logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

के छ भिन्नता द्वन्द्ववाद र अधिभुतवादमा फरक हेर्नुहाेस


  • अखिल बिश्वकर्मा
  • मंगलबार, माघ ८ २०७५

१.द्वन्द्वबाद
क) बस्तुलाइ त्यसैकाे चरित्र अनुसार हेर्ने पद्धति भाैतिकवादी द्वन्द्वबाद हाे। हरेक बस्तु द्वन्द्वमय छ।
ख)प्रकृति मानव समाज प्राकृतिक हुन।

ग)पदार्थ  जड हाेइन गतिशीलता मान्दछ।हरेक बस्तुकाे बिजयमा आन्तरिक कारण लाई प्रधानता दिन्छ।
घ) कुनै अलाैकिग शक्तिमाथी बिश्वास गर्दैन।
ङ) हरेक बस्तु र प्रक्रियामा सकरात्मक र नकारात्मक , बिकाशसिल र बिनासिल र सत्य असत्य जस्ता परस्पर बिराेधी पक्ष हुन्।यिनिहरुका बिच अापसि सम्बन्ध भएर द्वन्द्व हुने र आपसमा एकअर्काेमा बदलिने कुरामा जाेड दिन्छन ।
च) कुनै पनि बस्तुकाे बिकास ऐतिहासिक सन्दर्भमा हुने कुरामा जाेड दिई गुणात्मक परिवर्तनमा जाेड दिन्छ।
२. अधिभुतवाद
क) बस्तुलाइ उसकाे बास्तबिक चरित्रलाई अलग गरिरहने पद्धतिको नाम अधिभुतवाद हाे।
ख)प्रकृति समाज कुनै अदृश्य चेतनाले निर्माण गरेकाे हाे

ग)यसले पदार्थलाई जड मान्दछ।त्यसैले उनिहरुकाे हरेक बस्तुकाे निमार्णका लागि आन्तरिक हाेइन बाहिरी कारणलाई प्रधानता दिन्छ।
घ) बस्तु वा पदार्थलाई गतिहपन ठान्ने भएकाले तिनिलाइ बाहिरबाट गतिदिने तत्वका रुपमा इश्वर परअात्मा वा अन्य कुनै अलाैकिक शक्तिलाई स्थान दिन्छ।
ङ) पदार्थ र चेतना , शक्ति र मन तथा समस्त र बस्तुगत बिचारबिच कुनै साइनाे देख्दैन्।
च) मात्रात्मक बिकासकाे कुरा गरेतापनि गुणात्मक बिकास वा छलाङगमा बिश्वास गर्दैन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार