सम्माननिय प्रधानमन्त्री
क. केपी शर्मा ओलि, नेपाल सरकार
म एक कम्युनिस्ट आदर्श बोकेको ,माक्र्सवादी विचार र सिद्धान्तलाई प्राण झै माया गर्ने मात्रै होइन यसको रक्षा गर्न आवश्यकतामा प्राण नै दिन तयार युवा हु। यो विज्ञान र प्रविधिको विकासले मेरो यो वेदना भनौ या गुनासो कम्युनिस्ट प्रधानमन्त्रीलाई सुनाउन पाउँद औधी खुसी लागिरहेको छ। म स्नातकोत्तर (MA last year)को अन्तिम बर्ष मा अध्ययनरत समाजशास्त्रको विद्यार्थी हु। मेरो परिचय यो भन्दा बाहेक छैन । म विद्यार्थी भएको नाताले कम्युनिस्ट पार्टी को विचार आस्था र विचार निकट विद्यार्थी सङगठको विद्यार्थी अगुवा पनि हु।
सायद लाग्छ नेपाल अहिले विश्वको राजनीतिक वृत्तचित्रमा एउटा विशेष ठाउँमा छ : कसरी भन्नू हुन्छ भने नेपालमा अहिले दुई तिहाई को कम्युनिस्ट सरकार छ जसको नेतृत्व तपाईंले गरि रहनु भएको छ , तर पनि लाखौं युवा खाडीमा भेडा बाख्रा चराउदै छन कोहि भारतका गल्लीमा चौकिदार बसेको छन ,भने अरु हामी नेपालमै भएका लाखौं कम्युनिस्ट युवा विद्यार्थीहरु सडक कम्युनिस्ट सरकार र तपाईंको विरोध गरिरहेका छौ के यो विडम्बना र दुर्भाग्यपूर्ण कुरा होइन ? आखिर किन यस्तो भइरहेको छ ? यत्ति मात्रै होइन एउटा कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लागेको छ ।राजनीतिक आस्थाकै कारण एउटा कम्युनिस्ट आदर्श बोकेको युवा कम्युनिस्ट सरकारबाट आफ्नै घर ,गाउँ , शहर र भिर पाखामा असुरक्षित महसुस गरिरहेका छ । के यो विषय समान्य हो ? यो सरकारले जनपक्षीयकार्य तथा भ्रष्टाचार जस्तो ठुलाठुला अपराधहरुलाइ रोक्न सकिरहेको छैन यसको कारण हामिलाइ थाहा छ किन भने यो कम्युनिस्ट सरकार भए पनि ससदिय वयवस्था हो तर कम्युनिस्ट पार्टी माथी को प्रतिबन्ध हटाउन त सकिन्छ ?
एउटा कुरा पार्टीमाथि प्रतिबन्ध लगाउन आवश्यक हो भने ठिकै छ हामी सहमत भयो मानौ तर अघोषित रुपमा त हामिलाइ पनि प्रतिबन्ध किन लगाएको ? हैन भने विद्यार्थी सगठ्नले आफ्ना गतिविधि किन गर्न नपाउने ?
विद्यार्थी युवाहरू र विद्यार्थी नेताहरूलाई किन झुठ्ठो मुद्दामा जेलमा सडाएको ? के साच्चिकै यो विषय सामान्य हो ? एकछिन गम्भिरतापुर्वक सोचौ के हो यो गणतन्त्र को प्रतिफल हो कि कम्युनिस्ट सरकार को उपहार हो ? यसको नतिजा के हुन्छ ? कुनै शासन सत्ताका सारथीहरु र जनयुद्धका भुपु:सारथिहरु बुझेका छैनन त ? अपराधीक कार्यमा सङलग्न लाई जेल हाल्नु स्वभाविक हो तर आम विद्यार्थीहरुलाइ जेल कोचेर के होला ?
सबैलाई था हामी निहत्था विद्यार्थी छौ र पो असुरक्षित महसुस गरिरहेका छौ तर परिस्थितिले र कम्युनिस्ट सरकारले हाम्रो हातको कलम ठाउँमा अर्कै चिज थमाइ दिन विवश बनाइदियो भने के हामी डराउछौ त ?
अन्तमा सकिन्छ भने नेकपा माथिको प्रतिबन्ध हटाइ दिनोस र उसलाई राजनीतिक गतिविधि गर्नु दिनुस !होइन सकिदै सकिदैन भने हामी सम्पुर्ण युवा, विद्यार्थी, मजदुर सबैलाई प्रतिबन्धको घोषणा गरिदिनुस ! यो कार्य सजिलो पनि छ बहुमतको सरकारलाई नत्र यो विचको अवस्थाले देश भयानक स्थितिमा जाने वाहेक केही हुदैन। सबैलाई था हामी निहत्था विद्यार्थी छौ र पो असुरक्षित महसुस गरिरहेका छौ तर परिस्थितिले र कम्युनिस्ट सरकारले हाम्रो हातको कलम ठाउँमा अर्कै चिज थमाइ दिन विवश बनाइदियो भने के हामी डराउछौ त ?
यसको जवाफ ५० लाख विद्यार्थीलाई दिनु पर्छ । देशभरी विभिन्न झुठ्ठा मुद्दामा जेलमा रहेका विद्यार्थीहरुको रिहाइ गरियोस;
होइन त्यसपछि के हुन्छ सबैलाई था छ । यो धम्की होइन; गलत नबुझीदिनु होला हो विनम्र अनुरोध हो। हामी झुठ्ठा मुद्दै भए पनि रमाइ रमाइ जेल बसिराछौ यसको श्रेय सम्माननिय प्रधानमन्त्री ज्युलाइ नै जान्छ किन भने तपाईंको १४ बर्ष जेलजिबनको प्रेरणा हो भने हामी चेतनशील युवाको धैर्यता पनि हो यदि देशमा कम्युनिस्ट सरकार हुन्थेन भने पनि हाम्रो धर्यता रहने थिएन । कम्युनिस्ट आस्थावान विद्यार्थी लाइ कम्युनिस्ट सरकारले नै जेल हालीरहेको छ यसर्थ हामीलाई धेरै गाह्रो भै सक्यो प्रधानमन्त्री ज्यु हाम्रो जिबनको सुरक्षाको लागि को सग हो विन्ती विसाउनु पर्ने ? कुन एनजिओ र अमिरिकी साम्राज्यवादको कुन सेवक ले हाम्रो मानव अधिकार को रक्षा गर्ने ? ; कि कम्युनिस्ट सरकारले नै सक्छ ? यसको जवाफ ५० लाख विद्यार्थीलाई दिनु पर्छ । देशभरी विभिन्न झुठ्ठा मुद्दामा जेलमा रहेका विद्यार्थीहरुको रिहाइ गरियोस; विद्यार्थी हकहित र शैक्षिक क्षेत्रमा भएका समस्याहरुको विषयमा बोल्न पाउनु पर्ने अधिकार सुरक्षित होस । अन्तम स्वास्थ्य लाभको कामना सहित दिर्घायु को कामना
हार्दिक अभिवादन सहित लाल सलाम
विरेन्द्र लुहार
विद्यार्थी नेता: अखिल(क्रान्तिकारी)