विश्व सर्वहारा बर्गका मुक्तिदाता महान लेनिन ले रुस मात्र नभइ सर्वहारा बर्गका महान ब्याक्तित्व हुन् । रुसि सर्वहारा क्रान्ति मार्फत विश्व सर्वहारा बर्गकाे स्वर्णिम सत्ता साम्यवाद का उदयकर्ता लेनिन का याेगदानहरु हामी चर्चा गर्दा नि कमि नै हुन्छ। तसर्थ लेनिन काे मार्ग दर्शन वा लेनिन का ऐतिहासिक देनहरुकाे पुजि लेलिनवाद के हाे छाेटाेमा यसरी बुझ्नेछाै ।
पहिलो पटक रुसमा सन् १८८३ मा मार्क्सवादी समूहको विकास भयो । त्यो पलेखानोभको नेतृत्वमा गठन गरिएको मजदूर मुक्ति दल थियो । यहि नै रुसमा स्थापित कम्युनिष्ट पार्टीीथयो र यसलाई लेनिन -सन् १८७० – १९२४) ले नयाँ ढंगले विकास गर्नुभयो ।
मार्क्सवादको गुणात्मक विकासको दोश्रो चरण लेनिनवाद हो । पुँजीवादले साम्राज्यवादमा प्रवेश गर्नु उत्पादन शक्ति, र्सवहारा आन्दोलन तथा ज्ञान विज्ञानका विविध क्षेत्रमा थप प्रगति हुँदै जानु र यस प्रकारको नयाँ परिस्थिति अनुरूप मार्क्सवादलाई नयाँ उचाँमा विकसित गर्नुपर्ने ऐतिहासिक आवश्यकताका बीचबाट लेनिनवाद जन्मियो । पूँजीवादको चरम अवस्था साम्राज्यवाद भएको व्याख्या गर्दै लेनिनले साम्राज्यवाद र र्सवहारावर्ग बीच भीषण संर्घष्ा हुने कुरा उल्लेख गर्नुभयो । लेनिनवाद भनेको साम्राज्यवाद र र्सवहारा क्रान्तिको युगको मार्क्सवाद हो भनेर स्टालिनले व्याख्या गरेका छन् । लेनिनवाद सामान्यतया र्सवहाराक्रान्तिको सिद्धान्त तथा कार्यनीति र विशेषतः र्सवहारावर्गको अधिनायकतन्त्रको सिद्धान्त र कार्यनीति हो । लेनिनले मार्क्सवादको रक्षा र विकास मात्रै गर्नुभएन, सन् १९१७ अक्टुबर २५ का दिन महान् रुसी अक्टुबर समाजवादी क्रान्ति आफनै नेतृत्वमा सम्पन्न गर्नुभयो ।
लेनिन विश्वर्सवहारा वर्गका महान् नेता र लेनिनवादका प्रवर्तक हुनुहुन्छ । सिद्धान्त र विश्व दृष्टिकोण बारे लेनिनका महत्त्वपूर्ण शिक्षा रहेका छन् । लेनिनवाद, सिद्धान्त, विश्वदृष्टिकोण र शिक्षाबारे माओ भन्नु हुन्छ, “लेनिनवादको सिद्धान्तले मार्क्सवादको विकास गरेको छ । यो कुन सर्न्दर्भमा भएको छ भने प्रथम, विश्वदृष्टिकोणमा, भौतिकवाद र द्वन्द्ववादमा र द्वितीय क्रान्तिकारी सिद्धान्त र कार्यनीतिमा विशेषतः वर्गसंर्घष्ा, र्सवहारा वर्गको अधिनायकत्व र र्सवहारा वर्गका राजनीतिक पार्टी प्रश्नहरूमा र यसका साथै समाजवादी निर्माणमा लेनिनका शिक्षाहरू रहेका छन् ।”
यहाँ लेनिनवादले मार्क्सवादको विकासमा जुन उचाइ थपेको छ, त्यस विषयबारे स्टालिन र माओका भनाइहरूले सटिक र सूत्रबद्ध रूपमा प्रकाश पारेका छन् । लेनिनले मार्क्सवादी विश्वदृष्टिकोणमा जुन नयाँ उचाई थप्नु भयो त्यो मार्क्सवादी ज्ञानभण्डारमा महत्वपूण् उपलब्धि हो । जस्तो कि
पहिलोः आदर्शवादी प्रकृतिक वैज्ञानिक तथा दार्शनिकहरू र संशोधनवादीहरू जसले पदार्थको लोप भयो भन्ने निष्कर्षनिकालेका थिए तिनका विरुद्ध लेनिनले विज्ञानका थप विकसित सामाग्रीका आधारमा द्वन्द्वात्मक भौतिकवादको दर्शनकोमौलिक प्रश्नमा नयाँ आयाम प्रदान गर्नुभएको छ ।
दोश्रोः लेनिनले द्वन्द्ववादी पद्धतिको थप व्याख्या, विश्लेषण र परिमार्जन गरि त्यसमा अग्रिम विकास र मूर्तिकरण गर्नुका साथै वहाँले भडुवा विकासवादका विरुद्ध भीषण संर्घष्ा गरि द्वन्द्ववादको विपरितहरूको एकता र गुणात्मक छलाङ्गको सिद्धान्तमा नयाँ आयाम थप्नु भएको छ ।
तेश्रोः ज्ञानसिद्धान्त सम्बन्धि अर्थात् द्वन्द्वात्मक भौतिकवादको ज्ञानसिद्धान्तमा प्रतिविम्बितको सिद्धान्त ज्ञानको वक्रता तथा बहुविधताबारे लेनिनले कैयौं नयाँ कुराहरूको उजागर गर्नुभएको छ ।
चौथोः लेनिनवादी संगठनात्मक सिद्धान्त अन्तरगत जनवादी केन्द्रीयताको सिद्धान्तलाई वैज्ञानिकीकरण गर्नुभएको छ ।
पाँचौः ऐतिहासिक भौतिकवादको क्षेत्रमा समाज विकासका उत्प्रेरक शक्तिको अबमूल्यन गर्ने आत्मपरतावाद, चेतनाको भूमिकालाई नकार्ने स्वस्फूर्तवाद, जनताको भूमिकालाई निषेध गर्ने अराजकतावाद, सामाजिक चिन्तन र सामाजिक सत्तालाई एउटै ठान्ने तथा उत्पादक शक्तिको सिद्धान्तको पूजा गर्ने संशोधनवादका विरुद्ध लेनिनले कडा संर्घष चलाउनु भएको थियो । साम्राज्यवादको सारतत्वलाई एकाधिकार पूँजीवादका रूपमा औल्याई र्सवहारा क्रान्तिको सिद्धान्तलाई परिमार्जन गर्ने, साम्राज्यवादको युगमा युद्धको अपरिहार्यता र हिंसापूण् क्रान्तिको अनिवार्यतालाई व्यवस्थित रूपमा सैद्धान्तिक कारण गर्ने काममा लेनिनको उल्लेखनीय भूमिका रहेको छ ।
छैठौंः लेनिनले मार्क्सवादी लेनिनवादी विश्वदृष्टिकोणलाई क्रान्तिको कार्यदिशासँग गाँस्ने, बर्गदुश्मन तथा संशोधनवादका विरुद्ध वर्गसंर्घष दुइलाइन संर्घष समस्या हरूको समाधान गर्दै वैज्ञानिक समाजवादको स्थापना तथा निर्माण गर्ने काममा अद्वितीय भूमिका रहेको छ ।