logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

प्रचण्डलाई पुर्वजनमुक्ति सेनाकाे मार्मिक पत्र : गणतन्त्र गरिव लुट्ने थलाे किन ?


  • टिकाराम वली
  • शनिबार, माघ १८ २०७६

मुटुभरी माया,आँखा भरी आँसु । मुख भरी गालीको बर्षातले भरिएको संगिन समयलाई रंगीन बनाएर खुल्ला पत्र प्रस्तुत गर्न चाहन्छु !

नेपाल कम्युनिस्ट पार्टी ( नेकपा)का शक्तिशाली अध्यक्ष आदरणीय कमरेड प्रचण्ड ।
पार्टी कार्यलय काठमाडौ
विषय = खुल्ला पत्र ।
सर्वप्रथम हार्दिक अभिवादन व्यक्त गर्दछु ।

प्रिय आदरणीय अध्यक्ष कमरेड ज्यु !
जनयुद्धको सफल नेतृत्व पछि । शान्ति प्रक्रिया संविधान सभा, संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणाले उत्पीडित वर्ग,पछाडी पारिएको जात-जाति,वर्ग र क्षेत्रलाई वंशको आधारमा सत्ता दोहन गर्नेहरुको केन्द्रमा पुराउँन कठिन परिस्थितिको सफल नायकको जिम्मेवारी सफलता पुर्वक सम्पन्न गर्नु भयो । त्यो हाम्रो बहुमुल्य नेतृत्वमा रहेको बिशाल क्षमता हो । हामीले चाहेको न्याय पुजीवादीहरुको निम्ति आतंकवाद हुन्छ । हामीले मागेको शान्ति पुजीवादीहरुको निम्ति युद्ध र आतंक हुन्छ । हामीले बाच्ने र बचाउने न्यायको संकल्प गर्छौं । त्यसलाई पुजीवादले बन्दुकको आवाजमा रुपान्तरण गरिदिएका हुन्छन् । त्यसैले वर्ग रहेसम्म न्याय र अन्याय बिच संर्घष भैरहने छ । त्यहीँ न्यायको अग्रगामी आन्दोलनले विकास गरेको नेतृत्व । हजारौं हजार सहिदको बलिदान । लाखौं उत्पीडित वर्गको त्याग र संघर्ष । हजारौं घाइते योद्धाहरुको रगतको भेलले योगदान गरेर प्राप्त गरेको नेतृत्व गणतान्त्रिक नेपालको पिताको रूपमा हामीले पाउनु त्यो हाम्रो गाैंरव र महान उपलब्धि हो । त्यसैले अब हाम्रो तपाईं प्रतिको अपेक्षा छ । सत्तालाई गुट,उपगुट,पद र पहुँचको आधारमा होईन । बिचार,निति र सिद्धान्तलाई ठुलो बनाएर सत्ता रुपान्तरण गर्न सक्नु नै । सबैले विस्वास गर्ने बहुमुल्य नेतृत्वको महान जिम्मेवारी हुनेछ । त्यसको निम्ति नेपाल कम्युनिस्ट पार्टी ( नेकपा )को शक्तिशाली अध्यक्ष पाउनु भएकोमा हार्दिक बधाई सहित सफल कार्यकालको परिवर्तनकारी सुभकामना व्यक्त गर्दछु । बलिदानबाट प्राप्त उपलब्धिलाई उत्पीडित वर्गको हितमा प्रयोग गर्न सक्ने निति र नेतृत्व तपाईंको नेतृत्वमा सफलता पाउने गहिरो विस्वास व्यक्त गर्दछु ।
आदरणीय अध्यक्ष कमरेड !
यो पत्र लेख्नुको मर्म र जटिल विषय नभए पनि । एउटा सामान्य सुभचिन्तक र साधारण नागरिकको मनमा पैदा हुने समाजमा देखिएका केहि घटना र परिघटना संग जोड्न मात्र खोजेको हु ।
आदरणीय अध्यक्ष कमरेड !
राजनीतिक नैतिकता संकटमा गैरहेको बेला यो पत्रको महत्त्व त कसैलाई हुनेछैन । जसलाई जे भएपनि मैले केहि नलेखेर बस्न सकिन । हामीले आदर्श मानेको प्रचण्डपथलाई सामन्तीहरुले उत्सव मनाएर स्वागत र सलामी दिएको दृश्यले हामीलाई आक्रोशित नै बनाएको छ । त्यसैले हाम्रो आदर्शको रक्षा र उत्सव मनाउने अधिकार त बलिदानको मार्गमा हिड्ने उत्पीडित वर्गको झुपडीमा हुनुपर्ने हो । अहिले ति उत्पीडित वर्गको झुपडी सुनसान जस्तै छन् । आफ्नो गाैरवको इतिहास बोक्ने नेतृत्वलाई झुपडीमा स्वागत, संमान र रक्षा गर्न आतुर त्यो संघर्षशिल वर्गले नेतृत्व नदेख्दा नेतृत्वलाई महल मोह लाग्यो कि भन्ने गुनासाहरु गरिरहेका छन् । तपाईंको लागी अन्जान भैरहेको त्यो झुपडीले उत्सव मनाएर खुसियाली मनाउन त सकेको छैन । वर्गीय माया भुल्न गाह्रो भएर बेलाबेला गुनासोको पोका उपहार मात्र पठाई दिने गरेका छौ ।त्यसैको असरले हाम्रो मन, मस्तिष्क र मर्ममा खियाले छिया-छिया पारेर ठाउँ ठाउँमा प्वाल पारेको छ । हाम्रो मुटु र मस्तिष्कले काम गर्दैन । त्यसैले हामीलाई आजभोलि हाम्रो आदर्श प्रति माया र आक्रोश संगै आउने गर्छ ।

आदरणीय अध्यक्ष कमरेड !
उत्पीडित वर्ग,जनता, रास्ट्र र क्रान्तिले माग गरे अनुसार परिवर्तन भएन भन्ने आवाजको असन्तुष्टि बढिरहेको जानकार तपाईं आफैं हुनुहुन्छ । आम उत्पीडित वर्गले गरेको त्याग,बलिदान र मेहनत बिपरित आज गणतन्त्रमा त्यहीँ सामन्तीतन्त्रहरुले उत्सव गरेर खुसियाली मनाई रहेका छन् त्यसकारण हाम्रो बस्ती र वर्गमा खुल्ला आकाशले प्रकाश दिदादिदै पनि बादलहरुले छाया पारिरहेको छ ।
आदरणीय अध्यक्ष कमरेड !
अहिलेको विशिष्ट अवस्थालाई सहि र बैज्ञानिक ढङ्गले शष्लेषण गरेर सफल नेतृत्व गर्नु भएन भन्ने गणतन्त्र कतै गणतन्त्र एकादेशको कथा बन्नला नि ? फ़ेरि उत्पीडित वर्गमा यस्तै अन्याय रहिरहे बलिदानको मार्ग रोज्नुपर्ने समय आउला निन । त्यसैले तपाईं आफैले नेतृत्व गरेर हुर्काउँदै गरेको गणतन्त्रको बिरुवा आज बोट भै सकेको छ । त्यो बोटबाट राम्रो फल फलोस भन्ने उत्पीडित वर्गलाई छ । गणतन्त्रको फल फोल्ने बेला भएको छ । फल तितो नहोस् । श्रमजीवी वर्गले फलको आनन्द लिन सकुन् । प्रतिक्रियावादीलाई त्यो फलको काडा बिझोस । त्यो फललाई मिठो बनाउन केन्द्रिय सरकार, संघीय सरकार,स्थानीय सरकार र सिङ्गो पार्टी पंक्तिलाई श्रमजीवी जनताको अधिकार,न्याय र समानतामा जोड्ने आट र साहस गर्नुस् ।
हामीलाई सिमित विषयको मात्र ज्ञान छ त्यो हो हाम्रो नेतृत्व सहि र बैज्ञानिक होस।
भन्ने हाम्रो निस्वार्थ इच्छा छ ।
आदरणीय अध्यक्ष कमरेड ! देश विकासको लागी आर्थिक आयस्रोत चाहिन्छ त्यो सबैले बुझेकै विषय हो ।
तर त्यहीँ राज्यको आयस्रोतको रूपमा तोकेको कर Ncell लगायतका ठुला ठुला कम्पनीहरुले ठगिरहेका छन् । के ति कम्पनीहरु सरकार भन्दा माथी छन् र ? होईन भन्ने करको दायरामा लिएको खैनी । त्यस्ता दिनको करोडौं आयस्रोत जम्मा गर्ने कम्पनीले कर तिर्न सक्दैनन् भन्ने । गरिब जनतालाई उठ्दा बस्दा र हिड्दा लाग्ने करको के अर्थ भयो र ? कम्युनिस्ट पार्टीले सरकार चलाएको बेला उत्पीडित वर्गले मात्र इमानदारी पुर्वक कर तिरेर कर्मचारी र नेता पाल्नु पर्ने हो ? होईन भन्ने ति कर नतिर्ने Ncell कम्पनीको सिम कार्ड समाएर हामीले कसरी समाजवादको कल्पना गर्न सक्छौं र ? रजाइँ पनि तिनकै छ । लुटाई पनि तिनैको छ । अनि महान त्याग र बलिदानबाट प्राप्त भएको उपलब्धि यहीँ हो ? ठग्नेहरुले ठगीरहन्छ भन्दै कहिले सम्म यस्तै रहने । आजभोलि चोक चोकमा मान्छे ठग्दै हिड्नेलाई पनि फुलमाला लगाएर संमान गर्दै पार्टी प्रवेश गराईन्छ । दलालीको बिक्रेस बोकेर नेता पाल्दै हिड्नेले पनि भन्छ यस्तो पो कम्युनिस्ट व्यवस्था र कम्युनिस्ट पार्टी हुनुपर्छ । भ्रष्टाचारमा डुबेकाहरुले भन्छन् मलाई कम्युनिस्ट पार्टीको सिद्धान्त र कम्युनिस्ट पार्टीका नेताहरु मन पर्छ । श्रमिक वर्गलाई दास बनाएर राख्नेहरुले भन्छन् हेर्नुस् आज कम्युनिस्ट पार्टीको अध्यक्ष र कम्युनिस्ट पार्टीको मन्त्रीलाई भेटेर खिचेको फोटो भन्दै श्रमिकलाई ठंग्छ्न । ठेक्का पट्टा गर्ने तर समयमा काम नगर्ने ठक्दारहरुले पनि भन्छन् लोकतन्त्रमा मान्छेहरु कराउँछन गाली गर्छन् त्यहीँ नै मेरो लागी आशिर्वाद भएको छ । किन भन्ने सरकार नै कमिसनमा चल्छ मैले कसरी समयमा काम गर्न सक्छु र ?यस्ता तमाम समस्या खेपेर बसेका ति पिडा भोग्ने उत्पीडित वर्ग भयङ्कर संकट र अप्ठ्यारो परिस्थितिको सामना गरिरहेका छन् । पावर,पहुँच र शक्ति भएकाहरुले नराम्रो गरेपनि ठिक । उत्पीडित वर्गले दिनरात खुन पसिना बगाउँदा पनि बैठिक अहिलेको लोकतान्त्रिक व्यवस्थाको चरीत्र भएको छ । त्यसैको परिणाम निराशा र पलायनको सिकार भएका छन् । सुन्दर भविस्यको कल्पना गरिरहेका लाखौं युवाहरु ।

आदरणीय अध्यक्ष कमरेड !
हामी लोकतान्त्रिक व्यवस्थामा कम्युनिस्ट पार्टीले सरकार चलाएको महत्त्वपूर्ण उपलब्धिको क्षणमा छौ । तर आज कम्युनिस्ट पार्टीको खोल ओडेर अन्यायको खेती गर्नेहरुले पनि समाज र उत्पीडित वर्गलाई सामन्तवादी अत्याचार लादी रहेका छन् । कम्युनिस्ट पार्टीको प्रतिनिधित्व गर्ने पात्रहरू पनि त्यहीँ सामन्तवादी पात्रहरुलाई मोलजोल गरिरहेका छन्। हामीलाई चिन्ता लागेको छ । बलिदानको सुन्दर नामले परिचित गणतन्त्र खराब वर्गको हातमा त गएको छैन । उत्पीडित वर्गलाई गहिरो चोट परेको छ ।
आस्था,बिचार र आदर्श भुलेपछीको सुविधाका थुप्रो तमाम रहेछ । यो प्रक्रियाको योग्य नेता बन्न दुई चार वटा महल, दुई चार वटा कार सबै बैंकमा पैसा जम्मा गरे पछि मात्र राजनीतिक योग्यता पुग्ने राजनीतिक प्रणालीको विकास भएको छ । त्यो भनेको लोकतान्त्रिक व्यवस्थामा पुजीवादी चिन्तनको सामान्य गन्ध मात्र कदापि होईन होला । अझ त्यहीँ माथि त्यहीँ संस्कार र त्यहीँ सोचको अत्य हुनुपर्छ भनेर हिड्नेहरुले पनि पुर्व राजा ज्ञानेन्द्र शाहीको जत्तिकै आलिसान महल सुनको श्रीपेच करोडौंको सुविधा सम्पन्न कार सबै बैंकमा करोडौं पैसा ।छोरा छोरीलाई अमेरिका,अस्ट्रेलिया त्यति सुविधा पुराउँंदा पनि देश प्रति गर्भ गर्न सक्दैनौं । त्यहीँ सुविधाको महलमा भुल्ने नेतालाई आदर्श मानेर बहुमुल्य भोट् दिने महान मतदाताको पिडा कसले बुझ्ने ? त्याग,बलिदान र बहुमुल्य मतदिने महान जनताहरुमा कति सहनशीलता छ । त्यो महान जनताले नेता र पार्टी बिग्रेको चिन्ता गर्नु चिन्ता गरिरहेका हुन्छन् । २१ अाैं शताब्दीको परिवर्तनशिल समयमा आफ्नै सामन्तवादी आदर्शहरुले गरिरहेको अन्यायको रजाइँको विरुद्ध नेतृत्वलाई सचेत गराउँनु वर्गप्रतिको सच्चा न्यानो माया हुनेछ भन्ने मेरो बुझाई हो । नेता,नेतृत्व र पार्टीलाई त्यो उच्च ठाउँमा पुराउने महान भगवान नै जनता हो ! गाउँ गाउँमा सरकार छ । घर-घर नेता छन् । तर उत्पीडित वर्गको समस्या त्यहीँ पुरानै ठाउँमा छ । राज्यलाई जनताले जिम्मेवारीपूर्वक कर तिरेका छन् । त्यसको बदलामा राज्यले जनतालाई के दिएको छ ? शिक्षा र स्वास्थ समेत गरिब वर्गको पहुँचमा छैन । त्यहीँ शिक्षा र स्वास्थ सबै भन्दा महँगो छ । हामीले त्यहीँ आधारभूत सेवा पाउन सक्दैनौं भन्ने । जनताले तिर्ने करको के महत्त्व भयो र ? प्राय जसो देशहरुले शिक्षा र स्वास्थलाई जनताले राज्यबाट पाउनुपर्ने मौलिक हकको रूपमा दिएका हुन्छन् । तर हाम्रो देशमा त्यहीँ नै सबै भन्दा महगो सावित भएको छ । शिक्षा र स्वास्थ नै नागरिकको सुन्दर जीवनको परिवर्तनसिल समयमा बाच्न सक्ने आधार हो । त्यो नै हाम्रो पहुँच हुदैन भन्ने त्यो नागरिकलाई लोकतन्त्र र लोकतान्त्रिक व्यवस्था आएको हुन्छ कि हुदैन ?
जनतालाई सत्ताको भर्र्याङ् ! करलाई सत्ताको मालिक बनाउने त्यहीँ पुरानै परम्पराको निरन्तरतामा रहिरहन सक्छौं कि सक्दैनौं ? राज्यले जनताबाट लग्ने र जनतालाई राज्यले दिनुपर्ने आधारभूत हक पनि नदिने त्यो लोकतान्त्रिक व्यवस्था त्यसलाई कसरी जनताको व्यवस्था भन्न् सकिन्छ ? ।आदरणीय अध्यक्ष कमरेड !
लोकतान्त्रिक गणतन्त्र ल्याउन कठिन संघर्ष गरेका जनताले आज त्यस्तै विभिन्न कारण गर्दा आत्म गलानी गरिरहेका छन् । नयाँ संसार देखाउँछु भन्नेहरुले नयाँ नयाँ घर बनाउदै छन् । तपाईंलाई आदर्श मान्नेहरु दास भएर बाच्नु परेको छ । आज रजाइँ तिनैको छ दुई चार वटा कार दुई तिन ठाउँ घर सबै बैंकमा खाता देखाउन सके आजको असली कम्युनिस्ट र सचेत क्रान्तिकारी भन्दा रहिछन् । त्यहीँ भएका मान्छेलाई गणतन्त्र आएको छ । त्यहीँ मान्छेहरुले चलाएको समाजमा बसेर उत्पीडित नागरिकको हैसियतले दासताको परिचयपत्र पाउन पनि आजभोलि पावर र पहुँच भएका मान्छे खोज्नुपर्छ । त्यो पावर र पहुँच नभएको श्रमिक वर्गलाई गणतन्त्र हिरा भन्दा पनि महगो भएको छ ।

अध्यक्ष कमरेड ! आजभोलि राजनीति भनेको अनेक रुप र प्रबृत्तिका मान्छेहरु अटाउने घर भएको छ । त्यहीँ भित्र भ्रष्ट छन्,त्यहीँ भित्र फटाहा छन्,त्यहीँ भित्री चोर छन्,त्यहीँ भित्र ठेक्दार छन्,त्यहीँ भित्र कर्मचारी,त्यहीँ भित्र डाक्टर ,त्यहीँ भित्र प्रसासन, त्यहीँ भित्र अकंतियार,त्यहीँ भित्र न्यायलय, त्यहीँ भित्र व्यापारी, त्यहीँ भित्र शिक्षक अचम्मको बिचित्र राजनीति भएको देश । सायद यसैलाई समावेशी भनेको हुनुपर्छ ।
अध्यक्ष कमरेड !
तपाईहरुले सिंहदरवारबाट जे देख्नुभएको छ, त्यो यथार्थमा छैन । गाउँका झुपडीको आफ्नै कथा र व्यथा छन् । रातदिन मेहनत गर्दै उकाली ओराली र भन्ज्यांङ्ग हिड्ने श्रमिकहरुको आफ्नै गुनासा छन् । त्यसैले सिंहदरबार र झुपडीको यथार्थता भिन्न छ । सिंहदरबारले संभ्रान्त वर्गलाई पाल्ने र श्रमिक वर्गलाई पेल्ने रणनीति बनाएको छ । त्यो हामीलाई मान्ने छैन ।
आदरणीय अध्यक्ष कमरेड !
तपाईंहरुलाई त्यो उच्च स्थानमा स्थापित गर्न संघर्ष गरेर ज्यान हत्केला राखेका हजारौं योद्धाहरु सहिद भए । हजारौं घाइते जीवन् बन्धक बनाई रहेका छन् । किसान भोकभोकै छन् । श्रमिक रुदै छन् । युवाहरु विदेश पलायन हुन् बाध्य छन् । सबै भन्दा ठुलो आत्मग्लानी र सिंहदरबारको अपहेलना यसैमा भएको छ । अनि हामीलाई लाग्छ हामी त सत्ताको भर्‍याङ रहेछौं । त्यसैले अध्यक्ष कमरेड ! उत्पीडित वर्ग र नागरिकहरूको पीडाप्रति तपाईंहरु क्रुर शासक नहुनु होस् भन्ने हाम्रो अपेक्षा र चाहना हो । हाम्रो मुक्ति, मुत्यु र सपनाको आदर्श तपाईंहरु नै हो । सत्तामा बसेर दलाल पुजीवादीहरुलाई पाल्ने परम्परालाई क्रमभङ गर्नुस् । बिक्रेस संग सिद्धान्त बेच्नहरुलाई पहिचान गर्नुहोस् । न्याय र समानताको निम्ति कयौं सुन्दर सपना बुनेर श्रमजीवी वर्गले ठुलो भरोसाले तपाईंहरुलाई दुई तिहाई बहुमत दिएको सत्य हो । तर आज हामी सामान्य नागरिकको हिसाब सोच्ने र हेर्ने हो भन्ने ।व्यवस्था फेरियो,संघीय सरकारहरु भए,स्थानीय सरकारहरु छन् । समय बित्दै गैरहेको छ । केहि मान्छेहरु फेरिएका छन् । केहि मान्छेले फाइदा लुटेका छन् । केहि फेरिने लाइनमा छन् । तर श्रमजीवी वर्गमा पिडा बढेको छ । न्याय हराएको छ । दैनिकी जीवन् झन कष्टकर बन्दै गैरहेको छ ।
अध्यक्ष कमरेड ! हाम्रो माग हामी शासक बन्नुपर्छ भन्ने कदापि होईन । असल न्याय सहितको राज्य हुनुपर्छ भन्ने हो ।संघीय लोकतान्त्रिक देशको स्वाभिमानी नेपाली हुनुपर्छ भन्ने हो । चारैतिर बढेको अत्याचार गर्नेहरुलाई तहसनहस गर्नुपर्छ भन्ने हो ।
सम्माननिय अध्यक्ष कमरेड ज्यु ! हाम्रो समाजको तमाम समस्या संग तपाईं अनविज्ञ हुनुहुन्छ भन्ने हामीलाई लाग्दैन । तपाईं ति समस्या बुझेर मुक्तिको मार्गबाट खारिएको उच्च लिडर हो । परिणाममा नदेखिएको महसुस भयो र मैले तपाईंलाई केहि नलेखी केहि नबोली मन शान्त बनाउन सकिन । त्यसैले मनमा पैदा भएका तरङ्ग पोख्न मन लाग्यो । सोचे तपाई नै हाम्रो अभाव, आक्रोश, पिडा संगै विस्वासको एउटा आधार पनि हो । त्यसैले हामीले तपाईं संग गुनासो नगरे को संग गर्ने ? हामीले तपाई संग अधिकार नमागे को संग माग्ने ? हाम्रो पिडाले तपाईको आँसु त झर्दैन । तर हाम्रो पिडामा झरेको आँसु तपाई संग नझारे को संग झर्ने ?
अध्यक्ष कमरेड ज्यु ! मुटुभरी हजुर प्रति माया छ । मुखभरि गालीका बर्षात छन् । आँखा भरी आँसुका धारा छ । कानले आक्रोसित शब्द मात्र सुन्छ । नाकले दुर्घधित बस्तु मात्र ल्याउछ । त्यसैले हाम्रो प्रश्नहरु तपाईंहरुलाई एकादेसको कथा जस्तो लाग्न सक्छ । तपाईंहरुलाई जे जस्तो लागेपनी आज भोलि हामी सपना बर्बराउने गर्छौं । निराशामा आवेग थपिए पछि त्यो भन्दा के हुन्थ्यो होला र ? आदर्श र प्रतिबद्धतामा विस्वास गुमेपछी सोच्ने ठाउँहरु छैनन् । बोलिदिने आदर्शहरु बिक्रेसमा ढलिरहन्छ । के साच्चिकै गतिशीलतामा ब्रेक लागेकै होत कमरेड ? बिचारले बिक्रेस र बन्दुकलाई नस्ट गर्छ भन्ने सुनेको थिए । तर भनाइ उल्टो सुनिए छ । बिचारका आदर्शहरु सडक पेटीमा रोइ रहेका छन् । जेलका फलामे पिजडा भित्र न्यायको भिख मागिरहेका छन् । कयौं योद्धा सहिद । भए कयौं घाइते छन् । कयौंले फ़ेरि क्रान्ति सपना देखिरहेका छन् ।बिचारको आदर्श बोक्नेहरुको भाग्य लुटिएको छ । तर बिक्रेस संग बिचार बोक्नेहरुले रजाइँ गरिरहेका छन् । आजभोलि हामीलाई लाग्ने गरेकोको छ । हाम्रो आदर्श बाँघ घायल भएको हो कि थकाइ मारेको हो यसको जबाफ हामीले जान्न खोजेका छौ ।
अध्यक्ष कमरेड ! यथास्थितिवादीले सुविधाको महल दिएर बिचारलाई बिक्रेस र मान्छेलाई फुलमाला लगाएर जताततै सलामी दिएर शक्ति हत्याउने काम गरिरहेका छन् । त्यसैले तपाईंले हाम्रो योगदानबाट प्राप्त गणतन्त्रलाई विलासी जिवनको खोजीमा रहेकाहरुबाट बचाउन पर्नेछ । एकातिर भारतले लिपेधुरा हुदै लिपुलेक र कालापानी सम्मका हजारौं हेक्टर सिमा मिचिरहेको छ । आर्को तिर मिलिनियम च्यालेञ्ज ( एमसिसी) अर्थात अमेरिकी सयोगको पोको आउने हल्लाले जताततै तताएको छ । अध्यक्ष कमरेड ज्यु ! हामी भोक र सोकमा छौ भन्दैमा कालो इतिहास रहने कुनै सम्झौता नहोस् । हामी साम्राज्यवादको अगाडि दास बनेर बाच्न नपरोस् । हाम्रो सिमा रक्षामा कुनै कमि नहोस् । मिचिएको हाम्रो भुमि गुमाउन नपरोस् । हामी मगन्ते भएर देश बनाउने होईन । तपाईंहरुको नेतृत्व क्षमतालाई प्रयोग गरेर देश विकास हुनुपर्छ । बरु तपाईंले त्यसको सफल नेतृत्व गर्नुस् ।
आदरणीय अध्यक्ष कमरेड ज्यु ! पत्रको अत्यमा छु । सामान्य नागरिकले लेखेको बोलेको र गुनासो गरेको जबाफ त अहिले सम्म कसैले दिएको इतिहास छैन । तपाईबाट पनि त्यो जबाफ आउँछ भन्ने मलाई लाग्दैन । र जटिल प्रश्नको सहज उत्तर हुन्छ भन्ने पनि हुदैन । तर केहि छैन परिवर्तनशिल समय निर्दयी भएन भन्ने कुनै दिन तपाईंलाई भेटेर नै सबै कुरा अझ घनिभुत ढङ्गले राख्ने बाचा गर्दै पत्रलाई अत्य गर्दछु ।।
क्रान्तिकारी अभिवादन सहित
टिकाराम वली

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार