सामाजिक अभियान्ता, तथा नेत्र बिक्रम चन्द विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीका युवा नेता नर बहादुर कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलिको अभिव्यक्तिलाइ कडा रुपमा टिप्पणी गरेका छन ।
प्रधानमन्त्री ओलीले लोकतन्त्र माथी खतरा आए बघिनिले झै झम्टिने भनेर दिएको अभिव्यक्तिको केहि समयमा नै कार्कीले प्रधानमन्त्रीलाइ नै लोकतान्त्रिक बिधी मान्न र बुझ्न सुझाएकाछन । उनले आधारभुत रुपमा राजनीतिक अधिकार सम्म रक्षा गर्न नसक्नेले लोकतान्त्रिक गफ नदिन चेतावनी मुलक सुझाव दिएका छन ।
कार्कीले यस्तो लेखेका छन ” प्रतिबन्ध हटाएर लोकतन्त्रवादी हुनुस्, सर्बोच्वमा कार्यकर्ता भर्ती नगरेर लोकतन्त्र बचाउनुस्, एनसेल र वाइडबडिको अरबौको फाइल खोलेर लोकतन्त्र बचाउनुस्, जनप्रतिनिधिको अरबौ माथि हालिमुहाली रोकेर लोकतन्त्र बचाउनुस्, नेपालमा छिर्न अनुमती पाएका इन्डोप्यासिफिक सेना निषेध गरेर देश बचाउनुस्, मेलम्चिको आदी देखी अन्त्यको फाइल खोल्नुस्, बालुवाटारको जग्गा फिर्ता गराउनुस्, मेडिकल कालेजले असुलेको बिद्यार्थीको करोडौ फर्काउनुस्, मिचिएका सिमा र बुझाईएका नदी र हाइड्रोपावर फर्काउनुस् । सक्नु हुन्छ?? सक्नु हुन्न ।
लोकतन्त्र तपाईंहरुले राजनीतिक रुपमा लावान्वित हुने खेलको तुरुप हो । आम मान्छेलाई कुरुप सपना हो । खाटी कुरा के हो भने प्रधानमन्त्री ज्यु, तपाईंहरु सँग शक्ती छ तर सामर्थ्य छैन । तपाईंको सामर्थ्यको अभावले ल्याउने परिणति र पिडाको मुल्य सर्वसाधारणले चुकाउनु नपर्ने भए, म पनि कानमा तेल हालेर सुत्ने थिए । तपाईंलाई नियोजित रुपमा चुनिएका कथ्य सुनाउछन मान्छे र तेस्कै भरमा बोल्नु हुन्छ । अरिङ्गIल, बघिनी, फुजिमोरी, छौडा कुन्नी के के ।
हामी हरेकदिन हजारौ मान्छेका साथमा सडकमा बिताउछौ । लोकतन्त्रको सर्वाधिक ठुलो बैरी सत्ताकै कार्यशैली भएको ठानेका छन सर्वसाधारणले । गाउमा डोजर र बिल भर्पाइ मिलाउने तपाईंका पार्टी सदस्य बाहेक कसैलाई लोकतन्त्र आएको छैन । तपाईं आफ्नै बाचा सम्झिनुस्, ठुलो छाती पारेर- गरेको भ्रष्टाचार बिरोधि एलान सम्झिनुस् । कोही समातिए ? झापाको बजेट र कर्णाली प्रदेशको बजेट टेबलमा राखेर खोज्नुस् लोकतन्त्र ।
मानानीय हरुको खल्तिमा बोकाएर पठाउने छ-छ करोड रुपैयामा खोज्नुस् लोकतन्त्र । प्रधानमन्त्री ज्यु, तपाईंका अडानको भरोसा गर्ने जनता आज रोएका छन । अब बघिनी बनेर गलामा दात र छातीमा नङ्रा हान्नु हुन्छ? समाजवाद आएको हेर्न चाहने छोराछोरी अब घरमा सुत्न नसक्ने भए, तपाईंको सरकार वरपर देखिन मनाही गरिये । थाहा छ किन? किनकी अधुरा सपनाको रक्षा तपाईंको शरीरको रक्षा जस्तो हो । हदै सम्म गएर पनि बाच्नु र बचाउनु पर्छ ।
यो अहिलेको लोकतन्त्र नामको ब्यबस्थाको शरीर सन्क्रमित भएको छ । तपाईंको स्वास्थ्यको कुरा असल नियतमा उठाएको छु । यो रुग्न र थिग्रिदै गएको लोकतन्त्रको बैरी बाहिर मात्र नखोज्नुस् । डिजाइन डिफेक्ट भएको तन्त्रमा यात्रा जरुर सम्झौताको हुन्छ । तपाईं यदी देशको अब्यबस्थाको निदान र उन्नत ब्यबस्थाको अभीयन्ता बन्ने हो भने कसैलाई लखेटन जरुरी छैन ।
प्रदिप गिरी भन्छन “बिद्रोह अकाट्य भइसक्यो”, घनश्याम भुषाल ले भने ‘”दिनमा सयजना दलाल सँग सरकार ठोकिन्छ”, भिम रावल भन्छन “राष्ट्रघात सरकारले नै गरेको छ”, देव गुरुङ भन्छन “बिदेशी सेना नेपाल छिराएको सरकारले हो” । तपाईं कस्लाई झम्टिन बघिनीको कुरा गर्दै हुनुहुन्छ? बैज्ञानीक समाजवादको सपना बोकेका छोराछोरी त त्यही कम्युनिष्ट भट्टिमा स्पात भएका सिंहहरु हुन । रह्यो कुरा प्रतिक्रान्तिकारीको— हाहाहा बिचराहरु । ईतिहास बनाइन्छ- फर्काइन्न ।
एउटाकुरा मान्नुस्, तपाईंहरुले राजनीतिक पार्टीलाई प्रतिबन्ध लगाये पछी- , अब त्यो मुख बाट लोकतन्त्रको उच्चारण बहुत भद्दा सुनिन थालेको छ I
प्रधानमन्त्री ओलीले यस्तो अभिव्यक्ति दिएका थिए
लोकतन्त्रमाथि खतरा आयो भने सरकार ‘बघिनी शैली’मा उत्रन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमाथि खतरा पैदा भए ‘बघिनीको शैली’मा रक्षात्मक ढंगले सरकार प्रस्तुत हुने चेतावनी दिएका छन्।
बुधबार सिंहदरबार परिसरमा संघीय संसद भवनको शिलान्यास समारोहलाई सम्बोधन गर्दै उनले केही व्यक्तिहरू जसरी पनि वातावरण बिगार्ने काममा लागिरहेको उल्लेख गर्दै सरकार लोकतन्त्रको रक्षाका लागि बघिनीको शैलीमा उत्रिने बताएका हुन्।
उनले भने, ‘जबसम्म आफ्ना डमरुमाथि खतरा आइपर्यो भन्ने हुँदैन तबसम्म बघिनी चुपै लागेर बस्छे। डमरुमाथि खतरा पैदा भयो भने बघिनी चुप लागेर बस्दिन। डेमोक्रेसीमाथि, संघीय लोकतान्त्रिक गणतत्रमाथि जबसम्म खतरा आइपर्यो भन्ने कुरा हुँदैन तबसम्म सरकार त्यसैगरी बघिनी जस्तै शान्त हुन्छ। लोकतन्त्रमाथि खतरा आयो भने सरकारले सहँदैन। जनताको बलिदान खेर जान नदिने कुरामा सरकार प्रतिबद्ध छ।’
‘डेढ वर्ष भइसक्दा पनि सरकारले गति लिन नसकेको’ भन्ने आलोचनालाई सरकारले गम्भीर रूपमा लिएको र अझै गतिका साथ अघि बढ्ने आश्वासन दिए।
उनले भ्रष्टाचारमा शून्य सहनशीलता सरकारको ‘लिप्स सर्भिस’ मात्रै नभएको भन्दै सबैलाई आफ्नो काम कर्तव्यप्रति होसियार रहन सचेत गराए।
प्रधानमन्त्री ओलीले निर्माण कार्यमा हुने गरेको ढिलाइ पनि असन्तुष्टि व्यक्त गरे।
३ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ शिलान्यास भएको संघीय संसद भवन समयमै सम्पन्न गर्न तथा विभिन्न बहानामा पैसा थप्ने काम नगर्न सहरी विकास मन्त्रीलाई निर्देशन पनि दिए।
उनले भने, ‘निर्माण कार्यमा बिलम्ब हुने गर्या छ। यो बिलम्ब मान्य हुँदैन। जति समय भनिएको छ त्यो समयभित्र काम सम्पन्न हुनुपर्छ। गुणस्तरमा कुनै सम्झौता हुँदैन। गुणस्तरीय हुनुपर्छ। कबुल भन्दा पछि पैसा थप्ने काम हुँदैन। धेरै बिग्रेका परिपाटीहरू छन्। त्यसलाई मानिदैन।’
नेत्र विक्रम चन्द समूहका क्रियाकलाप प्रति इंगित गर्दै प्रधानमन्त्री ओलीले हिंसा नितान्त ‘वितण्डा’ मात्रै भएको टिप्पणी गरे।
हत्या, हिंसा, त्रास र लुटपाट गर्ने क्रियाकलाप सरकारलाई कुनै पनि अवस्थामा सह्य नहुने भन्दै उनले आवश्यक परे नियन्त्रणकारी भूमिका पनि खेल्न सकिने बताए।