के हो माओवाद ? धेरैले नबुझेरै समर्थन र बिरोध गर्छन । तर हो त के भन्ने खोजी गर्दैनन् त्यसैले माओवादका आधारभुत बुझाइ यस्तो छ ।
यो वर्तमान युगको माक्र्सवाद— लेनिनवादको प्रयोगका लागि एउटा विस्तार र विकास हो । यो माओले चिनियाँ क्राान्तिको कोर्सको दौरान, समाजवादी निर्माणको प्रक्रियाको दौरान, आधुनिक संशोधनवाद विरूद्धको लडाईंमा, र खासगरी महान सर्वहारा साँस्कृतिक क्रान्तिको दौरान यसको विकास गरे । माओवादको योगदानहरूले निम्न विशेषताहरू समावेश गर्दछः
१. अन्तरविरोधहरूको सिद्धान्त, ज्ञानको सिद्धान्तको विकास र ‘जनताबाट लिएर जनतालाई दिने’को मास लाइनको सुत्रवद्ध, २.नयाँ जनवादको सिद्धान्त, औपनिवेशिक तथा नव–औपनिवेशिकहरूका लागि क्रान्तिको मार्गको सुत्रबद्ध र क्रान्तिका तीन जादुगरी हतियार—पार्टी, जनताको सेना र संयुक्त मोर्चाका निर्माण,
३. दीर्घकालीन जनयुद्धको सिद्धान्तको विकास र फौजी युद्धको सिद्धान्तको विकास
,४. दुई लाइन सङ्घर्षको बुझाइमा आधारित सर्वहारा पार्टीको सङ्गठनात्मक सिद्धान्तको विकास, सुद्धीकरण अभियानहरू र आलोचना र आत्मआलोचना,
५. चिनियाँ र सोभियत अनुभवको आधारमा समाजवादको राजनीतिक अर्थशास्त्रको विकास र समाजवादी रूपान्तरणको प्रक्रियामा अन्तरविरोधहरूको सही सञ्चालनद्वारा समाजवादी निर्माणको प्रक्रियाको द्वन्द्वात्मक बुझाइ,
६. अन्त्य र अति महत्वपूर्ण, समाजवादलाई मजवुत बनाउन, आधुनिक संशोधनवादका विरूद्ध लडन र पुँजीवादको पुनस्र्थापनालाई रोक्न सर्वहारावर्गको अधिनायकत्वअन्तर्गत निरन्तर क्रान्तिको सिद्धान्त र यसको ठोस परावर्तन महान् सर्वहारा साँस्कृतिक क्रान्तिमा भयो । सारांशमा माक्र्सवाद, लेनिनवाद, र माओवाद यसरी आपसमा बेग्लाबेग्लै विचारहरू होइनन्, बरू उही विचार र एउटैको विकसित र निरन्तर बृद्धिलाई जनाउँछ ।