अाज भन्दा २४ बर्ष अगाडि २०५२ साल फाल्गुन १ गते देखि तत्कालीन समयमा अपत्यारिलो लाग्ने राजनीतिक उदेश्य बोकेर जनयुद्ध शुरु गरेको नेकपा(माअोवादी) १० बर्ष जनयुद्ध र १४ बर्षे शान्तिपूर्ण राजनीतिक प्रक्रिया पार गर्दै यो अवस्था सम्म अाई पुगेको छ । जनयुद्धकालिन समयमा विभिन्न राजनीतिक उतारचढाव,राष्ट्रिय अन्तर्राष्ट्रिय कठोर सर्घष वेहोर्दै नेपालको माअोवादी अान्दोलन लाई राष्ट्रिय रुपमा विस्तार र अन्तर्राष्ट्रिय रुपमा प्रभाव फैलाउदै लगेको माअोवादीले २ वटा भरुवा बन्दुक बाट जनयुद्ध शुरु गरी ०६१/६२ सम्म अाई पुग्दा राज्यको हेलिकप्टर खसाउने तहसम्म पुगेको सबै सामु छर्लङ्गै छ ।
जनयुद्ध सुरु गर्नु पुर्व तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवालाई ४० बुदे माग राख्दै जनयुद्धको सङ्घोस गरेको तत्कालीन माअोवादी ०५६/५७ सम्म अाईपुग्दा नेपालका अधिंकास जिल्लामा एउटा महत्त्वपूर्ण वैकल्पिक शक्तिको रुपमा स्थापित भईसकेको थियोे ।
तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाले गुलेलीले हानेर युद्ध लडने माअोवादीको दिवा सपना भएको भन्दै जनयुद्ध लडछु भन्नु हास्यास्पद भएको भन्दै सामान्य ढंगले लिएका थिए ।
जब माअोवादी जनयुद्ध एकपछि अर्को शक्तिशाली र प्रभावकारी बन्दै गयो तब तत्कालीन सरकार माअोबादी अान्दोलन र शक्ति संग शंशङ्कित हुन थाल्यो । जब माअोबादीले रोल्पा,रुकुम लगाएतका केही जिल्लाहरुमा अाफ्नो अाधार क्षेत्र बढाउदै लग्यो र देशभर जनयुद्धको प्रभाव र हस्तक्षेप बढाउदै देशका विभिन्न जिल्लामा रहेका प्रहरी चौकी र सरकारी संयन्त्रमा धावा बोल्दै लगेपछि सरकार एकाएक झस्कियो र माअोवादीलाई वार्तामा बोलाउने योजनामा पुग्यो । माअोवादी विद्रोह लाई वार्ताको माध्यमबाट समाधान गर्ने भन्दै ०५८ मा सरकार र विद्रोही माअोवादी विच पहिलो चरणको वार्ताका लागि वातावरण तय गरियो । पहिलो चरणको वार्ताको अभ्यास सफल हुन सकेन दोस्रो पटक पुनः वार्ताका लागि सरकार र विद्रोही पक्षबिच सहमति भयो तर दोस्रो चरणको वार्तामा समेतकुनै सहमति हुन सकेन । जब पुर्व राजा ज्ञानेन्द्रले १९ माघको शाही कदम चाले तब नयाँ राजनीतिक घटनाक्रम र परिदृश्यको विकास हुदै गयो ।
पुर्व राजा ज्ञानेन्द्रको कदमका विरुद्ध जब तत्कालीन विद्रोही शक्ति माअोवादी र संसदीय शक्तिहरु नजिक हुने सकेंत देखियो तव संसदीय शक्तिहरु सहित जनयुद्ध लडदै गरेको माअोवादी विच ०६२/०६३ सालको वृहत् जनअान्दोलनको वातावरण तयार भयो ।
जब सशक्त जनयुद्ध लडेका माअोवादी विद्रोही शक्ति र राजतन्त्र संग नजिक रहेका तर ज्ञानेन्द्रको शाही कदम पछि बाहिर रहेका संसदीय शक्ति बिच सयुक्त रुपमा वृहत् जनअान्दोलनको अाधिबेहेरी सिर्जना गरियो तब राजा ज्ञानेन्द्रले सुरुमा दमनको बाटो समाते तर माअोवादी सहितका राजनीतिक शक्तिहरुले लाखौं जनताको समर्थनमा सडक तताए त्यसको बलमा अढाई सय बर्षदेखिको जहानिय निरङकुस राजतन्त्रले घुंडा टेक्यो र नेपाली जनताले बर्षौ देखिको राजनीतिक अान्दोलनको एतिहासिक जित हासिल गरे ।
राजतन्त्रको सामुल अन्तय संगै नेपाली राजनीतिमा नयाँ घटनाक्रम विकास हुदै गयो जनयुद्ध र अान्दोलनको जगमा उपलब्ध भएको राजनीतिक उपलब्धि लाई नयाँ संविधानसभा मार्फत नेपाली जनताको संविधान बनाउने र नयाँ नेपाल निर्माणको अभियानमा सरिक हुने विद्रोही शक्ति माअोवादी र पुराना संसदवादी शक्तिलाई संविधानसभाको चुनाबमा जाने एउटा राजनीति अवसर प्राप्त भयो ।
जनयुद्ध लडदै गरेको माअोवादी र राजा ज्ञानेन्द्र विच सहमति भएर संसदवादी दलहरूलाई बाहिर राखेर राजा र तत्कालीन माअोवादी विच सहमति भएको भए अहिले नेपालको राजनीतिक अवस्था कहा पुग्थ्यो यो पनि एउटा फरक बहसको विषय बन्न सक्छ तर अहिले यता नजाउ ।
यता ०६४ को एेतिहासिक संविधानसभा मार्फत दश बर्ष जनयुद्ध लडेको माअोवादी पार्टी पहिलो राजनीतिक शक्तिको रुपमा उदय भयो । जनयुद्धमा नेपाली जनताले देखाएको त्याग र बलिदानको खास मुर्तरुप वा चुरो बिषय गणतन्त्र नै थियो जसका लागि पनि नेपाली जनताले माअोवादीलाई पहिलो शक्तिको रुपमा निर्वाचित गराए ।
माअोवादी संग नेपाली जनताका धेरै अाशा र अपेक्षा थिए,एजेन्डा थिए । जनयुद्धमा ज्यान गुमाएका परिवार,घाइते योद्धा,अपांग लगाएत ३ करोड नेपाली जनतालाई माअोवादी संग एउटा अपेक्षा थियोे अाशा थियोे । जनयुद्धमा माअोवादीले उठाएका मुद्दाहरु तब कार्यनयन गर्ने तह सरकार हो त्यसैको प्रतिनिधित्व गर्ने ठाउँमा माअोवादी पुग्दै थियोे त्यस अर्थमा पनि धेरै जनताको अपेक्षा माअोवादी संग जोडिएको थियोे ।
जनयुद्धमा माअोवादीले उठाएका जनताको जनजिविकाका मुद्दाहरु,राष्ट्रियताका मुद्दाहरु साथै जनप्रिय मुद्दाहरु संग जब जनता कन्भिन्स थिए त्यसअर्थमा पनि माअोवादीलाई भोट दिएर पहिलो शक्ति बनाए र दश बर्ष जनयुद्ध लडेको पार्टी लाई मत दिई संविधानसभाको पहिलो शक्ति बनाएर संसद भवन छिर्ने बाताबरण तयार पारिदिए ।
संसदीय व्यवस्था विरुद्ध लडाइँ लडेको शक्ति अन्ततः सविधानसभामा पहिलो दल बनेर संविधानसभा छिर्यो यो अाफैमा राजनीतिक जोड घटाउमा जित हासिल गरेपनि राजनीतिक कार्यदिशाको हिसाबले माअोवादी बाध्यात्मक बाटो अगाल्नुको विकल्पमा थिएन ।
माअोवादी मुख्य दल बनेर संसद भवन त छिर्यो तर माअोवादी सगै जोडिएका धेरै बिषयमा बाहिर एउटा बुझाई थियोे । जनमुक्ति सेना बाहिरै थिए उनको राजनीतिक एवम् सामाजिक व्यवस्थापन जटिल बिषय थियोे । त्यही विचमा संसदीय अङ्क गणितमा बलियो माअोवादीको नेतृत्वमा सरकार बन्ने करिबकरिब निश्चित बन्यो ।सरकार बन्ने अवसर संगै कैयौं चुनौती र दायित्वको धरातलमा माअोवादीको नेतृत्वमा सरकारको चाबी अायो । जनयुद्धमा लाखौं जनतालाई गरिएका प्रतिबद्धता,जनयुद्धका मुद्दा लाई वास्तविक जनताको तहसम्म जनताले अनुभुत गर्ने गरि काम गर्ने जिम्मेवारी माअोवादीको काधमा अाएको थियो । संसदीय व्यवस्थाको कडा बिरोधी माअोवादी अाफै जब संसदीय अभ्यासमा सरकार चलाउदै थियोे तर विडम्बना संसदीय अभ्यासमा काचो माअोवादीलाई सेनापति प्रकरणले सरकार बाट बाहिरिन बाध्य बनायो । जब माअोबादी सरकार बाट बाहिरियो तब माअोवादी संग गरिएका लाखौं जनताका अाशा र अपेक्षा साथै जनयुद्धमा उठाईएका मुलभुत मुद्दा कार्यन्यनमा माअोवादी रक्षात्मक र कमजोर बन्दै गयो ।
यता माअोवादीको मुल नेतृत्व प्रचण्ड बाबुरामहरु पनि एकपछि अर्को जनयुद्धका मुल्य र मान्यतालाई बिर्सेर पुरानै सत्ताको निरन्तरता दिदै सिमित स्वार्थमा लिप्त भएको भन्दै मोहन वैध किरण,सिपि गजुरेल,राम बहादुर थापा बादल र नेत्र विक्रम चन्द विप्लप,देव गुरुङ लगाएका नेताहरु प्रचण्ड,बाबुराम शैलि संग असन्तुष्ट हुदै छुट्टै पार्टी गठनको तयारीमा लागे र मोहन बैधको नेतृत्वमा ०६८ मा पार्टी विभाजनको संघारमा पुग्यो । त्यस लगत्तै बैध नेतृत्वको माअोवादीमा पनि बिभिन्न शैली र प्रवृत्तिको हावि भएको र मोहन बैध किरणले पनि लामो समय सम्म अकर्मण्यतामा राखेको भन्दै सोही पार्टीका सचिव एवम् जनयुद्धकालिन चर्चित युवा नेता नेत्र विक्रम चन्द विप्लवको नेतृत्वमा छुट्टै पार्टी गठन गरियो भने मोहन बैध संग राम बहादुर थापा बादल,देव गुरुङ लगाएतका नेताहरु प्रचण्ड संग फर्किए । प्रचण्ड संग बिभाजनका वेला प्रचण्डलाई सबैभन्दा धेरै अालोचना गर्ने बादल र देव गुरुङ अन्ततः प्रचण्ड नेतृत्वको माअोबादीमा सामेल हुन पुगे । किरण भन्दा पहिलै प्रचण्ड संग बिभाजन भएर छुट्टै पार्टी गठन समेत गरेको मातृकाप्रसाद यादव पनि अन्ततः प्रचण्ड सगै सामेल भए ।
यिनै राजनीतिक घटनाक्रमका बिच ०७० को चुनाबमा कमजोर बनेको प्रचण्ड नेतृत्वको माअोवादीले ०७४ को स्थानिय चुनाबमा काङ्ग्रेस संग चुनावी तालमेलको वाताबरण बनाएको थियो तर केहि ठाउँमा काङ्ग्रेस संग तालमेल गरेपनि पछिल्लो समयमा तालमेल गर्न काङ्ग्रेस अनिच्छुक देखिएपछि चतुर प्रचण्डले बाहृय शक्तिको योजना र पार्टी कमजोर बन्दै गएको निष्कर्षमा जनयुद्धका सबै मुल्य र अादर्शलाई तिलान्जली दिएर एमाले संग पार्टी एकता गरी संसदीय राजनीतिमा अाफ्नो राजनीतिक भबिस्यलाई सुरक्षित अवतरण गराउन सफल भए । प्रचण्ड लगाएत १०/१२ जना नेताको सुरक्षित राजनितिक अवतरण भएपनि माअोबादी जनयुद्धले जन्माएका हजारौं नेता कार्यकर्ताको अवस्था भने अहिले झन दुखद दहनिय बनेको छ । जनयुद्धका मुद्दा,मुल्य,मान्यता र अादर्श वेवारिसे त भए नै त्यो संगै हजारौं नेता एवम् कार्यकर्ताको राजनीतिक एवम् सामाजिक भबिस्य अन्योलमा परेको छ । अाज माअोबादी जनयुद्ध २४ बर्षमा प्रवेश गर्दै गर्दा जनयुद्धका सिमित उपलब्धिहरुको रक्षाको बिषय झन गम्भीर र पेचिलो बन्दै गएको छ । जनयुद्ध लडेका सयौं जनमुक्ति सेनाका योद्धाहरु अाज खाडीमा पसिना बगाउन विवस छन् भन्ने कतिपय पासपोर्ट लिएर काठमाडौंका गल्लिहरु भौतारिरहेका छन । जनयुद्धका घाईते अपाङ्गहरुको अवस्था झनै दहनिय छ । शरिरमा लागेको बमका छर्राहरुले अहिले पनि दुखाईरहेका छन् ।
गणतन्त्र,सघियता,धर्म निरपेक्षता,समाबेशिताका लागि लडेका योद्धाहरु अाज यहीँ गणतान्त्रिक नेपालमा अपराधी हुनु परेको छ । ज्यानको बाजि राखेर ल्याएको गणतन्त्रमा अाज हिजोका कतिपय प्रतिकार समितिका मण्डलेहरु स्थानीय सरकारका प्रमुख,उपप्रमुख बनेका छन । अाफुले बुबा गुमाएर ल्याएको गणतन्त्र,दिदी दाई गुमाएर अाएको गणतन्त्र,श्रीमती गुमाएर ल्याएको गणतन्त्रमा कुनै अनुभुति हुन सकेको छैन ।
हिजो गणतन्त्र बिरोधि नारा लगाउनेहरु अाज गणतन्त्र ल्याउनेहरुको नाममा दर्ज भएका छन। हिजोको मण्डललेहरु गणतन्त्र नेपालका हिरो बनेका छन् ।
जनयुद्धमा उठाएका मुद्दाहरु अाज अाज एकपछि अर्को गरी धबस्त पार्ने षड्यन्त्र भईराखेको छ । अढाई सय बर्षको पुरानो जाहनिय राजतन्त्र फालियो तर एक राजा गए तर अाज हजारौं नयां राजाहरु नेपाली समाजमा जन्मेको अनुभुत भईराखेको छ ।
हिजो पञ्चायत कालमा समेत जननिर्वाचित प्रतिनिधि लाई तलबदिने प्रचलन थिएन तर अाज गणतन्त्र अाएको मुलुकमा वडा सदस्य देखि प्रधानमन्त्री सम्म तलबभत्ता,सेवासुबिधा,सबारीको नाममा करोडौं करोड खर्चेको छ । जनताको ढाड सेक्ने गरी महङ्गी बढेको छ । पेट्रोल डिजलको भाउ अकासिएको छ । प्रत्येक शिर्षकमा जनतालाई करको दर कायम गरिएको छ । १८% देखि ६००% सम्म कर बढाईएको छ ।३ वटै सरकार संघिय ,प्रदेश हुदै स्थानिय सरकार सम्म भष्ट्रचार व्याप्त छ । केन्द्र देखि स्थानिय तहसम्म एनजीओ अाईएनजिअोहरुको अपारदर्शिता झनै बढेको छ । दैनिक सयौंको सङ्ख्यामा युवा बिमानस्थल हुदै खाडी पुग्नु पर्ने बाध्यता छ । सरकारले स्पष्ट बैदेशिक निति बनाएको पनि छैन । युवा स्वरोजगारको कार्यक्रम पनि हातिको देखाउने दात मात्रै भएको छ । शिक्षक सडकमा छ,चिकित्सक सडकमा छ,अधिकारकर्मि सडकमा छन कर्मचारी सडकमा छन सरकारले कसको पक्षमा के गरिराखेको छ जनता पुरै अन्योलमा छन ।
अाज २४ अौं जनयुद्ध दिवसको अवसरमा एकपटक जनयुद्ध लाई फर्केर हेर्नेअाटं हिजोका माअोवादीहरुले गर्नुपर्छ । जनयुद्धमा उठाईएका सघन मुद्दाहरुबारे एकपटक सरकारमा भएका हिजो जनयुद्ध लडेका नेताहरूले अझै गम्भीररुपमा लिन जरुरी छ । अाज देशमा कम्युनिस्टको सरकार छ,स्वभाविकरुपमा सरकार संग जनताका धेरै अाशा र अपेक्षा थिए । एउटा जनयुद्ध लडेरअाएको शक्ति सहितको सहभागितामा सरकार छ अर्को संसद र सरकारमाकम्युनिस्टको स्पष्ट बहुमत छ । तर सरकारले जनचाहना अनुसार काम गर्ननसकेको सरकार पक्षबाटै गुनासो अाईराखेको छ । सरकारमा भएको दललेचुनाबमा जनतासामु गरिएका प्रतिबद्धताहरुको केही प्रतिशत मात्रै कामगरेको भएपनि जनतामा निराशा हुने थिएन तर चुनाबी प्रतिबद्धताहरुएकातिर छन सरकार अर्कै बाटो हिड्दैछ ।यहाँनिर सरकारलाई जोडनुकोपछाडि जनयुद्ध लडेर अाएको एउटा शक्ति सहितको सहभागीतामा बलियोसरकार छ । तर जनयुद्ध लडेका पुर्व जनमुक्ति सेनाका सदस्यहरुकाठमाडौंको रत्नपार्क बाट न्याय र अधिकारको भिग माग्दै छन । जनयुद्धकाघाइते र अपांगहरु हस्पिटलको बेडबाट अाफ्ना शरिरमा लागेका बमकाछर्राहरु निकाल्ने व्यवस्था मिलाईदे सरकार भन्दैछन तर सरकार सुन्दैन,उल्टोसरकार रत्नपार्कबाट न्याय र अधिकारको भिख मागिरहेको पुर्व जनसेनालाईगिरफ्तार गरेर उल्टो मुद्दा लगाउन उद्दत देखिन्छ । यसले जनयुद्धकोमुल्य,मान्यता र अादर्शमा प्रश्न उठाउनु स्वभाविक छ । जनयुद्धका कमाण्डरपुष्पकमल दाहाल सरकारका दोस्रो पाईलटको भुमिकामा हुनुहुन्छ । जनयुद्धलडेका धेरै नेताहरु संघिय,प्रदेश र स्थानीय सरकारमा हुदा समेत उनिहरुसंगै जनयुद्ध लडेका सारथिहरु लाई अपराधी देखेर मुद्दा लगाउने कामएकपछि अर्को ढंगले भईराखेको छ ।
यो अवस्थाको विचमा २४ अौं जनयुद्ध दिवस मनाउने जमर्कोमासरकारमा रहेका पुर्व माअोवादी र सरकार र संसद भन्दा बाहिर रहेका पुर्वमाअोवादीहरु रहेका छन । २४ जनयुद्ध दिवसको अवसरमा जनयुद्धकोमुल्य,मान्यता मुद्दाहरुमा सबै पुर्व माअोवादीहरुले गम्भीर रुपमा मनन गरुन्शुभकामना ।
लेखक–क्रान्तिकारी पत्रकार संगठन नेपालका अध्यक्ष