logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

पुजीवाद र पितृसत्ताका बिरुद्ध निर्णायक हमला गराैं


  • शुनिता वम 'कामना'
  • शुक्रबार, फाल्गुन २४ २०७५

समाज बिकासको चरणमा महिलाहरूको शो’षणको एउटा लामो शृङ्खला छ । तर यसको गहिराइमा पुग्दा जव निजि सम्पत्तिको सुरुवात भयो सगै महिला माथिको अन्यायको सस्थागत प्रारम्भ भएको देखिन्छ । झन्डै आठ हजार वर्ष देखी महिला उत्पी’डित छ्न समाज बिकाशका हरेक । सामन्तवादले निजि घरमा ब’न्देज गरेर निजि साधनको रुपमा शोषण गर्यो भने पुजीवादले घर बाहिर त ल्यायो तर बजारमा लगेर श्रम र यौ’नको अचाक्ली शो’षण गरेको छ । यो तरिका झन्डै जुन ५ सय वर्ष देखी चल्दै आएको छ ।

आज हामी ११० औं  श्रमजीवी मेहनतकस महिलाहरू काे ऐतिहासिक दिन आठ मार्च काे सन्दर्भमा छाै  । याे दिनकाे स्मरण गरिरहदा दाेश्राे ऐतिहासिक अन्तर्राष्ट्रिय कांग्रेस वा अन्तर्राष्ट्रिय श्रमिक महिला आन्दोलनका नायक क्यालराकाे नि’धन पश्यात पुजीवादीहरुकाे दवदवा र एजेन्डा भन्दा माथि उठनसकेन् । आज पुजीवादी छत्रछायामा याे दिबश मनाउदै गर्दा श्रमजीवी महिलाहरुकाे अधिकारकाे सवाल वा महिलाहरुकाे माथिकाे वि’भेद काे सवालहरु पुजीवादी बजारले खाइदियकाे छ । उसले केवल लैङ्गकि कुरा उठायर मुठ्ठीभर महिलाहरु शासन सत्ताकाे चौकिदार बनाउन पुगेको छ । राज्यका सेवासुविधा भाेग गर्ने केहिहदकाे बैभवमा रमाउदै पुजिवादकाे असलि प्रतिनिधि मा पतित हुने समस्या उदाहरणीय छन्।

के थियाे श्रमिक महिला आन्दोलन

समान कामकाे समान ज्याला’ आठ घन्टा काम  मनाेरन्जन’ टेड्र युनियन काे अधिकार मातृशिशु स्याहार केन्द्र लगायतका माग राख्दै अमेरिककाे सिकागाे शहरका कपडा मिलका महिलाहरुकाे अभुतपुर्व आ’न्दोलन तथा जर्मनककाे क्यालराले नेतृत्व गरिरहेकाे आन्दोलन यसका ऐतिहासिक जग हुन् ।
महिला कपडा कामदारको आ’न्दोलनको स्मरणमा संयुक्त राज्य अमेरिकाको सोशलिस्ट पार्टीले २८ फेब्रुअरि १९०९ मा सर्वप्रथम महिला दिवसको आयोजना गरेको थियो । सोशलिस्ट पार्टीले सन १९०८ को अन्तर्राष्ट्रिय  २८ फेब्रुअरि १९०९ को दिन महिला दिवस मनायो। यसपछि यो फेब्रुअरि को अन्तिम आइतबारको दिन मनाइन थालियो। १९१०मा सोशलिस्ट इन्टरनेशनलको कोपेनहेगनको सम्मेलनमा यसलाई अन्तर्राष्ट्रीय दर्जा प्राप्त भयो। त्यस समय यसको प्रमुख ध्येय महिलाहरुलाई मताअधिकार दिनु थियो, त्यस समय महिलाहरूलाई मत दिने अधिकर कतिपय देशहरुमा थिएन। १९१७ मा रसियाको महिलाहरूले, महिला दिवसमा गास र कपासको लागि हडतालमा जाने निर्णय गरे। यो हडताल पनि ऐतिहासिक थियो। जारले सत्ता छोडे, अन्तरिम सरकारले महिलाहरुलाई भाेट दिने अधिकार दियो। त्यस समय रुस मा जुलियन क्यालेन्डर को प्रचलन थियो र बाकी धेरै जसो देशमा ग्रेगेरियन क्यालेन्डरको प्रचलन थियो। यि दुई दिनमा केहि फरक छ। जुलियन क्यालेन्डर अनुसार १९१७को फेब्रुअरीको अन्तिम आइतबार २३ फेब्रुअरी मा पर्थ्यो जब की ग्रेगेरियन कयालेन्डर अनुसार त्यस दिन ८ मार्च थियो। त्यस समय धेरै जसो देशमा ग्रेगेरियन क्यालेन्डर प्रचलित थियो। त्यसैले ८ मार्च महिला दिवसको रूप मा मनाइन थालियो।

“मार्च ८ महिला सं’घर्षको एउटा ब’लिदानीमय अभियान यात्राको प्रारम्भ हो ।”

यस्तै  सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट कलारा जेटि्कन सेक्रेटरी भइन् । त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको शिकागो शहरमा महिलाहरूले समान अधिकारको माग लिएर महिलाहरूले ह’ड्ताल र विशाल जु’लुश प्रदर्शन गरे ।

महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको सं’घर्षको दिनका रुपमा ८ मार्चलाई महत्वपूर्ण दिनमा रुपमा मान्ने गरिएको छ ।

मुख्य गरी ८ मार्च १८९७ मा उचित ज्याला र १० घन्टा कार्य दिनको माग गर्दै अमेरिकाको न्युयोर्कमा आ’न्दोलन भयो । १९०७ तिर आइपुग्दा समाजवादी महिलाको ठूलै पंक्ति तयार भयो । त्यसले जर्मनीको स्टुटगार्डमा पहिलो सम्मेलन गरी क्लारा जेट्किनको नेतृत्वमा ‘श्रमिक महिला संघ’ गठन गर्यो । यसको गठनले महिला आन्दोलन युरोपमा मात्र होइन, अन्य देशमा पनि प्रभाव पर्न थाल्यो ।

८ मार्च १९०८ मा अमेरिकाको न्युयोर्कमा श्रमिक महिलाले मताधिकारका लागि पुनः सं’घर्ष गरे । त्यस्तै गरी ८ मार्च १९०९ मा अमेरिकाको सिकागो सहरमा महिलाको ठूलो संगठित शक्तिले महिला अधिकारका निम्ति विभिन्न ठाउँमा हड’ताल, खुला सभा र सडकमा उत्रेर विशाल जु’लुस प्रदर्शन गरे ।

सन् १९१० मा डेनमार्कको राजधानी कोपनहेगनमा १७ देशका महिलाको सहभागितामा दोस्रो अन्तर्राष्ट्रिय समाजवादी सम्मेलन सम्पन्न भयो । यस सम्मेलनमा ८ घन्टाको श्रम समय लागू गरिनुपर्ने, मातृशिशु कल्याण कार्यक्रम सञ्चालन हुनुपर्ने, आमा र बच्चाको संरक्षण हुनुपर्ने, ह’तियारको होडबाजी ब’न्द गरी यु’द्धको समाप्ति र शान्तिपूर्ण मानव जीवनको ग्यारेन्टी गरियोस् तथा महिलाले पनि आर्थिक र राजनीतिक काममा सक्रियतापूर्वक भाग लिन पाउनुपर्ने भन्ने विचार अगाडि सारियो ।

साथै उक्त सम्मेलनले विभिन्न समयमा महिला अधिकार र समानताका लागि भएका महिला आ’न्दोलनबारेमा पनि गम्भीरतापूर्वक छलफल गरेको थियो । त्यो सम्मेलनमा क्लारा जेट्किनले ८ मार्चको दिनमा विश्वका धेरै देशमा श्रमिक महिलाले आफ्नो अधिकारका लागि ठुल्ठूला सं’घर्ष गरेका, ती सं’घर्षमा धेरै बलिदानी पनि भएको र महिलाले आफ्नो हक–अधिकार स्थापित गर्न सफल पनि भएको हुँदा उक्त दिनको ऐतिहासिक महत्वलाई ध्यानमा राख्दै ८ मार्चलाई एकता, सं’घर्ष र विजयको प्रतीकका रूपमा (मुक्ति दिवस) अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने प्रस्ताव राखेकी थिइन् ।

सो प्रस्तावलाई सहभागी राष्ट्रका महिलाले सर्वसम्मतिले पास गरे र सन् १९११ देखि ८ मार्चका दिन अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस निरन्तर मनाइँदै आएको छ ।

अवस्था र दृष्टिकाेण

उत्पादनका साधनकोहरुमाथिकाे स्वामित्व श्रमकाे बिभाजन श्रमकाे शाे’षणले हाम्रो समाजलाई विभिन्न रुप रंगमा बिभक्त गरिदिएकाे छ। सम्पतिमा एकाधिकार उत्पादनका साधनमाथिकाे स्वामित्व र श्रम शाे’षण तथा शारीरिक शाे’षण महिला उ’त्पिडनका मुल जड हुन्।  तर दुर्भाग्य रुपवादी आ’न्दाेलन र एजेन्डा बाट पुजिवादले महिलाहरुलाइ माथि उठनै नसक्ने गरि प’छारी दिएकाे छ। र कथित स्वतन्त्रता काे नाममा शरीर का अं’गहरु प्रदर्शन गरेर महिला अधिकार वा समानता दिएकाे आभास गर्नबाध्य बनाइरहदा आज  बिश्वमा क्रा’न्तिकारी महिला आन्दोलन च्युत मात्रै भएकाे छैन् नजानिदाे ढंगले उपभोक्ताबादकाे सिकार बन्दै पुजीवादी बाटो अनुसरण गरिरहेकाे छ याे मृत क्रा’न्तिकारीपन लाइ जिवित राख्नु क्यालरा का अनुयायी श्रमजीवी महिला अधिकार का पहलकर्ताहरुकाे युगिन जिम्मेवारी हुन जान्छ।

माक्र्सले सन् १८६८ मा भएको प्रथम इन्टरनेसनलमा महिला समानताका निम्ति सामाजिक उत्पादन काममा महिलाको संलग्नता नितान्त आवश्यक छ भन्दै समान कामको असमान ज्याला प्रथा, अतिरिक्त श्रम शो’षण, अनुत्पादक श्रमको ब’न्धनबाट मु’क्ति प्राप्त नगरी महिलाले वास्तविक अर्थको आत्मनिर्भरता वा मुक्ति प्राप्त गर्न सक्दैन भन्ने दृष्टिकोण अगाडि सार्नुभयो । त्यसैगरी लेनिनले महिलाहरुकाे सहभागी बारे भन्नू भयाे ” हामिले महिलाहरुलाइ सार्वजनिक गतिविधिमा सेनामा राजनीति जिवनमा सरिक गराउदैनाै भने यदि महिलाहरुलाइ निश्प्राण बनाइदिने घर भान्सा काेठाकाे बाताबरणबाट बाहिर निकाल्दैनाै भने वास्तविक स्वतन्त्रता हासिल गर्न असम्भव हुने कुरा अगाडि सार्नु भयाे । र भन्नू भाे महिलाहरुकाे सहभागीता बिना कुनैपनि क्रा’न्ति संम्भव छैनन् उनिहरुकाे सहभागीताबिना समाजवाद त के जनवाद पनि निर्माण गर्न असम्भव रहनेछ।

बुझ्ने बिषय र भ’त्काउने भुमिका

आजकाे दिनमा हामी औपचारिक समानतामा सन्तुष्ट भइरहेका छाै । फलस्वरु आर्थिक राजनीतिक सामाजिक तथा साँस्कृतिक क्षेत्रमा बिषमता बढिरहेकाे छ । हामिले केबल लै’ङ्गकि असमनताकाे सवाल उठाइरहदा त्यसकाे मुल र सार पक्ष ओझेलमा परिरहेकाे छ। हाम्राे उ’त्पिडन असमनताकाे मुख्य कारक लै’ङ्गकि पक्ष हाेइन याे रुप पक्ष हाे । यदी महिलाहरू आफ्नो समान हैसियत वा मु’क्तिका लागि सं’घर्ष गर्छन् हामिले बुझ्नुपर्छ उनीहरू माथिको कुनै पनि असमानता सामाजिक–ऐतिहासिक हो, अझ भनौ बर्गिय नै लिं’गीय होइन । तमाम वि’भेद सामाजिक होइनन् र लिं’गीय हुन् भन्ने हो भने यदि पुजीवादीहरु ले भनेजस्तो लै’ङ्गकि विभेद नै मुख्य सवाल भए के ब्रह्माण्ड रहेसम्म यी वि’भेद रहने भए, यस्ता वि’भेद रहनु स्वाभाविक र न्यायोचित देखिने भयो । महिला वा पुरुष जाति यो ब्रह्माण्ड रहेसम्म रहलान् त ? याे बिल्कुल साेचनिय पक्ष हाे ।

“पुजीवाद जतिसुकै  जतिसुकै उन्नत होस महिला बन्ने भोग बिलासका साधन मात्र हो ।”

त्यसैले पुजिवाद जतिसुकै सार्वधिक जनवादी नै किन नहाेस संसारमा कहि कुनैपनि त्यस्ताे उन्नत देश छैन जहाका महिलाहरुलाइलाइ पुर्ण स्वतन्त्रता दिएकाे छ। बरु उल्टै पुजीवादी जनवादले भड’किला तर्क शब्दाडम्बर लम्बाचाैडा भाषण तथा स्वतन्त्रता र समनताकाे वकालत गरिरहेकाे छ। भनाइमा दिएकाे स्वतन्त्रता र समानताले महिला आन्दोलन काे दिशा निकै धमिलाे बनाइदिएकाे छ। वास्तविक अधिकार र स्वतन्त्रता का लागि यस्ताे घृ’णित जाली जुलुमिकाे पुर्ण अन्त्यको जरुरत छ ।

हामी हेर्न सक्छौ विश्वकै ठुलो प्रजातान्त्रिक मुलुक र सर्व शक्तिमान राष्ट्र अमेरिकी  राष्ट्र प्रमुख विल क्लिन्टनले  नै आफ्नै कार्यकक्षमा महिला माथी गरेको यौ’न दु’व्र्यवहारले नै प्रष्ट पार्छ की पुजीवादीले महिलालाइ साधन भन्दा अर्को सोचेकै छैन । आज यहा सम्म पुग्दा महिला माथि हुने हिं’साका रूपहरू नयाँ-नयाँ ढँगबाट मञ्चन हुन थालेको छ। नियतजन्य ढंगबाट महिला माथि हिं’साका रूपहरू अघि बढिरहेका छन्। जसलाई बढी विश्वास गरिन्छ उसैबाट मृ’त्युलाई स्वीकार गर्न बा’ध्य भएका छन् महिला। यति सम्मकी प्रेम बिबाह गरेका अथवा ब्यानर र जनवादी युगलहरु समेत नाटकीय ढंगले श्रीमतीको अस्तित्व र चरित्र माथि प्रश्न चिन्ह खडा गर्ने घट्नाहरू देखिएका छन । जुन राजनीतिक प्रतिगमनको एउटा उदाहरण हो ।
त्यसैले महिला अधिकार बर्गिय राज्यसत्तासंग जाेडिएकाे ऐतिहासिक सवाल हाे । यसलाई बर्गिय दृष्टिकोणले नहेरी समस्या काे न्यायाेचित समाधान हुनैसक्दैन्। आजकाे दिनमा महिलाहरु चुलाे देखि सत्ता सम्म आर्थिक राजनीतिक सत्ताकाे शाेषणकाे सिकार छन् ।

“प्रेम बिबाह गरेका, ब्यानर अथवा जनवादी बिबाह गरेकाले समेत आफ्ना हर ह’र्कत छिपाएर श्रीमतीको अस्तित्व र चरित्र सग बिना कारण प्रश्न उठाएर शारीरिक हिं’सा सम्म जान्नु एउटा प्रतिगामी पतित सोच हो “

त्यसकारण यो बि’भेद र शो’षणको दृस्ठिकोणात्मक सत्ता  नभत्काए सम्म मु’क्ति  बोल्ने र देखाउने कुरा मात्र हो  । सत्य यहि हो  माक्र्सवादी महिला आ’न्दोलन बिना मु’क्ति संभव छदैछैन ।  जसका लागी बलियो र नैतिक वल सहितको कम्युनिस्ट पार्टी मात्र विकल्प हो  पुजिवादमा कुनै हिसावले सम्भव नै छैन् ।

संगठन दिने अधिकार नदिने, ह’तियार दिने ह’मला गर्न नमिल्ने ,रुप दिने रोज्न नदिने , काम दिने योजना नदिने , तरिका पनि पुरानै सोच शैली हुन ।

कम्युनिस्ट पार्टीले पनि महिला शो’षणको तहलाइ स’र्वाहारा श्रमिक वर्ग जतिकै महत्त्व र अर्थ राख्ने बिषय बस्तु ठान्नु र बुझ्न हि’च्किचाउनु हुदैन । संगठन दिने अधिकार नदिने, ह’तियार दिने ह’मला गर्न नमिल्ने ,रुप दिने रोज्न नदिने , काम दिने योजना नदिने , तरिका पनि पुरानै सोच शैली हुन । यसलाइ कम्युनिस्ट पार्टीको स्तरमा बुझेर धारणा निर्माण गरिनुपर्छ । सामन्तवदमा ब्याप्त रहेको भाग्यवाद र पुजीवादी ले स्थापित गरेको भाग्यवाद्को आवरणमा सुन्दरी साधन बनाउने सोच ध्वस्त नपारे सम्म मु’क्ति संभावना छैन । त्यसकारण अहिले सम्मका पितृसत्तात्मक सबै अवधारणा माथी नि’र्मम प्र’हार गर्नु पर्दछ ।  हामि महिलाले बुझ्नुपर्ने सवै भौतिक सुबिधामा भुल्दा बैचारिक आदर्शको आदरणीय बाटो ब’न्द भएको पत्तो नहुने गरी उपभोक्तावाद मा अल्झिएर हुदैन । यि सबबाट माथी उठेर बिकृत चेतना च्या’त्ने र समाजवाद हुदै साम्यवाद सम्मको ट्रेनमा बसिएन भने महिलाको लागि अझ कैयौं वर्ष क’हालीलाग्दा मात्र बन्नेछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार