logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सुरक्षाकर्मी मित्रहरू ! ‘सिमानाको पिल्लर बिर्सिएर , विप्लव खोज्दा दुख पाईएला’


  • बिरेन्द्र शाह
  • मंगलबार, चैत्र २६ २०७५

यतिबेला देश एउटा गम्भीर मोडमा पुगेको छ । जताततै समाजिक असुरक्षा बढदो छ । जनताहरु निराश र आशाविहिन छ्न । अर्को तिर जनतालाई झुठो आश्वासन दिएर करोडौं खर्च गरेर कुर्सीमा पुगेका कथित जनप्रतिनिधिहरु जनताले तिरेको करको पैसा मोजमस्ति उडाउदै छोटे राजा को भुमिकामा लुट मच्चाई रहेका छ्न , भने माथी सरकार चलाई रहेका टाउके राजाहरु देशमा विभिन्न काण्ड गर्दै देशका नदिनाला बेच्ने , राष्ट्रघाति सम्झौताहरु गर्ने , अर्बौ रकम भ्रष्टाचार गर्ने , करोडौं रकम कमिशन खाने र आफ्ना विरुद्धमा उठेका जनताका आवाजहरुलाई विदेशी मालिकको आड र भरोसामा बन्देज र प्रतिबन्ध लगाउने दुस्साहस गरेका छ्न । राष्ट्रिय राजनीति को यो परिस्थिति लाई सुरक्षाकर्मी साथिहरुले गम्भीरता पुर्वक बुझ्न जरुरी छ । दलाल सामाजिक फासिवादी चरित्र भएको केपि पिके गठबन्धनले आफ्नो कुर्सी बचाउन र विदेशी प्रभुको सेवा गर्नाका लागि देशलाई युद्ध धकेलेका छ्न । कानुनमै नभएको प्रतिबन्ध लगाएको बेला यो परिस्थितिमा देशमा उठेका प्रतिबन्ध विरोधी आवाज र जनताको साथ लाई मध्यनजर गर्दै विद्रोही ने. क. पा . असाध्यै संयमीत देखिन्छ ।

आज देशको यो अवस्थामा कोईपनी आम नागरिक वर्तमान राजनीति र व्यवस्था प्रती सन्तुष्ट छैनन । यो व्यवस्था नै असफल छ र जनताको वास्तविक जिवनमा बदलाव ल्याउनु पर्छ भनेर कसैले संघर्ष गर्दा दमन बाट समाधान खोजिन्छ भने निर्शत देश त युद्धमा जाने नै भयो । पछिल्लो चरणमा विकसित घटनाक्रम हेर्दा सुरक्षाकर्मी साथीहरू लाई विशेष ध्यानाकर्षण गराउने पर्ने देखिन्छ । १८ हजार तलब खाएर घर परिवार र केटाकेटी पढाउन न सकेको सुरक्षाकर्मी जवानको पीडा हामिलाई पनि महसुस भएको छ , अलि माथिल्लो स्तर का अधिकृतहरुको पिडापनि हामिले बुझेछौँ जनताको सुरक्षा गर्ने जिम्मेवारी जो काँधमा छ त्यो असाध्यै चुनौतीपूर्ण छ । तर भ्रष्टाचार गर्ने र घुस खाने सुरक्षाकर्मीको छलफल चै यहाँ गरिएको छैन । तिनीहरु देश लुटने नेताहरू कै सारथि हुन, न्याय र कानुनको बलि चडाउने निकृष्ट मानव हुन । देशको सन्यै क्षेत्रलाई आत्मनिर्भर र सक्षम बनाउने कुरा र सुरक्षा क्षेत्रहुने भ्रष्टाचार , बेथिति, आफन्तवाद , नातावाद , कृपावाद रोकेर गौरव गर्ने सक्ने बनाउनु पर्छ भन्ने विषय पनि अहिले विद्रोही ने. क .पा. ले उठाएको छ ।

के तपाईंहरु चाहनुहुन्न एउटा सुरक्षाकर्मी गर्व , स्वाभिमान र आत्मसम्मान का साथ आफ्नो देशको जनताको सेवामा समर्पित होस र केटाकेटी घरपरिवार को जिम्मा राज्यको होस । के विप्लव उठाएको यो विषय गलत हो ? देशको सिमानामा पिल्लर कता सारिएको छ त्यसको खोजी गर्नुपर्ने ठाउँमा विप्लव का नेता कार्यकर्ता का पछाडी हाथ धोएर लाग्यो भने देश कता पुग्छ भन्नुस त ? हो तपाईंहरु को शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी हो तर कानुनतः मात्रै हो , अदालत बाट निर्दोश करार भएको मानिस अदालत परिसर बाटै कुन कानुनमा टेकेर गिरफ्तार गरिदैछ , कक्षा ०९ मा पढने १४ वर्षको विद्यार्थी कुन कानुन मा टेकेर गिरफ्तार हुँदै छ ? सरकार चलाउने तहमा वैधानिक रुपमा देश लुटिखाने लुटेरा , दलाल र राष्ट्रघाती छ्न राज्यको एउटा अङ्ग भएपछि निर्देशन मान्नु पर्ने होला तर आफ्नो विवेकको प्रयोग नगरी विप्लवको सामान्य विचार मान्ने शुभचिन्तक लाई गिरफ्तार गरेर , घरमा परिवार लाई धम्काएर , आत्मसर्मपण गर्न लागाएर ती दलालले कति फुलि थपी दिने हुन तपाईहरु लाई ? विद्रोही को संयमितता , विवेकपुर्ण निर्णय र धैर्यतामाथी जसरी आक्रमणको शृङ्खला बढदै छ यो बाट देश कता जान्छ ? यी त देश बेच्न पछि नपर्ने दलाल हुन कहिकतै आफ्नै घरपरिवार , चेलीबेटी माथी जाई लाग भन्लान के त्यो निर्देशन मान्ने त ? यन्त्रमानव होईनौ भने आफ्नो विवेकको पनि प्रयोग गरौं । कानुनको पालना गर्ने हो भने त्यो गर्नुस त्यो भन्दा बढी गर्ने अधिकार कसले दियो ? पार्टी निर्माण पश्चात हजारौं को संख्यामा पार्टीका नेता कार्यकर्ता जेल जाने आउने क्रम जारी रहयो र राज्यले हदैसम्म का झुठा मुद्दा तयार गर्ने अदालत परिसर बाटै गिरफ्तार गर्ने प्रक्रिया चलायो र चलाई रहेको छ त्यो मा पनि विद्रोही पार्टीका नेता कार्यकर्ता पार्टीको जेल लाईन निति अनुरुप सबैकुरा सहेर संघर्षमा अगाडी बढेका छ्न । के केपि बादल गिरोहले युद्ध चाहेको हो त ? नेपालका गाउँ बस्तिमा भएका प्रहरी चौकीहरु सदरमुकाममै केन्द्रित गरेर राख्न मन लागेकै होत ? एउटा भरुवा बन्दुकले जनयुद्ध सुरुगरेको बिर्सेकै हुन त ?

सत्तामा बसेका ती दलालहरु को कुरा छोडनुस ! दलालहरुको सुखी नेपाली र समृद्ध नेपालको नारा अहिले दुखी नेपाली र कंगाल नेपालमा परिणत भएको छ त्यो सबैको ढाकछोप गर्ने यिनिहरुले आफुसङ्ग भएको बन्दुक र सुरक्षा क्षेत्रको गलत प्रयोग गर्न खोज्दैछ्न सबै सचेत हुन जरुरी छ । केपि बादल गिरोहले त विप्लव ले प्रहरी चौकी आक्रमण गरेको भए हुन्नथ्यो , सुरक्षाकर्मीको हतियार खोसेको भए हुन्थ्यो भन्ने चाहन्थे तर त्यो चाहना र ईच्छा पनि पूरा हुन सकेन, त्यै बहानामा विप्लव लाई पनि कहिकतै दोहोरो भिडन्तको नाममा आक्रमण गर्ने योजना थियो होला त्यो पनि हाललाई चकनाचुर भयो होला । खाली चन्दा माग्छ्न अर्को कता लुटयो भन्छन त्यो बाहेक अरु कै छैन !

खासमा कुरा गर्ने हो भने राज्यको निकायमा विभिन्न तहको जिम्मेवारी सम्भालेका राजनीतिक दल नेताहरु , कर्मचारीहरु , सुरक्षाक्षेत्रमा कार्यरत र अवकाश प्राप्त अधिकारीको सम्पत्ति छानिविन गर्ने हो भने ९५ % ती मानिसहरु भ्रष्टाचार गरेको र देश र जनता माथी लुट मच्चाएको प्रमाणित भएर जेल भित्र कोचिने छ्न अनि लुटेरा को हो त्यो बेला थाह हुनेछ ।
यो परिवेशमा लडाइँ सुरक्षाकर्मी हरु सङ्ग नभई देश बेचिखाने दलालहरु सङ्ग हो । विप्लव को नेतृत्वमा पार्टी बने देखि कहिँकतै अन्याय हुन पाएको छैन , अदालतमा पैसा खाएर आमसर्वसाधारण माथी अन्याय भएको ठाउँमा जनअदालत बाट न्याय दिईएको छ , क्रान्ति को दौरानमा संघर्ष गर्दा दुख कष्ट पक्कै हुन्छ।

हामीले बुझ्न जरुरी छ कि केपि ओलिले ज्युदै मानिस को घाँटी काटन हुने , प्रचण्डले हजारौं को बलिदानी बिर्सेर दलाल संसदिय व्यवस्थामा फर्केर केपि ओलि जस्तो दक्षिणपन्थी , अवसरवादी , गणतन्त्र विरोधी , राष्ट्रघाती र घोर माओवादी विरोधी सङ्ग आत्मसर्पण गर्न हुने , बादलले २०७० साल निर्वाचन बहिस्कारताका सम्म प्रचण्ड लाई बम पडकाएर मार्ने निर्देशन दिन हुने तर विप्लव ले भ्रष्टाचारी , तस्कर , राष्ट्रविरोधी तत्त्व र जनतालाई लुटिखाने यो यो व्यवस्था का विरुद्धमा बोल्दा र संघर्ष गर्दा प्रतिबन्ध लगाउनु पर्ने ? यो प्रतिबन्ध समग्र राष्ट्र र जनता माथीको प्रतिबन्ध हो र दलालहरुको अवसान हो ।

सुरक्षाकर्मी साथीहरू लगायत सबै आम जनसमुदायले के बुझ्न जरुरी छ त भन्दा अर्को संघर्ष को आवश्यकता किन ? किनकी दुई तिहाई र जनमत आफू सङ्ग भएको ध्वास दिदै गैरजिम्मेवार संसदिय व्यवस्थामा दलालहरुले आफू राजनेता ठान्नु , जनजिविका का सबै ठाउँहरु भ्रष्टाचारले चुर्लुम्म डुब्नु ,युवा शक्ति सबै विदेशी श्रम बजारमा बेचिनु , देशमा ठुला ठुला राष्ट्रघात हुनु , देशमा घिनलाग्दो र फोहरी राजनीति हुनु यी सबै विषयवस्तुहरु एउटा नयाँ खालको संघर्ष र युद्ध जन्माउने प्रसव पीडा का छटपटी हुन ।

ने. क. पा . महासचिव विप्लवले आह्वान गर्नु भएको छ कि अब को लडाइँमा प्रहरि र सेनाले पनि साथ दिनु पर्छ । देश लुटिखाने र बेचिखाने , युवा विदेश पठाएर आएको रेमिट्यान्समा मौज मस्ती गर्ने ,झुठो नारा र आश्वासन दिएर करोडौं खर्च गरेर जनतालाई झुक्याएर आएको भोटको गलत प्रयोग गरेर जनता माथी शासन गरि रहने यस्ता गिरोह लाई कहिले सम्म सुरक्षा दिने ? यो प्रश्न सुरक्षाकर्मी साथिहरु को अगाडि छ । रुसको विद्रोहमा जारको सेनाले लेनिन लाई साथ दिएकै होत । चिनियाँ क्रान्तिमा च्याङ्ग काई सेक को सेना ले माओ लाई साथ दिएकै हो ! तपाईहरु ले विप्लव लाई साथ किन न दिने ?

अन्तमा तपाईं हामी सबै देश बनाउन का लागि मिल्नै पर्छ । यहाँ कुनै राजनीति दल र पार्टी को कुरा छैन , नेपाली श्रमजीवी जनता र सेना प्रहरी को एकता सहित एकचोटि देश लुटेने दलालहरु लाई लखेटनै पर्छ । यदि सेना र प्रहरी श्रमजीवी जनतालाई साथ न दिई दलालहरु को सुरक्षा र संरक्षणमै लाग्नु भयो भने श्रमजीवी जनता त कहिले हार्दैन्न एकदिन जित्छ्न समय लाग्ला । त्यसो हुँदा सबै मिलौ वैज्ञानिक समाजवादी नयाँ राज्य व्यवस्था स्थपना गरौं , जसले जनताको वास्तविक जिवनमा बदलाव ल्याउने छ । यात्रा कठिन र कष्टकर भएपनि जित अवश्यम्भावी र सुनिश्चित छ । भविष्य सुन्दर र उज्यालो छ ।

लेखक अखिल क्रान्तिकारी का सचिवालय सदस्य हुन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार