सामाजिक फ’सि’वादी केपी सरकारले हाम्रो महान तथा जनप्रिय पार्टी नेपाल कम्युनिष्ट पार्टी माथी लगाएको कथित प्र’ति’बन्दको २०७६ फाल्गुण २८ गते अर्थात यही सोमवार एक बर्ष पुग्यो । प्र’ति’बन्दको खास कारण बर्तमान आफुलाई कम्युनिष्ट भन्ने दुई तिहाई नजिकको फा’सि’वादी सरकार र यसकाेे नेतृत्वले दिन सकिरहेको छैन । तथापी कुन उदेश्यले प्र’ति’बन्द लगाएको हो यो पुरा भयो या भएन यो सरकारधारी हरुको कुरा हो । तर आम नागरिक हरुले शष्लेषण गरेको कुरा भनेको प्र’ति’बन्द लगाएको केही घण्टा नबित्तै सरकार प्रमुख केपी वली ले भनेको कुरा लाई आधार मान्नेहो भने सरकार र स्वेम् केपी वली अ’स’फल भएको भन्न कुनै गाह्रो छैन । यद्यपि प्रति’बन्ध लगाउनु नै असक्षमताको परिणती हो भन्नेमा त्यति बेलै निष्कर्ष आई सकेको थियो । कम्युनिष्ट आबरण भित्र ज्ञानेन्द्रको अभ्यास गरेका कमाउनिष्ट हरुको यो प्रायस अ’सफल मात्र हैनकी समग्र सत्ता र सरकार संचालनमा कति दुरदर्शी रहेछन भन्ने प्रमाण हो यो कथित प्र’ति’बन्द को एक बर्ष ।
राजनितीक , आर्थिक साँस्कृतीक र सै’न्य सफलता प्रगती तिर छ वा दुरगती तिर छ भन्नृे लेखाजोखा र समीक्षा को बिषयमा सरकारको दुई बर्षको रिर्पोट प्रधानमन्त्री स्वेम ले सदनमा पेश गर्दा सदनमै उठेका प्रश्नहरु नै काफी छन् । प्र’ति’बन्ध लगाउनु पर्ने पार्टी हो या होईन राष्ट्रिय अन्तर्राष्ट्रिय बस्तुस्थिती र स्वेम सरकारमा रहेका हरु ले ज्ञानेन्द्र को सिको गर्दा आईपर्ने नैतिक प्रश्न्न को ख्यालै नगरी प्र’ति’बन्ध लगादा खाली आग्रह र पुर्वाग्रह बाहेक केही होईन भन्ने राजनितीक रंगमंचमा मात्र हैन नागरिक अगुवालेे स्वतन्त्र बिष्लेशक र सर्बसाधारण सत्तासिन नेता कार्यकर्तामा समेत परिसकेको प्रष्टै छ । यो सही थियो वा गलत अझै इतिहास ले बताउला । यसबाट सरकार ले के कति लाभ लियो र बि’द्रो’ही नेकपा लाई कतिको हानी नोक्सानी भयो भन्नृे बिषयमा गम्भिरतापुर्बक नियाल्नै पर्छ र सकारात्मक रुपमा नेपाली जनताको मनमस्तिस्कमा जसरी फाल्गुण एक गते स्थापित भएको छ त्यसरीनै प्र’तिक्रा’न्ती पछी फाल्गुण २८ पनि कालोदिन को रुपमा आएको छ त्यसैले यश बिषयमा बिचार विमर्श गर्न सान्धर्भिक ठानेको छु ।
प्र’तिब’न्द लगाउनु को कारण :
बर्तमान सामाजिक फा’सि’वादी सरकार को उदय ताका देखेका सपनाहरु लाई साकार पार्न दुईतिहाई को घमण्ड बाधक त हो नै त्यसै संग घनिष्टरुपमा गासिएको प्रसंङ्ग भनेकै यो देश आफ्नो बाबू को बिर्ता हो भन्ने बुझाई हो तर सरकार संचालन गर्दै जादा देखिएको राजनितीक आर्थिक साँस्कृतीक बिचलन हरु छताछुल्ल भएपछी एकाएक जनताको नजर बाट गिरिसकेको थियो । मन्त्रीहरुको कार्यशैली गाऊ/ नगर र प्रदेश सरकार का कतिपय घृणित काम हरु प्रति जनता को असन्तोस एका एक बढेको थियो ठिक यही समएमा सत्यकुरा जे देखियो र सरकार बाटदभयो यस्को कडा भण्डाफोर जरुरी भैसकेको थियो । बाहिर भन्दा सुखि नेपाली र समृद्द नेपाल भित्र राज्यकोष मा भएको ना’ङ्गदोहन । यी सबै बिषय लाई लिएर जसरी पुर्ब मेची देखि पश्चिम महाकाली सम्म ने’क’पा ले जसरी अभियान थालनी ग-यो र कम्युनिष्ट र कमाउनिष्टहरु को बिच फरक छुट्टिन थाल्यो । दैनिकजसो सरकारी कमाउनिष्ट बाट पिडित इमान्दार कार्यकर्ता हरु जब नेकपा लाई रोज्न थाले सयौको संख्यामा युवाहरु नेकपामा लाम लाग्न थाले , भित्र भित्र जोगाई राखेको लुटको स्वर्ग नेकपाको अभियान बाट भत्किन थाल्यो यति मात्र होईन नत राष्ट्रिय जनजिबिका नत सरकार संचालनको का’र्यशैलि काग्रेश राजा पंन्चे’हरु भन्दा पनि खतम देखेपछी जनताको बि’द्रो’ह गुणात्मक रुपले बढ्यो र अबको बैकल्पिक राजनितीक शक्ति भनेको बि’प्लव नेकपा हो भन्ने कुरा जनता ले बुझ्न थाले पछी त्यही लोकप्रियता बाट अत्तालिएर यो कथित प्रति’बन्ध लगाउनु परेको हो अन्यथा यस्को कारण केही होईन । राज्यलाई ७२ अरब करि छ’ली गर्ने लाई सरकार लाई कर तिर भनेर भन्दा साकेतिक कार्वाही गर्दा उल्टो कर छली लाई भन्दा सरकार लाई कर तिर भन्ने लाई कसरी प्रति’बन्ध लाग्छ ? अख्तियार प्रमुख लाई पटक पटक का’र्वही गर भन्दा नगरे पछी सडक बाट का’र्बा’ही गरियो के त्यो गल्ति नै थियो ? मनाव बेचबिखन गरेर अर्बौपति बनेका मेनपावर लाई का’र्बाही गर्नु के गल्ति नै थियो त ? आन्तरिक राजस्वमा रहेर नेपाली जनताले तिरेको करमा बर्मलुट मचाउने चुडामणि लाई का’र्बा’ही गरेको पनि के गल्ती थियो ? यदी गल्ती नै थियो भने सदनमा समेत यो कार्बा’ही किन अनुमोदन भयो । अदालत ले समेत मान्यता किन दियो ? कानुन बमोजिम कार्बा’ही गर्न त्यो भन्दा अगाडि कस्ले रोकेको थियो । सयो बिघा जमिन ओगटेर बसेका हरुको जमिन कब्जा गरि किसान लाई दिदा कसरी अ’राजक गतिबिधि भयो । यिनै लगायत सयौ जनअनुमदित का’र्वाही गर्दा अराजक होईन की आत्तिएर प्रतिबन्ध लगाएको दिनको घाम झै छर्लङ्ग छ ।
प्रतिबन्ध पछी सरकार ले के पायो ?
नेपाल कम्युनिष्ट पार्टी माथि प्रति’बन्द लगाएर के पायो बर्तमान केपी वली सरकार ले यदी केही पाएन उपल्ब्धीमा किन लगाउनु परेको होला प्र’तिबन्द भन्ने बहस व्यापक हुन थालेको छ । राष्ट्र काे हित बिपरित राजनितिक पु’र्बाग्र’हीका कारणले प्र’ति’बन्द लगाएको हो भन्ने सर्बसाधरणले बुझि सक्यो । लगाउनु पर्ने ठाउमा प्र’ति’बन्द लगाएन नलगाउने ठाउमा प्रतिबन्ध लगायो सरकार ले भन्ने प्रश्न व्यापक छ कतिसम्म कि त्यही कारण बि’द्रो’ही नेकपा भन्दा बढी सरकारी नेकपाका नेता हरु कतै बलत्कार कतै भ्रष्टाचार कतै कालोबजारी मा जे’ल जानू परेको हो पनि भन्नेलगरेको पाईन्छ बरु त्यता हो प्र’तिब’न्ध लगाउनु पर्ने । उल्टो प्रति’बन्ध लगाएकै कारण हो जनता ले जुत्ता ले स्वागत गरेको ।
राजनिती डाहाले हैन बुद्दी ले गर्ने हो भनी प्रशिक्षण दिने हरुको त्यो चेतना कसरी गुम्यो एकाएक । २०७५ चैत्रमा हैन बिप्लब नेकपा सिध्याउने डेट तोकेको ? यो त भनेको ओकलेको कुराभयो भित्री योजना भनेको आफु ज्वती बुस भएर भारत पश्चिम बंगालमा चारुमजुमदार लाई मारेर बिद्रोह तहस नहस गरे जस्तो गर्ने सपना होईन र? खै कति पुराग-यौ । अनि चिली निकारागुवा , फिलिपिन्स टर्की को धम्की दिएका हैनौ र? बि’प्लव सिध्याय सब ठिक हुन्छन भन्ने सोच कही ले हुन्छ पुरा? यो संभव हो या असंभव? जनयुद्दताका यो सोच प्रतिक्रयाबादी हरुको थियो या थिएन? पूरा भयो या भएन ? त्यता पट्टि ध्यान छकी छैन ? यस्ता प्रश्न हरुको बिषयमा तिमी अनुरोत्तरीत छौ । यो नै तिम्रो असफलताको सपूत प्रमाण हो ।
प्र’तिबन्द पछी का सफलता र असर हरु
तत्कालिन एनेकपा बाट पार्टी बिभाजन र मौलाएको प्रचण्डकालिन कार्यशैली लाई प्र’तीब’न्द ले नाङ्गेझार मात्र पारेनकी पार्टी लाई झन सुदृढगरिदिएको छ यो नै पहिलो सफलता हो । बिभिन्न चिन्तन प्रबृती हरु सतहमा आउनुका साथै पार्टी लाई शहर सदरमुकाम बाट जनता मा फर्काउन प्रतिबन्ध ले ठूलो मद्दत गरिदिएको छ । यति मात्र होईन पार्टी भित्र घुसेका सिआईडी हरुलाई किनार लगाएको छ । अर्को महत्वपुर्ण कुरा पार्टी भित्र जमेर रहेको गैर सर्बहाराबादी चिन्तन प्रबृती लाई सतहमा ल्याईदिईको छ । ब्याक्तीवादी सोच र चिन्तन लाई समयमै चिन्ने र उचित ढंगले किनारा लगाउने मा प्रति’बन्द को एक बर्षमा निकै उपलब्दी हासिल भएका छन् । त्यसै ले राजनितीक र बाह्य रुपमा प्र’तिब’न्ध पानीको फोका नै साबित भएको छ भने आन्तरिक एकता सुदृढ हुँदै पार्टी क्रा’न्ती’कारी नै साबित भएको छ । पछिल्लो चरणमा भएको युवाहरु को भर्ति र पार्टीका खुला जनसभा मा जनता ले देखाएको सहर्ष उपस्थिती यश सफलताका स- प्रमाणहरु हुन । भने केही नकारात्मक असर हरु पनी छन् । विशेष गरि शहर सदरमुकाम मा राजनिती गतिबिधी हरु मा कमी आउनु पार्टी भित्र यो प्र’ति’बन्द मेरै लागि हो भन्ने किसिमका बिचलनहरु देखा पर्नु बाहाना बजी गर्नु ।झिनो रुपमा भएपनी अन्तरघात जस्ता क्रियाकलापहरु देखिनु । यी न’कारात्मक पक्षहरु देखिन पुगेका छन्।
निष्कर्ष
कार्यदिशा सही वा गलत हुनु ले सबै थोक को निर्धण गर् भन्ने भनाई पुष्टि भएको छ । प्र’ति’बन्ध पछी पार्टी झन मजवुत र सुदृढ हुनु ले नै यो सच्चाई को पुष्टि हुन्छ । क’थित प्र’ति’बन्द पछी मुख्य गरि संघिय लोकतान्त्रीक गणतन्त्रात्मक भनिएको संसदिय ब्यबस्था को असफलता हो भन्ने कुरा यो बर्ष का सरकारी पार्टीमा आएको नैतिक , बैचारीक र भोतिक संकट ले देखाई दिएको छ । हाम्रो पार्टी ले बारम्बार भन्दै आएको कुरा भनेको सरकार दुईतिहाई को भएपनी सत्ता भने दलाल पुजिपतीहरुकै हातमा रहेको छ । यस्को अर्थ हो सत्ताका साधन से’ना, प्र’हरी अ’दा’लत जेल प्रशासन र बित्तियबैङ्कहरु सरकारको हातमा छैनन् यी सबै द’ला’ल हरुकै हातमा छन । तसर्थ सरकार ले जे जति सोचे पनि सफल भने कदापी हुदैन । बरु सरकार ले यो भन्दा ठुला ठुला सं’क’ट बेहोर्नु पर्छ । रानीतिक रुपमा नैतिक रुपमा सखाप हुनु बाहेक सरकारका अगाडि बिकल्प छैन । नीति कार्यदिशा सिदान्त र सेवा केन्द्रित राजनिती भन्दा असैदान्तीक र ज्यालादारी नाफामुलक राजनितीक ले प्र’ति’बन्धलगाई पाउने भन्दा लगाउने को छिटो सर्बनास अनिबार्य छ । प्रतिबन्धकाे एक बर्ष लाई नियाल्दा सरकारको अ’सफ’लता र नेकपा को दुरदृष्टी कै बर्ष भएको छ । धन्यवाद ।