बिश्वभरि माहामारीको रुपमा फैलिएको रोगको नाम करोना भाईरस हो। यो रोग शुरुमा चिनको हवेेेही प्रान्तको वुहान सहरमा देखा परेको थियो। यो रोग लागेमा,१००% डिग्री भन्दा माथि ज्वरो आउने, रुघाखोकी लाग्ने,टाउको दुख्ने, स्वासप्रस्वासमा समस्या हुने लक्षणहरू देखा पर्दछन्।
महामारीको रुपमा फैलिएको यो रोगलाई बिश्वका शक्तिसाली रास्ट्रहरुले पनि नियन्त्रण गर्न सकेका छैनन् । चिनमा यो रोग बाट ३३००सय जना मानिसहरुले ज्यान गुमाएका छन्। सबै भन्दा बढी माहामारीको प्रभाव इटाली मा परेको छ। इटलीमा ७०००हजार मानिसहरूले ज्यान गुमाएका छन्। अमेरिकामा पनि यो रोगको महामारी बढ्दै गयको छ। फ्रान्स,इरान, इराक,भारत, पाकिस्तान र नेपाल पनि यो रोगले प्रभावित बनायको छ।
भर्खरै नेपाल सरकारले एक हप्ताको लागि देश लकडाउन गरेको छ। नागरिकलाई सचेत बनाउन र रोग संक्रमण हुनुबाट रोक्न लकडाउनको उद्देश्य देखिन्छ। नेपालमा अहिले कोरोना भाईरसको बारेमा गाउ शहर , प्रत्येक टोल र घरपरिवारमा चर्चा भयको देखिन्छ कोरोना सगै लकडाउन र क्वारेन्टाईनबारे जनतामा चर्चा भयको छ।लकडाउन र क्वारेन्टाइन भनेको के हो ?जनताले बुझेका छैनन्।सबैले जनतालाई बुझाउने अभियान सञ्चालन गर्नुपर्छ । स्वास्थ्यकर्मी लाई परिचालन गर्नुपर्छ।सबै अस्पतालमा निःशुल्क उपचारको घोषणा गर्नुपर्छ। रोजगारीको क्रममा विदेश गएका युवायुवती हरुलाइ आफ्नो गाउँ र जिल्ला सम्म पुग्ने सहज बाताबरण बनाउनुपर्छ।
कोरोना भाईरसबाट जनतामा एक प्रकारको आतङक पैदा भयको छ। जनतालाई मानसिक रुपमा आतङ्कित नहुने बाताबरण बनाउनुपर्छ। माहामारीबाट आफु बाच्न र अरुलाई बचाउन सम्पुर्ण नेपाली जनताको अगाडि सचेत हुुनु बाहेक अर्को विकल्प छैन।देशको स्रोत साधन दोहन गर्ने दलाल पुँजीपति वर्ग यतिबेला आफ्नो सुरक्षामा केन्द्रित भयको छ। जनतालाई शंकट परेको बेलामा कालाबजारी र महङीबाट फाईदा लिने दाउमा पुजिपति बर्ग लागेको देखिन्छ।दलाल पुजिबादका कारण आज देश नै शङकटमा परेको छ।राज्यले दलालहरुको हितमा काम गरेको छ।देश र जनताको पक्षमा काम गर्ने नेता र कार्यकर्तालाई राजनितिक पुर्वाग्रहको आधारमा गिरफ्तार गरिरहेको छ।राजबन्दि कमरेडहरुको रिहाई र गिरफ्तारी बन्द गरी सिङो देश एकजुट भयर कोरोनाका बिरुद् लड्न जरुरी छ।
कोरोना भाईरसको माहामारी रोगसँग लड्न सबैले आफ्नाे ठाउँबाट योगदान पुर्याउन जरुरी छ। माहामारी फैलिहाल्यो भने नियन्त्रण गर्नसक्ने ताकत यो व्यवस्था र शासकसँग छैन। हाम्रो देशमा जनताहरुले सिटामोल नपायर ज्यान गुमाउने अवस्था छ भने कोरोना भाईरस जस्तो माहामारीबाट जनतालाई बचाउन सक्छन भन्ने आशा गर्नु हुँदैन।सवै एकजुट भयर , सचेत भयर, मात्र हामी महामारीबाट जोगिन सक्छौ।खेतमा काम गर्ने किसान र कारखानामा काम गर्ने मजदुर नदि किनारमा गिट्टी कुट्ने महिला र बालबालिकाहरुको अबस्थाबारे ध्यान दिनुपर्छ। लकडाउनले समस्या होईन समाधान दिनुपर्छ।