logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

प्रतिबन्धको तगारो र एकीकृत जनक्रा’न्तिको अभियान


  • कलम सिंह बिक 'दिपेन्द्र'
  • शुक्रबार, फाल्गुन २३ २०७६

राज्यसत्ता बर्गिय हुन्छ भन्ने माक्र्सवादी मान्यता अनुसार सामाजिक दलाल पुजिबादि सरकारले अहिले दलाल,भस्ट, कमिसनखोर‌ महलमा बस्नेहरूको बर्गिय हितको नेतृत्व गरिरहेको छ।

श्रमिक वर्गको गौरवशाली पार्टी नेपाल कम्यूनिष्ट पार्टीले दलाल भ्रष्टाचारीको‌ वि’रुद्ध सघ’र्षको घोषणा मात्र होईन एकिकृत जनक्रा’न्तिको बैचारिक ह’तियारले प्र’हार गरेपछि दलालहरुको लु’टको स्वर्गमा भुईचालो गयको छ। श्रमिक वर्गको साम्यवादको यात्रालाई रो’क्नको लागि सामाजिक दलाल सरकारले ब’न्दुकको साहारा लिएको छ। फा’सीबादी तरिकाले श्रमिक वर्गलाई द’मन गरिरहेको छ।

सिंहदरबारको अधिकार गाउघरमा भन्ने नारामा गठन गरियका स्थानिय सरकारको गतिबिधिहरु बाट जनता सन्तुष्ट हुन सकेको छैन। निर्वाचन जित्ने बित्तिकै आफ्नाे सेबा सुबिधा बारे निर्णय गर्दै तलब खान र महङ्गा गाडी, मोबाइल किन्न थालेका छन्। अधिकांश स्थानिय तहमा कम्यूनिष्टको नेत्रित्वको सरकार छ तर सरकारले कम्यूनिष्ट निति त कता हो कता न्युनतम पुँजिवादी निति सम्म पनि लागु गर्न सकेको छैन। शिक्षा, स्वास्थ्य, निशुल्क हुनुको साटो झन महङ्गो हदै गयको छ। बेरोजगारीको समस्या बढेर गयको छ। स्थानिय तहमा पनि कमिसनको खेलमा डोजर आ’तंक भईरहेको छ। ठेकेदार,डोजर मालिक, जनप्रतिनिधिहरले आफ्नो नातागोतालाई पोस्ने निति अगाडि बढाईरहेको देखिन्छ। जनतामा जन्मकर, मु’त्यु कर् ,बिबाहकर जग्गाकर,घरकर, नागरिकताकर सामान्य सिफारिसको सम्म कर लिने गरियको छ। एक प्रकारको जनतामा कर आ’तक पैदा गरियको छ। सिहदरवारको अधिकार गाउधरमा आयको होईन सिहदरवारको भ्र’ष्टाचार लु’ट,दलाली,गाउघरमा आयको देखिन्छ।
देश र जनताको पक्षमा निस्वार्थ ढंगले सघ’र्षमा सक्रिय भयका पार्टीका नेता कार्यकर्तालाई बिनाकारण गि’रफ्तार गर्ने, झु’टा मु’द्दामा फ’साउने, मुड’भेडको नाममा कायरतापूर्ण ह’त्या गरेको छ ।२०७५ फाल्गुन २८ गते पार्टीमाथि प्र’तिवन्ध लगायर स’र्लाही जिल्ला ई’न्चार्ज कु’मार पौडेल, निरकुमार राई, तिर्थ घिमिरे लगायत एक दर्जन क्रान्तिकारीहरुको ह’त्या गरेको छ।

पार्टीका स्थायी कमिटी सदस्य कमरेड सुदर्शन पोलिटब्युरो सदस्य रणबीर, केन्द्रीय सदस्य माईला लामा, केन्द्रीय सदस्य हितमान, केन्द्रीय सदस्य बन्दुचन्द लगायत झन्डै हजार बढी  नेता कार्यकर्ताहरुलाई हि’रासत, जेलमा राखेको छ। सामान्य पार्टीका समर्थकलाई पनि गि’रफ्तार गरेको छ।

सामाजिक दलाल सरकारको दमनको प्रतिरोध गर्नेक्रममा एक दर्जन होनहार यो’द्धाहरूले रगत बगाउनु भयको छ । हजारौं नेता कार्यकर्ताहरु दु’श्मनको कालकोठरीमा ब’न्दिजीवन बा’च्न बाद्य भएका छन्।

फिल्डमा हजारौं नेता कार्यकर्ताले देशैभरी दु’श्मनसँग लुका’मारी खेल्दै पार्टी को योजना लागू गरिरहेका छन्। पार्टीमा होलटाइमर कार्यकर्ता, जनमु’क्ति सेनामा भर्ती बढ्दै गयको छ। श्रमजीवी जनताको अपार माया, विश्वास र सहयोगमा पार्टीले गतिबिधिहरु गरिरहेको छ।

हाम्रो पार्टीबाट मजदुर, किसान, मद्यमवर्ग, राष्ट्रिय पुजिपतिवर्ग र देशभक्त शक्तले ठुलो आसा गरेको छ। दम’नले पार्टी क’मजोर भयको छैन। पार्टीको सहि विचार, नेत्रित्व, कार्यदिशाका कारण बैचारिक, राजनितिक, सांगठनिक र सघर्षमा महत्वपूर्ण उपलब्धि भयको छ‌‌। पार्टी गतिशिल बन्दै गयको छ। प्र’तिवन्धको जनस्तरबाट विभिन्न ढंगले प्रतिरोध भईरहेको छ। दुई वर्ग महलमा बस्ने दलाल र सडक पेटीमा वस्ने श्रमिक वर्गको विजमा वर्गसं’घर्ष चलिरहेको छ।

भेरीकर्णाली ब्युरोमा केन्द्रीय सामना परिवारको कार्यक्रमले पनि सामाजिक दलाल सरकारको प्र’तिवन्धको प्र’तिरोध गर्दै कार्यक्रम भब्य रुपमा गरेको छ।भेरिकर्णाली ब्युरोका बाँके, वर्दिया, सुर्खेतको कार्यक्रम सकेर २०७६ मसिर महिनाको १८ गते सामानको केन्द्रीय टोली दैलेख जिल्लामा प्रवेस गर्यो। अछाम जिल्लाको भैरबस्थान बाट दैलेखको असराघाट हुदै आठबिस नगरपालिका को वडानं १ सात्तला प्रवेश गर्यो। रास्टघा’ति माथिल्लो कर्णाली परियोजनाको सुरक्षाको लागि परियोजनामा रहेको शस’स्त्रको टोलिले टिम दैलेख प्रबेस गरेको सुचना‌पायो। भोलिपल्ट ह’तियार सहितको एक दर्जन श’सस्त्र गाडिबाट कार्यक्रम स्थलमा पुग्यो र घेरा हाल्यो। श’सस्त्र आयको सुचना पाएपछि हाम्रो टिम सुरक्षित भयो। श’सस्त्र फर्किएपछि कार्यक्रम सम्पन भयो। कार्यक्रममा जनताको उपस्थित र सहयोग राम्रो रह्यो।

दैलेेखमा ९ वटा ठाउँमा कार्यक्रम भय कार्यक्रमबाट झन्डै ८०००हजार जनतामा पार्टी को विचार र कार्य दिशा पुर्याउने काम भयको छ। दैलेखमा भयको सामना परिवारको भब्य कार्यक्रमले नेता कार्यकर्ता र जनताको माया, विश्वास अथाह रहेको पुस्टि गर्यो। कार्यक्रमले पार्टीको बिचार र राजनिति जनतामा पुर्याउने, पार्टी लाई सक्रिय बनाउने काम मात्र गरेन जनसम्बन्ध प्रगाढ बनाउने, संगठन बिस्तार मा भुमिका खेल्यो। प्र’तिबन्धको एक प्रकारले प्रतिरोको भुमिका पनि खेल्यो। कार्यक्रमको अन्त्यमा समिछा गर्दा दैलेखमा प्रतिबन्को कुनै अनुभुति नभयको जनताको राम्रो सहयोग रहेको अनुभूति सुनाउनु भयो।

सुखी नेपाली र धनि नेपालको मीठो नारा‌ दियर बनेको कम्यूनिष्ट को दुई तिहाईको सरकार भ्र’ष्टाचार र रास्ट्रघा’तका ठुलठुला का’न्डमा फ’सेर बद्नाम भयको छ। कथित कम्यूनिष्ट पार्टीको महासचिब बिस्णु पौडेल बालुवाटार को सार्वजनिक जग्गा आफ्नो नाममा गरेको काण्डबाट ब’द्नाम भयका छ्न। सुचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले‌ ७० करोड कमिसन मागेको अडियो बहिरेपछि राजि’नामा दिन बा’द्य भयका छन।

यसरी सरकार भ्र’ष्टाचार र क’मिसनको खेलमा लागेको देखिन्छ। उच्चकोशीबाँध, अपर कर्णाली, अरुण तेस्रो लगायतका परियोजना भारतलाई सुम्पेर बिकासको खोक्रो नारा अगाडि सारिरहेका छ। सरकारले जनतालाई सुखी होईन दुः’खी बनायको छ‌। देशलाई धनि होईन कङ्गाल बनायको छ।

सामाजिक दलाल पुँजीबादि सरकार अस’फल भयको छ। यो सरकारको मात्र असफलता होईन दलाल संसदिय ब्यबस्थाको असफलता हो भन्ने कुरा घाम झै छर्लङ्ग भयको छ। दलाल पुँजीबादको विकल्पमा‌ हाम्रो पार्टीले अगाडि सारेको बैज्ञानिक समाजवादको नारा प्रति जनताको पुर्ण विश्वाश भरोसा बढ्दै गयको छ। हाम्रो पार्टीमाथि‌ लगायतको प्र’तिबन्ध खोक्रो सिद्ध भयको छ‌ ।

न्यायप्रेमी जनताहरू,नागरिक समाज, विभिन्न राजनितिक पार्टीका ईमान्दार नेता तथा कार्यकर्ताहरु पत्रकार जगतले प्रतिब’न्धका बिरु’द्ध अवाज उठाईरहनु भयको छ। वर्तमान नेपालको क्रा’न्तिकारी राजनितिक शक्तिको रुपमा हाम्रो पार्टी अगाडि बढिरहेको छ। दलाल संसदिय ब्यबस्थाको खारे’जी र बैज्ञानिक समाजवादको स्थापना गर्न एकिकृत जनक्रा’न्तिमा देशका मजदुर,किसान, मध्यवर्ग, देशभक्त शक्तिहरु एकजुट हुनुको बिकल्प छैन। बाटो कठिन भयपनि भबिस्य उज्ज्वल छ
।
लेखक कलम सिंह बिश्वकर्मा ( दिपेन्द्र ) नेकपाका दैलेख जिल्ला इन्चार्ज हुन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार