राजनीति
जातीय उत्पीडन र दलित अधिकारका सवालमा चर्किँदो बहसबीच, राष्ट्रिय दलित गोलमेच सम्मेलनको तयारी तीव्र भइरहेको छ। यसै सन्दर्भमा हामीले सम्मेलनका प्रवक्ता ‘अग्नीशिखा’ सँग अन्तरवार्ता गरेका छौं।
नेपालमा पहिलो पटक दलित राष्ट्रिय गोलमेच सम्मेलन आयोजना गर्नुको मुख्य उद्देश्य के हो?
दलित समुदायको अधिकार समस्याहरूमा चर्चा गर्ने, यत्रतत्र रूपमा छरिएका दलितहरूलाई एकतावद्ध गर्ने र समुदायका बिषय र मुद्दालाई ठोस गर्ने उद्देश्यका साथ गर्दैछौं। यसमा मुलतः दलितहरूको सामाजिक, आर्थिक, सांस्कृतिक राजनीतिक र कानूनी अधिकारका बारेमा व्यापक छलफल गर्ने र त्यसको समाधानका बारेमा मुर्त निष्कर्ष निकाल्ने यो सम्मेलनको मक्सद रहेको छ। दलित समुदायका विभिन्न संघ-संस्था, संगठन, अभियन्ता, बुद्धिजीवी र नागरिक समाज एकै थलोमा बसेर एकमुष्ट अपिल गर्दै छौ। जसले एक नयाँ आन्दोलनको थालनी गर्नेछ।
नेपालको अहिलेको राजनीतिक र सामाजिक परिस्थितिमा यो सम्मेलन किन आवश्यक भयो?
राजनीतिक अस्थिरता र अन्तर-द्धन्द्धमा धेरै पटकपटक सरकार परिवर्तन भइरहेको छ। जसले दीर्घकालीन नीति निर्माण र कार्यान्वयनमा बाधा पुर्याएको मात्र छैन एउटा निरासा फैलाएको छ। जसका कारण दलहरूबीच सत्ताको खेल र भागबण्डामा मतभेद छ। कुर्सीको खेलमा ब्यस्त सरकार दलितहरूप्रति गम्भीर र संबेदनसिल भएको देखिदैन। दलितहरू माथि भएका विभेद अन्याय र अत्याचारको कुनै चासो समेत पनि देखिँदैन। अझ मुख्य कुरा संसदबाट दलित विधेक कानुन लगायतका थुप्रै अधिकारलाई कार्यान्वयनमा ल्याएकै छैन । संविधानमै लेखिएका कुराहरू पनि न्युनतम कार्यान्वयन गरेको छैन। उत्पीडित समुदायप्रति र आम-जनसमुदायप्रति कुनै वास्ता गरेको देखिन्न।
दलहरूबीच सत्ताको खेल र भागबण्डामा मतभेद छ। कुर्सीको खेलमा ब्यस्त सरकार दलितहरूप्रति गम्भीर र संबेदनसिल भएको देखिदैन।
संविधान २०७२ को पूर्ण कार्यान्वयनमा ढिलाइ छ। विशेष गरी स्थानीय तहमा सामुदायिका हक-अधिकार र राज्य पुनर्संरचनाका मुद्दा अधुरा छन्। दलित, मधेशी, जनजाति, महिला र सीमाकृत समुदायको प्रतिनिधित्व र अधिकार सम्बन्धी विवाद जारी छ। जातीय छुवाछुतकै कारणले सामाजिक सद्भाव बिग्रने खतरा समेत देखिन्छ ।
अन्तर्राष्ट्रिय स्तरबाट हेर्दा दक्षिण एसियामा नै जात व्यवस्थाको ठूलो खाडल देखिन्छ। यसका लागि दलित, गरिब, उत्पीडित समुदाय, आदिवासी,जनजातिहरूको आन्तरिक एकताको अनिवार्य बन्दै गएको छ। यही परिस्थितिमा आयोजित राष्ट्रिय दलित गोलमेच सम्मेलनमा सम्पूर्ण अभियन्ता, नागरिक समाज?मानव अधिकारवादी र विषय विज्ञहरूलाई एकताबद्ध गरी साझा निष्कर्ष निकाल्न पनि यो आवश्यक बन्यो।
सम्मेलनमा उठाइने मुख्य मुद्दा र विषयवस्तुहरू के–के हुन्? ती कसरी तय गरिएको छ ?
राष्ट्रिय दलित गोलमेच सम्मेलनको उद्देश्य मुलतः राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, विषयमा केन्द्रित हुनेछन् भने त्यसैअनुसार मुद्दाहरु तय गरिनेछ। जस्तोकी दलित समुदायको वर्तमान परिवेश, नेपाली समाजको संक्षिप्त ऐतिहासिक रूपरेखा, नेपाली राज्य सत्ताको चरित्र, नेपाली समाजको अन्तर-द्वन्द, दलित मुक्ति आन्दोलनको समीक्षा, उत्पीडित समुदायको मुक्तिको प्रश्न, उत्पीडित समुदायको राजनीतिक शक्ति निर्माणको प्रश्न, राजनीतिक शक्ति निर्माणको वैचारिक आधार, दलित मुक्ति आन्दोलनको वर्ग-शत्रु र मित्रशक्ति, दलित समुदायको शक्ति निर्माण र परिचालन जस्ता बिषयहरुको आधारमा छलफल हुनेछन। यो विषय विज्ञहरू ७७ वटै जिल्लाका प्रतिनिधि, अभियन्ताहरू, बुद्धिजीवी लगायतका महत्त्वपूर्ण व्यक्तित्वहरूले यी सबै विषयहरूमा लगायतमा बिस्तृत छलफल र बहस हुनेछ ।
यो सम्मेलनमा कहाँ – कहाँबाट कस–कसको सहभागिता हुने अपेक्षा छ?
सम्मेलनले सबै क्षेत्रबाट दलित समुदायलाई सहभागी गराउन खोजेका छौ। देशैभरीबाट प्रतिनिधि छनोट गर्ने। जिल्लाबाट दलित अभियन्ता, सामाजिक कार्यकर्ता, महिला, युवा, शिक्षक, पत्रकार लगाए क्षेत्रहरुबाट प्रतिनिधि छनोट गर्ने। सातैवटा प्रदेशका युवाहरूलाई सहभागी बनाएर युवा दस्ता गठन गर्ने। दलित कलस्टररको आधारमा प्रतिनिधि गराउने, विषय विज्ञ,मानव अधिकारवादी, नागरिक समाज, लेखक, उद्धमी हरुको प्रतिनिधित्व । भौगोलिक हिसाबले हिमाल, पहाड, तराई समावेशिताको जोड दिने। अन्तर्राष्ट्रिय भाइचाराहरूलाई निमन्त्रणा गर्ने। र सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्ने हाम्रो उद्देश्य रहेको छ।
कलस्टररको आधारमा प्रतिनिधि गराउने, विषय विज्ञ,मानव अधिकारवादी, नागरिक समाज, लेखक, उद्धमी हरुको प्रतिनिधित्व । भौगोलिक हिसाबले हिमाल, पहाड, तराई समावेशिताको जोड दिने। अन्तर्राष्ट्रिय भाइचाराहरूलाई निमन्त्रणा गर्ने। र सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्ने हाम्रो उद्देश्य रहेको छ।
सम्मेलन आयोजनाका क्रममा तपाईंले सामना गर्नु परेका चुनौतीहरू के–के छन ?
यो गोलमेच सम्मेलन सम्पन्न गर्न धेरै चुनौतीहरू छन्। यिनी चुनौतीहरूसँग लड्दै झेल्दै हामी अगाडि बढेका छौं। मुख्य गरेर दलितहरू बीचमा एकता गर्न धेरै गाह्रो भइरहेको अवस्था छ। एकअर्काको अस्तित्व नस्वीकार्ने नमान्ने खालका केही प्रवृत्तिहरु पनि देखिन्छ। यसको अन्त्य गरेर नयाँ आधारमा नयाँ बन्ने र एकताबद्ध हुने र बनाउने हाम्रो प्रतिवद्धता छ।
हामीले केही प्राविधिक कारणले वैशाख को २९ देखि ३१ गते सम्म हुने सम्मेलनलाई सारेर जेठको ३० देखि असारको १ गतेसम्म गर्ने निर्णय लिएका छौं। यो आफैमा चुनौतीपुर्ण छ। झन्डै ७० लाख दलितहरूको प्रतिनिधित्व गर्ने र एकै ठाउँमा ल्याउने उद्देश्यकासाथ यो सम्मेलन सफल पार्न कठिनाइहरु त छन नै । तर हाम्रो संकल्प अगाडी ती अफ्ट्याराहरु कम्जोर बन्दै जानेछन भन्ने बिश्वास छ। यी सबै चुनौतीका बावजुद पनि हामी सम्मेलनलाई भव्य रुपमा सफल पार्नेछौ।
के सम्मेलनपछि कुनै स्थायी मञ्च बनाएर नियमित कार्यक्रम बनाउने कि दल नै बनाएर जाने हो ?
यो त गोलमेच सम्मेलनले नै एउटा मार्ग तय गर्नेछ। आगामी दिनको रणनीतिक कार्यदिशा एजेन्डा र मार्ग प्रष्ट पार्नेछ।
सम्मेलनले राज्यलाई दिने हाम्रा एजेण्डा तयार पार्नेछ। हाम्रो प्रतिनिधि मण्डल हाम्रा माग र मुद्दाहरू राज्यलाई पेश गर्नेछौ। त्यसप्रति राज्यको बुझाइ र ब्यवहारले नै हाम्रो आन्दोलनको बाटो तय गर्नेछ । यसर्थ राज्यको मौनतामा हामी भने चुपचाप सहेर बस्न सक्दैनौं। चरणबद्ध तरिकाले आन्दोलनको घोषणा र स्वरुप बदल्दै जानेछौ।
हाम्रा माग र मुद्दाहरू राज्यलाई पेश गर्नेछौ। त्यसप्रति राज्यको बुझाइ र ब्यवहारले नै हाम्रो आन्दोलनको बाटो तय गर्नेछ । यसर्थ राज्यको मौनतामा हामी भने चुपचाप सहेर बस्न सक्दैनौं। चरणबद्ध तरिकाले आन्दोलनको घोषणा र स्वरुप बदल्दै जानेछौ।
मानव सभ्यताको कलंककोरुपमा रहेको जातिय उत्पीडिनको अन्त्य गर्न अन्य जनसमुदायसग कस्तो अपिल गर्नुहुन्छ?
हो, यो मानव सम्भयतालाइ गिज्याइरहेको एउटा कहालीलाग्दो उत्पीडन र शोषण हो । यसले हाम्रो देशलाइ निकै नराम्रोसग फसाएको छ। यो एक जात एक थरले मात्रै गर्ने आन्दोलन होइन यसमा मानवीय हिसावले चेत राख्ने सम्पुर्णको समर्थन,साथ सहयोग र सहभागीता हुनैपर्छ। हिजो १० वर्षको जनयुद्धमा सम्पूर्ण जातजातिहरुको भूमिका जसरी महत्त्वपूर्ण थियो नी त्यसैगरी यो आन्दोलनमा सबैले साथ दिनैपर्छ। दलितका आन्दोलन दलितले त गर्नैपर्यो तर नेपालका लागि नेपालीले त गर्नुपर्यो नी आखिर कहिले सम्म बिभेदकारीहरुको देश भनेर चिनाइराख्ने हो त? त्यसैले सबै गैरदलितहरूको पनि यस आन्दोलनमा भूमिका रहोस् भन्ने आशा, अपेक्षा सहित अपिल गर्दछौं।
मानव सम्भयतालाइ गिज्याइरहेको एउटा कहालीलाग्दो उत्पीडन र शोषण हो । यसले हाम्रो देशलाइ निकै नराम्रोसग फसाएको छ। यो एक जात एक थरले मात्रै गर्ने आन्दोलन होइन यसमा मानवीय हिसावले चेत राख्ने सम्पुर्णको समर्थन,साथ सहयोग र सहभागीता हुनैपर्छ।
अन्त्यमा ?
यो सम्मेलनमा आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न अनुरोध गर्दै हाम्रा बिषय सम्प्रेषणका लागि हार्दिक धन्यवाद