प्रधानमन्त्री लाई एक पत्र
सम्माननीय प्रानमन्त्रीज्यू नमस्कार,
सर्वप्रथम तपाईंको स्वास्थ्य लाभ को कामना गर्दछु। सबै लाई थाहा भएकै कुरा हो यतिबेला विश्वभरि नोबल कोरोना भाइरसको महामारी आधी बेरी झै फैलिरहेको छ। र त्यो फैलिने क्रम हाम्रो देश मा पनि सुरु भइसकेको अवस्थामा त्यसको सुरक्षा को लागि सरकारी तवर बाट चाल्न सकिने कदमहरू छिट्टै चाल्न अनुरोध गर्दछु।
हुन त यतिबेला देश लक डाउन को अवस्था मा छ तर पनि बिरामीहरू को पहिचान को लागि परीक्षण केन्द्र कहिले सम्म निर्माण हुन्छ्न। सुरु मा त तपाईंको स्वास्थ्य नै बिरामी छ। र अर्को कुरा देश पनि बिरामी अवस्था मा छ। तपाईंले आफ्नो सक्दो क्षमता को प्रयोग गरेर देश चलाई सक्नु भा को छ । यो बारेमा म बढी केही नी भन्दिन। अब तपाईंले आराम गर्ने अवस्था आएको छ। तपाईंले राजीनामा दिएर घर मा आनन्द ले बस्दा जनताहरू मा केही नी मर्का पर्ने छैन। किनकि तपाईंको ठाउँ मा नया निरोगी (स्वास्थ) व्यक्ति आउने छ।
प्रधानमन्त्री बिरामी, देश बिरामी अनि सरकार बिरामी यो अवस्थाले देश को हालत के हुन्छ तपाईं नै आकलन गर्नुहोला। अर्को कुरा यतिबेला हामी जनताहरू लाई एकदमै छिटो र सही निर्णय लिनसक्ने स्वास्थ्य मन्त्री को खाचो छ। कसै को घरायसी समस्या लाई लिएर मन्त्रालय को बेइज्जती गराउने मन्त्री लाई छुट्टी दिएर घरमै बस्न लगाइदिनु। नया रणनति र छिटो निर्णय लिनसक्ने स्वास्थ्य मन्त्री अहिले को हरेक को अपेक्षा हो। आफ्नो सरकारी पक्ष बाट बनाउनुस वा सकिन्छ भने अझ झनै राम्रो प्रतिपक्षी को लाई बनाउँदा राम्रो। तर चाडो गर्नुस। अहिले भागबन्डा लेनदेन को कुरा लाई पर राखेर सम्पूर्ण जनताको हित र सुरक्षा को लागि सबै लाई खटाउन अनुरोध गर्दछु।
हामीले समय मा सजक हुन सकेनौं र सरकार को ध्यान पनि पुगेन र त आज देश मा यो अवस्था देखियो। तर अब लापरबाही नहोस। सरकार चनाखो बनोस। अहिले को अवस्था लाई हेर्ने हो भने केन्द्रीय सरकार ले एउटा निर्णय बनाउँदै छ अनि प्रदेश र स्थानीय सरकार ले आआफ्नै निर्णय बनाउँदै छन। यसको अर्थ सम्पूर्ण जनता ले के बुझ्ने। देश भर मा न डाक्टर को अभाव छ न मेडिकल र हस्पिटल को मात्रै अभाव छ त केबल सरकार ले सबै सँग साझेदारी गर्न नसकेको। यतिबेला देश भर सरकारी र निजी सबै क्षेत्र का हस्पिटल लाई सरकार ले सबै सँग समन्वय गरेर बिरामी परीक्षण तथा उपचार केन्द्र बनायो भने कोरोना ले महामारी को रुप लिन सक्ने सम्भावना कम मात्रा मा छ।
सरकार को ध्यान जावस पूर्ण रुपमा लक डाउन गरेर मात्रै कोरोना नियन्त्रण हुँदैन। यदि लक डाउन गरेर मात्रै छोड्ने हो भने पनि महामारी ले विकराल रूप लिन सक्छ। अझै पनि सरकारी पक्ष को लापरबाही बढ्दो मात्रा मा छ। सरकार ले हरेक क्षेत्र लाई समेट्न सकिरहेको छैन। पुलिस प्रशासन दिनभरि चाउचाउ र पानी बोतल को भर मा लक डाउन मा खटिरहेका छन्। देश भरी कालो बजारी बढ्ने खतरा छ। लक डाउन को म्याद थप्दै जाने हो सरकारी पक्ष बाट लापरबाही मात्रै हुने हो भने देश मा अर्को संकट आउन सक्छ भोकमरी को।
विश्व का विभिन्न देशहरु ले नागरिक लाई विभिन्न किसिम बाट राहत प्याकेज वितरण गरिरहेका छन तर तपाईं को सरकाले अहिले सम्म पनि एउटा निर्णय बनाउन सकिरहेको छैन । चुनाव मा तामझाम सहित आएर सित्तै मा टिसर्ट बाँडने हरेक दिन हरेक छाक मासुभात र रक्सी खुवाउने तपाईंको सरकार यतिबेला एक छाक टार्न नसक्ने जनताहरू लाई किन खाद्यान्न वितरण गर्न सकिरहेको छैन।
मन्त्री को तलब बढाउन सांसद भत्ता बढाउन कार किन्न हेलिकप्टर किन्न तपाईंको सरकार ले एक घण्टा मै निर्णय पारित गर्दछ तर यतिबेला देश चपेटामा परिरहदा अझै पनि सही निर्णय बनाउन सकीरहेको छैन। कहिले भवन कहिले ट्वाइलेट कहिले बाटो उदघाटन गर्न तपाईं को सरकार सँग प्रसस्त बजेट हुन्छ तर यो बेला मा अभाव कसरी? अनि प्लेन मार्फत चाइना बाट सामान ल्याउन सकिने तर भारत मा अलपत्र पारेर रहेका हाम्रा दाजुभाइ दिदीबहिनी लाई किन आफ्नो देश ल्याउन सकिएन। यो कुरा मा ध्यानाकर्षण गराउन चाहन्छु। धन्यवाद।
बिनोद बिष्ट
विद्यार्थी
कैलाली बहुमुखी क्याम्प धनगढी