logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

काेभिड १९, संसदवादकाे पतन र समाजवादकाे उदय


  • दिपेन्द्र शाही 'विकल्प'
  • बिहिबार, चैत्र २७ २०७६

विश्व भर महामारीको रुपमा फैलिएको कोरोना भाईरस ले यतिखेर पुँजीवादी साम्राज्यवादी राष्ट्र जो (विश्व आफ्नो बसमा पार्छु भन्ने अहम घमण्ड र दम्व गर्थे ) समेत शोक र चिन्तामा छन विश्वभर  १५ लाख भन्दा बढि मानिस हरु यसबाट प्रभावित  ( संक्रमित ) छन भने उक्त कोभिट १९ को महामारीबाट मृत्यु हुनेको संख्या ८८ हजार नाघेको छ  १५ लाख भन्दा बढिअझै भाईरस संग मृत्यु र मुक्ति सामु लडिरहेका छन ।

यो काेभिड १९  ले गरिबी राष्ट्र मध्ये नेपालमा पनि सन्त्रास फैलायको छ जसको प्रत्येक्ष असर आम श्रमजिवि,शाेषित पिडित ज्यालामजदुरी गरी गुजारा चलाउने हरुमा अत्याधिक मात्रामा परेको छ ।  कोरोना प्रकोप बढिरहँदा सरकारी पक्षबाट देखाइएको नालायकी र गैरजिम्मेवारी पुर्ण तरिकाले दैनिक आवश्यक वस्तुमा अत्यधिक मूल्य वृद्धि गरिएको छ । आपूर्ति व्यवस्था कमजोर रहेको छ । स्वास्थ्य क्षेत्रमा उपयोग गर्नका लागि आयात गरिएका उपचारका सामानहरू विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुरूप हुन र ल्याउन सकेका छैनन् । चिकित्सकहरूले त्यसको प्रयोग गर्न अस्वीकार गरे । यसबाट के स्पष्ट  भएको छ भने कोरोना भाइरस महामारीका विरुद्धको सङ्घर्षमा नेपालको दलाल पुँजीवादी सत्ता र सरकार सञ्चालकहरु असफल भएको मात्र छैनन, जनताका दृष्टिमा भ्रष्ट र बदनाम पनि हुन पुगेका छन । ’किन भने यो नालायक सरकारका हरेक गतिविधिमा जनता पुर्ण रुपले किलियर छन र घाम जस्तै छर्लङ्ग छ ।

यिनीहरुको हरेक कालो कर्तुतमा सतर्क पनि छन किन भने यिनी साम्राज्यवादी तथा विस्तारवादीका बफादार सिपाहीहरुले कुरा एउटा गर्ने काम अर्को गर्ने, भ्रम एउटा छर्ने, एक्सन अर्को गर्ने, बोली एउटा गर्ने व्यवहार अर्को गर्ने जसलाई यसरी पनि प्रस्ट्याउन सकिन्छ । आफूलाई कम्युनिस्ट भन्ने, व्यवहारमा कम्युनिस्टमाथि दमन गर्ने, पार्टीको नीति समाजवाद हो भन्ने, व्यवहवारमा एकाधिकार पुँजीवादको सेवा गर्ने, भनाइमा आफूलाई सर्वहारा वर्ग तथा उत्पीडित जनताका पक्षमा भएको दाबी गर्ने, व्यवहारमा दलाल पुँजीवादको सेवामा उभ्याउने, आफूले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने भाषण गरिरहने, व्यवहारमा सम्पूर्ण संयन्त्रलाई भ्रष्टाचारका अखडामा बदल्ने, देशमा सुशासन ल्याउने कुराको वकालत गर्ने तर व्यवहारमा नातावाद, कृपावाद, अन्याय, अत्याचार, तस्करी, घूसखोरी गर्ने,स्वाधीनताको नारा दिने तर व्यवहारमा राष्ट्रिय आत्मसमर्पण गर्ने, देशमा औद्योगिकीकरणको नारा दिने तर व्यवहारमा देशका सम्पूर्ण उद्योगहरूको अन्त्य गर्ने,आर्थिक समृद्धिको कुरा गर्ने, व्यवहारमा मिटर ब्याजको प्रयोग गरी जनताको उठीबास लगाउने,राष्ट्रिय सम्मानको कुरा गर्ने, व्यवहारमा साम्राज्यवादीका अगाडि लम्पसार पर्ने र देशको बेइज्जत गर्ने, उच्च प्रकारको संस्कृतिको कुरा गर्ने तर व्यवहारमा देशभित्र वेस्यालय खोल्नका लागि वकालत गर्ने र अर्काकी श्रीमतीसँग गुपचुप रमाउने,नाममा लोकतन्त्र, व्यवहारमा फासिवाद लागू गर्ने यिनीहरूको चरित्र बनेको छ ।

देश र जनताको नाममा सम्बोधन गर्छन तर आफ्नो अनुकुलतामा हरेक कामको पछाडि निजि स्वार्थ झुन्डाएर हिड्छन, हुनत यो खराव राजनिति गर्नेहरुको चरित्र भित्र पनि पर्दछ। यी र तमाम किसिमका यस्तै गतिविधि को विषयमा आवाज उठाउदै गर्दा ,अझ झन नजिकवाट भन्नू पर्दा हाम्रो लोकप्रिय पार्टी जनताको मन मुटुमा बस्न सफल पार्टी नेपाल कम्युनिस्ट पार्टीले यो कोरोना को महामारीको विश्व संन्त्रासमा रहेको वेला पार्टीका हरेक गतिविधिलाई स्थगित गर्दै देश र जनताको ज्यान जिउमा सुरक्षाको प्रत्याभूति दिलाउन देशमा रहेका राजनीतिक दल, मानव अधिकार सुरक्षा कर्मि,पत्रकार, संघ सस्था लगायत तमाम जनताको पुर्ण मुक्ति र स्वाधिनतका निम्ति क्रान्ति मा हुमियका जनमुक्ति सेना,संगठन र पार्टी पंतिलाई खुलेर सहकार्य गरेर लाग्न सर्कुलर गरेको वेला यता नालायक कमाउनिस्ट को ठाडो आदेशमा अपहरण शैलिमा यो विपतको वेला ज्यानलाई जोखिम मोलि लागि परेका नेता कार्यकर्ता गिरफ्तार गर्ने गरेको छ ।

के साच्चिकै देश र जनताको समृद्धि र विकासको पक्षमा वकालत गर्ने तथा वोल्ने परिवर्तनकारी शक्तिले नेपाल आमा को बलात्कार यो राज्य सञ्चान को निमित्त वागडोर समालेका कुरुर दमनकारि वाट भएको भन्न नपाउने ? के राज्यलाई लुटेर टाट पल्टाउन खोज्ने NCL संगको यो नालायकि पुजिवादमा विलय भएका नवसंसोधनवादि हरुको सहकार्य छ भन्न नपाउने? के कहिले सुन काण्ड,कहिले,जहाज काण्ड ,कहिले,हत्या काण्ड,कहिले कोरोना काण्ड त कहिले जग्गा काण्ड यहि काण्डै काण्डले भरियको दुई तिहाईको कम्युनिस्ट सरकार भन्न नपाउने? के महा विपति का वेला विश्व सोखमा डुवेको छ तर नालायकि लाचार सरकारका मतियार हरुले कुम्ल्याउने अवसर पायका छन भन्न नपाउने ? के देशलाई समृद्ध र विकसित वनाउन अाफ्नो ज्यु ज्यानको प्रवाह नगरि लागि परेका सुरक्षा कर्मि,स्वास्थ्यकर्मी,कर्मचारीहरुको श्रम सोसण भयो भन्न नपाउने? के १७००० सहिदको रगतमा होलि खेलिरहेका छन भन्न नपाउने? जनयुद्ध र जनअान्दोलनका उपलब्धि हरु सस्थागत भएनन भन्न नपाउने? के गरिव, दलित,विपन्न वर्ग हरुले आफ्नो अधिकार को निम्ति आवाज उठाउनु पर्छ भन्न नपाउने ?

होईन पाउनु पर्छ हरेक परिवर्तनकारी राष्ट्र प्रेमी क्रान्तिकारी शक्तिहरुले देश र जनताको पुर्ण मुक्ति र आमुल परिवर्तनका लागि आवाज उठाउन पाउनु पर्छ, बाेल्न र भन्न पाउनुपर्छ ,स्वाधिनताको लडाई लड्न पाउनु पर्छ। सुखि नेपाली समृद्ध नेपाल आज दुखि नेपाली कंगाल नेपाल तथा सिंहदरबारको भ्रष्टाचार गाउँ गाउमा भयो भन्न पनि पाउनु पर्छ ,यति मात्रै हैन नेपाल आमा का सन्ततिहरु बड्दो व्यरोजगारिले दिन प्रतिदिन विदेशमा देशै र तिहारको खसीबोकाको मूल्य झै यो नालायक सरकारका सञ्चालक हरुले कमिसनको लोभमा वेचिरहेका छन भन्न पनि पाउनु पर्छ ,महामारी COVID19 ले विश्व संकटमा परेको वेला कुम्ल्याउने तिर हैन आम जनताको ज्यु ज्यानको सुरक्षाको निम्ति दिनरात युद्ध मैदानमा लड्ने साहस राख्नु पर्छ पनि भन्न पाउनु पर्छ ,आफ्नो ज्यानकोबाजि मारी देश ,जनता र परिवारको उच्च रेखदेख र लालन पोषण को निम्ति लागेका नेपाली आमाका वीर सन्तति को श्रम र पसिनाको मूल्य जुकाले चुसेझै यी सामन्ती अवसेस हरुले चुसिरहेका छन ।

उचित पारिश्रमिक सम्पुर्ण नेपाल सरकारको मातहतमा रहेका कर्मचारीको तलवको सुविधा होस भन्न पनि पाउनु पर्छ । गुजारा चलाउन नदिको छेउमा गिट्टी वालुवा चाल्दै गरेका जनयुद्धका घाइते अपांगलाई उचित व्यवस्थापन गर्नु पर्छ भन्न पाउनु पर्छ।राज्य वाट होस वा तत्कालीन विद्रोही पक्षवाट मारियका सहिद का परिवाारलाई गास,बाँस र कपास ,शिक्षा ,स्वास्थ्य र रोजगारको ज्ञारेन्टि यो सरकार सञ्चालकाका मतियारहरुको प्रमुख जिम्मेवारी हो र गर्नु पर्छ भन्न पनि पाउनु पर्छ । देश रहे पो हामी रहन्छौ हामी रहे पो संगठन रहन्छ त्येसैले यो महामारि को वेला विश्व बैंकको तीन अर्ब सहयोग प्रत्येक्ष नेपालिमा परिचालन होस र यो राज्यले स्वास्थ्यको नाम मा गरियको बजेट भासण केवल भाषणमा मात्रै सिमित नरहोस सहि तरिकाले यो महामारिको वेला पिडित सामु पुगोस भन्न पनि पाउनु पर्छ, समग्रमा भन्नू पर्दा आज साम्राज्यवादी तथा विस्तारवादी र भ्रष्टाचार अनि फासिवाद हाम्रो राज्यका मुख्य सत्रु बनेका छन सवै खाले विकृति र विसङगति ले राष्ट्रलाई नै निल्ने वा विघटन गर्ने खतरा उत्पन्न भएको छ अहिलेको निंरकुस सत्तालाई अपदस्त गर्न सकिएन भने देशै नरहने खतरा उत्पन्न भएको छ,दलाल सत्ताको अन्त्य गरि जनताको सत्ता स्थापना गर्न महान जनयुद्धलाई नेत्त्रित्व गरि आज सत्तासिन पार्टीको मुल जिम्मेवारी मा पुग्नुभएका हिजो सर्वहारा तथा श्रमजीवी जनताका आसाभरोसाका केन्द्र मानियका अध्यक्ष कमरेड प्रचण्ड राज्य सञ्चालन को मुख्य जिम्मा मा छन अर्थात वागडोर समालेका छन ।

यिनैको सिंगो पार्टीका सवै उच्च पदस्त नेताहरुलाई गरिब जनतालाई गाँस , बास , कपास , शिक्षा , स्वास्थ्यको ग्यारेन्टी को जरुरत छ जनतालाई उल्लु नवनाइयोस ! सहिद , बेपत्ता परिवारको बिचल्ली नहोस ! जनयुद्धका घाइते अपांग योद्धाहरुको घाउमा मलम पट्टी लगाउने काम वनोस ,घाउमा नुनचुक नहालियोस! आफैले भन्दै आएको प्रतिक्रियावादी तथा साम्राज्यवादी को ढेडमा सिङ्गो माओवादी आन्दोलन र 62/63 को जजअान्लोलनलाई विलय नगरियोस हिजोको वलिदानि इतिहास त्याग तपस्या र समर्पण लाई फोहोरको डस्विनमा नमिलाईयोस ,इतिहासको रचना गर्न अझै पनि बैज्ञानिक समाजवादी सत्ताको तयारी लाग्नु पर्यो भन्न पाउनु पर्छ ।

यति गर्दा गर्दै पनि दिन दुई गुणा रात चौ गुणा देशलाई झन कष्टकर  बनाउने हुन भने,जनताको मुक्ति र राष्ट्रिय स्वाधिनताको निम्ति आवाज उठाउने परिवर्तनकारी शक्ति विरुद्ध झन कुरुर बनेर दमन गर्न यी साम्राज्यवादी का वफादार सिपाहिहरुले कुनै कसुर वाकि राख्दैनन र निरन्तर कदम चालिरहन्छन ,गलत कार्यमा तल्लिन भईरहन्छन भने
इतिहास जकजायर छ ,इतिहासको निर्माता जनता हुन ,यदि तिमी जनताका सामु बाघ बनेर गर्जिन खोज्छौ भने जनता पनि बदलामा सिहं बन्न सक्छन किनकी कथाले माग्छ भने जनतालाइ मृग र सिहं दुवै बन्न आउछ बिचार माथिको दमन र प्रतिबन्धका बिरुद्ध जनताले पनि प्रति अाक्रमण र प्रतिसोधमा जान चाहेमा अहिले तिम्रो सत्तालाई तिम्रा हनुमान हरुले पशुपति आर्यघाटमा अन्तिम श्रद्वाञ्जली  दिई सक्ने बनाउन सक्छन तर यसो हैन नेपाली जनता राष्ट्र र राष्ट्रियताप्रति उतिकै जिम्मेवार छन ।

साम्राज्यवादी तथा फासीबादी वर्तमान सरकार ले स्वाभिमान बेचेर बिदेशीको इसरामा सरकार र जनबिरोधी व्यवस्थाको बिरुद्द समाजवादको पक्षमा आवाज उठाउदै आएको अनि यो महाविपत्तिका बेला पार्टीको सम्पुर्ण काम कार्यवाहि हरु लाई स्थगित गरि जनताको सुरक्षामा खटियको वेला हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी माथी को दमन लाई एकपछी अर्को बढाउदै शान्तीपुर्ण कार्यक्रममा डटीरहेका नेता कार्यकर्ता माथी दमन गरीरहेको प्रति घोर आपत्ति प्रकट गर्दै नचाहादा नचाहदै पनि फासीबादी कदम का बिरुद्द प्रतिरोध आन्दोलन लाई नयाँ र जुझारु ढंगले अगाडि बढाउनु पाटी का लागि अनिबार्य र बाध्यात्मक भएकाले सम्पुर्ण नेता तथा कार्यकर्ता अनि परिवर्तनकारी न्याय प्रेमि आम जनसमुदाय हरु लाई निर्भिक्ता का साथ लाग्नु पर्ने देखिन्छ आगामी दिन क्रान्तीकारीका लागि हैन जनताको रगत पसिना चुस्ने र मोज गर्ने कथित जनप्रतिनिधि र दुई तिहाईको नक्कली लुटेरा सरकार सञ्चालकका लागि निकै चुनौतीपुर्ण हुने भयो,

अन्त्यमा भष्ट्राचार,प्रतिकृयावादी , दलाल पुजीवादी , घुसखोरी, बलत्कारी ,घोटाला,बिस्तारवादि, फाँसीबादी कालोबजारी, देशद्रोहीहरु लाई खोजि खोजि अन्त्य गर्नुपर्ने भयको हुँदा सुरक्षा कर्मि, कर्मचारी, नेता सबैलाई सि आई डि सुराकी नगरिदिनहुन विनम्र अनुरोध गर्दछौं साथै दलाल पुजीवादी सत्तालाई समाप्ति पार्ने क्रान्ति लाई सम्पुर्ण खालको सहयोग गर्न विनम्र अनुरोध गर्दछौ ।दलालहरुले आफ्नो तुच्छ निजि स्वार्थका निम्ति राज्यका अंग तथा सुरक्षा निकायलाई जनताका विरुद्ध जथाभावी प्रयोग गरिरहेका छन , देशभक्त ,लोकतान्त्रिक ,वामपन्थी ,कम्युनिस्ट राजनिती सक्तिहरु ,मानवअधिकारवादी वुद्धिजिबिहरु,पत्रकारसहित सेना र प्रहरी समेत लाई हामिले हाम्रो विसयमा अपराधिक षड्यन्त्रकारि तर हास्यास्पद कदम यश नालायक कम्पनिले उठाएको हुदा यसप्रति उचित ध्यान पुर्वक सतर्कताअपनाउनु हुन विशेष आग्रह गर्दैछौं ।

हाम्रो लडाइँ नेपाल प्रहरिका दाजुभाइ हरु संग हैन,यो लडाइँ ससस्त्र प्रहरी र नेपाली सेनाका दाजुभाइ संग हैन । यो लडाइँ प्रगतिशील देशभक्तहरु विरुद्ध हैन, हाम्रो संघर्ष त रास्ट्रघाति,देशद्रोहि,जनघाति,भस्टचारी बलात्कारी ,घुसखोरि,दलालतन्त्र माफियातन्त्र ,राज्यको ढुकुटि लुट्ने लुटेरा,निरङकुस फासिवादि नेताहरुको विरुद्ध को संघर्ष हो। अाउनुस तपाई हामी सम्पूर्ण राष्ट्र भक्ति परिवर्तनकारी नेपाली लागौ जुटौ एकीकृत भएर अगाडि बढौ यो महामारि( कोरोना भाईरस) लाई उछिन्दै समग्र देश र जनतालाई जोगाउ,वचाउ ,सुरक्षा दिउ,सन्देस प्रभाव गरौ अनि मात्रै हामी निरन्तर लाग्न सक्छौ दलाल संसदिय व्यवस्था का मतियार लाई सदाको लागि भुईमा पछार्न,धुलो चटाउन,माटोमा मिसाउन,साम्राज्य हरण गर्न जसले गर्दा संसदवादि कमाउनिस्टको महापतन र सच्चा मालेमावादी को उदय हुनेछ।

लेखक राष्ट्रिय उद्योग वाणिज्य महासंघ नेपाल केन्द्रीय सदस्य तथा पश्चिम कमाण्ड ईन्चार्ज हुन । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार