राजनीति
८ हजार वर्ष देखी महिला उत्पीडित छ्न समाज बिकाशका हरेक चरणमा महिला उत्पिडन मा मात्र छ न ।महिला शोषणको ८ हजार वर्ष भयो सामन्तवादले घरमा बन्देज गरेर यौन शोषण गर्यो पुजीवादले बाहिर त ल्यायो तर बजारमा लगेर श्रम र यौन शोषण गरेको छ जुन ५ सय वर्ष देखी चल्दै आएको छ ।
आज हामी १०९ औं बिश्वभरका श्रमजीवी मेहनतकस महिलाहरू काे ऐतिहासिक दिन आठ मार्च काे सन्दर्भमा छाै । याे दिनकाे स्मरण गरिरहदा दाेश्राे ऐतिहासिक अन्तर्राष्ट्रिय कांग्रेस वा अन्तर्राष्ट्रिय श्रमिक महिला आन्दोलन का नायक क्यालराकाे निधन पश्यात पुजीवादीहरुकाे दवदवा र एजेन्डा भन्दा माथि उठनसकेन् अाज हामी पुजीवादी छत्रछायामा याे दिबश मनाउदै गर्दा श्रमजीवी महिलाहरुकाे अधिकारकाे सवाल वा महिलाहरुकाे माथिकाे विभेद काे सवालहरु पुजीवादी बजारले खाइदियकाे छ र उसकले केवल लैङ्गकि कुरा उठायर मुठ्ठीभर महिलाहरु शासन सत्ताकाे दैलाेमा पुगाउने राज्यका सेवासुविधा भाेक गर्ने केहिहदकाे बैभवमा रमाउदै पुजिवादकाे असलि प्रतिनिधि मा पतित हुने समस्या उदाहरणीय छन्
संयुक्त राज्य अमेरिकाको सोशलिस्ट पार्टीले २८ फेब्रुअरि १९०९ मा सर्वप्रथम महिला दिवसको आयोजना गरेको थियो ।सोशलिस्ट पार्टीले सन १९०८ को अन्तर्राष्ट्रिय महिला कपडा कामदारको आन्दोलनको स्मरणमा २८ फेब्रुअरि १९०९ को दिन महिला दिवस मनायो। यसपछि यो फेब्रुअरि को अन्तिम आइतबारको दिन मनाइन थालियो। १९१०मा सोशलिस्ट इन्टरनेशनलको कोपेनहेगनको सम्मेलनमा यसलाई अन्तर्राष्ट्रीय दर्जा प्राप्त भयो। त्यस समय यसको प्रमुख ध्येय महिलाहरुलाई मताअधिकार दिनु थियो, त्यस समय महिलाहरूलाई मत दिने अधिकर कतिपय देशहरुमा थिएन। १९१७ मा रसियाको महिलाहरूले, महिला दिवसमा गास र कपासको लागि हडतालमा जाने निर्णय गरे। यो हडताल पनि ऐतिहासिक थियो। जारले सत्ता छोडे, अन्तरिम सरकारले महिलाहरुलाई वोट दिने अधिकार दियो। त्यस समय रुस मा जुलियन क्यालेन्डर को प्रचलन थियो र बाकी धेरै जसो देशमा ग्रेगेरियन क्यालेन्डरको प्रचलन थियो। इ दुई दिनमा केहि फरक छ। जुलियन क्यालेन्डर अनुसार १९१७को फेब्रुअरीको अन्तिम आइतबार २३ फेब्रुअरी मा पर्थ्यो जब की ग्रेगेरियन कयालेन्डर अनुसार त्यस दिन ८ मार्च थियो। त्यस समय धेरै जसो देशमा ग्रेगेरियन क्यालेन्डर प्रचलित थियो। त्यसैले ८ मार्च महिला दिवसको रूप मा मनाइन थालियो।
यस्तै सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट कलारा जेटि्कन सेक्रेटरी भइन् । त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको शिकागो शहरमा महिलाहरूले समान अधिकारको माग लिएर महिलाहरूले हड्ताल र विशाल जुलुश प्रदर्शन गरे ।

महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रुपमा ८ मार्चलाई महत्वपूर्ण दिनमा रुपमा मान्ने गरिएको छ ।
माक्र्सले सन् १८६८ मा भएको प्रथम इन्टरनेसनलमा महिला समानताका निम्ति सामाजिक उत्पादन काममा महिलाको संलग्नता नितान्त आवश्यक छ भन्दै समान कामको असमान ज्याला प्रथा, अतिरिक्त श्रम शोषण, अनुत्पादक श्रमको बन्धनबाट मुक्ति प्राप्त नगरी महिलाले वास्तविक अर्थको आत्मनिर्भरता वा मुक्ति प्राप्त गर्न सक्दैन भन्ने दृष्टिकोण अगाडि सार्नुभयो । त्यसका लागि अलग्गै उचित कानुनको व्यवस्था (राति काम गर्न निषेध) हुनुपर्नेमा जोड दिइयो । प्रथम इन्टरनेसनलको यो विचारले विश्वभरि नै प्रभाव पा¥यो । परिणामस्वरूप महिला पनि ट्रेड युनियनमा संगठित हुन थाले, जसको प्रभावबाट सन् १८७१ मा फ्रान्समा भएको पेरिस कम्युन विद्रोहमा पनि सक्रिय सहभागी भए ।
यस्तै गरी ८ मार्च १८९७ मा उचित ज्याला र १० घन्टा कार्य दिनको माग गर्दै अमेरिकाको न्युयोर्कमा आन्दोलन भयो । १९०७ तिर आइपुग्दा समाजवादी महिलाको ठूलै पंक्ति तयार भयो । त्यसले जर्मनीको स्टुटगार्डमा पहिलो सम्मेलन गरी क्लारा जेट्किनको नेतृत्वमा ‘श्रमिक महिला संघ’ गठन गर्यो । यसको गठनले महिला आन्दोलन युरोपमा मात्र होइन, अन्य देशमा पनि प्रभाव पर्न थाल्यो ।
८ मार्च १९०८ मा अमेरिकाको न्युयोर्कमा श्रमिक महिलाले मताधिकारका लागि पुनः संघर्ष गरे । त्यस्तै गरी ८ मार्च १९०९ मा अमेरिकाको सिकागो सहरमा महिलाको ठूलो संगठित शक्तिले महिला अधिकारका निम्ति विभिन्न ठाउँमा हडताल, खुला सभा र सडकमा उत्रेर विशाल जुलुस प्रदर्शन गरे ।
सन् १९१० मा डेनमार्कको राजधानी कोपनहेगनमा १७ देशका महिलाको सहभागितामा दोस्रो अन्तर्राष्ट्रिय समाजवादी सम्मेलन सम्पन्न भयो । यस सम्मेलनमा ८ घन्टाको श्रम समय लागू गरिनुपर्ने, मातृशिशु कल्याण कार्यक्रम सञ्चालन हुनुपर्ने, आमा र बच्चाको संरक्षण हुनुपर्ने, हतियारको होडबाजी बन्द गरी युद्धको समाप्ति र शान्तिपूर्ण मानव जीवनको ग्यारेन्टी गरियोस् तथा महिलाले पनि आर्थिक र राजनीतिक काममा सक्रियतापूर्वक भाग लिन पाउनुपर्ने भन्ने विचार अगाडि सारियो ।

साथै उक्त सम्मेलनले विभिन्न समयमा महिला अधिकार र समानताका लागि भएका महिला आन्दोलनबारेमा पनि गम्भीरतापूर्वक छलफल गरेको थियो । त्यो सम्मेलनमा क्लारा जेट्किनले ८ मार्चको दिनमा विश्वका धेरै देशमा श्रमिक महिलाले आफ्नो अधिकारका लागि ठुल्ठूला संघर्ष गरेका, ती संघर्षमा धेरै बलिदानी पनि भएको र महिलाले आफ्नो हक–अधिकार स्थापित गर्न सफल पनि भएको हुँदा उक्त दिनको ऐतिहासिक महत्वलाई ध्यानमा राख्दै ८ मार्चलाई एकता, संघर्ष र विजयको प्रतीकका रूपमा (मुक्ति दिवस) अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने प्रस्ताव राखेकी थिइन् ।
सो प्रस्तावलाई सहभागी राष्ट्रका महिलाले सर्वसम्मतिले पास गरे र सन् १९११ देखि ८ मार्चका दिन अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस निरन्तर मनाइँदै आएको छ ।
उत्पादनका साधनकोहरुमाथिकाे स्वामित्व श्रमकाे बिभाजन श्रमकाे शाेषणले हाम्रो समाजलाई विभिन्न रुप रंगमा बिभक्त गरिदिएकाे छ। रुपवादी अान्दाेलन र एजेन्डा बाट पुजिवादले महिलाहरुलाइ माथि उठनै नसक्ने गरि पछारी दिएकाे छ। र कथित स्वतन्त्रता काे नाममा शरीर का अंगहरु प्रदशन गरेर महिला अधिकार वा समानता दिएकाे अाभास गर्नबाध्य बनाइरहदा अाजपनि बिश्वमा क्रान्तिकारी महिला अान्दोलन च्युत मात्रै भएकाे छैन् नजानिदाे ढंगले उपभोक्ताबादकाे सिकार बन्दै पुजीवादी बाटो अनुसरण गरिरहेकाे छ याे मृत क्रान्तिकारीपनलाइ जिवित राख्नु क्यालाका अनुहायी श्रमजीवी महिला अधिकार का पहलकर्ताहरुकाे युगिन जिम्मेवारी हुन जान्छ। हार्दिक शुभकामना १०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवशकाे ।