हाम्रो देशको राजनीतिक आन्दोलनको इतिहास खासै लामो होइन फेरि पनि ७६ वर्षको राजनीतिक आ’न्दोलनको इतिहासलाई हेर्दा निकै ठुलो उतार चढावका साथ अगाडि बढेको सजिलै अनुभुती गर्न सकिन्छ । हरेक राजनीतिक आन्दोलनले भिषण द’मन या’तना जेलनेल र राज्य आ’तंकको सामना गर्नुपरेको थियो । चाहे राणा शासन बिरु’द्धको प्रजातान्त्रिक आन्दोलन होस चाहे पञ्चायति व्यवस्था बिरु’द्धको आ’न्दोलन होस चाहे झापा बि’द्रोह होस चाहे दशवर्षिय महान् जनयु’द्धको प्रक्रिया होस हरेक राजनीतिक क्रा’न्ति आ’न्दोलनले धेरै ठुलो क्षेति र महत्त्वपूर्ण उपलब्धिहरु हासिल गरेकाछन् ।
ती उपलब्धिहरु हासिल गर्न त्यतिबेलाका हरेक क्रा’न्तिकारी शक्तिहरुले राज्यको चरम द’मन ह’त्या र जेलनेल या’तनाको अमानवीय निकृष्ट क्रु’र प्रता’डना झेलेकाछन् । यहाँ एउटा बिषय अति नै महत्त्वपूर्ण रहेको छ कि हरेक राजनीतिक आन्दोलन दबाउन राज्यले एउटै अश्त्रको प्रयोग गरेको छ। त्यो अस्त्रको काम प्रहरी संगठनले गरिरहेको छ र प्रहरी संगठन प्रयोग भइरहेको छ। नेपालमा चलेको सबै परिवर्तनगामी आन्दोलन दबाउन प्रहरी संगठन ह’तियारको रुपमा प्रयोग भईरहेको छ र जनताको बि’रुद्द मैदानमा राज्यशक्तिको दुरुपयोग भईरहेको छ। अझ दशवर्षिय जनयु’द्धको महान् प्रक्रियामा प्रहरी संगठन क्रा’न्तिको बन्ध्याकरण गर्न निरंकुश राजतन्त्रको रक्षार्थ किलो सेरा टु जंगल सर्च जस्ता ह’त्या अभियान चलाएर निकृष्ट अमानवीय रुपमा उत्रियो र क्रा’न्ति बिरुद्ध ह’त्या गर्ने ह’त्यारो जत्थाको रुपमा चिनियो । जब जनयु’द्ध सुदृढ हुदै गयो जब क्रान्ति शक्तिशाली बन्दै गयो प्रहरी संगठन जनयु’द्धको तुफानी यात्रा संग सर्मनाक पराजीत भयो र जनयु’द्ध बि’रुद्ध राज्यले सेना परिचालन गर्यो। जनयु’द्ध जनआन्दोलन हुदै नेपालमा रहेको सामान्ति राजतन्त्रको अन्त्य भयो ।
देशमा गणतन्त्र आयो तर प्रहरी संगठनमा त्यस्तो कुनै परिवर्तन देखिएको छैन। राणाकालीन प्रहरी पञ्चेकालिन प्रहरी बहुदलवादी र गणतन्त्रवादी प्रहरीमा कुनै रुपान्तरण र भिन्नता छैन । यो बिषय किन उठान गरियो भने आज हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी यो दलाल संसदिय व्यवस्था बि’रुद्ध वैज्ञानिक समाजवादी व्यवस्थाको पक्षमा लडिरहेको छ । जनयु’द्धको सम्पूर्ण उपलब्धि माथि प्रतिक्रा’न्ति भए पछि एकीकृत जनक्रा’न्तिको यात्रामा अगाडि बढिरहेको छ । राज्यले हाम्रो पार्टी बि’रुद्ध प्र’तिबन्ध घोषण गरे संगै प्रहरी संगठनले दम’नको अग्रभागको नेतृत्व गरिरहेको छ । यसले पुन हामीलाई दु:खी बनाएको छ । हाम्रो पार्टीले एकीकृत जनक्रा’न्तिको कार्यदिशा निर्माण गरे देखिनै आफ्नो दस्तावेजमा यो उल्लेख गरेको छ कि हाम्रो सं’घर्ष प्रहरी संगठन बि’रुद्ध होईन एकीकृत जनक्रा’न्तिमा प्रहरी हाम्रो दु’श्मन हुनेछैन तर बिडम्वना यति भन्दाभन्दै पनि प्रहरी संगठन टमटम लगाएको राज्य निर्देशित घोडा बनिरहेको छ र हाम्रो क्रा’न्तिकारी यात्रा बि’रुद्ध सक्दो दमनमा उत्रिएको छ । अझ प्रहरी संगठन भित्र अ’पराधी मानसिकता बोकेका अफिसर र जवानहरुलाई राज्यले हाम्रो बि’रुद्ध प्रयोग गरिरहेको छ।
अब प्रहरी संगठनले यो बुझ्नु पर्छ कि नेपालको राजनीतिक आ’न्दोलनको इतिहासमा राज्यको द’मन विजय र राजनीतिक पार्टीको क्रा’न्ति पराजय भएको इतिहास छैन । सत्य त यो होकी जति द’मन गरेपनि जति जेलनेल या’तना दिए पनि क्रा’न्ति बिजय हुन्छ र दमन पराजित हुन्छ । हाम्रो आव्हान छ नेपाल प्रहरी र शसस्त्र प्रहरी बललाई हाम्रो बि’रुद्ध संसदवादी दलालहरुको आदेशमा जस्तो हत्या गि’रफ्तारी अभियान चलाइरहेको छ त्यसलाई अन्त्य गरोस नेपालको संकटपुर्ण वर्तमानलाई आत्मासाथ गरोस हामी प्रहरी संग यु’द्ध चाहिरहेका छैनौ नत हाम्रो उदेश्य प्रहरी संगठन संग ल’ड्नु हो तर दमन जारी राखे हामीलाई हाम्रो राजनीतिक कार्यक्रममा निषेध गरिराखे कुनै मोडमा भि’डन्त अनिवार्य हुनेछ के प्रहरी संगठन यु’द्ध चाहान्छ ? के प्रहरी संगठनले अब हुने क्रा’न्तिकारी प्रतिरोध थेग्न सक्छ?
हामी त हाम्रो उदेश्य प्राप्तिको लागि ब’लिदान दिन जेलनेल या’तना भोग्न घरबार छोड्न तयार भएका छौ के प्रहरी संगठनका अफिसर तथा जवानहरु म’र्न घरबार छोड्न गाउँ नफर्किन तयार भएको हो ? यदि हो भने ठिक छ हामीलाई यति मात्रै होईन अझ तिव्र द’मन गर हाम्रो नाउमा प’क्राउ पुर्जी जारी गर हामी तयार छौ यदि होईन भने यस्ता अराजनीतिक हर्कतहरु बन्द गर आखै अगाडि राष्ट्रियताको लिलामी चलिरहेको देश हेर ।
देशको प्राकृतिक सम्पत्तिहरु बेचिएको हेर जनतालाई टाटपल्टाएर अरवपति बनेका दलाल संसदवादीहरु चिन मुखमा सुखि नेपाली समृद्ध नेपाल व्यबहारमा दुखि नेपाली कंगाल नेपाल बनाउने निगम पुजीवादका लठैत फासिवादी केपि पिकेलाई बुझ हामी हामी ल’ड्नु पर्ने आपसमा भिड्नुपर्ने कारण नै छैन । सत्य भन्छौं एक पटक दास बाट स्पार्टाकस बन्ने हिम्मत गर हामी संगै हुनेछौं यो क्रा’न्ति तिम्रो हाम्रो हामी सबैको हुनेछ ।