logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

कमरेड , बैशाख १० का दुई दृश्य, राजनिती की रहस्य ?


  • पदम वराल 'प्रवल'
  • मंगलबार, बैशाख १७ २०७६

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपालाइ सरकारले प्रतिबन्धित गरेको छ । जुन गैर राजनीतिक छ । गत फागुन २८ गते प्रतिबन्ध लगाए पछि सरकारले विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ता मात्रै हाेइन समर्थक र शुभचिन्तक माथी नै उच्च निगरानी तथा कार्वाही जारी राखेकाे छ ।

यसै बिचमा बैशाख १० गते दुई फरक दृश्य देखा परे साझ पख म फेस बुक हेर्दै थिए मिडियामा समाचार आयो नेकपाका स्थायी समिति सदस्य हेमन्त प्रकाश वली सुदर्शन लाइ पुर्पक्षका लागी थुना पठाउने अदालतको फैसला । अनि अर्को पनि समाचार संगसगै आयो प्रतिबन्ध चिर्दै बिद्यार्थी नेता सिंहदवार । मैले दुवै समाचारलाइ हेरे पढे ,सार्वजनिक भएका तस्वीरमा विप्लव नेतृत्वको नेकपाका निकट बिद्यार्थी संगठनका केन्द्रिय अध्यक्ष दुइ जना अनुहार नचिनेका ब्यक्ति ,मन्त्रालयका सचिव र कर्मचारी बाहेक अरुलाइ मैले चिनिन । तस्बिरको क्याप्सनमा सिंहदवार भित्र छिरेर ज्ञापनपत्र बुझाएको लेखिएको थियो ।

त्यस पछि म भित्र केहि प्रश्नहरु जन्मे कोहि सिंह दवार कोहि कारागार कस्तो संयोग ?

सरकारको अनुमति पछि सरकारी परिचय पत्र देखाएर भित्र छिर्नु पर्ने सिंहदवारमा विप्लवका बिद्यार्थी अध्यक्ष ले सुरक्षा घेरालाइ छलेर कसरी भित्र जान सफल भए ? या उनलाइ त्यहा सम्म पुर्याउने कर्म कसले गर्यो ?

बिगतमा अन्य नेता गिरफ्तार भएको बेला हातमा फाइल बोकेर कालो कोट लगाएर अदालत सम्म पुगेका बिद्यार्थी नेता आफै बारको सदस्य रहेको ललितपुर बाट मध्यकमाण्ड इन्चार्ज जेल चलाउन गर्ने फैसला हुने समयमा उनि सिंहदवार छिरेर मिडिया मार्फत फोटो सार्वजनिक गर्नु संयोग हो या अन्य नेकपाले नै जानोस ।

तर म विप्लव लगाएत नेतालाइ जिज्ञासा राख्न चाहन्छु के भित्र भित्रै वार्ताको वातावरण बनाउन लागिएको हो ? होइन भने माथि केन्द्रका नेता , जिल्लाका नेता प्रहरीको भयंकर लखेटाइमा परिरहेको बेला एक जना केन्द्रिय महत्त्व राख्ने संगठनको नेता कसरी सिंहदवार भित्र पुगे ? यो राजनीति हो की रहस्य सायद नेकपाका धेरैको मन भित्र पनि उम्रेको जिज्ञासा होला यो !

गल्ती भए माफ पाउ तर प्रश्न सोध्न पाउने अधिकार पनि सुरक्षीत गरिने बिश्वासमा छु ।

लेखक हाल वैदेशिक रोजगारीका लागी युएईमा छन

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार