राजनीति
विज्ञान प्रबिधिकाे अधुतपुर्व बिकासले विश्व एकै जस्तो बन्न पुगेकाे छ । यसले सुचना तथा सञ्चारकाे क्षेत्रमा पनि आमूल परिवर्तन ल्याइदिएको छ । सामाजिक सञ्जाल आमसञ्चारकाे माध्यम बन्न पुगेको छ । बिश्वभरका घटना परिघटनालाइ मानिसहरुले सेकेन्ड काे फरकमा बिश्वलाई नियालिरहेका छन् । यिनै मध्य बिश्वभर रहेका केही वेबसाइडहरु निकै लिकप्रिय बनेका छन् । कसैलाई ‘विश्वको सबैभन्दा लोकप्रिय वेबसाइट कुन हो ?’ भनेर सोध्नु भयो भने ‘गुगल’ भन्ने उत्तर आउँछ । तर, सन् २०२१ का लोकप्रिय वा सबैभन्दा धेरै प्रयोग भएका वेबसाइटको शीर्षस्थानमा गुगलको नाम नभएर टिकटककाे छ।
क्लाउडफ्लेयर नामक कम्पनीका अनुसार यसअघि शीर्षस्थानमा रहँदै आएको गुगलको स्थान टिकटकले लिएको छ । भारतसहित केही मुलुकमा टिकटकमाथि प्रतिबन्ध लगाइएको छ। तर, बाइट डान्सको स्वामित्वमा रहेको टिकटकले विश्वभर मासिक एक अर्ब मानिसले आफ्नो एप प्रयोग गर्ने दाबी गरेको छ ।
योसँगै गुगल लोकप्रिय वेबसाइटको सूचीको दोस्रो स्थानमा झरेको छ । त्यस्तै, हालै नाम परिवर्तन गरेर मेटा राखेको फेसबुक सूचीको तेस्रो स्थानमा छ । माइक्रोसफ्ट चौथो, एप्पल पाँचौं र अमेजन छैटौं स्थानमा छन् । सातौं स्थानमा नेटफ्लिक्स, आठौं स्थानमा युट्युब, नवौं स्थानमा ट्विटर र दशौं स्थानमा ह्वाट्सएप छन् ।