पोखरा- अहिले निकै चर्चामा रहेको शव्द हो गोयबल्स शैली । आखिर कहाँ बाट आयो त यो शब्द ? नेपालको राजनैतिक क्षेत्र देखी मिडिया क्षेत्रमा गोयबल्स शैली हावी भयो भन्दै बेला बेलामा निकै चर्चामा आउने गरेको छ।
बिसौं शताब्दीको चौथो दशकमा हिटलरकालिन एकजना संचारमन्त्री थिए जसको नाम जोशेफ गोयबल्स थियो । उनको के मान्यता थियो भने कुनै पनि कुरालाई सैयौं चोटी दोहोर्याएर भनियो भने झुठ नै भए पनि त्यो सत्य ठहरिन्छ ।
कुरा नोभेम्बर १९४० को हो, हिटलर एउटा समारोहमा आफ्नो भाषणलाई बिचमैं रोकेर बाहिरिए । लगत्तै नैं परिसरमा बिष्फोटन भयो । जसमा परेर उनको आफ्नै नाजी पार्टीका समर्थक अनि धेरै कार्यकर्ताहरु पनि मारिए । हिटलरले भने यो घटनालाई यसरी ब्याख्या गर्दै सहानुभूति जताए, “नियतिले मलाई बचायो । सायद इश्वरको यहि इच्छा छ कि म आफ्नो मिशनलाई पुरा गरूँ ।”
यद्दपि बिष्फोटनको गुरुयोजना हिटलर कै निर्देशनमा तय गरिएको थियो । बिष्फोटनबाट आफु बल्ल बल्ल बाँचेको देखाएर जर्मन जनताको सहानुभूति बटुल्ने योजना बमोजिम गरिएको यो षड्यन्त्रलाई संचारमन्त्री जोशेफ गोयबल्सले हिटलरलाई देवत्वकरण गर्दै उनले व्यक्त गरेको “नियतिले मलाई बचायो ” भन्ने महाबाणीलाई सैयौं चोटी आफु नियन्त्रित संचार माध्यममा प्रसारण गरे । नभन्दै त्यो सफल पनि भयो । जर्मनमा हिटलर सांचै नै भगवान नै हुन् कि भन्ने एक खालको भावना त्यस घटनाले जागृत गरायो ।