नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा कमरेड विप्लवको नेतृत्वमा पार्टी पुनर्गठन पश्चात नेपालका श्रमजीवी वर्गमा एउटा नयाँ आशा ,विश्वास र उत्साह पैदा भएको छ त्यो सङ्गै अन्तर्राष्ट्रिय क्षेत्रमा संघर्षरत अन्य भाइचारा कम्युनिस्ट पार्टीहरुमा पनि बहसको विषय बनेको छ ! नेपालको कम्युनिस्ट आन्दोलनमा पटक पटकको फुट ,धोखाधडि र गद्दारीको मार खेप्दै विप्लवको नेतृत्वमा बनेको ने. क. पा. र उहाँले विकास गर्नुभएको कार्यदिशा ले अधुरो र अपुरो क्रान्ति सम्पन्न गर्ने नयाँ आधार खडा गरेको छ। त्यसै अनुरुप हजारौं युवाहरु हामी सबै यो आन्दोलनमा सहभागी बनेका छौ ! त्यै प्रक्रियामा कमरेडहरुको सहादत भएको छ ।
हत्यारा केपि पिके बादल कम्पनी द्वारा भोजपुरमा कमरेड तिर्थ लाई योजनाबद्ध गोलि हानि हत्या गरेको विरुद्धमा पार्टी द्वारा जेष्ठ १३ गते नेपाल बन्दको आयोजना गरिएको पुर्व सन्ध्यामा बम विष्फोटमा चार कमरेडहरुको सहादत भयो र त्यहाँ भएको कमिकमजोरी र सिमा समस्या को विषयमा पार्टी महासचिव विप्लव ले आवश्यक छानबिन गरि जनता विचमा ल्याउने प्रतिबद्धता गर्नु भएको छ ! तर दलाल संसदीय व्यवस्था का नाईकेहरु र तिनका मतियारहरुले जुन आरोपहरु कमरेडहरु माथी लगाएका छन तीनको खण्डन गर्नु र जबाफ दिनु आवश्यक नै देखिन्छ । दलालहरुले सर्वसाधारण लक्षित विष्फोट गराउन खोजेको आरोप लगाएका छन , यो असाध्यै भ्रमपुर्ण , गैरजिम्मेवार , घृणित र तुच्छ आरोप हो र यसबाट शासकहरुले आत्मसन्तुष्टि लिन खोजेका छन !
गृहमन्त्री राम बहादुर ले विष्फोटमा ज्यान गुमाउने हरु नेपाली नागरिक होईन्न भने यस्तो घटिया र निम्छरो अभिव्यक्ति दुनियाँ को जस्तो सुकै दलाल शासकहरु ले नि दिदैन्न !
वर्तमान सन्दर्भमा विद्रोही ने. क. पा. जनताको हकअधिकार का लागि लडने जनताको एकमात्र प्रिय पार्टी हो ! अहिलेसम्म पार्टी बने यता सर्वसाधारण लक्षित कुनैपनि नकारात्मक (हिसात्मक) गतिविधि भएका छैन्न ! नख्खु विष्फोटको विषय पनि बाहिर आईसकेको छ विष्फोटमा परि ज्यान गुमाउने मानिसले थाह हुँदाहुँदै एनसेल लक्षित विष्फोटक वस्तुको नजिक गई त्यो जबर्जस्ती चलाउन खोजी पछि उहाँ दुर्घटनामा पर्नु भएको कुरा सार्वजनिक संचार माध्यमा आईसकेको कुरा नै हो । राजधानीमा भएको विष्फोट को सन्दर्भमा पनि बन्द को पुर्व सन्ध्यामा बन्द सफल बनाउन र देश लुटने दलालहरु लाई चेतावनी स्वरुप सन्देश दिन खोजेको अनुमान लगाउन सकिन्छ ! किनकि देशभरीको सर्वसाधारण लाई कहिकतै क्षति पुगेको देखिन्न ! फेरि हामी अर्को कुरा के पनि थाह छ भने क्रान्ति एउटा निश्चित मुल्य सहित पूरा हुने परिघटना हो तर हामी सबै सचेत छौ !
संसदमा गृहमन्त्री राम बहादुर ले विष्फोटमा ज्यान गुमाउने हरु नेपाली नागरिक होईन्न भने यस्तो घटिया र निम्छरो अभिव्यक्ति दुनियाँ को जस्तो सुकै दलाल शासकहरु ले नि दिदैन्न ! हो हामी भन्छौ उनीहरु सामान्य नागरिक होईन्न उनिहरु आफ्ना सबै निजि स्वार्थहरु त्यागेर यो देशको परिवर्तन , वर्गीय मुक्ति , देशको आर्थिक, सामाजिक र सास्कृतिक रुपान्तरणको अभियानमा हिडेका यो देशका आदर्श नागरिक हुन र उनिहरु महान सहिद हुन !
किडनि फेल भएर राज्यकोषबाट करोडौं रकम रित्याएर आफ्नोदुईटा किडनि फेल भएर राज्यकोषबाट करोडौं रकम रित्याएर आफ्नो जीवन धान्न बाध्य भएको लाई त आफ्नो प्राण को यति धेरै माया लाग्ने , निशस्त्र राजनीतिक अभियानमा हिडेका नागरिकहरु लाई देख्न बित्तिकै गोलि हान्न आदेश दिन अधिकार तपाईलाई कुन कानुन ले दियो ?
अर्को कुरा केपि ओलिले आतंककारी , हत्या हिंसा र अशान्ति मच्चाउने आरोप लगाएका छन , ओलि ज्युले के बुझ्नु आवश्यक छ भने आफ्नो दुईटा किडनि फेल भएर राज्यकोषबाट करोडौं रकम रित्याएर आफ्नो जीवन धान्न बाध्य भएको लाई त आफ्नो प्राण को यति धेरै माया लाग्ने , निशस्त्र राजनीतिक अभियानमा हिडेका नागरिकहरु लाई देख्न बित्तिकै गोलि हान्न आदेश दिन अधिकार तपाईलाई कुन कानुन ले दियो ? के तपाईं बाहेक अरु लाई बाच्न पाउने अधिकार छैन ? देश लाई गृहयुद्धमा धकेलेर बाकी को चार वर्ष लुट मच्चाउने योजना बडा गज्जबको है ! तसर्थ हामी कसले पनि भ्रममा पर्न जरुरी छैन दलाल लगाउने झुठ्ठा आरोपहरु , क्रान्तिकारी आन्दोलनमा खडा हुने बाधा अबरोधहरु , षड्यन्त्रहरु यी सबै निमिट्यान्न भएर क्रान्ती अगाडि बढी रहने कुरा कसैले पनि सन्देह गर्नु हुदैन !
एकीकृत जनक्रान्तिको महान अभियानमा जनस्तर बाट धनरुप बटाला ,कमरेड सनराईज को सहादत सङ्ग हालसालै भोजपुर मा कमरेड तिर्थ , काठमाडौ मा कमरेड महान , कमरेड दिपेन्द्र, कमरेड निरन्तर ,कमरेड प्रज्वल , कमरेड को सहादतले हामीलाई चोट त पुगेकै छ त्यो सङ्गै क्रान्तिकारी आन्दोलन प्रतीको प्रतिबद्धता झनै दरिलो गरि बढेको छ !
मृत्यु सम्म अगाडि बढने र नजितुन्जेल सम्म लडिरहने प्रेरणा सहिदहरु को सहादत ले दिएको छ । सलाम गर्छौ ती आमा बुवाहरु लाई जसले यस्ता वीर योद्धाहरु लाई जन्म दिनु भयो । हामी प्रतिबद्धता गर्छौ सहिद को रगत मुल्य एकदिन सारा नेपाली जनताले उच्चारण गर्ने गरि स्थापित गरि छाडनेछौ । वर्गीय मुक्ति , समानता र सबै खाले उत्पीडन का विरुद्धको यो लडाइँमा रत्तिभरी पनि विचलित हुनेछैनौ ! आज भौतिक रुपमा तपाईहरु हाम्रो विचमा न भएपनी त्यो सहादत लाई मानव जगत रहुन्जेल सम्झिरहने छ्न ! प्रीय कमरेड मृत्यु जितेर महान र अमर बन्नु भयो अजम्बरी लाल सलाम , हृदय देखि नै स्मरण र भावपुर्ण श्रद्धाञ्जली !
लेखक अखिल क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य हुन ।
यो लेखकका निजि बिचार हुन !