logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

दुई महामारी : कोरोना र क्रप्शन


  • उषाकिरण आजाद
  • बुधबार, चैत्र १९ २०७६

यतिवेला नेपाल दुईवटा महामारी का विचबाट गुज्रिरहेको छ । हामी नेपाली ती दुईवटै माहामारीका जानकारछौं । ती मध्य एउटा माहामारी दुनियाभरी नै फैलिराहेको छ जसबाट पुरै विश्व नै आक्रन्त छ । त्यो हो कोरोना भाईरसको माहामारी र अर्को हो हाम्रो देशभित्र मौलाएको भ्रष्टाचार को माहामारी जसले हामिलाई दशकौं देखि पिडित बनाईरखेको छ । हुनत दुई महामारी एउटै होइनन । अहिले को दुनियाँलाई नै सताईरहेको महामारी भनेको रोग को महामारी हो । जुन कोरोना भाईरस का कारण ले उब्जिएको हो । र अर्को महामारी जुन भ्रष्टाचार को महामारी हो जुन दलाल पुजिवादका कारण उब्जिएको भाइरस को महामरारी हो । त्यो हो भ्रस्टाचार जसले हाम्रो देशलाई दिनप्रतिदिन गाज्दै लगिराखेको छ । यो भ्रस्टाचार दिन दोगुणा रात चौगुणा बढिरहेको छ । सरकारमा जाने राजनितिक पार्टिहरुले त्यहाँको शक्ति को दुरुपयोग गरेर अकुत सम्पत्ती आर्जन गरिरहेकाछन । आफिलाई कम्युनिस्ट भनेपनी उनिहरु कम्युनिस्ट नभएर संसदिय व्यवस्था भित्र का नया लुटेराहरु हुन । जसले अहिले को अपतकालिन अवस्थामा पनि देशभित्र रोगको बहाना मा लुटगर्ने अबसर पाएकाछन ।

हाम्रो नेपालिमा एउटा उखान निकै प्रचलित छ “अरु लाई अरु सातो घर ज्वाइँलाई खानको सातो ” हुन पनि त्यस्तै गरिरहेका छन ओलिसरकार र उसका मन्त्रीहरुले । यतिवेला पुरै विश्व कोरोना भाईरस को महामारीले पिडित छ । संसारका एक चौथाई भन्दा बढी जनता कुनै न कुनै किसिमको लकडाउनमा बस्नुपरेको छ । यता पुरै नेपाल लकडाउन भएको छ । जनता घरबाट बाहिर निस्किनसमेत पाएका छैनन । तर यस्तो संकटको घडिमा के पि ओलिसरकार भने पुरै भ्रष्टाचार गर्न तिर लागिरहेको छ ।

प्रसंग हो हालै चिनवाट खरिद गरिएका मेडिकल सामाग्रीहरुको । चिनमा को वुहानमा प्रथमपटक नोवेल कोरोना भाईरस ( n COVID 19) सन 2019 डिसेम्बर 31 मा नै देखिएको थियो । चिनले कोरोना रोक्ने भरमक्दुर आन्तरिक प्रयास गर्‍यो तर त्यो प्रयास सफल नभएपछी त्यसको २४ दिनपछि आर्थात जनवरी 23 मा चिनले वुहासहरलाई लकडाउन गर्‍यो । वुहान लकडाउन भएको एक दिनपछी २४ जनवरीमा नेपालमा एक जनमा कोरोना संक्रमित भएको पुष्टि भयो । उनी कताकता हिडे कतिमान्छे संग उनको सम्पर्क भयो भन्नेकुरा को कुनै हेका राखेन याहा को सरकारले । न त त्यसको कुनै गम्भीर अध्ययन र अनुसन्धान नै गर्‍यो । यतिवेलासम्म के पि वली सरकार सिरानी हालेर सुतेर बसिरह्यो ।

चिनको वुहान लकडाउन भएको एकमहिना पछाडी 2020 जनवरी 30 मा विश्व स्वास्थ संगठन (WHO) ले विश्व स्वास्थ संकटकाल को घोषणा गर्‍यो । यो विश्व का लागि एक चेतावानी थियो । तर के पि ओलि को सरकारले विश्व स्वास्थ संगठनको उक्त चेतावनीलाई पनि गम्भिररुपमा लिएन । त्यसको २७ दिनपछडी 2020 फेब्रुअरी 27 मा WHO ले नेपाल , भारत , पाकिस्तान , अफ्गानिस्तान र श्रीलंका ५ देशलाइ कोरोना भाईरस को उच्च जोखिम भएका देशको रुपमा घोषणा गर्‍यो । त्यति हुदा सम्म पनि रुलिङ पार्टी र त्यसको सरकार बलुवाटारमा आराम फर्माएरै बस्यो । सरकारका स्वास्थ मान्त्रीले त झन त्यसलाई सामान्य नै ठाने । यति हुँदासम हाम्रो सरकार गम्भीरसम्म पनि भएन । हाम्रा अन्तरास्ट्रिय उडानहरुब निर्वाध रुपमा चलिरहे । मानिसहरु आईरहे । बाहिरबाट आएका मानिसहरु गाउँमा गए । त्यस्तै केस हो युरोपबाट बाग्लुङमा गएकी भनीएको एउटि के टि मा देखिएको । उनी नेपाल आईन र त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलमा ओर्लिन अनि अन्तराष्ट्रिय टर्मिनलबाट डोमेस्ट्रीक अनि त्यहाँ बाट पोखरा पुगिन । उनी पोखरा विमानस्थलमा ओर्लिन अनि त्यहाँबाट माईक्रोबस चढेर घर पुगिन । घर पुग्दासम्म कत्तिजना संग उनको भेटघाट भयो होला । कतिसंग उनले हात मिलाईन होला कतिसंग अंकमाल गरिन होला । उनिमा सामान्य रुघाखोकी को लक्षणहरु देखिएपनी त्यतिबेला उनी गाउँमा निस्फृकी घुमघाम गरिरहेको कुरा मिडियाहरुमा त्यहाँका डाक्टरहरुले भनिरहेकाछन । पछि गारो भएर हस्पिटल आएर चेक गराउदा उनमा कोरोना भएको पुष्टि हुनगयो ।

हुनत कसैलाई केही नहुनसक्छ भलै मानौ कसैलाई सरेन रे । परन्तु यस्तो लापरबाही कसले गरेको हो त ? के ती विदेशबाट फिर्किएकी युवतीको दोष हो त ? यो दोष उनको नभएर नेपालको सरकारको को । यो हाम्रो सरकारको जिम्मेवारी समालिरहेको दल र त्यसका नेताहरुको हो । जुन के पि ओलि सरकारको गम्भीर लापरवाही हो । यस्ता अरु कत्ती नेपाल भित्रीए होलान । त्यस्तै अहिलेसम्म पाँचजनामा कोरोना संक्रमणको पुष्टि भैसकेको छ । त्यसमध्यका सबैजसो उपत्यका बाहिरका छन । अब हामी कल्पना गरौं उनिहरु विमानस्थलबाट थानकोटबाहिर जादांसमेत कत्ती संग उनिहरुको भेटघाट भयो होला । र घरपुग्दासमेत कतिको सम्पर्क भयो यो कुरा हामिले कल्पनासम्म मात्रै गर्नसक्छौं ।

यसले के देखाउछ भने आज हामिले यस्तो लकडाउन भोग्नुमा हामिलाई यो अपर्झट आइलागेको आपत नभएर हाम्रो सरकाले बेलैमा सचेत नभएर आईलागेको हो । यो बिदेशबाट आउनेहरुको लापरबाही नभएर अहिलेको जनताको जिवनमाथी खेलबाडगरिरहेको सरकारको बुद्धिले आईलागेको आपत हो । जसलाई हामी नेपालिहरुले भोग्नुपरिरहेको छ । यदि हाम्रो सरकारले पहिले जब WHO ले कोरोना भाइरस को संकटलाई विश्व स्वस्थ संकटको घोषणा गरेकै बेला अन्तरास्ट्रिय उडानबाट देश फर्किनेहरुलाई क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गर्थ्यो भने लक्डाउन कै आवस्था पनि नआउन सक्थ्यो। त्यति गरे आज हामिले भारतिय सिमानाकाहरु सिल गर्दा पुग्थ्यो । त्यसको उल्टो वुहान लकडाउन भैसक्दापनी चिनबाट फर्किएकाहरुलाई निर्वाधरुपमा घरफर्किन दिईयो । उतिवेला सरकार विमानस्थमै ज्वरो नापे भैहाल्ने भन्ने भ्रम पालेर बस्यो ।
प्रशन उठछ यदि त्यो ज्वरोनाप्ने उपकरणको भर हुन्थ्यो भने कोरोना संक्रमित कसरी त्यही विमास्थलबाट देशभित्र छिरे त अथवा उनिहरुलाई किन निगरानिमा राखिएन ?

यसबाट सरकार नागरिक को जीवन प्रती कति गैर जिम्मेवार छ भन्ने प्रष्ट भएको छ । नजिकैको छिमेकि देश विश्वमहाशक्ति चिन ले आफ्नो वुहानसहरमा लकडाउन गरिसक्दा पनि नेपालमा सामान्य ख्याल नगरिनुले हाम्रा नेताहरुको उल्टो बुद्धि आजआएर छर्लङ्ग भएको छ । अहिले यससरकार को काम भनेको जब पर्‍यो राती तब बुढी ताती भन्ने उखान जस्तै भएको छ । जाब आपत पर्‍यो अनि विभिन्न किसिमका निर्देशन दिने काम गरिरहेको छ सरकार ।

सरकारमा बस्नेहरुले समयमा बुद्धि नपुर्‍याएको सजाय त हामी सबै नेपालिहरुले भोगिरहेका छौँ नै। परन्तु ओलिसरकार एक पछिअर्को आफ्नो असफलता र भ्रष्टाचारका काण्डहरुले बदनाम बनिरहेको छ । सत्तरिकरोड भ्रष्टाचारकाण्डमा मुछिएपछि प्रधानमन्त्री के पि शर्मा ओलिका विश्वसपात्रसमेत रहेका सरकारका तत्कालिन प्रवक्ता सुचना तथा संचारमन्त्री गोकुल प्रसाद बास्कोटाले गत फागुन ८ गते पदबाट राजिनामा दिएका थिए । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा स्वीस कम्पनीका एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको उनको एक अडियो टेप सार्वजनिक भएपछि बास्कोटाले राजीनामा दिएका थिए ।

गोकुल बास्कोटा लाई अनियमितता को आरोप लागेर पदबाट राजिनामा दिएको एकमहिनापछि एकचोटी फेरि अर्को अनियमिता बाहिर आएकोछ । त्यो हो हालै चिनवाट खरिद गरिएका सामाग्री खरिद प्रकरण । पुरै देश लकडाउन भएको मौकापरेर सरकारले कोरोना रोकथाम र त्यसको उपचारकालागी आवाश्यक मेडिकल सामाग्री खरिदगर्ने पहिलेको टेण्डर लाई खारेज गरेर रातारात ओम्निग्रुपलाई सुम्पिएको छ । जसले पहिलो चरणको सामाग्री पनि ल्याईसकेको छ । जबकी सरकारले स्वास्थउपकरणहरु किन्नकालागी माघ २५ मै कम्पनिहरुकालाई टेण्डर आह्वान गरिसकेको थियो । उक्त टेण्डरकालागी १९ कम्पनिहरुले कोटेसन बुझाईसकेको कुरा बाहिर आईसकेको छ । यति हुदाँहुदै पनि सरकार यत्तिकादिनसम्म के हेरर बस्यो र अहिले आएर अपर्झट पुराना टेण्डरखारेज गरेर सार्वजनिक खरिद एन विपरित सरकारले विनापर्तिस्पर्धा सामान खरीद गर्नेजिम्मा कुनै आमुख कम्पनिलाई दिनु दुर्भाग्यपुर्ण रहेको छ ।

राष्ट्रिय छापाका मिडिया र बुद्धिजीवीहरुको भनाई अनुसार उक्त सामान वास्तविक मूल्य को आधारमा धेरै महँगोमा सरकारले खरिद गरेको छ । नयाँ पत्रीकाको एक समचारलाई नै आधार मन्नेहो भने पत्रीकाकाले “एक अर्ब २४ करोडको खरिदमा भ्रष्टाचारको इतिवृत्तान्त : माघमा खुलेको टेन्डर चैतमा रद्द, लकडाउन गरेर तीन घन्टाभित्रै विनाप्रतिस्पर्धा ठेक्का ” भन्ने शिर्षकमा सामान खरिद को पुरै पोल खोलिएको छ । सरकारले ब्यपारिको कोटेसन भन्दा ४८ गुणा सम्म महङ्गोमा सामन खरिद गरेको छ । पाँच रुपैयाँ पर्ने सामानलाई २४० रुपैयाँ सम्म तिरेको कुरा मिडियामा छताछुल्ल भएको छ ।

भ्रष्टाचार का यी नौला नमुनाहरुहुन । नेपाललाई कोरोना भन्दा पनि भ्रष्टाचारले पहिल्यै सताइरहेको थियो र छ । के पि सरकारको र उनको सरकारका मन्त्रीहरुको असली मुखुण्डो अहिले आएर जनताका सामु छर्लङ्ग भएकोछ । हुन त वाईडबडी घोटाला काण्ड , एनसेल लाभांस प्रकारण , फ्रान्सेली कम्पनीसंगको न्यारोबडि जाहाज खरिदमा भएको भ्रष्टाचार प्रकारण , आईलनिगम को भ्रष्टाचार प्रकरणले , जनता पुरै अक्रान्त भयकै थियो । कोरोनाको कहरले जनता लकडाउन भएको बेला पनि सरकार र उसका मन्त्रीहरुले भ्रष्टाचार गर्न छोडेनन ।

अहिले को जुन अनियमितता बहिर आएको छ यो सामान्य समयमा नभएर देश नै अक्रान्त भएको समयमा भएको छ । जुन देश र जनताको रगत पसिना माथिको सरकारले गरेको ठूलो लुट हो । सरकारले देश र जनताकै सम्बेदना माथी नै खेलबाड गरोरहेको छ जुन क्षमा दिन योग्य छदै छैन ।

अरुलाई अरुको सातो घर ज्वाइँलाई खानको सातो भने झै सारा जनता भोकभोकै भएपनी घरभित्र बसिरहेकाछन । जनता खाइ नखाइ सरकारको लकडाउनलाई पालना गरेर बसेकाछन तर सरकार भने सस्थागत भ्रष्टाचार मा चुर्लुम्म डुबेको छ । सरकारका मन्त्रीहरु सामान ल्याउने जहाज को भाडामै बार्गेनिङ गरिरहेकाछन । सामान्य उपचारसामाग्री ल्याउने ठेक्का पनि आफ्ना नातागोता र छोराछोरी रहेको कम्पनिलाई दिन लागिपरिरहेकाछन । जुन निन्दनिय त हुदैहो राष्ट्रिय लज्जा पनि हो ।

एकातिर राष्ट्रको ढुकुटिमा अनियमितताको लुट मच्चिरहेको छ भने । अर्कतर्फ त्यसरी लुट मच्चाएर ल्याएको कोरोना जाँच्ने किटपनी गुणस्तरीय आएन । त्यो कमसल खालको ल्याईएको छ भनेर चिकत्सकहरुले भनिरहेकाछन । ल्याएको कीट पनि हस्पिटलहरुमा पुग्नसकेको छैन । केहिठाउमा पुर्‍याइका सामनहरु जस्तै मास्क , पर्सनल प्रोटेक्टिङ इक्युप्मेन्टहरु (ब्यक्तिगत सुरक्षा कालागी उपकरण) हस्पिटलका डक्टरहरुले नभएर केही नेताका आसेपासे र शक्तिशाली कर्मचारीहरु ले प्रयोग गरिरहेकाछन ।

सरकारले ग्यासबाडिरहेको, राहात सामाग्री बाडिरहेका खबहरु आईरहदा जनता भने ग्यासनपाएर छटपटिरहेकाछन । दैनिक ज्यालामजदुरी गर्ने श्रमिक मजदुरको जिवन कस्टकर बनिरहेको छ । राज्यका सारा स्रोत साधन को प्रयोग गर्ने छुट हुदा हुदै पनी सरकारले त्यसको प्रयोग गर्न सकिरहेको छैन । ठिक यतिवेला नै केहि ब्यापारिक मान्छेहरु कमाउन लागिपरेकाछन । उनिहरुले दैनिक उपभोगका सामानहरुमा पुरै कालोबजारी गरिरहेकाछन । काला बजारियाहरुलाई नियन्त्र गर्ने कुरा त छोडौं सयंम सरकारिनिकायका मानिसहरु ले नै इन्डक्सन चुलोहरुमा जनतालाई छुट दिएर बाड्नुको सट्टा उल्टै त्यसबा मुनाफाकमाउन तिर लागिरहेकाछन । काला बजारियाहरुलाई नियन्त्र गर्ने कुरा त छोडौं सयंम सरकारी निकायका मानिसहरुले नै इन्डक्सन चुलोहरुमा जनतालाई छुट दिएर बाड्नुको सट्टा उल्टै त्यसबाट मुनाफाकमाउन तिर लागिरहेकाछन ।

बेदेशिहरुले आफ्ना नागरिकहरुलाई त्याहाका सरकारहरुले धमधम नेपालबाटै स्वदेश फिर्तागरिरहदा सरकारले भारतबाट फर्किएका मजदुरहरुलाई महाकाली पारी नै रोकिरहेकोछ । र उनिहरुलाई महाकालिमा हामफाल्न बाध्य बनाएको छ । यो सरकारले कमदार जनतालाई उपेक्षागरिरहेको छ । सरकारले कामगर्ने श्रमिक मजदुर हरुलाई जनता देशका नागरिक मानिरहेको छैन भन्ने कुरा उक्त घटनाले देखाएको छ ।

अन्त्यमा: के पि ओलिको २०७४ फागुन ३ गते नेपालको प्रधानमन्त्री को कुर्सिमा आसिन भएदेखी यताका दुईबर्ष ले के देखाईसकेको छ भने उनको सरकार पुर्णरुपमा असफल सिद्ध भैसकेको छ । उनकै विश्वासपत्र भनिएका मन्त्रीले मन्त्रीस्तरमा हालसम्मकै ठूलो भ्रष्टाचार काण्डमा राजिनामा दिनु , आफ्नै पार्टिका महासचिव नै वालुटार को जग्गाप्रकणमा मुछिनु लगाएतका दर्जनौ काण्डले यो सरकारको हविगत देखाईसकेको छ । देश र जनतालाई नै ठूलो दु:ख परिरहेका बेला राष्ट्रको सम्बेदनामाथी नै खेल खेल्नु सामन्यकुरा हुनसक्दैन ।

दुई तिहाई को सरकार हुदापनी देश एक नम्बरको हरिकाङ्गाल हुनु र समस्या ज्युका त्युँ रहनुले कुनै आमुक पार्टिको र आमुक नेताको सरकार सफल या असफल भन्दा पनि यो ब्यबस्था नै असफल भैसकेको छ ।

शक्ति हुनेले शक्तिको आडमा मोजमस्ती गरिरहेकाछन । भरतमा मजदुरी गर्नेहरुलाई उतै रोकिरहदा अमेरिकामा भएकाहरुप्रती अनवाश्यक चासो छ । यस्तो संकटको घडिमा पनी आफ्ना किचनक्याविनेटकाहरु नातागोताहरुलाई पोस्ने , सरकारी ठेकाक्कापट्टा जिम्मे लगाउने रवैया सारै उदेकलाग्दो छ । यो सरकार सबै वर्ग सबै जनता कालागी नभएरव केही मुठ्ठिभर मानिसहरुको सेवाकालागि छ । साहेद यस्तै घटनाबाट उदेक लागेर नै होला कलाकारले गित लेखे गाए होलान…

“वसाई हिड्नेको ताँतिले वस्नेको मन हराउदछ
लाखको लागि उजाड छ यो देश मुठ्ठीभरलाई त स्वर्ग छ “।

लेखक विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी)का केन्द्रिय नेता हुन

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार