logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

‘छापामारको छोरो’ भ्रमको खेती गर्ने कथा


  • विष्णु अद्वितीय
  • शनिबार, चैत्र २२ २०७६

वर्तमान दलाल पुँजीवादी संसदिय व्यवस्थाका प्रहरी प्रशासक महेशविक्रम शाहद्वारा लेखिएको “छापामारको छोरो-२” कथा पढियो । कथा सरल र सहज छ । पाठकहरुलाई कथा पढ्दा उहाँले लेखेको “हो कि क्या हो” भन्ने पनि लाग्ला । कथालाई समालोचना गर्ने विभिन्न आयामहरु छन् । अहिले ति आयामहरुको भारी यस कथालाई नबोकाउँ ।

कथा पढ्दा कथाकारमा राजनीतिक दार्शनिक चेतना शुन्य बराबर रहेको देखियो । उनको कथा पढ्दा उनमा रहेको चेतनाको स्तर र क्रान्तिको खास मर्मप्रतीको बोध नै कमजोर भेटियो । विकसित उत्तरसाम्राज्यवादले निम्ताएको सिङ्गो मानव सभ्यता माथीको संकटको समाधान हो, क्रान्ती । न कि कथाकारले पात्र मार्फत व्यक्त गरिएको निराशा, असन्तुष्टि र गरिबीको परिणति मात्र हो क्रान्ति वा न्यायपुर्ण युद्द । हुनत क्रान्ति भनेको सकारात्मक आमूल परिवर्तन हो । कथाकारले पात्र मार्फत भन्छन्, कि शासन व्यवस्था परिवर्तन भयो । जनयुद्ध लडेकाहरु बहुसंख्यकहरु राज्यबाट यो या त्यो रुपमा लाभान्वित छन । बरु नत सैद्धान्तिक/दार्शनिक हिसाबले शासन व्यवस्था परिवर्तन भएको छ, न जनयुद्धमा सहभागी बहुसंख्यक लाभान्वित नै । क्रान्तिको उद्देश्य उत्पादन साधन माथीको स्वामित्वको प्रश्नसँग सम्बन्धित कुरा हो । समृद्ध मानवसभ्यतासँगको प्रश्न हो । वर्तमान विश्व पुँजीवादी शासनले निम्त्याएको संकटको समाधानसँगको प्रश्न हो । शासन व्यवस्था परिवर्तन भयो या भएन भन्ने कुरा परिणामले देखाइसक्यो । देखाउँदैछ । देखाउनेछ थप । नेपालमा वर्तमान व्यवस्थाले निम्ताएको तिब्र आर्थिक/सामाजिक/राजनितीक/साँस्कृतिक संकटले सबै यथार्थता बोल्छ ।

कथा बुनेर अ’साहित्य मार्फत दलाल व्यवस्थाको रक्षा गर्नु त कथाकार शाहको धर्म नै भैगो, किनकी बन्दुकले आफ्नो धर्म निर्वाह त गर्नुभएकै छ !
कथाकारले आफ्नो कथा मार्फत झुट र भ्रमको खेती भने राम्रै गरेका छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार