खतरा हालका लागि टरेको छ । यो पीण्ड आइफल टावरभन्दा ठूलो थियो १० हजार ४ सय माइल प्रति घण्टाको दरले अन्तरिक्षमा घुमिरहेको उक्त आकशीय पिण्ड शनिबार पृथ्वी नजिकैबाट गएको हो।
उक्त पिण्ड पृथ्वीदेखि ४।६ मिलियन माइलको दूरीमा हुँदै आफ्नो कक्षमा गएको थियो। यो ४।६ मिलियन माइल दूरी अन्तरिक्षमा धेरै नजिकको हो।भिडियो फुटेजमा १।८६० किलोमिटर व्यास भएको उक्त आकशीय पीण्ड पृथ्वीको नजिक हुँदै गएको थियो। यो आकशीय पिण्डको नाम २००६ क्क्२३ रहेको छ। सन् २००६ को अगस्टमा यो पिण्डको पहिचान भएको थियो।
यो घटनापछि विश्वका वैज्ञानिकहरुले पृथ्वी धेरै ठूलो दुर्घटनाबाट जोगिएको बताएका छन् ।उनीहरुले यदि उक्त आकशीय पिण्ड पृथ्वीमा ठोक्किएको भए त्यसको प्रभाव कुनै आणविक बमभन्दा ५ सय गुणा बढीले हुने द सन्डे एक्सप्रेसले उल्लेख गरेको छ । अमेरिकी अन्तरिक्ष संस्था नासाका अनुसार उक्त पिण्ड पृथ्वमा खस्दा एउटा सहरलाई पुरै ध्वस्त पारिदिन्थ्यो। यसको असरले कम्तीमा १३ लाख मानिसहरुको ज्यान समेत जान सक्ने नासाले उल्लेख गरेको छ।
नासका निर्देशक समेत रहेका जिम ब्रिडेन्साटाइनले यस्ता आकशीय पिण्ड पृथ्वीमा खस्न सक्ने खतराहरुको बारेमा यसअघि नै आफूहरुले सचेत गराएको बताएका छन् आकशीय पिण्डहरु पृथ्वीमा ठोक्किँदा प्रलय गएको इतिहास छ ६ करोड ६० लाख वर्ष अघि आकशीय पिण्ड खसेकै कारण पृथ्वीमा महाप्रलय गएको थियो।
https://www.youtube.com/watch?v=hDw_8mmBlBE