मार्क्सवाद र्सवहारा क्रान्तिको विज्ञान हो । कार्ल मार्क्स र उनका अनन्य मित्र तथा सहयोगी प|फेडरिक एंगेल्सद्वारा मार्क्सवादको सृजना गरिएको हो । मार्क्सवाद र्सवहारा श्रमजीवा वर्गको मुक्तिको सिद्धान्त हो । मार्क्सवाद एक वैज्ञानिक सिद्धान्त हो । मार्क्सवाद पूँजीवादको प्रारम्भिक अवस्थामा विकसीत भएको हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त, वर्ग संर्घष्ा तथा इतिहासमा बल प्रयोगको भूमिका र वैज्ञानिक समाजवाद तथा साम्यवाद यसका आधारभूत मान्यता हुन् ।
अतः प्रकृति, समाज, चिन्तन, राज्यव्यवस्था आदि बारेमा कार्लमार्क्स र पेडरिक एंगेल्सले महान खोज र प्रयोगद्वारा निकाल्नु भएको वैज्ञानिक तथा क्रान्तिकारी विचार र सिद्धान्त एवं व्यवहारको संयुक्त योगलाई मार्क्सवाद भनिन्छ ।
मार्क्सवादको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद हो । मार्क्सवादको दर्शनको सिद्धान्त भौतिकवाद हो । यसले पदार्थ, प्रकृतिलाई पहिलो र सामाजिक चेतनालाई दोश्रो स्थानमा राख्दछ । मार्क्सवादले चेतनालाई वस्तुगत जगतको आत्मिक प्रतिविम्ब मान्दछ र विश्वलाई बोधगम्यं बताउँछ । यस दर्शनको पद्धति द्वन्द्ववाद हो ।
मार्क्सवादका तीन संघटक अंग
दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद मार्क्सवादका तीन संघटक अंग हुन् ।
कार्ल मार्क्स -५ मई १८१८ – १४ मार्च १८८३) र पेडरिक एंगेल्स र २८ नोबेम्बर १८२० – ६, अगस्ट, १८९५) दुवैको संयुक्त प्रयासबाट मार्क्सवादको जन्म भएको हो । भी.आई. लेनिनले- “मार्क्सवाद मार्क्सका विचारहरू र उनको शिक्षाको व्यवस्थित श्रृंखला हो” भन्नु भएको छ । स्टालिनले, मार्क्सवाद प्रकृति र समाजको विकासलाई संचालन गर्ने विज्ञान हो, मार्क्सवाद सारा जडसूत्रवादको शत्रु हो ।” भन्नु भएको छ । माओत्सेतुङले “मार्क्सवाद ज्ञानका अनेक शाखाहरूबाट बनेको छः मार्क्सवादी दर्शन, मार्क्सवादी अर्थशास्त्र र मार्क्सवादी समाजवाद अर्थात वर्गसंर्घष्ाको सिद्धान्त, तर जग चाहिँ मार्क्सवादी दर्शन हो । यदि यसलाई मनन गरिदैन भने हाम्रो एउटा साझा भाषा वा कुनै साझा तरिका हुने छैनन् हामी चीजहरूलाई स्पष्ट नपारिकन यताउताको कुरा उर्ठाई तर्क मात्र गरिरहेका हुन्छौं । द्वन्द्वात्मक भौतिकवादलाई मनन गरिसकेपछि थुप्रै दुःख कष्टबाट जोगिने छ र धेरै गल्तीहरू हट्ने छन् ।” भन्नु भएको छ ।
लेनिनले मार्क्सवादका तीन स्रोतको उल्लेख गर्नु भएको छ र यसै आधारमा मार्क्सवादका तीन संघटक अंग पनि निर्मित भएका छन् । तदनुसार दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद मार्क्स्वादका तीन संघटक अंग हुन् ।
मार्क्सवाद-लेनिनवाद-माओवाद र्सवहारावर्गको मुक्तिको सिद्धान्त हो । र्सवहारावर्गलाई मार्गदर्शन र पथप्रदर्शक गर्ने मार्क्सवाद-लेनिनवाद-माओवाद बाहेक अर्को क्रान्तिकारी सिद्धान्त छैन । आज संसारमा धेरै प्रकारका दर्शनहरू देखिए पनि मुख्यतः दुइ प्रकारका दर्शनहरू छन् । जो चेतनालाई आदि तत्व मान्ने, जगतलाई त्यसको स्वतः स्फूर्ततामा मान्ने र संसार अवोधगम्य छ अर्थात् जान्नै नसकिने खालको छ भन्ने आध्यात्मवादी -आदर्शवादी) दर्शन र अर्को पदार्थलाई आदितत्वा मान्ने अर्थात् संसार बोधगम्य छ र संसारका सबै कुराहरू जान्न सकिन्छ बुझ्न सकिन्छ भन्ने दर्शन भौतिकवादी दर्शन हो । मार्क्सवादी दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो । मार्क्सवाद, जसले अहिले मार्क्सवादको गुणात्मक विकासको दोश्रो चरण लेनिनवाद र मार्क्सवाद-लेनिनवादको गुणात्मक विकासको तेश्रो र नयाँ चरण माओवादको जुन गुणात्मक र नयाँ चरणमा विकास भएको छ । यसरी आज माओमावाद द्वन्द्वात्मक तथ ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणा आधारित छ । द्वन्द्ववादको सारतत्व भनेको आलोचनात्मक र क्रान्तिकारी रहेको छ । मार्क्सवादी दर्शनका दुइ भाग छन् द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद ।
मार्क्सवादको दार्शनिक आधार द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद भएकाले यसले पदार्थ, प्रकृति वा सामाजिक सत्तालाई पहिलो र चेतना, विचार वा सामाजिक चेतनालाई दोश्रो स्थानमा राख्ने गर्दछ । मार्क्सवादी दर्शन भौतिकवादी भएकोले यसमा भौतिकवाद र द्वन्द्ववाद अभिन्न रूपले सम्बन्धित छन् । निश्चित सामाजिका र आर्थिक अवस्थाले नै यसलाई जन्माएको हो र यसको सुनिश्चित वैज्ञानिक तथा दार्शनिक पर्ूवाधार पनि यही हो । वैज्ञानिक तथा दार्शनिक चिन्तनको सम्पूण गतिविधिले मार्क्सवादी दर्शनको प्रादूभाव गरेको हो । जीवन र जगतको विकासको सामान्य चित्रको अध्ययन गर्नु भौतिकवादी द्वन्द्ववादको एउटा महत्वपूण् लक्ष्य हो । यस विषयमा फेडरिक एंगेल्सले अगाडि लेख्दछन्- “द्वन्द्ववाद भनेको प्रकृति, मानव समाज र चिन्तनको गति सम्बन्धि र्सार्वभौम नियमहरूको अध्ययन गर्ने नियम हो । यो पूँजीवादको प्रारम्भिक अवस्थामा विकसित भएको हो । अतः मार्क्सवाद एक व्यवहारिक विज्ञान समेत भएकाले मार्क्सवाद हाम्रो युगको सबभन्दा विज्ञानसँग सम्बन्धित दर्शन हो ।
मार्क्सवाद र्सवहारा क्रान्तिको विज्ञान हो । यो पुँजीवादको प्रारम्भिक अवस्थामा विकसित भएको हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त वर्गसंर्घष् तथा इतिहासमा बलप्रयोगको भूमिका र वैज्ञानिक समाजवाद तथा सम्यवाद यसका आधारभूत मान्यता हुन् । अर्थात् प्रकृति, समाज, राज्यव्यवस्था आदिका बारेमा कार्लमार्क्स र फेडरिक एंगेल्सले महान् खोज र प्रयोगद्वारा निकाल्नु भएको वैज्ञानिक तथा क्रान्तिकारी विचार, सिद्धान्त र व्यवहारलाई मार्क्सवाद भनिन्छ । मार्क्सवादले पुँजीपति वर्गको राज्यव्यवस्थालाई ध्वस्त पारि त्यस ठाउँमा र्सवहारा श्रमजीवी वर्गको राज्यव्यवस्था स्थापना गर्ने क्रान्तिकारी बाटो देखाउँदछ । मार्क्सवादका मौलिक विशेषताहरू द्वन्द्वात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद, वर्गसंर्घष्ा, अतिरिक्त मूल्यको सिद्धान्त, र्सवहारा अधिनायकत्व, तल्लो वर्गको जनतामा राज्यको शक्ति निहित आदि कुरा हुन् ।
माक्सवादी दर्शन
कार्ल मार्क्स र पेडरिक एंगेल्स मार्क्सवादी दर्शनका संस्थापक हुनुहुन्छ । पूँजीवादी समाजमा पुँजीपती वर्ग र र्सवहारा वर्गबीचको वर्गसंर्घषको अवस्था, प्रकृति विज्ञानका नयाँ नयाँ खोजहरू र जर्मन शास्त्रीय दर्शन, इंगल्याण्डको राजनीतिक र पान्सको समाजवाद मार्क्सवादको जन्मका भौतिक तथा सैद्धान्तिक आधार बन्न पुग्दछन् । पूँजीवादी दर्शनमा काण्ट देखि लिएर हेगेल एवं फायरवाखसम्म आउँदा दर्शनमा जुन समस्था पैदा भएका थिए, मार्क्स र एंगेल्सले तिनको समाधान गर्नुभयो । मार्क्सवादी दर्शनको नाम द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद हो । मार्क्सवाद र्सवहारा वर्गको समग्र विचारधारा हो ।
दर्शन, राजनीतिक अर्थशास्त्र र समाजवाद तीन तत्व मिलेर मार्क्सवाद बन्दछ, वर्गसंर्घष्ा इतिहासमा बल प्रयोग भूमिका, र्सवहारावर्गको अधिनायकत्व, साम्यवाद मार्क्सवादको इतिहास मीमांसाका मूल विषय हुन् । दर्शनलाई विज्ञानको एउटा विशिष्ट विज्ञानको अर्थमा विश्व दृष्टिकोणका रूपमा परिभाषित गर्नु, दर्शन शास्त्रको वैज्ञानिक अध्यपनका लागि मौलिक प्रश्नको समस्या सही ढंगले हल गर्नु, द्वन्द्ववाद र भौतिकवादलाई एकै ठाउँमा मिलाई द्वन्द्वात्मक भौतिकवादी दर्शनको स्थापना गर्नु, समाजवादको विचारधारालाई केन्द्रविन्दुमा राखि भौतिकवादको सिद्धान्त र द्वन्द्ववादको पद्धति अवलम्बन गरि नयाँ दार्शनिक प्रणालिको निर्माण गर्नु मार्क्सवादी दर्शनका मूल विशेषता हुन् ।
हामीले बुझ्ने कुरा के हो भने मार्क्स-एंगेल्सको समकालिन सर्न्दर्भ र त्यस यता दर्शनमा निकै विकास हुँदै आएको छ । आजको अवधि साम्राज्यवाद र र्सवहारा क्रान्तिको युगको अवधि हो । यस अवधिमा दर्शनका विकासका मुल तीन धारा रहेका छन् । ती हुन् -१) साम्राज्यवादी युगको पूँजीवादी दर्शन, -२) संशोधनवादी दर्शन र -३) मार्क्सवादी-लेनिनवादी-माओवादी दर्शन ।
यही नै हो दर्शनको ऐतिहासिक विकास प्रक्रियाको अति संक्षिप्त टिप्पणी । दर्शनको इतिहासबारे एंगेल्सले भन्नु भएको छ- प्रत्येक युगको दर्शन वस्तुतः श्रमविभाजनको निश्चित क्षेत्र हो, अतः त्यसले पूववर्ति दर्शनबाट प्राप्त केही निश्चित क्षेत्र हो, अतः त्यसले पूववर्ति दर्शनबाट प्राप्त केही निश्चित चिन्तन सामग्रीलाई पूव मान्यताका रूपमा ग्रहण गर्दछ र त्यही त्यसको प्रस्थानविन्दु पनि हो । त्यसैकारण आर्थिक दृष्टिले पीछडिएका देशले दर्शनमा नेतृत्व गर्न सक्छन्, जस्तै अठारौं शताब्दीमा इंगल्याण्डको दर्शनमाथि नै आफ्नो दर्शनलाई आधारित बनाउने प|mान्स इंगल्याण्डको तुलनामा अगाडि बढ्यो अथवा जर्मनी यी दुवैको तुलनामा अगाडि उभियो ।
१. मार्क्सवादी दर्शनको परिचयः
मार्क्सवादी दर्शन र्सवहारावर्गको विश्वदृष्टिकोण हो । यसलाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद भनिन्छ । मार्क्सवादी दर्शन एक वैज्ञानिक दर्शन हो । मार्क्सवादी दर्शन एक वर्ग दर्शन हो । र्सवहारा वर्गको दर्शन हो । यस दर्शनलाई स्टालिनले मार्क्सवादी “लेनिनवादी पार्टीे विश्वदृष्टिकोण हो” को रूपमा परिभाषित गर्नु भएको छ ।
२. मार्क्सवादी दर्शनका जन्मका पुर्वाधारहरूः
मार्क्सवादी दर्शनको जन्म दर्शनशास्त्रको इतिहासको लामो विकास प्रक्रियाका बीचबाट भएको हो । मार्क्सवादी दर्शनको जन्म ऐतिहासिक आवश्यकताको कारणबाट भएको थियो । विश्व राजनीतिक रंगमञ्चमा एक स्वाधिन शक्तिको रूपमा देखापरेपछि र्सवहारावर्गको लागि एक साच्चिकै वैज्ञानिक दर्शनको खाँचो पर्न गयो । त्यो एक प्रकारको ऐतिहासिक आवस्यकता थियो । सको परिपूर्ति मार्क्सवादी दर्शन अब अर्थात् द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी दर्शनले गर्यो ।
विश्वको क्रान्तिकारी रूपान्तरण गर्ने ऐतिहासिक जिम्मेवारी वहन गरेको र्सवहारा वर्गको प्रयासलाई मार्क्सवादी दर्शनले सैद्धान्तिक आधार प्रदान गर्यो । मार्क्सवादी दर्शनमा र्सवहारा वर्गले संसारलाई ठिकसीत बुझ्ने र त्यसलाई बदल्ने एक अचुक बौद्धिक अस्त्र भेटायो । लेनिनले मार्क्सवादी दर्शनको महत्वलाई यसरी दर्शाउनु भएको छ-मार्क्सको दर्शन एउटा यस्तो परिपूणा भौतिकवाद हो, जसले मानव जातिलाई र खास रूपले मजदुर्रवर्गलाई ज्ञानका शक्तिशाली औजारहरू प्रदान गरेको छ । यस दर्शनका बारेमा स्वयं मार्क्सले लेख्नु भएको छ- “जसरी दर्शनले र्सवहारा वर्गमा आफ्नो भौतिक हतियार भेटाउछ, त्यसरी नै र्सवहारा वर्गले दर्शनमा आफ्नो बौद्धिक हतियार भेटाउँछ । अतः जुन परिस्थिति र परिवेशमा मार्क्सवादी दर्शन जन्मियो त्यसका आवश्यक पूवाधारहरू निम्न रहेका छन् ।
१. सामाजिक – आर्थिक पुर्वाधार
मानव समाजको विकासक्रमको प्रक्रिया अन्तरगत उन्नाइसौं शताब्दिको मध्यतिरसम्म आइपुग्दा युरोपका कतिपय देशहरू इंगल्याण्ड, प|mान्स लगायतका देशहरूमा सामन्तवादका विरुद्ध पूँजीवादीक्रान्ति सम्पन्न हुँदै गए । त्यसै अवधिमा उत्पादक शक्तिको तीव्र विकास भएर गयो र यसै प्रक्रियामा औद्योगिक क्रान्ति भयो । पूँजीपति वर्गको गर्भबाट औद्योगिक र्सवहारावर्गको जन्म भयो । त्यसपछि समाजमा पूँजीपति र र्सवहारावर्ग बीचमा संर्घष्ा चर्कदै जान, थाल्यो । अतः पूँजीपति वर्गका विरुद्धको संर्घष्ामा र्सवहारा वर्ग आफ्नो हक, हित र अधिकारका लागि आन्दोलनको प्रक्रिया अगाडि बढाउन थाल्यो त्यसै क्रममा सन् १८११ – १८१२ बेलायतका मजदुरहरूले स्वतः स्फूर्त रूपले मेशिन तोड -लुडायक) आन्दोलन चलाएका थिए । पान्सको लियो शहरका कपडा कारखानाका मजदुरहरूले सन् १८३१ मा संगठित रूपले व्रि्रोह गरेका थिए । इंगल्याण्डमा सम्पन्न चार्टिष्ट आन्दोलन -१८३८ – १८४२) यस सर्न्दर्भमा विशेष उल्लेखनीय रहेको छ । वास्तवमा चार्टिष्ट आन्दोलन मजदूर वर्गको पहिलो संगठित आन्दोलन थियो । ठिक यही परिस्थितिमा मजदूर वर्गको मुक्ति, उद्देश्य र आन्दोलनको लागि सुसंगत, क्रान्तिकारी, विचारधाराको निर्माण एक ऐतिहासिक आवश्यकता बन्न गयो ।
२. प्रकृति विज्ञानका पुर्वाधारः
सामान्यतः दासताको युगको अन्त्य र पुँजीवादको विकाससँगै विशेषतः युरोपको पुनर्जागरण कालयता प्रकृति विज्ञानका क्षेत्रमा प्रशस्त विकास हुँदै आयो । ज्योतिषशास्त्र, गणित, भौतिक शास्त्र यन्त्रशास्त्र, रसायन विज्ञान, जीवविज्ञान लगायत प्रकृति विज्ञानका विविध क्षेत्रमा नयाँ नयाँ खोज हुँदै गए । प्रकृति विज्ञानको क्षेत्रमा सौर्यमण्डलको सिद्धान्त दशमलब अंक पद्धति, प्रारम्भिक वीजगणित जस्ता चीज अरबहरूबाट प्राप्त हुन थाल्यो । युरोपीय पुनर्जागरण कालयता प्रकृति विज्ञानको क्षेत्रमा नयाँ चरणको थालनी भएको थियो । यसै सर्न्दर्भमा कोपरनिकस ग्यालिलियो, न्यूटन जस्ता वैज्ञानिकहरूले खगोल विज्ञानको क्षेत्रमा महत्वपर्ूण्ा भूमिका खेले । त्यस्तै अन्य क्षेत्रमा पनि नयाँ खोज हुँदै गए । प्रकृति विज्ञानको क्षेत्रमा विशेष गरि भौतिक विज्ञानमा मायर, जुल तथा कोल्डिङ्गको उर्जा संरक्षण तथा रूपान्तरणको सिद्धान्त जीव रसायनविज्ञानमा खान्न तथा इलेइडेनको जैविकोषिकाको सिद्धान्त र डार्विनको विकासवाद उल्लेखनीय रहेका छन् ।
अतः यी सबै नयाँ खोजको परिणाम प्रकृति विज्ञानमा यान्त्रिक तथा अधिमूतवादी चिन्तनका विरुद्ध द्वन्द्ववादको स्थापना, प्रकृति तथा प्रकृति विज्ञान द्वन्द्ववादी रहेको पुष्टि, प्रकृतिका प्रक्रियाहरूबारे परिकल्पनाका स्थानमा भौतिकवादी पुष्टि हुनु र यस स्थितिमा तथाकथित प्रकृति दर्शनको अन्त्य भै प्रकृति विज्ञानका विविध शाखाहरूले स्वतन्त्र विज्ञान बन्नका लागि राम्रो आधार तयार भयो । र यो पनि मार्क्सवादको जन्मको लागि महत्वपूण् आधार बन्न पुग्यो ।
३. सैद्धान्तिक पूवाधार
मार्क्सवादका सैद्धान्तिक पूवाधारहरू तीनवटा रहेका छन् । जर्मन दर्शन शास्त्र, अंग्रेजी राजनीतिक अर्थशास्त्र र फ्रान्सेली समाजवाद
क.उन्नाइसौं शताब्दिमा जर्मनीमा हेगेल र फायरवाखमा आएर दर्शनले एउटा उत्कर्षप्राप्त गरेको थियो । हेगेलले द्वन्द्ववादको चरम रूपमा विकास गरेका थिए । तर हेगेलको द्वन्द्ववाद अगाडि विकासीत हुन सक्तैन थियो, किनकी उनको द्वन्द्ववादको चरम सिमा निरपेक्ष विचार थियो । एंगेल्सले यसलाई हेगेलीय प्रणालीको एक भयंकर र अन्तिम भू भ्रणपात बताउनु भएको थियो । हेगेलको यो निरपेक्ष विचार उनको आदर्शनवादकै अभिव्यक्ति-थियो । यसैगरी त्यो बेला आदर्शवादका विरुद्ध फायरवाखको भौतिकवाद थियो । तर त्यो यान्त्रिक र साथै नैतिकताको मामिलामा आदर्शवादी थियो ।र्
दर्शनका क्षेत्रमा भएको सबभन्दा पहिलो विकास शास्त्रीय जर्मन दर्शनका रूपमा हेगेलको द्वन्द्ववाद र फायरवाखको भौतिकवाद थियो । हेगेल द्वन्द्ववादी थिए, तर भौतिकवादी थिएनन्, आदर्शवादी थिए । फायरवाख भौतिकवादी थिए तर द्वन्द्ववादी थिएनन् । अतः तत्कालिन समयमा देखापरेका यी दुवै दर्शनका मूल्यवान तथा सुसंगत विचारहरूलाई आत्मसात गरेर मार्क्स-एंगेल्सले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनको विकास गरे ।
ख.त्यसै क्रममा इंगल्याण्डमा राजनीतिक अर्थशास्त्रको नयाँ ढंगले विकास हुँदै गएको थियो । यस कार्यमा आदम स्मिथ र डेविट रिकार्र्डोले महत्वपूण् भूमिका निर्वाह गरेका थिए । उनीहरूले भनेका थिए- सबै सम्पति र मूल्यको मूल श्रोत श्रम हो । यो एउटा महत्वपूण् प्रस्थापना थियो । मजदूरले आफ्नो श्रमबाट जुन मूल्यको सृष्टि गर्दछ, त्यो उसले पुरै प्राप्त नगरि किन पूँजीपति वर्गलाई दिनर्ुपर्दछ भन्ने प्रश्न खडा गरि दिएका थिए, तर यो अन्तरविरोधको समाधान कसरी हुन सक्छ – उनीहरूले यो प्रश्नको जवाफ खोज्न सकिरहेका थिएनन् । तब स्मिथ र रिकार्र्डोले अगाडि सारेका मूल्यका श्रमसिद्धान्तका आधारमा मार्क्सले अतिरिक्त मूल्यको सिद्धान्तको रूपमा नयाँ सिद्धान्तलाई विकसीत गरे ।
ग.त्यसै क्रममा नै फ्रान्सेली समाजवादको धारा पनि कैयौं नयाँ विचार लिएर अगाडि बढ्यो । यस सर्न्दर्भमा फ्रान्सका सेन्ट साइमन तथा चार्ल्स फुटिए र इंगल्याण्डका रोवर्ट ओवेनहरू प्रमुख रहेका छन् । समाजमा बढ्दै गएको पूँजीवादी उत्पडिन पूँजीपति र मजदुर वर्गको बीचको अन्तरविरोध, पान्सेली राज्य क्रान्तिका स्वतन्त्रता, समानता र भातृत्वका सपनाहरूको ध्वंस पूँजीपति वर्गको छलकपट, होडवाजी, भ्रष्टाचार र चरम अनैतिकताका कारण तिनको पूँजीवादप्रतिको मोह समाप्त हुँदै गयो । तिनले दार्शनिक तर्क बुद्धिवादका आधारमा एक सुन्दर सामन्जस्यपुर्ण र शोषणविहिन समाज स्थापना गर्ने कुराको अर्थात् समाजवाद र साम्यवादको आदर्श प्रस्तुत गरे तर वास्तविक जीवनमा त्यस प्रकारको समाज कसरी स्थापना गर्न सकिन्छ भन्ने ठोस विचार उनीहरूले र रूपरेखा प्रस्तुत गर्न उनीहरूले सकेनन् । यो सबैको सही संश्लेष्णा र विज्ञान सम्मत स्पष्टिकरण अनिवार्य बन्न गयो । त्यो काम मार्क्सवादले मात्र पूरा गर्यो ।
मार्क्सवादको उदयले दार्शनिकत फा“टमा क्रान्ति
कार्ल मार्क्स -१८१८ – १८८३) ले प्राचीन युनानको सहज भौतिकवाद र द्वन्द्ववाद, विशेषतः कान्टदेखि हेगेलसम्म विकसीत हुँदै गएको जर्मन शास्त्रीय दर्शन हेगेलको द्वन्द्ववाद र फायरवाखको भौतिकवादको गम्भीर अध्ययन गर्नुभयो । हेगेलमा द्वन्द्ववादको चरम विकास भएको थियो तर उनी आदर्शवादी थिए । फायरवाखमा भौतिकवादको राम्रो विकास भएको थियो तर उनी अधिभूतवादी धार्मिक नैतिक क्षेत्रमा आदर्शवादी थिए । मार्क्स एंगेल्सले हेगेलको आदर्शवादको विरोध गर्दै उनको द्वन्द्ववादलाई अंगीकार गर्नुभयो । त्यस्तै उहाँहरूले फायरवाखमा विद्यमान अधिभूतवाद र आदर्शवादको विरोध गर्दै उनको भौतिकवादलाई अंगाल्नु भयो । यसरी मार्क्स-एंगेल्सले द्वन्द्ववाद र भौतिकवादलाई परिमार्जित, संश्लेषित र एकीकृत बनाउँदै नयाँ दर्शनको आधारशिला तयार पार्नुभयो ।
कार्ल मार्क्सद्वारा दार्शनिक फाँटमा सम्पन्न क्रान्तिलाई बुझ्नको निम्ति प्रकृति विज्ञान र इतिहास विज्ञान बारे केही प्रष्ट हुन जरुरी छ । मार्क्सभन्दा पहिले यि दुवै विज्ञानको क्षेत्रमा आदर्शवाद र अधिभूतवाद व्याप्त थिए । मार्क्सले प्रकृति विज्ञान र इतिहासलाई अधिभूतवादबाट मुक्त गरि स्वतन्त्र विज्ञानको हैसीयत प्रदान गर्नुभयो र साथै दर्शनको पनि विशिष्ट क्षेत्र निर्धारण गर्नुभयो । त्यसरी नै मार्क्स एंगेल्सले इतिहास विज्ञानको क्षेत्रमा हात हाल्नुभयो र इतिहासको भौतिकवादी मान्यताको आविस्कार गर्नुभयो । इतिहासको यो भौतिकवादी मान्यतालाई आधार बनाउँदै मार्क्स एंगेल्स कुन निष्कर्षा पुग्नुभयो भने आदिम युगलाई छोडेर समस्त विगतको इतिहास वर्ग संर्घष्ाको इतिहास हो ।
मार्क्स एंगेल्सले दार्शनिक फाँटमा ठूलो क्रान्ति गर्नुभयो । उहाँहरूले प्रकृति विज्ञान र इतिहासको क्षेत्रमा वास्तविक अन्तः सम्बन्धका ठाउँमा काल्पनिक अन्तः सम्बन्ध प्रस्तुत गर्ने आदर्शवाद र अधिभूतवादका विरुद्ध संर्घष्ा चलाउँदै ती दुवै क्षेत्रका वैज्ञानिक नियमहरूलाई राम्रोसँग उद्घाटन गर्नुभयो । प्रकृति, समाज र चिन्तनमा विद्यमान गतिका सामान्य नियमहरूको खोज गर्नु नै यो उद्घाटनको वास्तविक कुञ्जी बन्न गएको छ । अतः यस प्रकारको अध्ययन र खोजले एकातिर प्रकृति दर्शन र इतिहास दर्शनको प्रभुत्वबाट प्रकृति विज्ञान र समाज विज्ञानका विविध शाखाहरूलाई मुक्त गरि तिनलाई स्वायत्त विज्ञानको हैसीयत प्रदान गर्यो भने अर्कोतिर एक विशिष्ट सकारात्मक विज्ञानका रूपमा दर्शनशास्त्रलाई अर्न्तर्वस्तु तथा रूप दुवै दृष्टिले परिमार्जित गरि नयाँ ढंगले विकसीत गर्ने काम भयो । तर्सथ यस प्रकारको नयाँ संश्लेष्णबाट र्सवहारा वर्गको वैचारिक अस्त्रका रूपमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको प्रादर्ूभाव हुन्छ, त्यो पुरानो ढंगको दर्शनशास्त्र नभई नयाँ विश्व दृष्टिकोण बन्न पुग्दछ ।
द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादर्
र्सवहारावर्गको चिन्तन तथा विश्वदृष्टिकोणलाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद भनिन्छ, यो दर्शन हेगेल र फायरवाख सहित विगतका सबै दर्शन भन्दा गुणात्मक रूपमा भिन्नछ । मार्क्सले एकातिर फायरवाख सहितको यान्त्रिक भौतिकवादको आलोचना तथा खण्डन गर्नुभयो भने अर्कोतिर हेगेलको आदर्शवादलाई सुल्टो तुल्याउनु भयो । मार्क्सको द्वन्द्ववाद उहाँको आफ्नो भनाई अनुसार सारमा आलोचनात्मक र क्रान्तिकारी रहेको छ । यस प्रकारको द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको असली सारतत्व मार्क्सका शब्दमा विश्वको केबल व्याख्या मात्र होइन, गाठी कुरा त त्यसलाई बदल्नु हो ।
एंगेल्सले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादलाई मार्क्सवादी विश्वदृष्टिकोणको रूपमा उल्लेख गर्नुभएको छ । मार्क्सवादी विश्वदृष्टिकोणको महत्वमाथि प्रकाश पार्दै मार्क्सको शिक्षा र्सवशक्तिमान छ । किनभने त्यो सत्य छ । त्यो सम्पुर्ण तथा समग्रता पुर्ण छ र मानिसलाई एक यस्तो अखण्ड विश्वदृष्टिकोण प्रदान गर्दछ जुन कुनै पनि प्रकारको अन्धविश्वास प्रतिक्रियावादी प्रवृत्ति या पूँजीवादी उत्पीडनको कुनै पनि पक्षपोषणको कहर विरोधी छ” भन्न भएको छ । स्टालिनले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादलाई मार्क्सवादी लेनिनवादी पार्टीे विश्वदृष्टिकोण हो” भन्नु भएको छ ।
द्वन्द्वात्मक भौतिकवादले प्रकृतिका परिघटनाहरूलाई हेर्ने त्यसको अध्ययन गर्ने र बुझ्ने यसको तरिका द्वन्द्ववादी छ । प्रकृतिक परिघटनाहरूको यसको सिद्धान्त त्यस सबन्धित यसको धारणा भौतिकवादी छ । सामाजिक जीवनको अध्ययनमा द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तहरूको विस्तार र प्रयोग र ऐतिहासिक भौतिकवाद हो । यो र्सवहारा क्रान्तिको विज्ञान, कम्युनिष्ट पार्टीीे विश्वदृष्टिकोण, र्सवहारा वर्गको संर्घष्ाको दर्शन र अन्तरविरोधको विज्ञान समेत हो । यस प्रकृति, समाज र चिन्तनका गतिका सामान्य नियमहरूलाई द्वन्द्ववादी ढंगले अध्ययन गर्दछ र यस प्रकारका भौतिकवादी व्याख्या तथा द्वन्द्ववादी अध्ययनका आधारमा समग्र चिन्तन प्रणालीलाई एकीकृत विश्वदृष्टिकोणका रूपमा संश्लेषण गर्दछ ।
द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको मूल विषयलाई निम्न अनुसार प्रस्तुत गर्न सकिन्छ ।
पहिलो – द्वन्द्वात्मक भौतिकवादको सिद्धान्त
दोश्रोः द्वन्द्वात्मक भौतिकवादको पद्धति
तेश्रोः द्वन्द्वात्मक भौतिकवादको ज्ञान सिद्धान्त
चौथोः ऐतिहासिक भौतिकवादको सिद्धान्त ।
यस विषयमा माओ, भन्नुहुन्छ- “मार्क्सवादका तीन वटा संघटक अंगहरू हुन् वैज्ञानिक समाजवाद, दर्शन र राजनीतिक अर्थशास्त्र, त्यसको जग समाज विज्ञान र वर्गसंर्घष हाेे ।”
द्वन्द्वात्मक भौतिकवादको सिद्धान्तः
द्वन्द्वात्मक भौतिकवाद
द्वन्द्ववाद र भौतिकवादको संश्लेषणबाट द्वन्द्वात्मक भौतिकवाद बन्द छ । द्वन्द्वात्मक भौतिकवादबारे आवश्यक जानकारी प्राप्त गर्नका लागि र्सबप्रथम पदार्थ र गति र काल तथा पदार्थ र चेतनाबारे संक्षिप्त रूपमा जान्न आवश्यक हुन्छ ।
क.पदार्थ र गति
भौतिकवादले भौतिक पदार्थलाई विश्वको प्राथमिक तत्वको रूपमा अध्ययन गर्दछ । द्वन्द्ववादले भौतिक पदार्थमा विद्यमान गतिको यसको अध्ययन गर्दछ । यी दुवैको अध्ययनको पूर्णता द्वन्द्वात्मक भौतिकवाद हुन्छ । द्वन्द्वात्मक भौतिकवाद पदार्थ र गतिको एकताको मान्यतामा आधारित छ ।
पदार्थ के हो भन्ने कुराको अध्ययन आवश्यक हुन्छ । पदार्थ के हो भन्ने विषयमा लेनिन भन्नु हुन्छ- “पदार्थ त्यस वस्तुपरक यथार्थलाई अंकित गर्ने एक दार्शनिक पर््रवर्ग हो जुन मान्छेमा उसका संवेदनाहरूद्वारा प्राप्त हुन्छ र जसलाई हाम्रा संवेदनाहरूबाट सवतन्त्र रूपले अस्तित्वमा रहेका तिनीद्वारा प्रतिलिपित फोटोचित्रित र प्रतिविम्बित गरिन्छ ।” अतः पदार्थ मान्छेको मनबाहिर स्वतन्त्र रूपले अस्तित्वशील र संवेदनाहरूद्वारा हाम्रो मनमा प्रतिविम्बिनत हुन्छ । लेनिनको भनाइ अनुसार पदार्थलाई प्रतिविम्बित हुन्छ । लेनिनको भनाइ अनुसार पदार्थलाई यसरी ने बुझ्नु पर्ने हुन्छ ।
गति के हो त – गतिका बारेमा फेडरिक एंगेल्स भन्नुहुन्छ- “ज्यादै सामान्य अर्थमा गतिलाई पदार्थको अस्तित्वको अवस्था आन्तरिक गुण, स्थानपरिवर्तनदेखि चिन्तनसम्म विश्वमा घटित हुने सबै परिवर्तन र प्रक्रियाका रूपमा बुझ्नु पर्दछ ।” त्यस्तै अर्को ठाउँमा एंगेल्स भन्नुहुन्छ “गति स्वयं एक अन्तरविरोध हो ।” अब हामीले समग्रतामा के कुरा बुझ्नु पर्दछ भने गति भनेको पदार्थको अस्तित्वको अवस्था, गुण र सबै परिवर्तनको कारक तत्व हो । अर्थात् गति पदार्थमा विद्यमान अन्तरविरोधको नाम हो भन्ने कुरा बुझ्नु पर्दछ । तर्सथ गति र पदार्थ एक अर्कासँग घनिष्ट रूपले गासिएका छन् । अतः पदार्थ र गति सम्बन्धि यस प्रकारको अध्ययनबाट कुन कुराको पुष्टि हुन्छ भने विश्वको अस्तित्व द्वन्द्वात्मक भौतिकवादी प्रक्रियामा आधारित रहेको छ । विश्वको जन्म र विकासका लागि कुनर्ैर् इश्वर, निरपेक्ष विचार, परमात्मा जस्ता काल्पनिक कुराको आवश्यकता पर्दैन ।
दिशा र कालः
यहाँनेर वास्तविक कुरा के हो भने विश्वमा गतिशील पदार्थको अस्तित्व दिशा र काल अन्तरगत मात्रै कायम रहन सक्तछन् । त्यस्तै दिशा र कालबारे आदर्शवादी र भौतिकवादीहरूका बीच ठूलो विवाद चल्दै आएको छ । सार संग्रहवादी डयूहरिङका विरुद्ध दिशा र काल सम्बन्धि प्रश्नमा एंगेल्सले दिएका तर्कमाथि ध्यान दिँदै लेनिन भन्नुहुन्छ- “के दिशा र काल वस्तुपरक हुन या आत्मपरक, के दिशा र कालसम्बन्धि हाम्रा सापेक्ष अवधारणाहरू सत्ताको वस्तुपरक रूपहरूका सन्निकट छन् या ती मानिसका विकसित, संगठित, सामञ्जस्यपूण् चिन्तनका उपज मात्र हुन् – यही र यही र केबल यही ज्ञान मिमांसाको प्रश्न हो जसमा सही अर्थमा आधारभूत दार्शनिक प्रवृत्तिहरू विभक्त छन् । अतः यो नै दिशा र काल सम्बन्धि दर्शनशास्त्रको मूल प्रश्न हो । तर्सथ यस प्रश्नको जवाफ दिने क्रममा जसले दिशा र कालसम्बन्धि हाम्रा अवधारणालाई वस्तुगत यथार्थका अभिव्यक्ति मान्दछन्, ती भौतिकवादी हुन्, यसको उल्टो तिनलाई चेतना वा विचारको उपज मान्नेहरू आदर्शवादी हुन् ।
दिशा र कालसम्बन्धि द्वन्द्वात्मक भौतिकवादी मान्यता प्रस्तुत गर्दै लेनिन भन्नुहुन्छ- “विश्वमा गतिमान पदार्थका अतिरिक्त अरु केही छैन र गतिमान पदार्थ दिशा र काल अन्तरगत नै गतिमान हुन सक्छन् । दिशा र कालका मानव अवधारणाहरू सापेक्ष छन्, तर यो अवधारणाहरू मिले निरपेक्ष सत्य बनाउँछन् । यो सापेक्ष अवधारणाहरू विकसित हुँदै निरपेक्ष सत्यतर्फबढ्दछन् र उत्तरोत्तर त्यसको नजिकै पुग्न जान्छन् ।”
लेनिनको यो कुराका आधारमा हामीले के भन्न सक्छौ भने जसरी गतिशील पदार्थ अनादि र अनन्त छ, असिर्जित र अविनासी छ, ठिक त्यसरी नै दिशा र काल पनि अनादि र अनन्त, असिर्जित र अविनासी छन् । दिशा र काल वस्तुगत जगतका, गतिशील पदार्थका अस्तित्वका रूप हुन्, ती मानव चेतना बाहिर वस्तुगत रूपमा स्वतन्त्र रूपले अस्तित्वमा छन् र तिनको हामीले संज्ञान प्राप्त गर्न सक्तछौं । तर्सथ दिशा र काल सम्बन्धि हाम्रो ज्ञान वस्तुगत यथार्थ जस्तै सापेक्षता र निरपेक्षताको द्वन्द्वात्मक विकास प्रक्रियामा आधारित रहेको छ ।
पदार्थ र चेतना
पदार्थ र चेतना सम्बन्धि फरक फरक दार्शनिक अवधारणाहरू छन् । आदर्शवादीहरू चेतनालाई पहिलो र पदार्थलाई चेतनाको उपज मान्दछन् । तर भौतिकवादीहरू पदार्थलाई पहिलो र चेतनालाई पदार्थको उपज मान्दछन् । वा कोरा नक्कलका रूपमा ग्रहण गर्दछन् । तर द्वन्द्वात्मक भौतिकवादीहरू चेतनालाई पदार्थको सुसंगठित तथा गुणात्मक ढंगले विकासित प्रतिविम्बनको उच्च अभिव्यक्ति मान्दछन् ।
पदार्थबाट चेतनाको विकास हुन्छ । चेतना पदार्थ गतिको सर्वोच्च रूप हो । पदार्थबाट जीवन, जीवनबाट मस्तिष्क र मस्तिष्कबाट चेतनाको जन्म हुन्छ । चेतनाका विभिन्न रूपहरू हुन्छन् ती हुन् संवेदना, भावना, विचार, संकल्प चिन्तन, अवधारणा, सिद्धान्त, दृष्टिकोण आदि ।
भाषा र चेतनाः
मानव समाजको विकास लामो प्रक्रियाबाट अगाडि बढेको हो । मानव समाजको विकासमा श्रमशक्ति र बोली अर्थात् भाषाको महत्वपूण भूमिका हुन्छ । साथै यसले चेतनाको विकासमा पनि गुणात्मक धक्का दिन्छ । भाषा र चेतना परस्पर सम्बन्धित रहेका छन् ।
अतः भाषा सूचनाको एक यस्तो व्यवस्थित प्रणाली हो जुन संकेतमा आधारित हुन्छ । श्रम प्रक्रियाको बीचमा मान्छेले दर्ुइ प्रकारको सम्बन्ध कायम गर्दछ एउटा प्रकृतिसँग र अर्को मान्छेहरू सँग मान्छेको प्रकृतिसँगको सम्बन्ध औजारहरू मार्फ अभिव्यक्ति हुन्छ, यो उत्पादक शक्तिहरूसँग सम्बन्धित विषय हो । मान्छेको मान्छेसँग सम्बन्ध भाषा मार्फ अभिव्यक्त हुन्छ, यो उत्पादनसँग सम्बन्धित विषय हो । मार्क्स भन्नु हुन्छ- “चिन्तनको जीवित अभिव्यक्तिको मूल वस्तु भाषा हो ।” भाषाले मानिसका अनुभूति, विचार र ज्ञानलाई भण्डारण वा सञ्चय पनि गर्दछ । मानिसले आफ्ना अनुभव र ज्ञानलाई पीढिं दर पीढिं जसरी सुरक्षित गर्ने काम गर्दै आएको छ यसका पछाडि भाषाको महत्वपूण् भूमिका रहेको छ । हामीले बुझ्नै पर्ने अर्को महत्वपूण् कुरा के हो भने यसैगरि भाषाले विचारका साथै संस्कृतिको पनि भण्डारण गर्दछ ।
यसका अतिरिक्त द्वन्द्ववादका नियम र मूल तत्वहरू, मार्क्सवादी ज्ञान सिद्धान्त सम्बन्धि समग्र विषयवस्तुहरू र द्वन्द्ववादका पर््रवर्गहरूका बारेमा समेत विषद प्रकाश पार्न आवश्यक हुन्छ । तर यहाँ यो सानो लेखमा यि सबै विषयवस्तुहरू समावेश गर्न अर्समर्थ भएकाले ती विषयहरूलाई मार्क्सवादको मूल विषयवस्तुसँगै जोडेर अध्ययन गर्न जरुरी हुन्छ ।र्दर्शनशास्त्रको इतिहासमा हामीले के पाउँदछौं भने द्वन्द्ववाद मूलतः तीन रूप र चरणमा प्रकट हुँदै विकसित भएको छः प्राचीन दर्शनशास्त्र विशेषतः युनानी दर्शनशास्त्रको द्वन्द्ववाद, काण्टदेखि लिएर हेगेलसम्मको शास्त्रीय जर्मन दर्शन शास्त्रको द्वन्द्ववाद र मार्क्स, एंगेल्स, लेनिन तथा माओद्वारा विकसित द्वन्द्ववाद । यी सबै चरणका सबै रूपमा द्वन्द्ववादले आफ्नो समयका आ आफ्ना विशिष्टता सहितका अधिभूतवादका विरुद्ध लड्दै आएको हामीले पाउँदछौं । तर अधिभूतवादका विरुद्ध क्रान्तिकारी ढंगले निर्णायक लडाइ लड्नेमा तेश्रो चरणकोद्वन्द्ववादकै प्रमुख भूमिका रहेको छ । दर्शनशास्त्रको इतिहासमा द्वन्द्ववाद र अधिभूतवादका बीच निरन्तर संर्घष्ा चल्दै आएको छ । अधिभूतवादका विरुद्ध द्वन्द्ववादको लडाइलाई ठिकसित बुझ्नका लागि प्रकृतिविज्ञान र इतिहास विज्ञानबारे राम्रोसित बुझ्न आवश्यक हुन्छ ।
प्रकृति विज्ञान र दर्शन, इतिहास र दर्शन, अधिभूतवाद र द्वन्द्ववादका ऐतिहासिक रूपहरू र भौतिकवादी द्वन्द्ववादका बारेमा अध्ययन गर्न जरुरी हुन्छ । यसै भित्र संकेद्रुत रहेर परिवर्तन र स्थिरताः दुइ भिन्न दृष्टिकोण, शून्यवाद र द्वन्द्ववाद, यान्त्रिकतावाद र द्वन्द्ववाद, भँडुवा विकासवाद र क्रमभङ्गको पद्धति, सारसंग्रहवाद र द्वन्द्ववाद, बहुलावाद र एकत्ववाद, एकमनावाद र द्वन्द्वात्मक एकत्ववाद र विखण्डनवाद र अखण्डतावादका बारेमा राम्रोसीत अध्ययन गर्न आवश्यक हुन्छ ।
यहाँनेर हामीले बुझ्नुपर्ने कुरा के छ भने कार्ल मार्क्सद्वारा विकसित भौतिकवादी द्वन्द्ववाद नै नयाँ द्वन्द्ववाद हो । भौतिकवादी द्वन्द्ववाद मार्क्सवादी दर्शनको चिन्तन पद्धति हो । अतः सारमा यो वस्तुको विकासप्रक्रियालाई सही ढंगले अभिव्यक्त तथा प्रस्तुत गर्न र्सवहारा वर्गको विश्व दृष्टिकोण हो ।
काल मार्क्स -सन् १८१८ – १८८३) र फेडरिक एंगेल्स -सन् १८२० – १८९५) ले सन् १८४८ फेब्रुअरीमा कम्युनिष्ट लिग मार्फ कम्युनिष्ट घोषणा पत्र जारी गरेर मार्क्सवाद प्रतिपादन गर्नुभयो । मार्क्सवादको यस ऐतिहासिक प्रतिपादनले दर्शनको क्षेत्रमा महान् क्रान्ति ल्याइदियो । मार्क्सवादी दर्शनको जन्म मानव चिन्तनको उज्जवल तथा प्रगतीशील परम्परालाई आत्मसात गरेर भएको हो । वर्गीय समाजमा प्रत्येक दर्शन वर्गीय हुने कुरा मार्क्सवादी दर्शनमा पनि लागु हुन्छ । मार्क्सवादी दर्शन र्सवहारावर्गको दर्शन हो । यस दर्शनलाई स्टालिनले मार्क्सवादी-लेनिनवादी पार्टी विश्वदृष्टिकोणका रूपमा परिभाषित गरेका छन् । मार्क्सवादी दर्शनको उत्पति ऐतिहासिक आवश्यकताबाट भएकोले र्सवहारावर्गका लागि एक साँच्चिकै वैज्ञानिक दर्शनको खाँचो पूरा गर्ने गरी मार्क्सवादको प्रतिपादन हुनुले मार्क्सवादी दर्शन अर्थात् द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनले पुरानो पूँजीवादको विनास र नयाँ साम्यवादी विश्वको सिर्जनाका लागि र्सवहारावर्गलाई द्वन्द्वात्मक भौतिकवादी दर्शनको न्यायोचित आधार र निर्देशन प्रदान गरेको छ । यसमा विश्व र्सवहारा वर्गले संसारलाई ठिकसित बुझ्ने र त्यसलाई फेर्ने एक अचुक बौद्धिक अस्त्र भेटाएको छ । यस विषयमा लेनिनले भनेका छन्- “मार्क्सवादी दर्शन एउटा यस्तो परिपूण दार्शनिक भौतिकवाद हो जसले मानवजातीलाई र खास रूपले मजदूर्रवर्गलाई ज्ञानको शक्तिशाली औजार प्रदान गरेको छ ।” मानव समाजमा र्सवहारावर्ग सबैभन्दा शक्तिशाली वर्ग हो । यस विषयमा कार्लमार्क्स स्वयंले यसरी व्याख्या गरेका छन्- “जसरी दर्शनले र्सवहारावर्गमा आफ्नो भौतिक हतियार भेटाउँछ, त्यसरी नै र्सवहारावर्गले दर्शनमा आफ्नो बौद्धिक हतियार भेटाउँछ ।” त्यसैगरी मार्क्सवादको दार्शनिक पक्षको हत्वलाई माओत्सेतुङले यसरी दर्शाएका छन्- “मार्क्सवाद ज्ञानका अनेक शाखाहरूबाट बनेको छ, मार्क्सवादी दर्शन, मार्क्सवादी अर्थशास्त्र र मार्क्सवादी समाजवाद अर्थात् वर्गसंर्घषकाे सिद्धान्त तर जग चाहिँ मार्क्सवादी दर्शन हो । यदि त्यसलाई मनन गरिदैन भने हाम्रो एउटा साझा भाषा वा कुनै साझा तरिका हुने छैन, हामी चीजहरूलाई स्पष्ट नपारीकन यताउताको कुरा तर्क मात्र गरिरहेका हुनेछौं । द्वन्द्वात्मक भौतिकवादलाई मनन गरि सकेपछि थुप्रै दुःख कष्टबाट जोगिने छ र धेरै गल्तीहरू हट्ने छन् ।
मार्क्स र एंगेल्सले आफ्नो समयमा एकातिर लासाल तथा प्रुधोको सुधारवाद एवं अवसरवाद र ब्लाङ्की तथा बाकुनिनको उग्रवामपन्थि अराजकतावाद जस्ता दुइ थरी गलत प्रवृत्तिका विरुद्ध संर्घष गर्दै मार्क्सवादी सिद्धान्तको रक्षा र विकास गर्दै त्यसलाई समृद्धशाली तुल्याउनु भयो ।