logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

नाटकिय प्रति’बन्ध र साँस्कृतिक अभियान


  • मनिलाल ऐडी 'रणदिप'
  • शुक्रबार, माघ २४ २०७६

एकीकृत जनक्रा’न्तिको धेरै बिशेषता मध्य सबै भन्दा महत्वपुर्ण बिशेषता यो नेपाली धर्तीको नै उपज हो । पछिल्लो चरणमा भएको आन्तरिक सुदृढीकरण यसैको प्रतिबिम्ब हो ।

नेपाल कम्युनिष्ट पार्टीको मौलिकता यसमा रहयोकी यो पार्टीले माक्सवाद – लेनिनवाद- र मा’ओवादको सार्बभौम सिदान्त लाई नेपालको बिसिष्टतामा प्रयोग र बिकासमा क्रमस फड्को मारिरहेको छ । मालेमावादको सृजनात्मक प्रयोग को नाममा संसोधनवादी भड्कालोमा फसिएका कम्युनिष्ट हरुलाई चुनौती दिदै राष्ट राष्टीयता का साथै नेपाली जनताको आफ्नै राजनीती अधिकार प्राप्तीका लागि फा’सिवादी केपी सरकारको कथित प्र’तिबन्द लाई धुजा धुजा पार्दै अगाडि बढीरहेको छ ।

नेपाली कम्युनिष्ट आन्दोलनमा देखा परेका प्रतिकुलता र प्रतिक्रा’न्तिलाई चिर्दै सचेत र सुझबुझका साथ बिकासको अग्रगामी यात्रा तिर लम्किरहेको छ । प्र’तिबन्ध केबल निरिहहरुका लागि देखाउने दात भएको छ । बर्तमान फा’सिबादी निरंकुस शक्तीका बि’रुद्द चुनौतीको नया धार को रुपमा स्थापित हुँदै एक जनप्रिय पार्टी हो भन्नेमा कसैको दुईमत देखिदैन जस्ले आफु बाहेक कोई होईन ठान्थ्यो टाउको दुखाई उसैको बाहेक कसैको छैन ।

अब प्रश्न उठ्छ न्यायपुर्ण आवाजहरु लाई के ब’न्दुक ले दवाउन सम्भव छ ? के २० औं  सताब्दी तिर बिश्वका शाशकहरुले अपनाएको जनबि’रोधी नीति प्रयोग गरेर सम्भव छ ? अह माक्र्स लिनिन ,मा’ओ गोन्जालो र जनयु’द्दको हुबहु तरिकाले परिबर्तन अब संभव छ नत हिटलर जाड , च्याङकाईसेक फुजिमरो र राणा राजा काग्रेस ले अपनाएको दमनको तरिकाले बि’द्रोहलाई सिध्याउन वा निस्तेज पार्न संभव छ उहिलेत संभव भएन बर्तमानमा झनै ० असंभव कुराहो यो सपना फा’सिवादीहरुको सपनामै सिमित हुन्छ ।

एकीकृत जनक्रा्’न्ती बिश्वमा कही र कसैले प्रयोग मा नल्यायको नितान्तै भिन्न एबं बैज्ञानिक कार्यदिशा हो । यो बिप्लबी दृश्टीकोणको केन्दीकरण हो । यो एक आ’गो हो । सायद यो संग खेल्ने जस्ले दुस्प्रायस गर्छ संभवत: उ आफै खरा’नी बन्ने छ । यो क्रा’न्ती जित्ने संग मात्र सम्वन्धित छैन जितेको क्रा’न्तीलाई दृघार्यु र साम्यवादको यात्रा सुनिश्चित गर्ने २१ औं  सताब्दीको बैज्ञानिक कार्यदिशा हो । तर्सथ यो कार्यदिशालाई नत ब’न्दुक लाठी र बुटले नत नया गोयबल्स बास्कोटा शैली प्रयोग गरेर नै । यो असत्यलाई बिस्थापित गरेर सत्य स्थापित गर्ने महान बिचार हो ।

परन्तु कठिन एबं चुनौतिपुर्ण हुनु स्वभाविक छ । यी सबै बुझेर बर्तमान नव संशोधनवादी दलाल हरुको गठजोडमा बनेको केपी रामे मण्डीले रातारात प्रति’बन्धको लौरी तेर्याउन बाध्य भएका हुन तथापी पनि यो क्रमस आफै पन्छिएर जाने वा सडेर जाने मा कुनै दुईमत छैन ।
जनसंगितक अभियान र कालिकोट देश ब्यापी रुपमा प्रति’बन्धको सामान्य असर जस्तो देखिएपनी पछिल्लो चरणमा प्रति’बन्ध निष्कृय बन्दै गएको छ । नेकपाका गतिबिधीहरु राजनितिक , संगठनीक र संघ’र्षमा केन्द्रित हुँदै बढीरहेका छन । ठिक यही सिलसिलामा पौष १ गते केन्द्रीय सामना कलाकार कालिकोट प्रबेश ग-यो ।

२ गते कालिकोट भर्तामा भब्य जनसभाका बिच कलाकार लाई कालिकोटको पार्टी र जनसमुदाय ले भब्य स्वागत एबं सम्मान ग-यो उक्त कार्यक्रमका केन्द्रिय कलाकार सामनाले धित मर्ने गरि जनवादी प्रस्तुतीहरु मार्फत एकीकृत जनक्रा’न्तीको बिचार जनतामा सम्प्रेषण ग-यो करिब ११/ १२ सय जनसमुदायको उपस्थितीमा अभियानको उद्घाटन गरियो । त्यसपछी हाम्रो यात्रा पुबि कालिकोट तिर तय भयो सुकाटिया मुग्राहा गेला ओदानकु हुँदै तिला पारी पाखा छाप्रे हुँदै फोई सम्मको यात्रा निश्चित ग-यौ भने पश्चिम कालिकोट को लालु बाट ब्युरो को कलाकार ले आफ्नो अभियान सुरु ग-यो । कयौ हिमपहाडहरु छिचोल्दै अगाडि बढेको अभियानले कयौ भिरपाखाशरु, प्रतिकुल मौसम उकाली ओरालीहरु जनताले अत्यन्तै माया गरेर दिएको सातु र खाजा संगै काटेको विशेष स्मरण योग्य छ । यता लालु बाट माल्कोट रुप्सा कुमालगाउ, कोडबाडा हुँदै रास्कोट प्रबेश गरेको पश्चिम कालिकोटको टिम पनि यसैगरी बढीरहेको थियो ।

सामनाको टायम का हिसाबले आधा महिना कालिकोट बसाई र १४ वटा कार्यक्रमको तयारीको समयतालिका अनुसार पुर्बि कालिकोटका केही गाबिस छुट्न पुगे । सामनाको पश्चिम प्रबेशकै दिन समय एक महिना थपिएको खबर प्रप्त हुदा मान्म मा एकरात पुरै टोली सदरमुकामै बसी घुमघाम संगै पलाता खिन प्रबेश ग-यौ दुईटा हिमपात ब्यवहोर्नु पर्दा पनि निकै उत्साहित ढंगले धौलागोह नानीकोट हुँदै फुकोट पुग्यो। फुकोटमा दुबै टिमको केन्द्रिकरण भयो युवा , जबस र स्थानिय पार्टी गरेर सयौ को संख्यामा अभियान टिम बन्यो र फुकोट डुग्रिडाडामा भब्य जनसभा पनि सम्पन्न भयो । निकै प्रतिकुल मौषममा पनि जनताले छाता ओढेर कार्यक्रमलाई नियाली रहयो । त्यसपछी पुर्न अभियान टिम सिप्खाना मुम्रमा हुँदै माल्कोट पुग्यो । माल्कोटमा समग्र टिमको दुईदिन समीक्षा भयो । निकै उत्साहा जनक ढंगले टिमलिडर हरुले रिर्पोट राख्नु भयो । यसै कममा एकजना टिमलिडर ले ” कालिकोट लाई उत्तर कोरिया जस्तो सानो देश बनाएर पनि सत्ता चलाउन संभव छ ” भनी राखेको कुरा विशेष स्मरणयोग्य छ । त्यसैगरी एकजना कमरेडले देउडा बाटै प्रतिबन्दको ब्याङ्गे गर्दै भन्नू भयो । – प्रतिबन्ध धोती भयो – केपी लोती भयो।। एकमहिने सास्कृती यात्रा – जनज्योती भयो ।। भनेर राख्दा हलपुरै तालीले गुन्जायमान भएको थियो । करिब ४५ वटा जनसभा र ३५/ ३६ हजार जनसमुदायको प्रत्यक्ष उपस्थिती र ६० हजार जनसमुदायमा अभियान पुगेको रिपोर्ट राख्दै सम्पुर्ण टिमले अभियान पुरै सफल भएको सस्लेषण ग-यो । हाम्रो साहित्य र राजनिती कस्का लागि हो आखिर बर्गका लागि हो भन्ने कुरा अभियान ले स्थापित गर्न सफल भयो ।

जनतामा केही असंका , अबिश्वास र चिन्ता रहेको तिनवटै प्रति’क्रिया भेटियो । १० बर्षेजनयु’द्धका लिडर समाजवाद हुँदै साम्यवाद ल्याउनका लागि निर्माण गरिएका जनसत्ता जनअदालत हरु जनसे’ना प्रचण्डपथहुदै माओवाद र चुनावचिन्हहरु समेत एमालेलाई बुझाएको घटना नजिकै थियो स’हिद हरुले बगाएको रगहरुले धोका दिएको सहिदहरुले बगाएको र’गत सुकेको छैन ।  जनयु’द्ध आजै जस्तो जनताले देखिराछ मा’ओवादी प्रतिबद्दता भुलेको छैन त्यसैले अबिश्वास र आसंका गर्नु लाई सकारात्मक रुपमा लिनु पर्छ भन्ने निष्कर्ष रहयो ।

छाप्रेको एक स’हिद परिवार बुबा ले भनेको देउडा समग्र जनबोलिनै हो त्यसैले उल्लेख गरिएको छ । देउडा – प्रचण्ड प्रचण्ड भन्या – एमालेउदा गया। तमी पन कसिदाछौ – त्यस्तरै नभया । भनेर भनेको देउडा विशेष मननयोग्य छ । आजभोली गाउँ पुरै लु’टेराहरु , जडेहाहरु जुवाडे हरु ब्यभि’चारीहरु भ्रस्टचारीहरुर कमिसनखोरहरुको भएको छ। ईमान्दार हरुसबै चुपचाप छन सायद यो मा’ओवादीले चुनावको बेला दिएको सिहदरवारको उपहार हो भनी व्यंग्य गर्ने हरुको कमी पाईएन । यी तमाम बिषयमा जनतामा सायद पार्टी गठन देखि हालसम्म छलफल गर्न सकिएको थिएन । त्यति ठूलो उपल्बधीमुलक रहयो जनसास्कृतीक अभियान यो अभियानमा थुप्रै राष्ट्रवादी जनहरुको ठूलो साथ रहयो ।

अभियान जारी रहदा राष्ट्र घातका सृखलाबद्ध घटना र प्रति’रोधस्वरुप पार्टी केन्द्रले अगाडि बढाएका संघर्षका कार्यक्रमहरु सानदार सम्पन्न गरियो । यी सबै काम कार्बाही ले कालिकोटको बर्गसं’घर्ष नया उचाईमा पुगेको छ । यस्लाई निरन्ता दिनु र प्रभाबित जनसमुदाय लाई सुसंगठित गर्नु अबको यसजिल्ला को चुनौती रहेको छ अभियान अबधीभर पार्टी प्रबेश र पुर्णकालिन भएकाको उचित ब्यबस्थापन गरि पार्टीलाई जनतासंग जोड्न अझै बलियो बनाउन जबस लाई सक्रिय पार्नु र परिचालन गर्नु नितान्तै आवश्यक  छ । यसका लागि सामना सास्कृती परिवार ले जनसंगित मार्फत बस्तुगत स्थितीलाई अनुकुल बनाएको छ । पकड्न जरुरी छ र संभव छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार