पछिल्लो पचासको दशक देखि हालसम्मको नेपाली राजनीतिमा सधै कुनै नकुनै हिसाबले चर्चा परिचर्चा भइरहने एक नाम हो प्रचण्ड । कहिले नामले त कहिले बद’नामले, कहिले प्रशंसाले त कहिले आलो’चनाले, कहिले समर्थनले त कहिले वि’रोधले, कहिले एकताले त कहिले विभाजनले आदि इत्यादी कारणले पछिल्लो कालखण्डमा प्रचण्ड नेपाली राजनीति र छापाखाना तथा सामाजिक सञ्जालको केन्द्रबिन्दुमा हुने गरेका छन् ।
वि.सं २०११ साल मंसिर २६ गते दम्पतिद्वोय मुक्तिराम दाहाल र भवानी दाहालको कोखबाट कास्कीको ढिकुरपोखरीमा छविलाल दाहालको जन्म भयो । गााउको गरिब किसान परिवारमा जन्मेका छविलाल आफ्नो परिवारको चितवन बसााइसराईसागै २०१८ सालमा चितवन झर्न बाध्य भयो । आफ्नो माध्यामिक शिक्षा चितवनमा नै पुरा गरेका छविलालले कक्षा १० मा अध्ययन गर्दैगर्दा १५ बर्षकै कलिलो उमेरमा सिता पौडेलसग मागि विवाह गरेका थिए ।
स्कूले जीवनमा नै कम्युनिष्ट राजनीतिको प्रभावमा परेका प्रचण्ड आफ्नो उच्च शिक्षाका लागि पाटन क्याम्पसमा भर्ना भई आइएस्सीसम्मको अध्यन गरे भने त्यसपछि चितवन नै फर्केर बीएस्सीएजी रामपुर कृषि क्याम्पसबाट पूरा गरे । स्कूले जीवनमा नै छविलाल नाम परिवर्तन गरेर पुष्पकमल भएका उनीमा कम्युनिष्ट राजनीतिको प्रभावले केको चितवन केको काठमाण्डौं कतै छाडेन । कहिले इन्जिनियर, कहिले पाइलट त कहिले सेनाको अफिसर बन्ने सपना देखेका पुष्पकमलले जानीनजानी २०२८ गते राति धनबहादुर विश्वकर्माको सहयोगमा चितवनका स्थानिय कम्युनिष्ट नेता रुपलाल विश्वकर्माबाट पुष्पलाल श्रेष्ठ समूहको कम्युनिष्ट पार्टीको सदस्यता लिए । रामपुर क्याम्पसमा पढ्ने क्रममा रामबहादुर थापा लगायतका साथीहरुसाग मिलि माक्र्सवादी अध्यननसमूह बनाई राजनीति क्रियाकलाप गर्न थालेपछि उनमा थप राजनीतिको रस पस्न पुग्दछ ।
चितवन, नवलपरासी र गोरखा जिल्लामा विभिन्न समयमा अध्यापन समेत गरेका पुष्पकमलले २०३२ सालतिर अन्तराष्ट्रिय गैरसरकारी संस्था युएसएडमा पनि काम गरेका थिए । गोरखा आरुघाटमा अध्यापन गर्दै गर्दा २०३५ सालमा चौमको पूर्णकालिन सदस्य भएपछि उनले जागिर छाडेका थिए । पूर्णकालिन सदस्य भएर भू’मिगत भएपछि पुष्पकमलको राजनीतिक खुड्किलो फटाफट फड्किन थाल्यो ।
२०३६ सालमा नै चितवनको जिल्ला समिति सदस्य भएका उनी २०३८ मा क्षेत्रीय ब्युरो सदस्य बने । यसै साल अखिल नेपाल युवक सङ्को केन्द्रीय महासचिव भएका पुष्पकमल २०४० सालमा केन्द्रीय अध्यक्षभए । २०४१ सालमा नेकपा मशालको केन्द्रीय सदस्य भएका उनी २०४६ सालमा पुग्दा त पोलिटब्युरो सदस्य भए । यसै साल पार्टीभित्र सेक्टरका’ण्ड भएपछि महामन्त्री मोहन वैद्य ‘किरण’ ले राजीनामा गरेपछि उनी नै पार्टीको सर्वाेच्च नेता महामन्त्री बन्न पुगे ।
पुष्पकमल युवक सङ्घको केन्द्रीय अध्यक्ष भएपछि पार्टीभित्र उसको नाम कल्याण भयो भने पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीसागै नाम परिवर्तन भएर विश्वास हुनपुग्यो । उही विश्वास महामन्त्री भएपछि प्रचण्ड बने । प्रचण्ड नामको सन्दर्भमा मशालको तत्कालीन केन्द्रीय सदस्य सीपी गजुरेलले भारतीय पत्रकार अनिर्वन रोयसाग गरेका अन्तरवार्तामा आफूले प्रचण्ड नाम राखेको र भोलिपल्ट कमरेड विश्वासले आफूलाई गौरव राख्न अनुरोध गरेपछि विश्वास नै प्रचण्डमा बदलिएको कुरा खोलेका थिए । यसरी छविलालदेखि २०४६ सालसम्म आइपुग्दा उनी पुष्पकमल, कल्याण, विश्वास हुदै प्रचण्ड भएका थिए । यतिबेलासम्म पनि देशमा प्रचण्ड सिमित मानिसहरुको घेरामा मात्र परिचित थिए ।
जब २०४८ सालमा प्रचण्ड नेतृत्वको मशाल, रुपलाल विश्वकर्मा नेतृत्वको सर्वहारावादी श्रमिक सङ्गठन, निर्मल लामा नेतृत्वको चौम, हरिबोल गजुरेल नेतृत्वको वि’द्रोही मसाल र क्षेत्रीय स्तरमा रहेका जनमुखी पार्टीहरुबीच एकता भई नेकपा (एकता केन्द्र) मशालको निर्माण भयो र प्रचण्ड पुन महामन्त्री बने त्यसपछि उनको परिचयको विस्तार भयो ।
यी पार्टीहरुको एकता तीन वर्ष पनि राम्ररी टिक्न सकेन । जब २०५१ सालमा पार्टी विभाजन भयो र प्रचण्ड, बाबुराम भट्टराईहरुको नेतृत्वमा
पार्टीको नाम नेकपा (माओवदी) राखेर एकताका दुवै मशाल/मसाल पक्ष २०५२ फागुन १ गते देखि जनयु’द्धमा होमियो त्यसपछि प्रचण्डको सर्वत्र खोजी हुन थाल्यो । पार्टीभित्र र प्रशासनमा प्रचण्डको चर्चा र खोजी भएपनि पत्रपत्रिका र जनमानसमा भने बाबुराम भट्टराई नै बढी स्थापित भएको भन्ने गरिन्छ । जुन कुरा पछि मुल नेतृत्वलाई स्थापित गर्ने भन्दै फोटो सार्वजनिक गर्ने, प्रचण्डका भनाइहरुलाई महत्व दिएर कार्यकर्ता र जनतामा लैजाने जस्ता गतिविधिहरुले स्पष्ट गर्दछ । तर जनयु’द्धको सुरुवात, विकास र विस्तारले प्रचण्डलाई राष्ट्रिय अन्तराष्ट्रिय रुपमा स्थापित गरायो ।
नेपालमा जनसेना, जनसत्ता र जनअदालत गठन गरेर तत्कालीन राज्यसत्तालाई चुनौति गर्ने सश’स्त्रसङ्घर्षको नेतृत्व गरेकाले नै प्रचण्डको उचाई चुलिएकोमा सहमत नहुने सायद कमी नै होला । नेपालमा मा’ओवादीको नेतृत्वमा लगभग १० वर्ष ९ महिना ५ दिन जनयु’द्ध चल्यो । २०६३ मंसिर ५ मा नेपाल सरकार र माओवादीबीच विस्तृत शान्ति सम्झौता भएपछि नै औपचारिक रुपमा जनयु’द्ध अन्त्यको घोषणा भयो । जब माओवादी शान्ति प्रक्रियामा प्रवेश गर्यो र पार्टीका शिर्षस्त नेताहरु भूमिगत जीवनबाट खुला जीवनमा आए त्यसपछि प्रचण्डको सार्वजनिक जीवनसागै लोकप्रियता पनि बढेको थियो । मूलत: प्रचण्ड नाम विचार र वर्ग स’ङ्घर्षले स्थापित गरेको नाम हो । नेतृत्वको टिम, कार्यकर्ताको योगदान र जनताको त्याग समर्पणले छविलालको विस्तारित परिचय प्रचण्ड भएको हो । प्रचण्डको नेतृत्वले अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनमा समेत प्रभाव पारेको थियो ।
त्यसैले नेपाली माओवादी कै अगुवाइमा माओवाद मान्ने दक्षिण एसियाली देशका कम्युन्ष्टि पार्टीहरुको सङ्गठन कम्पोसा बनेको थियो भने अन्तराष्ट्रिय स्तरमै रिमको समेत सहयोग थियो । तर यी दुवै सङ्गठनले प्रचण्डपथलाई भने मान्यता दिएको थिएन । भारतीय पत्रकार अनिर्वन रोयले त असामी भाषामा प्रचण्डकै बारेमा प्रचण्ड: एक वि’द्रोही भन्ने पुस्तकसमेत लेखे । यसले पनि प्रचण्डको लोकप्रियताको ग्राफ कति माथि भनेर देखाउदथ्यो । प्रचण्डको नेतृत्वमा भएको जनय्’द्धमा सानाठूला गरी ३७८ वटा आ’क्रमण/भि’डन्तहरु भएका छन् । यी भिड’न्तहरुमा हजारौंको मृ’त्यु भएका छन् । मानवअधिकारवादी संस्थाइन्सेकको अनुसार सङ्घ’र्षको क्रममा तत्कालीन सत्तापक्ष र माओवादीबाट १३,२३६ जनाको मृ’त्यु भएका छन् भने २,२७९ जना त वे’पत्ता नै भएका छन् र हजारौंको सङ्ख्यामा घा’इते भएका छन् । तथ्याङ्कमा नआएका कति छन् त्यो खोजको विषय नै छ । श’हिदको ला’सको चाङ्गबाट, बेप’त्ता यो’द्दाहरुको रग’तको आहा’लबाट, कार्यकर्ता र जनताको रगत, पसिनाको संयोजनबाट आजको प्रचण्ड बनेको कुरा नै सत्य हो । प्रचण्डले आफ्ना राजनीतिक जीवनमा थुप्रै उतारचढावहरु अवश्य भोगेका छन् । तत्कालीन शाही सरकारले टाउकोको मूल्य तोक्दा होस या इन्टरपोलले जारी गर्दा होस धेरैपटक मृ’त्युको नजिक पुगेर सङ्’घर्षहरुसाग खेल्दै जनयु’द्धको नेतृत्व गरेकै हुन् । सामन्ति निरङ्कुश राजतन्त्रको राजनीतिक प्रतिनिधि शाही शासनको अन्त्य र गणतन्त्र स्थापनाको लडाइमा आफ्नो कुशलता प्रदर्शन गरेकै हो ।
आज मात्रात्मक रुपमा भएपनि देखिएका प्रशासनिक, राजनीतिक परिवर्तनहरुमा प्रचण्डको महत्वपूर्ण योगदान छ । तर जनयु’द्धमा जीवनको लम्बाई होइन जीवनकोउचाई महत्वपूर्ण हुन्छ भन्ने प्रचण्डको हिजोको राजनीतिक उचाई र आजको राजनीतिक उचाईमा परिवर्तन भने पक्का भएको छ । आजको दिनसम्म आईपुग्दा प्रचण्ड देशको कार्यकारी नेतृत्व प्रधानमन्त्री पदमा दुईपटक पुगिसकेका छन् भने २०४६ सालदेखि २०७४ सालसम्म २८ वर्ष मशाल, एकता केन्द्र, माओ’वादी, एमा’ओवादी हुादै मा’ओवादी केन्द्रको अध्यक्षको भूमिकामा रहेका थिए । तर २०७५ साल जेठ ३ मा नेकपा एमालेसाग पार्टी एकता पछि बनेको नेकपामा भने दुई अध्यक्ष मध्यको एक अध्यक्ष बनेका छन् प्रचण्ड । मशाल देखि नेकपासम्म आईपुग्दा प्रचण्डका जनयु’द्धका प्रमुख सहयात्रीहरु मोहन वैद्य, बाबुराम भट्टराई, विप्लव, गोपाल किरााती लगायतका नेताहरु छुटेका छन् भने नया सहयात्रीहरु केपी ओली, माधवकुमार नेपालहरु प्रचण्डका हितैसी बन्न पुगेका छन्, जो जनय्’द्धमा एकअर्काविरु’द्धको जीवनमर’णको लडा’इमा थिए ।
यसरी हिजको मित्र विरो’धीमा र हिजका शत्रु मित्रमा बदलिएका छन् । माओ’वादी आन्दोलन विभिन्न धारामा विभाजित हुन पुगेका छन् । नेतृत्वको मूल हिस्सा संसदीय व्यवस्था स्वीकार गर्न पुगेका छन् । प्रचण्डको आजसम्मको जीवनीलाई छविलाल देखि आजसम्म अध्यन गर्दा मूलत: पााच चरणमा बुझ्दा अझ सजिलो हुन्छ ।
छविलालदेखि पुष्पकमलसम्म : प्रचण्डको जन्म, बसााइसराई, बाल्यकाल, विवाहको चरण । पुष्पकमलदेखि निर्माणसम्म : राजनीतिमा चासो, कम्युनिष्ट पार्टीको सदस्यता, अध्यापन, युवा सङ्गठनको नेतृत्वसहितको अनुभवको चरण । निर्माणदेखि विश्वाससम्म : पार्टीको केन्द्रीय सदस्या, पोलिटब्युरो सदस्य, पार्टी महामन्त्री बनेको अवधि । यो अवधिमा प्रचण्डको राजनीतिक जीवन सबैभन्दा छलाङमय भएको पाइन्छ । विश्वासदेखि प्रचण्डसम्म : यो अवधिलाई जनयु’द्ध तयारीको चरण, जनयु’द्ध घोषण र सञ्चालनको चरण, शान्तिप्रक्रियाको चरण, माओवादी आ’न्दोलनको क्षयिकरणको चरण र एमालेसागको पार्टी एकताको अवस्था गरेर हेर्न सकिन्छ
जनयु’द्ध तयारीको चरण : विश्वास प्रचण्डमा रुपान्तरण, एकता केन्द्रको निर्माण, संयुक्त जनमोर्चा निर्माण र संसदीय तथा स्थानिय निर्वाचनमा पार्टी सहभागि, माओवादी पार्टी निर्माण । जनयु’द्ध घोषणा र सञ्चालनको चरण : जनमुक्ति सेना, जनसत्ता र जनअदालतको अभ्यास, प्रचण्डपथको संश्लेषण र प्रचण्डलाई खास प्रचण्ड बनाएको अवधि । जनयुद्धको कुशल नेतृत्वकर्ता । शान्ति प्रक्रियाको चरण : विस्तृत शान्ति सम्झौता, प्रचण्डको राष्ट्रिय अन्तराष्ट्रिय लोकप्रियता, जनसत्ता विघटन, संविधानसभाको निर्वाचन, प्रचण्डको सत्तारोहण, जनसेनाको नेपाली सेनामा भर्ना, अन्तरसं’घर्षको तीव्र विकास, संविधानसभाको विघटन । पार्टी कार्यदिशामा विकास गर्न नसकेको ।
माओवादी आ’न्दोलनको क्षयिकरणको चरण : माओवादी पार्टीमा विभाजन, दोस्रो संविधानसभाको निर्वाचन, प्रचण्डको शक्ति क्षयिकरण, प्रचण्ड संसदीय राजनीतिक खेलाडीको रुपमा स्थापित, जनयु’द्धका मूल एजेण्डाहरुमा लेनदेन र संसदीय संविधानको घोषणा ।
एमालेसाग पार्टी एकीकरणपछिको चरण : नेकपाको दुई अध्यक्षमध्यको एक अध्यक्ष, पार्टीभित्र एउटा गुटको नेतृत्व गर्नुपर्ने बाध्यता, माओवादको विसर्जन, खास्कदो लोकप्रियता, भित्री र बाहिरी सन्तुलनमा नै ब्यस्त । प्रचण्डको जीवनमा यस्ता किसिमका आरोह अवरोहहरु धेरै देख्न सकिन्छ । प्रचण्डको चरित्रलाई लिएर विभिन्न राजनीतिकर्मी, विश्लेषक तथा सहकर्मीहरुले आ– आफ्नै धारणा पनि राखेको पाईन्छ । राजनीतिक विश्लेषक तथा प्राध्यापक डा.सुरेनद्र के.सी प्रचण्डलाई एक डायनामिक तथा क्षमता र अवसरको दुरुपयोग गर्ने लिडरको रुपमा चित्रित गर्ने गर्दछन् । त्यस्तै जनयु’द्धका सहयात्री डा. बाबुराम भट्टराईले प्रचण्डलाई एक अस्थिर नेताका रुपमा लिन्छन् भने कुनै बेला मोहन वैद्य किरणले प्रचण्डलाई बहुप्रतिभाशाली नेताका रुपमा लिने गर्दथे । प्रचण्डका सुरुदेखिका सहयात्री रामबहादुर थापा बादल प्रचण्डका बारेमा विज्ञान र कलाको संयोजन भनेर भन्दछन् (खरेल,२०७६:१३८) । त्यस्तै डा. ऋषिराज बरालले आफ्ना पुस्तक ‘नेपाली जनयु’द्ध’ मा प्रचण्डलाई सबैसित ठिक्क हुनसक्ने कला भएका, व्यवहारको चााजोपााजो मिलाउन जान्ने र कुटनीतिक चाल र तालमा माहिर, अध्ययन चिन्तनका क्षेत्रमा छिपछिपे ज्ञान भएका बिहिर सरल र मिजासिला देखिने तर भित्र विषा’क्त स्वभावभका, व्यक्तिवादी, महत्वाकाङ्क्षी र निषे’धमा रमाउने चरित्रका रुपमा प्रस्तुत गरेका छन् । वि’द्रोही नेकपाका महासचिव विप्लवले त आफ्नो ‘महा’पतन’ नामक पुस्तकमा प्रचण्डलाई एक महापतनको यात्रामा हिाडेका यात्री भनेर लेखेका छन् । त्यस्तै लेखक तथा माक्र्सवादी चिन्तक आहुतिले प्रचण्डलाई पुजीवादको सेवा गर्ने सुधारवादी डफ्फाको नेता भनेर भन्ने गर्दछन् । त्यस्तै गरी नेता गोपाल किराातीले प्रचण्डलाई एउटा कार्यक्रममा माओवादी आ’न्दोलनमो अ’पहरण गर्ने डाका भनेका थिए भने पत्रकार शुभशङ्कर कडेलले प्रचण्ड जस्तोसुकै ख’तरा मोल्न सक्ने एक सहासिलो नेताको रुपमा एक अन्तर्वार्तामा उल्लेख गरेका थिए ।
यसरी प्रचण्डको व्यक्तित्वको चित्रण विभिन्न व्यक्तिहरुबाट छुट्टाछुट्टै तरिकाले भएको पाईन्छ । प्रचण्डको राजनीतिक जीवनका उतारचढावहरुलाई हेर्ने हो भने पनि कतिपय अवस्थामा साहसी निर्णय गरे जस्तो, त्याग र सम’र्पण भावले भरिभूर्ण भएजस्तो, कहिले फेरी अत्तालिएर सम्झौता परस्त भएजस्तो, पार्टी बनाउने र भ’त्काउने प्रक्रियामा मात्र लागिरहेको जस्तो,अलि बढी स्वार्थी भएर साघुारो घेरामा मात्र रमाउने जस्तो, व्यक्तिवाद र परिवारवादमा फसे जस्तो आदि इत्यादी विशेषताहरु पाउन सकिन्छ । आज प्रचण्डले बोकेको दर्शन र उसको व्यवहारिक जीवनबीच कत्ति पनि मेल खाादैन । प्रचण्डको राजनीतिक चरित्रलाई बहुआयामिक या अस्थिर, भन्न त जे भन्न पनि सकिएला तर प्रचण्डलाई कसले प्रचण्ड बनायो प्रश्न त्यहा छ । समय अनुसार व्यक्तिको भूमिका बदलिएला, आन्दोलनको स्वरुप बदलिएला
तर उद्देश्य नै बदलिएको अनुभूति सबैले गर्ने गरेका छन् । तसर्थ प्रचण्डको व्यक्तिगत जीवनमा मात्र होईन सिङ्गो कम्युनिष्ट आन्दोलनमा पात्र एक,रुप अनेक बनेका छन्, प्रचण्ड ।
२०७६, चैत्र २५
सन्दर्भसामग्री
के.सी, सुरेन्द्र(२०६५),नेपालमा कम्युनिष्ट आन्दोलनको इतिहास ( भाग–३),काठमाण्डौं : विद्यार्थी पुस्तक भण्डार ।
खरेल, रामप्रसाद(२०७६), प्रचण्ड जनयुद्धका नायक, काठमाण्डौं : मञ्जरी पब्लिकेशन ।
बराल,ऋषिराज(२०६८),नेपाली जनयुद्द,काठमाण्डौं : समयबद्ध द्वैमासिक ।
विप्लव, (२०७५),महापतन, रातोखबर प्रकाशन : काठमाण्डौं । विभिन्न युट्युब भिडियो अन्तर्वार्ताहरु ।