logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

वल्र्ड लिंकको सेवा प्रवाह अत्यन्तै फितलो,पोखराका दैनिक जसो सर्भर डाउन


  • राजनिती न्युज डेस्क
  • बिहिबार, पुष २४ २०७६

कमल पौडेल अथक,पोखरा –  पोखराका अधिकांश इन्टरनेट प्रदायक संस्थाको सेवा सुविधा फितलो छ । जसको कारण नेट प्रदायक संस्थाले लुट मच्चाएको प्रयोगकर्ताले बताउँदै आएका छन् ।
पोखराका चोक चोकमा एउटा छाता राखेर लिंक भनेको नै वल्र्ड लिंक भन्दै हल्ला खल्ला गर्दै आएको इन्टरनेट प्रदायक संस्था वल्र्ड लिंकको सेवा प्रवाह अत्यन्तै फितलो भएको सेवाग्राहीले गुनासो गरेका छन् ।
कार्यालय समय सुरु हुने वित्तिकै यो सेवा लिएका कार्यालयहरुमा दिनहुँजसो सर्भर डाउन हुने गरेपछि यसको सेवा सुविधा फितलो देखिएको उनीहरुले गुनासो गरेका हुन् ।
इन्टरनेट सेवा फितलो हुँदा कार्यालयमा सेवा लिन पुग्ने सेवाग्राही प्रत्यक्ष मर्कामा पर्दै आएका छन् । हिजो आज अधिकांश कार्यालयका कर्मचारी कार्यालय समयमा वाहिर घाम तापेर वसेका भेटिन्छन् । घाम नलागे कर्मचारीहरु कार्यालयमा भएका थोत्रा कागज, गत्ता र ढड्डा पोलेर आगो तापेका भेटिन्छन् ।
उनीहरुलाई किन सेवाग्राहीलाई रोकेर आगो वा घाम तापेको भन्ने वित्तिकै उनीहरुको जबाफ हुन्छ सर्भर नचलेर । केही कर्मचारी त सर्भर नचलेर वाहिर वस्लान् तर अधिकांशलाई यही सर्भरको वहाना हुने गरेको छ ।
गण्डकी प्रदेश मुख्यमन्त्रीको कार्यालय, मालपोत कार्यालय, यातायात व्यवस्था कार्यालय, आन्तरिक राजश्व कार्यालय पोखरा, पोखरा महानगरपालिका लगायतका सयौं सरकारी कार्यालयमा इन्टरनेट सेवा दिने सम्झौता वल्र्ड लिंकले गरेको भएपनि सम्झौता अनुसारको सेवा सुविधा नहुँदा सेवाग्राहीले दुःख पाएको ती कार्यालयका कर्मचारीहरुले गुनासो गरेका छन् ।
संस्थाले कार्यालयहरु सँग सम्झौता बढीमा गरेर सेवा सुविधामा ठगी गरेको समेत कार्यालयका कर्मचारीहरुले गुनासो गरे ।
कार्यालयमा सर्भरको समस्या आएपछि नेटको समस्या भन्ने कुरा सेवाग्राहीले वुझ्दैनन् । उनीहरुलाइृ दिन दिनै कति समस्या छ भनिरहने तर वल्र्ड लिंकले यसवारे समयमा चासो राखेको पाइएन ।
धेरै पटक फोन गरेपछि मात्र वल्र्ड लिंकका सेवा विक्रेता गुनासो गरिएको ठाउँमा उपस्थित हुने गरेको आन्तरिक राजश्व कार्यालय पोखराका लेखा अधिकृत विष्णुहरि गौतमले वताए । सो कार्यालय सँग मासिक १८ हजारमा सम्झौता गरेको वल्र्ड लिंकले सेवा सुविधा भने ५० प्रतिशत पनि नपुर्याएको उनले वताए । हामीले त नेट चलेन भनौंला सेवाग्राहीलाई यो समस्या देखाएर त हुँदैन उनको भनाई छ ।
यता वल्र्ड लिंकका सेवा विक्रेता लक्ष्मण ढकालले इन्टरनेटमा बेला बेलामा टेक्निकल समस्या आउने वताए । उनले एकै पटक सवै राउटर र डिभाइस अन हुँदा सिस्टम ह्याङ् हुने दावी गरे । उनले वल्र्ड लिंकको इन्टरनेट सेवा प्रति एमपीएस मासिक १५ हजार माथि रहेको बताए ।
उनले भने हामीले ठगी गर्ने भन्ने कुरा हुँदैन, तर इन्टरनेटमा समस्या आउँदा ठगी गरे जस्तो देखिनु स्वभाविक भएको वताए । वल्र्ड लिंकले संघ संस्था तथा कार्यालयहरुमा डेडिकेटेड लाइन विस्तार गरेको छ भने घर घरमा प्रर्सोनल लाइन वितरण गरेको छ । त्यस्तै देशमा सञ्चालित अधिकांश बैंक तथा वित्तिय संस्थाहरुमा पनि वल्र्ड लिंकको डाटा कनेक्टिभिटी सिस्टम रहेको सेवा विक्रेता ढकालले वताए ।।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार