logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

चन्द्रमामा पुगेर भारतले रच्यो इतिहास


  • राजनीति
  • बुधबार, भाद्र ६ २०८०

भारतले पठाएको चन्द्रयान-३ को रोभर चन्द्रमाको दक्षिणी ध्रुवमा सफल अवतरण भएको छ । यो सँगै भारत चन्द्रमामा पुग्ने चौथो देश बनेको छ ।

नेपाली समयअनुसार साँझ ६ बजेर १८ मिनेटमा चन्द्रयानबाट ल्यान्डर चन्द्रमाको सतहमा पुगेको इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) ले जनाएको छ।

इसरोले ल्यान्डर अवतरणको भिडिओ लाइभ गरेको थियो। भारतले जुलाई १४ मा चन्द्रयान-३ प्रक्षेपण भएको थियो।

चन्द्रयान-३ मा अर्बिटर, ल्यान्डर र रोभर गरी तीन महत्वपूर्ण भाग छन्। ल्यान्डरको नाम विक्रम राखिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार