राजनीति
ऐतिहासिक भौतिकवाद(Historical Materialism)
(१) परिभाषा (Definition)
ऐतिहासिक भौतिकवाद भनेको समाज विकासका सामन्य नियमहरुको विज्ञान हो । यो समाजलाई भौतिकवादी ढंगले हेर्ने, वुझ्ने, व्याख्या गर्ने र वदल्नको निम्ती मार्गनिर्देश गर्ने मालेमावादी विश्वदृष्ट्रिकोण हो । द्वन्दात्मक भौतिकवादी आधारमा समाजलाईअध्ययन र विश्लेषण गर्ने मानव दर्शनलाई ऐतिहासिक भौतिकवाद भनिन्छ । मानव समाज र त्यसका विकासका ऐतिहासिकनियमहरुको अध्ययन गर्ने वैज्ञानिक पद्धतीनै ऐतिहासिक भौतिकवाद हो । यो माक्र्सवादी दर्शन हो ।
माक्र्सले इतिहासका निर्माता जनता हुन, श्रमनै भौतिक उत्पादनको मूल्य हो र मानव इतिहास वर्गसंघर्षको इतिहास हो भनेर पुष्टिगर्नुभयो ।
(२) मानव समाज र इतिहासका श्रोतहरु (Humane Society and sources of the History)
पदार्थनै मानव समाज र इतिहासका आदितत्व हुन ।
भौतिक जीवनको समग्र उत्पादन पद्धतीनै मानव समाज वा इतिहासको श्रोतहरु हुन । आम सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक र वौद्धिक प्रक्रियाहरुको कुल योगनै इतिहासका श्रोतहरु हुन । (३) समाजविकासका मुलभूत नियमहरुः(Fundamental Law of Social Development)
पहिलो, समाज विकासका ऐतिहासिक प्रक्रियालाई अभिव्यत गर्ने नियमहरु मध्य विपरितहरुको एकरुपताको नियम हो । योसमग्र ऐतिहासिक प्रक्रिया, विशिष्ट समाज व्यवस्था र चिन्तन सवै क्षेत्रमा सार्वभौम रुपमा क्रियाशील हुन्छ ।
दोस्रो, सामाजिक सत्ता र सामाजिक चेतनाको एकरुपताको नियम, उत्पादन शक्ति र उत्पादन सम्वन्धको एकरुपताको नियमतथा आधार र अधिरचनाको एकरुपताको नियम समाज विकासका नियमहरु हुन ।
तेस्रो, नियम भनेको वर्गसंघर्षको नियम हो । यो नियम सवै वर्गसमाजमा सार्वभौम रुपमा लागु हुन्छ । पूजीवादी समाजलाईध्वस्त गरी समाजवादी समाज स्थापनाको लागि वर्गसंघर्षको विकल्प छैन । यो माक्र्सवादी समाज विकासको नियम हो ।