logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

योगी आदित्यनाथमाथि ‘आपत्तिजनक’ ट्वीट, पत्रकार पक्राउ


  • एजेन्सी
  • आइतबार, जेष्ठ २६ २०७६

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनागमाथि सोसल मिडियामा ‘आपत्तिजनक टिप्पणी’ गरेको मामलामा उत्तर प्रदेश पुलिसले एक पत्रकारलाई पक्राउ गरेको छ ।

पक्राउ गरिएका प्रशान्त कनौजियालाई उनको दिल्लीस्थित घरबाट पक्राउ गरेर लखनउ पुर्‍याइयो ।

प्रशान्तकी श्रीमती जगिशा अरोडाले बीबीसीलाई भनिन्, ‘उनले ट्वीटरमा एउटा भिडियो अपलोड गरेका थिए जसमा एक महिलाले आफूलाई योगी आदित्यनागकी प्रेमिका बताइरहेकी थिइन् ।’

यो भिडियोसहित उनले योगीबारे एउटा टिप्पणी गरेका थिए ।

लखनउको हजरतगञ्ज थानामा एफआइआर दर्ता भएपछि प्रशान्तलाई मानहानी गरेको भन्दै पक्राउ गरिएको हो ।

समाजवादी पार्टीले प्रशान्तलाई पक्राउको आलोचना गरेको छ । पार्टीको आधिकारिक ट्वीटर ह्यान्डलबाट लेखियो, ‘कानून व्यवस्था मामलामा फेल सरकारले पत्रकारमाथि आफ्नो कुण्ठा पोखिरहेको छ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार