गौरवशाली पार्टी नेकपाको छौटौ सिन्धुली वैठक पछि गत साउन महिनामा सातौं पुर्ण बैठक अर्घाखाँचीमा दुश्मनका घेराबन्दी र दमनका बिचमा बस्दै थियो ।
गत साउन ५ गते बिहान उठेर आफ्नो नियमित सक्दै वैठकको प्रतीक्षामा बस्यौं । खाना खाइवरी दिउँसो बैठक हुने सुचना आयो । सबै कमरेड बैठक स्थलमा प्रवेश गरिसकेपछि महासचिव कमरेड प्रवेश गर्नु भयो । सवैले गर्मजोशका साथ उठेर स्वागत गर्यौ ।
त्यसपछि बैठक आरम्भ भयो ।
६ गते वैठक नियमित रुपमा चल्यो । बैठक चल्दै गर्दा ७ गते महासचिव कमरेडले दुश्मन बैठक विथोल्नका लागी नजिकनजिक प्रहरी परिचालन गरेको सूचना सम्प्रेषण गर्नु भयो ।
खाना खाए पछि पुनः बैठक चलिरहेको थियो । एक्कासि बैठक हलको माथिमाथी हेलिकप्टरले दुईतिन फन्का लगायो । हेलिकप्टर फर्केर गयो । त्यो पनि बैठक बिथोल्न कै निमित्त गरिएको हर्कत थियो । महासचिव कमरेडले गर्नु भएको सूचना सम्प्रेषण सहि थियो र त्यो पुष्टि पनि भयो ।

लेखक : कृष्ण धमला ‘गम्भीर’

उनले लेखेको आर्टिकल
दुश्मनले पुरै शक्ति लगाएर वरिपरि प्रहरी परिचालन गरेर वैठक बिथोल्ने ढंगले आइसकेपछि निर्धारित समयमै वैठक सकेर महासचिव कमरेडले समापन गर्नुभयो ।