२० औं शताब्दीकाे आरम्भसंगै दुनियाँ हल्लाउदै बैज्ञानिक समाजवादी सत्ताकाे उदय भयाे। सन् १८१७ काे पेरिस कम्युन बिशेषत: सन् १९१७ काे महान अक्टोबर क्रान्तिकाे अभुतपुर्व बिजयले दुनियाँ लुटेराहरुकाे स्वर्ग भत्कायाे र समाजवादी सत्ताहरुकाे उदय गरायाे।
क्रान्तिकाे सफलतासंगै बैज्ञानिक समाजवादी सत्ताकाे ब्यवहारिक प्रयाेग हुनुका साथै बिश्व राजनीति मन्चमा एक युगान्तकारी परिघटनाकाे रुपमा स्थापित भयाे। सन् १९४५देखि सम्पन्न भएका पुर्वि युराेपका समाजवादी क्रान्तिहरु, सन् १९४९ मा सफल चिनियाँ जनवादी क्रान्ति र भियतनाम काेरीया क्युवा सम्मका सफलताले बैज्ञानिक समाजवाद साम्यवादलाई उदाउदाे युगकाे रुपमा प्रस्तुत गर्याे।
बैज्ञानिक समाजवादका बिजयलाइ बुझ्न निम्न चार चरणलाइ अध्ययन गर्न अाबश्यक छ।
१. पेरिस कम्युनकाे बिजय
(सन् १८७१ मार्च १८ सर्वहारा बर्गले पुजीवादी सत्तामा धावा बाेल्दै बिजय हासिल गरेकाे पहिलो समाजबादी सत्ता)
२.महान अक्टोबर क्रान्ति
(सन् १९१७काे अक्टोबर १७ देखि २६ सम्म रुसमा बैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न जसलाइ महान अक्टोबर क्रान्ति भनिन्छ अर्थात बिश्व हल्लाउने दस दिन )
३.पुर्वी युरोपमा समाजवादी सत्ता
सन् १९४५ देखि १९५० सम्म पुर्वी युराेपका अाठ समाजवादी देशहरुमा बैज्ञानिक समाजवादी सत्ता स्थापना भए
सन् १९४५ अप्रिल ८ पाेल्यान्ड
सन् १९४५ नाेभेम्बरमा युगाेस्लाभिया
सन् १९४६ अल्बानिया
सन् १९४७ रुमानिया
सन् १९४९ अक्टोबर पुर्वी जर्मनी
सन् १९४९ डिसेम्बर हंगेरी
बुल्गेरीया र चेकाेस्लाभिया मा सम्पन्न
४. चिनियाँ नयाँ जनवादी क्रान्ति
सन् १०४९ अक्टोबर १मा बिश्वब्यापी महत्त्व राख्दै चिनमा बैज्ञानिक समाजवादी सत्ता काे स्थापना भयाे।
५.भियतनामी क्रान्ति
सन् १९४५मा फ्रान्स बिरुद्ध ‘डियन वियन फु’ काे लडाइँ लडदै महान भियतनामी जनताले सन् १९७५ मा सर्वहारा सत्ता बैज्ञानिक समाजवादकाे स्थापना गरे।
६.क्युवाली क्रान्ति
सन् १९५३ काे जुलाइ २६ मा फिडेल क्याष्ट्राे र चे ग्येभाराकाे नेतृत्वमा संघर्ष भयाे र सन् १९५९मा जनताकाे अभुतपुर्व साथले ५ बर्षमै क्युवामा समाजवादी सत्ता स्थापना भयाे।