logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

वायुसेवा कम्पनी भाडा घटाउन तयार कति घट्ला त भाडा ?


  • पत्रपत्रिका
  • आइतबार, चैत्र ९ २०७६

आन्तरिक हवाई सेवामा अकस्मात् भाडा बढाएको भन्दै विरोध भएपछि वायु सेवा सञ्चालक तथा कम्पनीहरू भाडा पुनर्विचार गर्न तयार भएका छन् । हवाई यात्रु घटेसँगै भाडा घटाएका विमान कम्पनीले अहिले यात्रुको चाप बढेपछि पुरानै भाडा लिन शुरू गरेका थिए ।

हवाई भाडाको विषयमा गुनासाहरू आएपछि संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले शनिवार वायु सेवा सञ्चालकहरूसँग छलफल गरेका थिए । छलफलमा सञ्चालकहरू भाडादर घटाउन सहमत भएका हुन् ।

कोरोनाका कारण विदेशी पर्यटक नआएपछि वायुसेवा कम्पनीहरूले केही दिन अगाडिसम्म हवाई भाडा सस्तो बनाएका थिए । तर, हालै सरकारले कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न लामो दूरीका सार्वजनिक यातायातमा रोक लगाउनुका साथै अत्यावश्यक सेवाप्रदायकबाहेक अन्य कार्यालय बन्द गर्ने निर्णय गरेपछि वायुसेवा कम्पनीहरूले हवाई भाडा हुन् । यसरी भाडा बढाएपछि सामाजिक सञ्जाललगायत माध्यमबाट त्यसको विरोध भइरहेको थियो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा मिलन विश्वकर्माले लेखेका छन्

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार