हामी मध्य कती जनाका भाई बहिनी वा छोरा छोरीले सुनेका होलान हेलिन बोलेकको नाम । गत हप्ता अप्रिल ३ को दिन कोरोनाले ५७१४ जनाको ज्या’न लिएको दिन इस्तानबुलमा २८ बर्षिय हेलिन बोलेकको भौतिक शरीरले उनको आ’न्दोलनलाई छोड्यो । सन १९८५ मा गठन भएदेखिनै उनिहरुको साङ्गितिक समुह माथि कैयन धर पकड भए, मु’द्दा चलाइये र जे’ल हालिए । क्रा’न्तिकारी आवद्दताको अभि’योग लगाउदै उनका साथीहरुलाई जे’ल हाले पछी ‘आफुले गाउने गीतको रोजाइको अधिकारको लागि अहि’न्सात्मक भोक हडतालमा बसेको २८८औ दिनमा उनको दे’हान्त भयो ।
हजारौ दर्शक माझ परिवर्तनका गीतहरु, फिल्म र जागरणको अभियान चलाएको योरुम समुहको कलाकर्मी सदस्यता हस्तान्तरण हुँदै जाने गरेको छ । टर्किस मार्क्सवादी लेनिनवादी पार्टी सँगको सन्लग्नताको पृष्ठ भुमिमा यो समुह या’तना र हि’रासत बाबजुद संसारका धेरै देशमा कन्सर्ट र घरेलु श्रोताको प्रिय समुह हो । हेलिन बोलेकले सरकार सँग आफ्नो गीत रोज्ने अधिकारको लडाईंमा आफ्नो ज्या’न गुमा’उदा स्तानबुलको झरिमा उनको अन्तेष्टिको लागि रातो झन्डा, र उनका समुहका केही कमरेडहरु निस्किये । सन २०१६ देखी साङीतिक समुह योरुम माथि लगाइएको प्र’तिबन्ध फुकुवा र जे’लमा रहेका आफ्नो समुहका सदस्यको रिहाइको लागि अनसन बसेकी हेलिन र उनका सहकर्मी इब्राहिम गोसेकले अस्पातलमा उपचार इन्का’र गरेर अनवरत अनसनमा रहेका थिए ।
दुनियाँले कोरोनाको कहर भित्र उनको अन्तिमा दिनको यात्रा र संघ’र्षको कथा राम्ररी देख्न सुन्न पाएन । तर ईतिहासमा उनी आफ्नो पुस्ताको बहादुर र अमर कलाकार भएकी छन । जब दुनियाँमा गीत संगीत एक पूँजीवादको प्रदु’षक कठपुतली र कलाकार उनिहरुको स्वार्थ सिद्द गर्ने उपभोगका साधन वा प्रचारक मात्र बनाइएका छन, त्यो समयमा स्वतन्त्रताको ल’डाईं रोज्नु हेलिनको क्रा’न्तिकारी युग चेतना थियो । कलाले उद्देश्य पाउनु र उद्देश्य सहितको कलाकार पाउनु आजको दुनियाँमा अपबाद नै हो । स्वतन्त्रता र मु’क्त्तिको लागि यो हद सम्मको परिक्षा दिनु आजको दिनमा ग्ल्यामर सँग अतुलनिय उचाइ पनि हो । हेलिन बोलेक सं’घर्षको मैदानमा व’र्ग चेतना र प्रेमको अजम्बरी मिसाइ’ल हुन । उनको बहादुरिले टर्किमा राता झण्डाको सम्मान अनी झण्डाले हेलिन बोलेक पाएको छ ।
यस्तो युग चेतना सँग हाम्रा किशोर किशोरीलाई जोडीन नदिने र उनिहरुका गीत संगीतको लक्ष्यलाई उ’ग्र’ता नाम दिएर द’मन गर्ने प्रथा ब’न्द गरिनु पर्दछ । यो रुम समुहको अबिछिन्न साङ्गितिक यात्रा निर्बाध अगाडि बढन दिएर लोकतन्त्रको सम्मान गरिनु पर्दछ । हामीले कैयन क्रा’न्तिकारी कलाकार माथिको उपेक्षा नजिकबाट हेरेका छौ । संगीतले भविष्य चाहनु अप’राध होइन, गीतले परिवर्तन गाउँनु अप’राध होइन, सिनेमा र साहित्यले समानता र मु’क्त्ती खोज्नु अप’राध होइन बरु त्यसको रक्षा गर्नु आजको समाजको दायित्व हो ।
तिमी ऋणमा छौ गीत- शायद उनले हामीलाई भनेर गएकी छिन् ।
तिम्रो जीवन स्व्यममा ऋणी छ, तिम्रा निधारका रेखाहरुको
तिम्रा आँखाका ज्वालाहरुको, तिमी हराएको कथा हौ मेरो दाजु
पहरा भात्काउने मजदुरहरुलाई, सजिलो होस् भनेर तिमी बोल्दैनौ भने
बगैचा सजाउने हरुलाई, नमस्कार सम्म नगरि छोडेर जान्छौ भने
तिम्रो जीवन स्वयममा ऋणी छ ।