logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

बिन लादेनका छोरा खोज्दै अमेरिका


  • बिबिसी बाट
  • शुक्रबार, फाल्गुन १७ २०७५

अमेरिकाले सन् २००१ को अमेरिकाको ट्विन टावर हमला सहित थुप्रै आतंकवादी गतिविधिको नेतृत्व गरेका अल कायदाका पूर्वप्रमुख ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेनबारे सूचना दिनेलाई १० लाख अमेरिकी डलरसम्म पुरस्कार दिने बताएको छ।

हम्जा अल कायदाका नेताका रुपमा उदाइरहेको बताइएको छ।

उनी कहाँ छन् भन्ने चाहिँ प्रस्ट थाहा छैन।
किन खतरनाक?
हम्जा बिन लादेन ३० वर्षका रहेको बताइन्छ।

पछिल्लो समय उनले सार्वजनिक गरिरहेका श्रव्य दृश्य सामग्रीमा अमेरिका र उसका पश्चिमा साझेदारसँग सन् २०११ मा मारिएका आफ्ना बुवाको हत्याको बदला लिनुपर्ने बताउँदै आएका थिए।

अमेरिकाले उनलाई दुई वर्षअघि औपचारिक रुपमा विश्वका लागि खतरनाक आतंकवादीको सूचीमा राखेको थियो।अमेरिकी विदेश मन्त्रालयले भनेको छ, उनका बुवा ओसामा बिन लादेनलाई मारिँदा पाकिस्तानको अब्बोटावादमा संकलन गरिएका पत्रमा हम्जालाई उनको उत्तराधिकारीका रूपमा अगाडि बढाइरहेको संकेतहरू देखिन्थ्यो।

ती पत्रहरूले उनी नै बिन लादेनका सबैभन्दा प्रिय छोरा रहेको समेत देखिन्थ्यो।

कहाँ होलान्?
उनी कहाँ छन् भन्नेबारे फरक-फरक अनुमान पाइन्छन्।

कसैले उनी आफ्नी आमासँग थुप्रै वर्ष इरानमा बसे र त्यहीँ नै उनको विवाह समेत भयो भन्ठान्छन्।

अर्काथरीको अनुमान भने उनी पाकिस्तान, अफ्गानिस्तान वा सिरियामा कतै लुकेर बसेका छन् भन्ने छ।

उनको विवाह अमेरिकाको ट्विन टावरमा ठोक्याइएका विमानमध्ये एउटाको अपहरण गर्ने मोहम्मद आटाकी छोरीसँग भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार