पाकिस्तानले भारतमाथि नियन्त्रण रेखामाथि गोलीबारी गरेको आरोप लगाएको छ जसमा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते छन् । पाकिस्तानी सेना प्रवक्ता मेजर जनरल आसिफ गफूर विदेशमन्त्री शाह महमूद कुरैशीले यसबारे ट्वीट गरेका छन् ।
शाह महमूद कुरैशीले भारतीय सुरक्षाबलले क्लस्टर बमको प्रयोग गरेको र उसले जेनेभा सन्धि र अन्तरराष्ट्रिय कानूनको उल्लंघन गरेको भन्दै ट्वीट गरेका छन् ।
उनले लेखेका छन्, ‘नियन्त्रण रेखामा सर्वसाधारणलाई निशाना बनाएर भारतीय सेनाद्वारा गरिएको क्लस्टर बमको प्रयोगको म निन्दा गर्छु । यो जेनेभा सन्धि र अन्तरराष्ट्रिय कानूनको उल्लंघन हो ।’
त्यसपछि कुरैशीले अर्को ट्वीट गरे र त्यसमा भारतलाई क्षेत्रीय शान्ती बिगार्ने बताइएको छ । उनले लेखेका छन्, ‘युद्धोन्माद फैलाउने भारतले क्षेत्रीय शान्तीलाई मात्र अस्थिर बनाइरहेको छैन नियन्त्रण रेखामा मानवअधिकारको पनि उल्लंघन गरिरहेको छ । ’
विदेशमन्त्री कुरैशीले आफ्नो ट्वीटमार्फत् संसारका अन्य देशसँग नियन्त्रण रेखा र भारत प्रशासित कश्मीरको अहिलेको स्थितीबारे जानकारी लिन माग गरेका छन् ।
यस्तै, पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले पनि भारतमाथि अन्तरराष्ट्रिय सम्झौता तोडेको आरोप लगाएका छन् ।
https://mobile.twitter.com/OfficialDGISPR
उनले ट्वीटमा लेखेका छन्, ‘भारतीय सेनाद्वारा क्लस्टर बमको प्रयोग अन्तरराष्ट्रिय सम्झौताको उल्लंघन हो र यो निन्दनीय छ । कुनै पनि हतियार आत्मनिर्णयको आफ्नो अधिकार पाउनका लागि कश्मिरीहरुको दृढ संकल्पलाई दबाउन सक्दैनँ । कश्मिर हरेक पाकिस्तानीको रगतमा बग्छ । कश्मिरीहरुको स्वतन्त्रताको संग्राम सफल हुनेछ ।’
भारतीय सेनाले पाकिस्तानको यो आरोप खारेज गरेको छ । भारतीय सेनाले पाकिस्तानी सेनाले लगातार घुसपैठ गराएर र उनीहरुलाई हतियार दिएर चरमपन्थीलाई प्रोत्साहन दिएको आरोप लगाएको छ ।
भारतीय सेनाले आफ्नो बयानमा भनेको छ, ‘भारतीय सेना सधैं प्रतिक्रियाको जवाफ दिन्छ र यस्तो प्रकारको प्रतिक्रिया पाकिस्तानी सेनाको सैन्य चौकी र उनीहरुमार्फत् मद्दत पाइरहेको चरमपन्थीहरु विरुद्ध गरिएको छ ।’
के हो क्लस्टर बम ?
जेनेभा सम्झौता अनुरुप क्लस्टर बमको उत्पादन र प्रयोग प्रतिबन्धित छ तर विभिन्न देश र सेनामाथि यसलाई युद्ध र सशस्त्र संघर्षमा प्रयोग गरिएको आरोप लागिरहन्छ ।
यसलाई यसकारण खतरनाक मानिन्छ किनभने मुख्य बमबाट निस्कने विभिन्न स–साना बिस्फोटकले निर्धारित लक्ष्य वरिपरि पनि क्षती पुर्याउन सक्छ ।
यस्तो संघर्षको क्रममा सर्वसाधारणलाई पनि क्षती पुग्ने आशंका बढ्ने गर्छ । यतिमात्र होइन, मुख्य बम बिस्फोट भएपछि वरिपरि खस्ने स–साना विस्फोटक लामो समयसम्म रहिरहन सक्छ ।
यस्तोमा संघर्ष समाप्त भइसक्दा पनि यसले जनधनलाई क्षती पुर्याएको घटना देखिएको छ ।
यो विरोधी सैनिकलाई मार्न वा उनीहरुको वाहनलाई क्षती पुर्याउनका लागि प्रयोग गरिन्छ । यसलाई लडाकू विमानबाट खसालेर वा जमिनबाटै लञ्च गर्न सकिन्छ ।