राजनीति
केही दिन अघि विभिन्न सञ्चार माध्यममा असार १ गतेबाट स्कुलहरु सञ्चालन हुने भनी समाचारहरु व्यापक आएपछि चाैतर्फि बिराेध भएको छ । यस बिषयमा शिक्षा मन्त्री गिरिराजमणि पाेखरेलले अहिले नै स्कुल सञ्चालन हुन नसक्ने बताएका छन् । प्रस्तुत छ राताेपाटी अन्लाईनले मन्त्री पाेखरेलसंग लिएकाे अन्तरवार्ताकाे केही अंश
अहिले हामी कोरोनाकै कहरमा छौं । विद्यालयहरु बन्द छन् । एउटा समयपछि फेरी सुचारु गर्नुपर्ने नै हुन्छ । मन्त्रालयको तयारी के छ ? अवको शैक्षिक क्यालेण्डर कसरी व्यवस्थित हुन्छ ?
हिजो हामीले एउटा निर्देशिका सार्वजनिक गरेका छौँ । असार १ गतेबाट देशव्यापी रुपमा ७ सय ५३ वटा नै पालिकामा सबै शिक्षालयहरुले घरमा बसिरहेका विद्यार्थीहरुलाई शिक्षात्मक गतिविधिमा संलग्न गर्नुपर्यो । सिकाइलाई निरन्तरता दिन पर्यो भनेर निर्देशिका जारी गरिसकेका छौँ । कतिले हामीले हिजो वक्तव्य जारी गरिसकेपछि १ गतेदेखि स्कुलहरु खुल्ने भनेर लेख्नुभएको पनि सुनेको छ । अहिले हामीले स्कुल, कलेज, विश्वविद्यालयहरु खोल्ने कुरा गरेका छैनौँ । वास्तवमा हामीले जेठ सम्मका सबै घटनाक्रमलाई हेर्छौं । यो महिनासम्म बन्दाबन्दीको अवस्था रहन्छ । बन्दाबन्दीको मोडेलको बारेमा पनि यो बिचमा थप छलफल हुँदैछ, कसरी अगाडि बढाउने भन्ने कोणबाट । जहाँ प्रविधिको सुविधा छ, त्यहाँ विद्यार्थीहरुमा पनि डिजिटल एडिक्सनको समस्या देखापर्यो । कतिपय बन्दाबन्दीको कारणले गर्दा सिक्ने प्रक्रियामा कमजोर भएको र कतिपयमा अन्य खालका मनोसामाजिक समस्याहरु पनि देखा परेका छन् । हामीले असार १ गतेदेखि चारवटै पद्दतिहरुलाई अवलम्बन गरेर सबै विद्यार्थीहरुलाई यो बेलामा सिकाइलाई निरन्तरता दिन आह्वान गरेका छौँ ।
टेलिभिजन र केबलहरुबाट पठनपाठनको कुरालाई अगाडि बढाउन जान्छौँ । अहिले पनि नेपाल टेलिभिजनबाट कक्षा नौ र दशको भर्चुअल कक्षा चलिराखेको छ आइतबारदेखि शुक्रबारसम्म ११ बजेदेखि ३ बजेसम्म पढाइ भइराखेको छ । अहिले हामी यो टेलिभिजन र केबुलहरुको पठनपाठन अलि विस्तारित गर्न खोजेका छौँ र हामी नयाँ सामग्री पनि उत्पादन गर्न लागिराखेका छौँ । हामीले यो महिना भित्रमा न्यूनतम केही सामग्री तयार गर्छौं भनेर असार १ गते छानेको पनि त्यहि कारण हो ।
पहिलो हामीले रिजल्ट निक्लेपछि कक्षा चढाउने र पाठ्यपुस्तक दिने विगतको जस्तो भर्ना अभियानको कुरा गरेका छैनौँ । हामीले घरघरमै पुस्तक पुर्याइदिने हो । तलको १ देखि ३ कक्षा सम्मको लागि पनि अतिरिक्त सामग्रिहरु पनि तयार गरेका छौँ । पालिकाहरुले त्यसलाई प्रिन्ट गरेर पनि स्वयम् सिक्ने सामग्रीहरु उपलब्ध गराइएको छ । यो सबैको लागि होस् भनेर चाहे सार्वजनिक होस्, चाहे निजी होस्, सबैको लागि उपलब्ध गराइएको छ । त्यस्तै एफएमबाट पठनपाठनको प्रक्रियामा जाऔँ भन्ने जोड हो । अहिले ७ सय ५३ वटै स्थानीय तहमा एफएमहरुको पहुँच छ । त्यसैले दोस्रोमा एफएमहरुले स्थानीय शिक्षकहरुलाई स्थानीय सरकारको संयोजनमा एफएमबाट पठनपाठनको प्रक्रिया अगाडि बढाउने र त्यसलाई पनि अन्तरक्रियामुखी या विद्यार्थिका प्रश्नहरुको उत्तर दिने ढंगले कसरी लैजान सकिन्छ भनेर त्यो दिशामा पनि गृहकार्य गर्नुपर्छ । अहिले नै केही जिल्लाहरुमा कास्कीमा अथवा काभ्रेमा कतिपय ठाउँमा अभ्यास गरिराख्नुभएको छ । विगतमा हामीले २०७२ को नाकावन्दी पछिको स्थितिमा हामीले मधेस तराईमा यसलाई हामीले अभ्यास गरेका थियौँ । त्यस्तै तेस्रोमा टेलिभिजन र केबलहरुबाट पठनपाठनको कुरालाई अगाडि बढाउन जान्छौँ । अहिले पनि नेपाल टेलिभिजनबाट कक्षा नौ र दशको भर्चुअल कक्षा चलिराखेको छ आइतबारदेखि शुक्रबारसम्म ११ बजेदेखि ३ बजेसम्म पढाइ भइराखेको छ । अहिले हामी यो टेलिभिजन र केबुलहरुको पठनपाठन अलि विस्तारित गर्न खोजेका छौँ र हामी नयाँ सामग्री पनि उत्पादन गर्न लागिराखेका छौँ । हामीले यो महिना भित्रमा न्यूनतम केही सामग्री तयार गर्छौं भनेर असार १ गते छानेको पनि त्यहि कारण हो ।
चौथो कुरा हामी अनलाइनमा जान्छौँ । अनलाइनको लागि नेटको सुविधा चाहियो । कम्युटरदेखि राम्रो खालको मोबाइल चाहिन्छ त्यसैले यो सुविधा अन्तिममा राखेका छौं । हामीले देशको सबै पक्षलाई हेरेर यो चारवटा पद्दतिको आधारमा अगाडि बढ्यौं भने मोटामोटी सबै विद्यार्थीलाई हामी सम्बोधन गर्न सक्छौं । त्यसका लागि स्थानीय सरकारले संयोजन गर्नु पर्छ, विद्यालयहरु अग्रसर हुनुपर्छ र शिक्षकहरु आफ्नो शैक्षिक संस्थासँग गासिनुपर्छ ।
कोभिडको मार सबैठाउँमा एकै खालको छैन । कहीँ सिल भएको ठाउँहरु पनि छन् । अव हाम्रा कयौँ शैक्षिक संस्थाहरु कवारेन्टाइनमा पनि बदलिएका छन् । त्यसैले एकै प्रकारको स्थिति छ भन्न म सक्दिनँ । त्यसैले हामीले सबै स्थानीय तहलाई नै आग्रह गरेर आफ्नो तर्फबाट यी सामग्रीहरुलाई संयोजन गरेर दिँदाखेरी घरमा बसिरहेको विद्यार्थीलाई उसको सिकाइको निरन्तरतालाई सहयोग पुग्छ त्यहि पद्दति अवलम्बन गरौं पनि भनेका छौं । त्यति गर्दागर्दै पनि केही छुटेको छ भने त्यसलाई कसरी सम्बोधन गर्ने त्यो उपाय पनि खोजी गर्ने भन्ने छ ।
रेडियोबाट आवाज त पुग्ला तर सबै ठाउँमा पाठ्य पुस्तक विद्यार्थीहरुले पाउने अवस्था छ ?
पहिलो त जनक शिक्षाबाट छापिएका र पाठ्यक्रम विकास केन्द्रसँग अनुमति लिएर निजी क्षेत्रले पनि छापेका छन् तिनीहरुलाई पठाउनको लागि सबै प्रबन्ध गरिएको छ । मेरो जानकारीमा गाउँपालिका नगरपालिका महासंघसँग कुरा गरेको थिए धेरै ठाउँमा पुस्तक पुगेको छ भन्नु भएको छ । तपाईंहरुमार्फत पनि हामी आग्रह गर्छौं । यहाँबाट किताबहरु डिपोमा पुगेका छन् भने स्थानीय सरकारले विद्यालयसम्म पुर्याउने र विद्यालयले घरसम्म पुर्याउने काम गरिदिनुपर्यो । यो बाहेक अहिले हामीले मानव विकास केन्द्र भित्र पनि राखेका सामग्रीहरु छन्, त्यो प्रयोग पनि हुन थालेको छ । पाठ्यक्रम विकास केन्द्रले तयार गरेको सामग्री अथवा अन्य सामग्रीहरु पनि विभिन्न ढंगले खोजेर पाउन सकिन्छ । विभिन्न ढंगले घरघरमा पुर्याउन हामीले कोसिस गरेका छौँ ।
कोभिडको मार सबैठाउँमा एकै खालको छैन । कहीँ सिल भएको ठाउँहरु पनि छन् । अव हाम्रा कयौँ शैक्षिक संस्थाहरु कवारेन्टाइनमा पनि बदलिएका छन् । त्यसैले एकै प्रकारको स्थिति छ भन्न म सक्दिनँ । त्यसैले हामीले सबै स्थानीय तहलाई नै आग्रह गरेर आफ्नो तर्फबाट यी सामग्रीहरुलाई संयोजन गरेर दिँदाखेरी घरमा बसिरहेको विद्यार्थीलाई उसको सिकाइको निरन्तरतालाई सहयोग पुग्छ त्यहि पद्दति अवलम्बन गरौं पनि भनेका छौं । त्यति गर्दागर्दै पनि केही छुटेको छ भने त्यसलाई कसरी सम्बोधन गर्ने त्यो उपाय पनि खोजी गर्ने भन्ने छ ।