पोखरा- युवा वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनले काठमाडौंमा ‘राष्ट्रिय आविष्कार केन्द्र’ स्थापना गरेका छन । शुक्रबार कीर्तिपुरमा राष्ट्रिय आविष्कार केन्द्रको उनले उद्घाटन गरेका हुन्।
जनस्तर र विदेशबाट हाल केन्द्रमा ८ करोड रकम सहयोग भएको भन्दै सहयोगीहरु प्रति आभार प्रकट गरेका छन। उद्घाटनपश्चात् बोल्दै पुनले भने समृद्ध नेपालको सपना देखेर मात्र नहुने भन्दै युवा उद्यमीलाई प्रोत्साहीत गर्नुपर्ने पुनले जोड दिए।
”आविस्कार केन्द्रसँग सहकार्य गर्न शैक्षिक योग्यताभन्दा पनि नयाँ सोचको आवश्यकता रहेको छ’ पुनले थपे। युवालाई आविस्कार केन्द्रमा नै आएर काम गर्नु नपर्ने पनि पुनले बताए। अहिले केन्द्रले चितवन, पोखरा, विराटनगरलगायत देशका विभिन्न ठाउँमा काम गरिरहेको पनि पुनले जानकारी दिए। केन्द्रमा अहिले२० वटा प्रोजेक्ट संचालनमा आएको भन्दै पुनले चितवनमा कुखुराको दाना र माछापालन, पोखरा र विराटनगरमा पर्यटन, कृषिका क्षेत्रमा अनुसन्धान र काम भइरहेको बताए।