logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

जनयु’द्ध डायरी : फष्ट फाइ’रिङ्गको एक अनुभुती !

सदरमुकाम कब्जा मोर्चाको स्मरण


  • सुनिता वम 'कामना'
  • शनिबार, फाल्गुन ४ २०७५

आज फागुन ४ गते मेरो जिवनकाे ऐतिहासिक क्षण । १४ बर्षमै युद्ध ब्याडलमा सहभागी भएको दिन, आजभन्दा ३ बर्ष अगाडि  कान्तिपुर दैनिकले आजको  अर्थात फाल्गुण ४ गतेकाे दिनलाई  ‘कालाे’ दिनका रुपमा स्मरण गरेकाे रहेछ। अहिले मंगैलसेनाका कमाण्डर हरु तितरबितर अवस्था मा छन् । प्रचण्ड काे बिचलनसंगै माओवादीकाे मुल प्रवाह बिलय भएको एकाथरी प्रचारवाजी छ,केहि समय अघि नेेेपामा अर्को माओवादी जन्मन सक्ने भनेका प्रचण्डले ३ दिन अघि मात्रै जनयु’द्ध दिवश धुम्वाराहीमा एमाले भएर मनाए भने अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपीले कार्यक्रम बहिस्कार गरे उता माधवले आपत्ति जनाए त्यहि कार्यक्रममा प्रभाकरले दलाल पुजीवादीहरु हावि भएकाे र तिनिहरुकाे राज नस्वीकार्ने बताए ।

तर आज जनयु’द्धका सपना पुरागर्न विप्लव बाहेकले हिम्मत गरिरहेका छैनन्। भने जुन जनयुद्’धको बलबाट सत्ता प्राप्त गरे दलालहरु जनयु’द्धलाई आ’तंककारी नजर देखिरहेका छन् ।
मिडिया राजा ज्ञानेन्द्र ले जसकाे साताे लियर लुक्नुपर्याे काेे थियाेे,आज  जनयु’द्धको बल जन’मुक्ति सेनाकाे तागतले ल्यायकाे गणतन्त्रका हालिमुहालिकर्ता छन र ला’जै नमानि जनयु’द्धको भण्डाफाेर गरिरहेका देख्दा संकिर्णता ,पुरानो चिन्तन र चेतना अनि  साेेेच्नेे दरिद्रताकाे पराकाष्ठा लुकेन ।
आजको यस गाैरवशालि दिनलाइ विशेष बिजयकाे दिनमा स्मरण गर्नु र गराउनु क्रा’न्ति’कारीहरुकाे जिम्मेवारी हुन्छ।

करिब १६ बर्ष अगाडी आजकै दिन । नेपालको राजनैतिक इतिहासको ऐतिहासिक दिन । जनमुक्ति सेनाले यु’द्द कौसलतामा उच्चता कायम गरेको दिन । तत्कालीन शाहीसेनाको ब्यारेक माथी हमला बोलेको दिन । अछाम सदरमुकाम मंगलसैन र सापेबगरमा बिजय हासिल गर्दै बिरता कायम गरेको दिन ।
फाल्गुन ४/२०५८ माओबादी जनयु’द्दमा लागेको साढे ११ महिना पछि पहिलो पटक ठुलो यु’द्द आमुन्ने-सम्मुन्नेमा सहभागी हुने सौभाग्य एउटा सानो टुकुडी सप्लाई ग्रुपको सदस्यको रुपमा मिल्यो । उमेरले पनि बच्चै के हुन्छ कस्तो हुने हो ठुलो कौतहल्ताका बिच यु’द्द मैदानमा पुगेकि थिए । यस्तो प्रतिबद्धता हुन्थ्यो म’रे शहिद जिते संसार मृ’त्युबाट जितेका यो’द्धा हरुसंग माल्कोटबाट अन्तिम तयारी सकेर अछाम तिर हिडेका थियौ फाल्गुन २ गते। हिउदको चिसो डाडाकाडा हिउ परि सेताम्मै। हामी माल्कोटको उच्चछव हुदै अछाम रामारोसन तर्फ लाग्यौ निकै ठुलो जनसेनाहरुको ग्रुपमा कलाकारहरु सहित पहिलो पटक यात्रा भयो मेरो लागी।

हामी कता के का लागी किन हिडदैछौ पुरै अन्नावन थिए म मात्र रमाइलो यात्रा बाहेक । जव हाम्रो अछाम रामारोसन हुदै मंगलसैन तर्फको यात्रा तय भयो ४ गते को समसाझमा अन्तिम सम्पर्क प्वाइन्ट मा पुग्यौ थाहा भयो कि हामी ल’डाइमा जादैछौ । हामीसंग पराक्रमी,बिश्वप्रकास दाजु र महान्ता दिदी हुनुहुन्थ्यो । अन्तिम सम्पर्क प्वाइन्टसम्म। सानै थिए हिडन गाहो हुन्छ भनेर बिश्वप्रकास दाइले तिमी नजाने यतै बस्न पर्छ भन्नु भो तर मन ले नमानेपछी दाइ कुरा अस्वीकार गर्दै संगिता दिदीहरुसंगै हिडियो।

दुरी निकै नजिक थियो । अबिस्मरणिय कुरा त के भने हामी माल्कोट बाट हिडेपछी उच्छवको लेकको ओरालो लागेपछी कलाकार पाण्डव बिस्ट हिउको सानो पहिरोले बगायो उहाँ हरायपछी बिन्दमान दाइ लगायत जनमुक्ती सेनाका कमरेडहरुले खोज्नुभो ।

४ गते बेलुका करिब ९ देखी १०:२० को बिच टोलीहरु आफ्नो आर्कमा पुगेपछि करिब १०:३० बजे पहिलो अट्याक फा’यर हाम्रो तर्फबाट जनमु’क्तीसेनाले खोलेपछी लडाइ भिषण सुरुभयो अधेरी रात मौसम निकै चिसो हिउ को सिरेटो लागिरहेको थियो ज’नमुक्ति सेनाका यो’द्धाहरुको अदम्य र अभुरपुर्व साहसका बिच कुनै महसुस रहेन। पहिलो फा’यर खुलेपछी मनमा केही त्रास जस्तो भइरहेको थियो जव लडाइ भिषण बन्दै गयो तब शाहास थपिदैथियो।

त्यो रात सम्झिदा यु’द्दसुनामी अहिल्यै चलिरहेको छ। यु’द्दको भीषणता यु’द्द सुनामी चलिरहेको थियो त्यहा। बमगोला चट्याङ के त सारो भ्याउथ्योहोला र खै ? ब’म बा’रुदको धुवाले आकास अनुमान गर्न सकिदैनथियो । दोहोर भि’ड़न्त निरन्तर चलिरहेयो।

जनमु’क्तिसेनाको अथक प्रयास निकै सरानिय र ऐतिहासिक लाग्थ्यो । हामी नजिकै स्वास्थ्य पोस्ट पनि थियो ल’डाइ चलेको केहीबेर नबित्दै एक यौद्दा घाइते भएर उपचार गरिदैथीयो । कतिबेला श’हिद भएको कुरा कोही साथी घा’इते भएको कुरा कोही एसाल्टमा बढदै गरेको कुरा सुचना आइरहन्थ्यो। कमाण्डहरुको कुशल नेतृत्वले लडाइ निकै रोचक र भि’षण भइरहेको थियो।

हामीसंग हिडेको टोलीले २ दिन पहिलाबाट खाना खान पाएको थियन बोकेर लगेको खाजाहरु बाहेक भोक प्यास अनिदो थकाइ कुनै महसुस देख्न पाइयन त्यहा बिहान करिब ३ बज्दा हो सायद २० जना भन्दा बढी श’हिद हुनपुग्यो भन्ने सुचना आइपुग्यो । ल’डाइ बिजयमा पुग्न मात्रै केही बेर कुर्नु थियो हामीले जिप्रका का’रागार क’ब्जा भइसकेको थियो ।
त्यतीबेलासम्म शैनिक ब्यारेककब्जा हुन मात्र बाकी छ अछामको आकास पुरैकालो थियो ब’मगो’लाको आवाजले कान नै कमजोर भएको भाव हुन्यो । जव बिहान ४ बजेपछि पुरै सदरमुकाम जनमुक्ती’सेनाको नियन्त्रणमा आयो। हामीलाइ अब ल’डाइ जितियो केही सामानहरु आउछ र रिटिड हुनु लियर भन्ने निर्देशन आयको केहीबेरमै हामी फर्कियौ।

त्यो रात ब’मगो’लासंग साक्षात्कार गरेको रात भुमिगत भएपछि केहीदिनमा मेहलमुडी मै भि’ड़न्त मा परियो रमाइलो संग PLA को एउटा टुकुटीले प्रहरी लखेट्यो। कहिले लखेटिने कहिले लखेटने सामान्य तर प्राय चलिरहन्थ्यो । तर पहिलो पटक यु’द्द धमकासंग प्रत्यक्ष रहियो ।

हामी रिटिट भयो करिब २ घन्टा हिडेपछी २५ जना श’हिद भएको र सापेबगरपनि नियन्त्रणमा आएको त्यहा ४ जना श’हिद भयको कुरा सुनाइयो। रातभरीको लडा’इको थकान सहयोद्दाहरु गुमायको नमिठो पिडा र बिजयको उल्लास जनसेनाको अनुहारमा सजिलै देखिन्थो अछामको आकासमा हेलिक्टरहरु देखिन्थे ।
जमिनमा लालसिपाहीहरुको ताती हामी बटुल्लासैन पुगेपछि कर्णाली दाइ र निराज मामा को उच्च शहा’दत भएको खबर सुनियो मन अलि खिन्न भयो दु’शमनको घेराबन्दी तोडदै जनमुक्ती सेना रिटिट भयो। मंगलसेन रेडमा जनस्तरबाटपनि महत्वपूर्ण सहभागीता थियो।

तर कालिकोट पुग्दा हामी संगै गएका दाइ महान्त बम र तपेन्द्र शाही फर्किदा भएको भि’डन्तमा श’हिद भएको कुराले निकै पिरल्यो उहाहरु जनस्तरबाट सहभागि हुनुभएको थियो। हो आजको मितिसम्म आउदा मंगलसैन रेडका मुख्य कमाण्डर नन्दकिसोर पुन उपराष्ट्रपति हुनुहुन्छ भने राजनैतिक कमाण्डर अनन्त पटकपटक मन्त्री भइसक्नु भयो। नेत्रबिक्रम चन्द बिप्लव क्षतबिक्षत भएको माओबादी आन्दोलन पुर्नसंगठित गर्दै अगाडी बढिरहनु भएको छ।
नया मानव नया समाज नया संस्कृतिको परिकल्पना थियो महान जनयु’द्द ले गरेको। सामान्ति राजतन्त्रात्मक संसदिय ब्यबस्थाको अन्यको लागी थालियको माओबादी आन्दोलनमा हजारौको बलि’दान भो हजारौ घा’इते भए सयौ बे’पत्ता छन कति घरबारबिहिन यसको कुल स्वार्थ राज्यसत्ता बदल्नु थियो र सर्बहारा बर्गको अधिनायकत्व सहित जनगणतन्त्रात्मक शासन ब्यबस्था थियो तर माओ’बादी नेताहरु को मुल नेतृत्वमा आएको बिचलन बैइमान र आत्मसमर्पणका बिच यि स्वार्थहरु नाकाम्म साबित भए।
नेपाली जनताको सपना श’हिदहरुको सपना र बे’पत्ता यौद्दाहरुको आस्था को ह’त्या गरियो। सत्ताको भत्ता र बैभवको ज़िन्दगीनामा रमाउन पुगेका नेताहरुले मा’ओबादी आन्दोलन प्रति गद्दारी गरे र आज सत्तासिन छन। मन प्रश्न आउन के पासाङहरु केही प्रचण्डहरु केही अनन्तहरु बनाउन यत्रो बलि’दानी भएको थियो? या त हामी नेपाली जनतालाइ अधिकार सम्पन्न बनाउन चाहान्थ्यौ ?

जनयु’द्दको मु’द्दाहरु सडकमा छोडेर सत्ताको मात लागेका प्रचण्ड बल्खु पुगेका छन र आधारभूत मालेमाबादी सिद्धान्त बाट बिचलित र च्युत भएका छन। उसलाइ झुपडी हैन दरबारप्रति मोह छ। सर्बहारा बर्गको सेवा हैन दलाल केही शासकहरुको सेवामा माओबादी आन्दोलनलाइ बल्खु दरबारमा लियर अप’मानित र बदनामी गराउन नि’र्लज्ज कोसिस भएको छ।
ताजै छन प्रत्येक बस्तिमा झुपडीमा सर्बहारा बर्गबिच गरियका बाँचाहरु खायका कसमहरु पायका न्यानोपन र मायाहरु हामी त थाकेका छैनौ । अहिले क्रा’न्तिको आवरणमा पद पैसा र पावरको भोकाहरुको जुवा खेलाइ पनि चलिरहेकै छ । तर जनयु’द्धमा न हामीलाइ पैसाले त प्रतिष्ठाले न त सत्ताको मातले तान्न सक्यो किनकी बलि’दान त्या’ग हाम्रो पहिलो स्वार्थ हो र थियो । त्यसैले हामी नया सकंल्प बोकौ हाम्रा सपनाहरु पुरा गर्ने प्रतिबद्धता गरौ हाम्रो लक्ष्यको शिखर चुम्ने र प्रण गरौ बलि’दान हुने।
सर्बहारा बर्गको सत्ता हामीले खोजेको रोजेको चाहेको बैज्ञानिक समाजबादको यात्रा का लागी एकिकृत जनक्रा’न्तिको बाटो जस्ले सयौ मंगलसैन र सापेबगरहरुको लक्ष्य चुम्ने छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार