बिसाै शताब्दीको आरम्भ संगै विश्व हल्लाउँदै बैज्ञानिक समाजवादकाे उदय भयाे। सन् १८७१काे पेरिस कम्युन र सन् १९१७ काे रुसी अक्टोबर क्रान्ति काे अभुतपुर्व बिजयले लुटेरा बर्गमा भुकम्प गयाे।
बैज्ञानिक समाजवादी सत्ताकाे बिजय अनि लाेकप्रियताले हैरानी भाेगिरहेकाे पुजीवाद तथा साम्राज्यवादी शक्ति केन्द्रहरु षड्यन्त्रको याेजनामा लागे।फलस्वरूप बैचारिक रुपले सन् १९५६ र भाैतिक रुपले सन् १९८९ देखि ९१ सम्म दुनियाँ ले देख्नेगरी बैज्ञानिक समाजवादी सत्ता असफल भए।सर्वहारा बर्गकाे पेरिस कम्युन पराजित भयाे। बैज्ञानिक समाजवादकाे पराजयले सर्वहारा बर्ग र कम्युनिस्ट आन्दोलनलाई अपुरणिय क्षति एव मर्महात बनायाे। महाशक्ति साेभियत संघकाे बिघठन अनपेक्षित थियाे । अासा बिपरित सामाजवादकाे असफलताले पुजीवादी दुनियाँ ले खुसियाली मनाउदै “बिचारधारात्मक युगकाे अन्त्य” “समाजवादी युगकाे पतन” भन्न पुग्याे। र “पुजीवादी ब्यबस्था नै अन्तिम ब्यबस्था” ” संसदिय ब्यबस्थाका हामी मान्छे अन्तिम मान्छे” भनी शष्लेषण गर्नपुग्याे।
सम्भवतः साेभियत समाजवादी सत्तामा स्टालिनकाे निधनसंगै बैचारिक समस्याहरु देखापरे। खासगरी १९५६ मा पुर्वी साेभियत संघमा ख्रुस्चाेभले बैज्ञानिक समाजवादी सिद्धान्त काे संशोधन गरे र बिचलनकारी बाटो लिन पुगे।
सन् १९९० मा निर्णायक खालका प्रतिक्रान्तिहरु देखापरे । बैचारिक बिचलन सन् १९५० मा पुर्वी युराेपकाे युगाेस्लाभियामा देखापर्याे यसकाे नेतृत्व टिटाेले गरे।
सन् १९५६ काे फ्रेबअरी १४ देखी २५ सम्म साेभियत संघकाे २० औं महाअधिबेहन भयाे कमरेड स्टालिनकाे निधनपछि भएकाे उक्त महाअधिबेशन मा ५९ देशका प्रतिनिधि सहभागी महाअधिबेशनलाइ बिशेष चासाेकासाथ हेरियाे । तर ख्रुुस्चाेभले महाअधिबेशन नै उद्वेलित हुनेगरी बैैज्ञानिक समाजवादी सिद्धान्त , नीति तथा कार्यक्रम बिरुद्ध संशोधनवादी बिचार प्रस्तुत गरे।उनले समाजवादलाइ “अाम जनताकाे सत्ता अाम जनताकाे ब्यबस्था” तथा तीन “स” ” शान्तिपूर्ण संक्रमण, शान्तिपूर्ण प्रतिश्पर्धा तथा शान्तिपूर्ण सहअस्तित्व” काे बर्नस्टिबादी बिचार प्रस्तुत गरे।
लेनिन स्टालिनले बिकास गर्नुभएकाे क्रान्तिकारी सिद्धान्त तथा नितिकाे परित्याग गर्दै “शान्तिपूर्ण तरिकाले राज्य बदल्न” सकिने बिचार राखे। यतिसम्म कि ख्रुस्चाेभले महान स्टालिन बिरुद्ध भयानक र अकल्पनीय आराेपहरु लगाउन पुगे।
सन् १९२६ पछि पुर्वी साेभियत संघमा पार्टी भित्र कामेनेव,जिनाेनेव,ट्राटस्की बुखारीन हरु देखापरे।साम्राज्यवादी याेजनाका सहपाठी उनिहरुले पार्टी का नेता किराेभकाे हत्या गर्न पुगे।
सन् १९४९ मा चिनमा नयाँ जनवादी क्रान्ति सम्पन्न भयाे। तर सत्ता स्थापना पश्चात् सन् १९५३ तिर भ्रष्टाचार र अख्तियार दुरुपयोग का समस्या देखापरे । माअाेले यसका बिरुद्ध सुदृढीकरण अभियान चलाउनु भयाे।पार्टी भित्र ल्यु साअाेचिहरुकाे ग्याङ थियाे ।बिस्तारै बैचारिक तथा सास्कृतिक समस्या हरु बिरुद्ध “महान सर्वहारा साँस्कृतिक अभियान” चलाउनु भयाे। ल्यु साअाेचिकाे ग्याङ माअाेबिरुद्व लाग्याे सन् १९५६ मा माअाे नै अल्पमतमा पर्ने अबस्था देखियाे। माअाेकाे बुद्धिमतापुर्ण संघर्षले ल्यु सा अाेचिहरु बर्खास्त भए। माओले दुई लाइन संघर्ष घनिभुत पार्नु भयाे।
तर माअाेकाे निधन पश्चात् अबसाेच सन् १९८२ मा देङ नेतृत्वमा अाए। र उनले माओले बिकास गरेका नीति सिद्धान्त लत्याउदै “खुल्लापन” र “सुधार” काे बिचार अगाडि सारे। यसरी समाजवादी सत्तामा प्रतिक्रान्ति हुदा पुजीवादी हरुले प्रतिक्रान्तिलाइ “रंङगिन क्रान्ति” “बसन्ती क्रान्ति” र “प्रजातान्त्रिक लहर” भनी प्रचार गरे।
प्रतिक्रान्ति सबैभन्दा पहिला पुर्वी युराेपबाट बिस्पाेट भयाे।
सन् १९८९ मा पाेल्यान्ड
सन् १९८९ मा चेकाेस्लाभाकिया
सन् १९८९ मा बुल्गेरिया
सन् १९८९ मा हंगेरी
सन् १९८९ मा राेमानिया
सन् १९९० मा पर्वि जर्मन
सन् १९९१ मा महान साेभियत संघमा प्रतिक्रान्ति भयाे र समाजवादी सत्ताहरु ढले।