राजनीति
कुनै पनि मुलुकको बिकास ,समृद्धि र न्यायका लागि बौद्धिक व्यक्तिहरुको ठुलो र महत्वपूर्ण भुमिका रहेको हुन्छ ।तर हाम्रो देशमा त्यसो हुन नसकेको त्रिभुवनको बिश्वबिद्धालयका भाषाशास्त्री एवं बौद्धिक चिन्तक राम लोहनीका सहमत छैनन् ।
उनी भन्छन देशका घटनाक्रमलाई नियाल्ने धेरै हुन् सक्छन् तर ती घटनाक्रमको ऐतिहासिक अध्ययन गर्दै तिनले भविष्यमा पार्ने अप्ठ्याराका विषयमा आकलन गर्नसक्ने बौद्धिक व्यक्ति कमै छन् ।
हाम्रो मुलुकमा बौद्धिक व्यक्तित्व कुनै न कुनै दलको पिछलग्गु भएका कारण सत्य कुरालाई देखे पनि सत्य भन्न सक्ने आँट धेरै बुद्धिजीवीले गुमाइसकेका छन् । नेपालमा बुद्धिजीवीका केही संंगठित संस्था नभएका होइनन् तर ती संस्था पनि दलका एजेन्डालाई बौद्धिक लेपन दिन जन्मिएका हुन् कि भन्ने आभास हुन्छ ।
अधिकाश बौद्धिक जगत जनताको लहर जता छ, त्यसैलाई सही भन्दै आफू लोकप्रिय हुने प्रयासमा छन् । यही कारण नेपालका मानिस कांग्रेस, एमाले, माओवादी, मधेशवादी, पहिचानवादी सबै छन् तर नेपाली छैनन् भन्ने आहान लोकपि्रय हुँदै गएको छ भन्नुहुन्छ ।