logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

‘भि१७प्रो’ ३२ मेगापिक्सेल ड्यूल पप–अप सेल्फी क्यामरा,, अन्य के–के छन् विशेषता?


  • राजनीति
  • शुक्रबार, कार्तिक १ २०७६

पोखरा- विश्वव्यापी इनोभेटिभ स्मार्टफोन ब्राण्ड भिभोले भि सिरिजको फ्ल्यागशिप डिभाइस भि १७प्रो लञ्च गरेको छ। बिहीबार आयोजित एक कार्यक्रममा सो फोन लञ्च गरेको हो।

यो डिभाइसमा क्वाड रियर क्यामरा सेटअपका साथमा विश्वको पहिलो ३२ मेगापिक्सेल ड्यूल पप–अप सेल्फी क्यामरा राखिएको छ।
नाइट फोटोग्राफीका यो फोन अन्त्यन्तै उपयोगी हुने कम्पनीले बताएको छ।

कम्पनीका अनुसार यो फोन ग्राहकले क्रिस्टल ब्ल्याक, क्रिस्टल ह्वाइट मा किन्न पाउँने छन्।

मूख्य विशेषताहरुः

३२ मेगापिक्सेल ड्यूल पप अप सेल्फी क्यामरा

४८ मेगापिक्सेल एआई क्वाड मुख्य क्यामरा

एआई सुपर वाइड एंगल क्यामरा

डिस्प्लेः २०ः९ अल्ट्रा फूलभ्यू डिस्प्ले

प्रोसेसरः क्वालकमको स्न्यापड्रागन ६७५ एआईई

ब्याट्रीः ४ हजार १ सय एमएएच

ड्यूल इन्जिन फास्ट चार्जिंङ्ग

स्टोरेजः १२८ जीबी र ८ जीबी

कहाँ किन्ने?

भी १७प्रो स्मार्टफोन अक्टोबर असोज ३० देखि नेपालका अफलाइन च्यानलहरुमा उपलब्ध हुनेछ।
यसको नेपाली बजार मूल्य ५२ हजार ४ सय ९० तोकिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार