logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

‘प्रभु पे क्यान इन्फोटेक–२०२० इन एसोसिएसन विथ वल्र्डलिंक’ आइसिटी म्युजियम स्थापना गरिने


  • आश तमु
  • बिहिबार, फाल्गुन ८ २०७६

पोखरा –  ‘प्रभु पे क्यान इन्फोटेक–२०२० इन एसोसिएसन विथ वल्र्डलिंक’ मा सूचना प्रविधि संग्रहालय (आइसिटी म्युजियम) स्थापना गरिने भएको छ ।

कार्यक्रम संयोजक पुरुषोत्तम कुँवरले  सूचना तथा प्रविधिका क्षेत्रमा भएका पुराना प्रविधिलाई आम दर्शकमाझ प्रस्तुत गर्ने लक्ष्यसहित संग्रहालय स्थापना गर्न लागिएको जानकारी दिएका छन  ।

पोखरामा फागुन ११ देखि १५ सम्म हुने क्यान कास्कीद्वारा आयोजित ११औं संस्करणको क्यान इन्फोटेकको तयारीलाई तिब्र बनाइएको छ । यस पटक क्यान कास्कीले प्रदेशस्तरको सूचना प्रविधि मेला आयोजना गरेको हो । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने इन्फोटेकले सूचना तथा प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने आयोजकको विश्वास रहेको सचिव सेवक क्षितिजले बताए । मेलामा आइसिटीसंग सम्बन्धित करिव १ सय वटा स्टल रहनेछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार