logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

पूंजीवादले हामीलाई मारिरहेको छ, यसलाई नष्ट गर्नुपर्दछ


  • ड्यानियल ट्रेलर
  • आइतबार, चैत्र ३० २०७६

नोवेल कोरोनाभाईरस-2019 (nCOVID-19) ले मानवतालाई नै चुनौती दिएको छ : कुन सिद्धान्तहरुमा तपाईले आफ्नो समजलाई संगठित गर्नुहुन्छ ? आपसी सहयोग , योजना , पार्दर्शिता, र सामाजिक एक्यवद्धताद्वारा यो विश्वमहामारीलाई हराउन सकिन्थ्यो । तर बदलामा, यो प्रतिस्पर्धा , रहस्य, झुठ, र अतिलोभमा आधारित समाजभित्र जन्मियो । हो , यो संकटकोलागी पूंजीवाद दोषी छ । यसले, हामीलाई कोभिड-१९ ल्यायो , यसलाई पुरै विश्वभरी फैलायो । पूंजिवादले खतरामाथि कुनैपनी प्रतिक्रीया जनाउन नसक्ने एउटा स्वास्थ प्रणालि र राजनितिक संस्कृतीको निर्माण गर्‍यो र अहिले एउटा भुमंडलिय आर्थिक संकटको खतरा छ । जसले केवल जोखिम, विपत्ती र डरलाई झन तिब्ररुपमा बढाउनेछ । केवल केही सप्ताहमै प्रत्येक महादेशसम्म सरुवारोगहरु फैलाउनकालागी पूंजीवादले संसारलाई अझ राम्रोसंग जोडेको छ । तर पूंजीवादले कुनै पनि स्तरमा सामुहिक योजनाबनाउने क्षमता अन्तरास्ट्रियरुपबाटै वेलकुल मेटाईदिइसकेको छ । यसले मुनाफाकालागी र सैन्यलाभकालागी होडबाजी गर्ने अराजकहरुद्वारा पुर्णरुपामा शासित विश्वको निर्माण गरेको छ, जहाँ युद्धका हतियारहरुका कुरा आउदा दशकौं पहिला योजना बनाउनसक्ने हाम्रा शासकहरु रोगहरु नियन्त्रणकालागी केहि महिना पहिला योजना बनाउन सक्दैनन ।
पूंजीवादी विश्वको नेतृत्वशक्ती संयुक्त राज्य अमेरिकाले यसको आफ्नै महामारी नियन्त्रण विभागलाई भंग गरिदिएको छ । परन्तु चीन र रसिया संग युद्धको तैयारीकालागी आगामी २५ वर्षभरी आफ्ना न्युक्लियर हतियारहरु भंण्डारणका सवै पक्षहरु सुदृढीकरण र आधुनिकीकरण गर्न ठ्याक्कै 1.7 खर्ब अमेरिकन डलर लगानीगरेको छ । एचवान एनवान(H1N1) र सार्स(SARS) संग बाल-बाल बाँचिसकेपछि भ्याक्सिन र महामारी नियन्त्रणका उपायहरु विकास गर्न लगानी गर्नुकोसट्टा विश्वभरिका पूंजीवादी सरकारहरु सामन्यरुपले ब्यापारमा फर्किएर आफ्ना सेनाहरु निर्माण गरे , मुनाफाका मार्जिनहरु संरक्षण गरे, र बाँकी सबैलाई भाग्यका भरमा छोडिदिए ।
भर्खरै चिकात्सा विशेषज्ञहरुले अपेक्षित निमोनियाका बिरामीहरूको संख्या उपलब्ध भेन्टिलेटरहरु र अस्पतालका बेडहरुका संख्याभन्दा बिपरित छन भनेर डरलाग्दा आंकडा प्रदर्शित गरेका छन । साहेद यतिवेला सारासंसारभरी नै वितरण गरिने उच्चठूला औधोगिक खरखानाहरु नियन्त्रण गर्ने युद्ध सामाग्रीहरूका प्रबन्धकहरू आफ्नो मुनाफा गणना गरिरहेका हुनसक्छन ।
हामिले यस्तो प्रणालिलाई अन्त्य गर्नैपदर्छ जसले आफ्नो सवै प्राविधिक क्षमताकासाथमा हामिलाई अर्बौंमा कसरी मार्ने भनेर योजना बनाउनसक्दछ तर हामीलाई कसरी जिवित राख्ने भनेर योजना बनाउन सक्दैन ।
पूजिंवादले चिनलाई ग्रामीणभेग र विशाल महानगरभित्रका एक अर्बभन्दा बढि जनसंख्याबाट संचालित विश्वको कम्पनिमा परिणत गरिदिएको छ, सत्तावादी प्रवन्धकद्वारा शासितराज्य जसको माथिका संचालकले विश्वबजारलाई सन्तुष्ट राख्नकालागी सस्ता बस्तुहरुको उत्पदन जारी राख्न निर्देशन दिएकाछन । सेन्सरशिप देखि लिएर वेईमानिका साथ प्ररम्भिक भाईरसको प्रकोप अकस्मात भेटिएको थियो जसले चिनियाँ कारखाना प्रणालिलाई विश्वपूंजिवादकालागी अझै अपरिहार्य बनायो । जतिन्जेल सत्य स्विकरीएको थियो त्यतिन्जेल कोभिड-१९ आफ्नैशैलिमा संसारभर गइसकेको थियो । अहिले, चिनका श्रमिकहरूलाई उनिहरुका ठुला कारखानाहरूमा काम सुरुगर्न फिर्तापठाइएको छ, जसका कारण नाफाको प्रवहा फेरि छिटो भन्दा छिटो सुचारुहुन सम्भव हुन सक्छ ।
पूंजिवादले विश्वलाई सैनिक श्रेष्ठताकालागी एक अर्कोसंग होडबाजि गर्ने राष्टहरुको एउटा प्रणालीमा संगठित गरीदिएको छ । जस्तो ईरानी सरकारले पुरै सिरियाभरीका हस्पिटलहरुलाई स-सना टुक्रा-टुक्रा गरि उडाएको छ त्यस्तै गरेर संयुक्तराज्य अमेरिकाले इराक र अफगानिस्तानमा उडाएको छ । अहिले संयुक्त राज्यले इरानमाथी प्रतिबन्ध लगाएको छ, ईरान भने महामारीद्वारा सबैभन्दा खराब आघात गरिएका देशहरुमध्येको एक हो, यसका बाबजुद पनि अमेरिकाले ईरानी डक्टरहरु र स्वस्थ अधिकारीहरुलाई महामरीको अन्तरास्ट्रिय फैलावटको ट्र्याकिङ गर्ने अनलाइनको केन्द्रीय सुचनाको पहुँचबाट बञ्चित गरेको छ । संयुक्तराज्य अमेरिका आफ्ना तथ्यांक ईरानसंग बाँडफाँड गर्न सक्दैन र उसले ईरानलाई सहयोग पठाउनेछैन । बरु उसले आफ्ना जासुसी भू-उपग्रहरु पठाउनसक्छ , जे भएपनी जासुसी भू-उपग्रहरुले युद्धलाइ सहज बनाउछन । अहिले ती जासुसी भू-उपग्रहरु ईरानभरीका अत्यन्तै खराब तरिकाले प्रभावित सहरहरुका सामुहिक चिहानहरु खनेर खुलासागर्न गइरहेका छन ।
पश्चिमा पूंजिवादि पत्रकाहरुले आफ्ना चिनियाँ प्रतिद्वन्दीहरुको मिथ्याभाषणमा हासोँ उडाए । यद्यपि पश्चिमा पूंजीवादीहरु आफ्ना उत्पादन प्रणालीहरूकालागी सस्तो श्रमको सुनिश्चिता गर्न तिनिहरूले भन्ने कथित निरङ्कुस चिनियाँ शासनप्रणाली माथी नै निर्भर छन । तर तर्कहीनता र झुट चिनियाँ पूंजीवादी राज्यकालागी अद्धितिय समस्या होइनन ।
अहिले कोभिड-१९ ले संयुक्त राज्यका महानगरहरुका आसपासमा जरा हालिरहेको छ र पश्चिमी प्रजातन्त्र आर्थत पश्चिमी पूंजीवादले यसलाई अझै प्रधान देखिरहेको छैन ।
पश्चिममका आधिकांस भुभागमा पछिल्लो आर्थिक संकटद्वारा निम्तिएको विपत्तिको कारण, धेरै घुम्ती र मोडहरुका साथ , डोनाल्ड ट्रम्पद्वरा आदर्शबनाइएको, खुल्लम-खुल्ला विज्ञान विरोधि र षड्यन्त्रमूलक राजनितिको फल्दो-फाफ्दोरुपले नेतृत्व गरेको थियो । जलवायुपरिवर्तनको वास्तविकतालाई अस्वीकार गरेको एक वर्षको अभ्यासपछि अहिले ट्रम्प र उनका लोकप्रिय दक्षिणपन्थी सह-चिन्तकहरूले तिनिहरुका सहयोगीहरुका बिचमा भाइरसको अस्वीकार्यतावादलाई पुर्णरुपमा प्रोत्साहित गरेका छन । पोलकाअनुसार कोभिड-१९ को गम्भिरतामाथी अविश्वास गर्नेमा संयुक्त राज्यका अन्य अमेरिकीहरु भन्दा रिपब्लिकनहरु संम्भवत टाढा रहेकाछन ।

आउदा दिनहररूमा र हप्ताहरूमा तिनिहरूका प्रतिक्रियामा कति परिवर्तन आउँछ भन्नेकुरा जोसुकै भएपनी, डोनाल्ड ट्रम्पले प्ररम्भिक हप्ताहरूका महत्वपुर्ण आकंडाहरु विशेषरूपले आर्थिक र शेयरबजारहरू क्रीतिमरुपले उठाउने झुठो र बहादुरीमा केन्द्रीत गरेकाछन । ब्रेक्जिट अर्थब्यबस्थामा किर्नो टांसिएझै टिकाइराख्न उत्साही भएका बोरिस जोनसोनले ट्रम्पको एपिगोन अर्थतन्त्र मा हस्तक्षेप गर्नकालागी सस्तो अवन्ध नीति विकल्पकारुपमा केहिसमयकालागी परिक्षण गरे ,र सकेसम्म धेरै ब्रिटनहरू संक्रमित गर्न र “सामुहिक प्रतिरक्षा” लाई बढावा दिन अनुमति दिए । श्रमजीवी वर्गका जनता जो आफ्ना धेरै जिवनकासाथ यो बहादुरीकालागी आफ्नो जिवनको मूल्य चुकाउनेछन ।
के पूंजीवादका शिल्पशास्त्री नरम्पन्थीहरू अतिउत्तम छन ? संयुक्त राज्य अमेरिकामा महामारी व्याप्त भएको वेला त्यहाँको राजनितिक स्थायित्वको भर्खरै तिनिनिहरूले वर्षौंको ठूलो राजनितिक विजउत्सव मनाएका थिए । तिनिहरु डोनाल्ड ट्रम्पबाट छुटकारा पाउन कहिल्यै सफल भएनन । परन्तु तिनिहरुले साहेद स्वास्थप्रणालिबाट तर्कसंगत मुनाफालिन अमेरिकालाई सुझाव दिनकालागी हिम्मत गरी वर्नी स्यान्डरलाई नकआउट धक्कादिन अन्तमा सम्झौता गरे । ति “ओवामा विडेन प्रजातान्त्रिक” जसले अमेरिकाको मुनाफामुखी स्वास्थसेवाको रक्षागर्नकालागी प्राक्रम पुर्वक परिश्रम गरे । तिनिहरु आफ्नो प्रीय मुनाफामुखी स्वास्थप्रणाली छिट्टै आफ्नो मुनाफामुखी काममा सक्षम भएको देख्नेछन ।

यहाँ अहिले अष्ट्रेलियामा विपत्ती अस्विकार गर्ने कुख्यात पेन्टेकोस्टल प्रधानमन्त्री स्कट मोरिसनलाई यो सजिलै उपहासगर्न काफी थियो । जसले सार्वजनिक स्थानाहरुमा प्रतिबन्ध को प्रबन्ध गर्न ढिलाई तबसम्म गरे जबसम्म उनको अनुग्रह प्राप्त हिल्संङ चर्चले तिनिहरुका सप्ताहनतभरीका ठुला समारोह समापनगरेन । मोरिसन गन र गनपाउडर(आगो र गन्धक) का सच्चा विश्वासी हुन । र झन विसृंखलित भएको उनको राजनितिक पार्टी व्यापारकेन्द्रीत राजनितिक परियोजनाकालागी सक्रीय समुहसमर्थित आधारकारुमा रहेका इसाई चरम्पन्थिहरूमा निर्भर छ । भिक्टोरीयका वहुचर्चित सामाजिक दृष्टिमा प्रगतिशिल शिल्पशास्त्री , प्रमुख डेनियल एन्ड्र्युस, पनि यिनसंग धेरै समान थिए ।

एन्ड्र्युसले मेलवर्नमा रहेको फरमुला वान ग्राण्ड प्रीक्स्मा भएको सार्वजनिक भेलामाथी रोकलगाउनमा हस्तक्षेपगर्न अस्विकार गरे । जुन दौड निर्धारित समय सुरुभएपछिको अन्तिम मिनेटपछि, अन्तिम घण्टापछिपनी आयोजकद्वारा बन्द गरिएको थिएन । समय संगै जतिबेला रद्ध गर्ने घोषणा गरियो त्यतिबेलासम्म हज्जारौं सुभचिन्तकहरू निकट सनिध्यताभित्र घण्टौकालागी लाममा लागीरहेका थिए । आखिरमा, त्याहाँ त्यो दौडमा प्रशस्त दौलत थियो । आर्थिक होडबाजीमा आधारित यस संसारमा
तपाईको पैसाकात्ने ठूलो प्रतिस्पर्धा रद्द गर्न को पहिलाहुन चाहन्छ ?

मुनाफा, प्रतिस्पर्धा , असमानता, र असत्यले नोवेल कोरोना भाईरसलाई बढ्दो विश्वव्यापी विनाशमा परिणत गरीदिएको छ। पृष्ठभुमिमा, प्रत्येककदिन र अहिले प्रत्यक घण्टाले बन्दसिमानाहरुका,
बन्दसहरहरुका, एकाएक गायबभएका अस्पतालहरूका धेरै समचारहरु ल्याउछन ।परन्तु बढ्दैगएको प्रत्येकअस्पष्टता मुनाफासंयन्त्ररुपको एउटा आर्थिक दुर्घटनाको खतरा हो । जस्तो मुनाफा संयन्त्रको यो प्रणालि जसद्वारा पूंजीवादले आजको धनलाई भोलिको समाजिक संगठन विघटनगर्नमा परीणत गर्दछ।

अष्ट्रेलियाको निजिस्तरको स्वमित्वमा रहेका, नाफामुखी बन्दरगाहहरुले तिनिहरुको विवरण एकमहिनामा केवल एकपटक जारी गर्छन । तर यतायतमजदुर संघका केही सदस्यहरु पहिल्यै असिप्रतिसत (८०%) जलयत्रामा ह्रास आएको रिपोर्टिङ गरिरहेकाछन । बजार-आधारित समाज ले प्राकृतिक प्रकोपलाई आर्थिक उत्थानमा परीणत गर्दछ ।

प्रणालिको तर्कहिनताको तपाइलाई अरु के प्रमाण चाहिन्छ ? किन एक यस्तो प्रणाली स्विकार गर्ने ? जसले हामिलाई केवल भाइरसद्वारा मात्र बर्बाद पार्दैन साथै त्यसपछि गरिबिको सास्तीद्वारा बर्बाद पार्छ ।

पछिल्लोआर्थिक दुर्घटना एक दशक पहिलेमात्र भयो । संकटले राजनितीक परिवर्तन गरिदिन्छ । यसले हालत पुर्णरुपमा पिक्षुप्त बनाउछ । जबकि यो स्पष्टरुपमा टुक्रीरहेकोछ भने यथास्थितिमा किन स्विकार गर्ने ? संकटले हामिलाई भ्रन्तिहरुको समानागर्न बाध्य पार्न सक्छ । यसले तिनिहरु जे हुन त्यसकालागी शाक्तिशाली खुलासागरिदनसक्छ ।

पछिल्लो संकट, सन २००८ को वित्तीय दुर्घटनाले अति ठुलो राजनितिक उथलपुथल को नेतृत्व गर्‍यो । जनआन्दोलनले अधिकमात्रामा संसारलाई नै बढार्‍यो । क्रान्तिहरुले तानाशाहरुको शासन ढ्याल्यो । नवउद्वारवादी मध्यवामपन्थी र दक्षिणपन्थी पपुलिस्ट शक्तिहरूकोआकर्मण मा पर्‍यो । पुराना राजनितिक पार्टिहरु,र पुरानो वैचारिक निश्चितताहरुको लडाइँ सुरु भएको छ ।
त्यो धेरै रुपान्तरणद्वारा आकार दिएको संसारमा अहिले हामिले नयाँ संकटको सामना गरीरहेका छौं ।
जतिबेला धेरै वाम-लोकतान्त्रिकका चुनौतिहरुले तिनिहरुको उर्जा ससमाप्त गरिदिएको छ र तिनिहरू चुनावी राजनितीका साथ विश्वपूंजिवादको तर्कलाई बस्तविक चुनौतिदिन असफल भइरहेका छन, त्यतिवेला ती दक्षिणपन्थी लोकतान्त्रिक शक्तिहरु संसारका धेरैजसो भागमा स्थापना भए ।
प्रणाली फेरि असफल हुन नदिउ । यहि समय वरिपरि, हामिलाई मुलरुपमा अझै केही कठ्ठरपन्थी हुन आवश्यक छ । केहीकुरा जसले नयाँ सामजिक अन्दोलन्हरुका जनसंघर्षलाई पूंजीवाद-विरोधी क्रान्तिकारी राजनितीसंग जोड्दछ । जो अधिकार लिन र प्राणालिको समाजिकिकरणमा आधारीत होइन । तर यसलाई टुक्रा-टुक्रामा चुरापारी यसको ठाउँमा नयाँ विश्वको प्रतिस्थापन गर्नुपर्छ ।
अन्तरास्ट्रिय संघर्षको लामो भुइँचालोद्वारा हल्लाएको बेला विश्वमा कोभिड-१९ को जन्म भएको थियो । ८ देखि १० जनवरी सम्म तीन दिनसम्मको अवधिमा अस्ट्रेलियाको जङ्गलमा लागेको विनाशकारी डढेलोले निम्त्याएको पारिस्थितिक महाविपत्तीको विरोधमा संगठनले आयोजनगरेको राष्ट्रिय विरोधप्रदर्शनमा सयौं हजार सहभागी भएर बिरोध जनए , जसलाई रेड फ्ल्याग-वैकल्पिक सामाजवादी(Red Flag Scientific Alternative) ले प्रकाशितगरेको छ । फ्रान्सका श्रमजीवीवर्गले राष्ट्रिय हडतालहरुमा सडक तताएर वर्तमान समयकै महत्वपूर्ण मजदुरआन्दोलनहरूमध्यको एक मजदुरआन्दोललाई पुनर्जीवित गरेको छ ; र चिनियाँ वैज्ञानिकहरूले घोषणा गरेकाछन कि वुहानमा न्युमोनियाका संभव्य घटनाहरुलाई कोरोनाभाईको नयाँ तनावसंग जोडिएको छ । संसारमा बढ्दैगईरहेको यो भाईरसले विश्वलाई विष्पोटहुन तयार गरेको छ । अहिलेकालागी, त्रास र एकान्तवास भनेका यो महामारीका मुख्य समाजिक असरहरू हुन । कयौं संकटले पहिले दुर्बलताको भावलाई भड्काउछन । तर त्यो कथाको एक पक्ष मात्रै हुनेछ ।
प्रतिबन्धहरु, व्यपारिक मन्दिहरु, र महामारीहरुले मानिसहरुलाई डराउछन र एक्लो बनाउदछन । परन्तु तिनिहरूले शक्तिशाली हुनकालागी प्रतिरोध, एकाता र घृणालाई प्रेरणा समेत दिनसक्छन । वुहानका निवासिहरु जसले आफ्ना टावरब्लकहरूमा ताल्चा लगाएकाछन , हङ्कङमा जआन्दोलनको नारा “तेल जोड” जसले चिनियाँ कम्युनिस्ट पार्टिलाई चुनौती दियो तिनिहरूले आफ्ना कौसिहरूमा त्यहिनारा लिएर लगाए ।
त्यो चिलियनहरुबाट प्रभावित थियो, जसले दक्षिणपन्थी सरकारले तिनिहरुका विरोधप्रदर्शन रोक्ने प्रायोजनले मौन-निषेधाज्ञा जारीगरेको बखतमा आफ्ना कौसिहरुबाट गीतहरु र वामपन्थी गीतहरु पालैपालो गाएका थिए । अहिले यो गायन लकडाउन सहर इटालिमा फैलिएको छ ।
जहाँ श्रमजीवीहरूका बिचमा तिब्र हडतालहरूका तरङ्ग अचानक पहिल्यै देखापरेका थिए किनकी तिनिहरुका मालिकहरूले असुरक्षित अबस्थामा तिनिहरूलाई कामजारीराख्न माग गरीरहेका थिए ।

आउनलागेको संकट सन २००८ को संकटभन्दा भिन्न छ । यो जनसंघर्षको प्रार्दुभावपछाडि प्रारमंभ हुन्छ, नवउदारवाद पछिल्लो मंदिको दुष्परीणामद्वारा सुरुदेखीनै वैचारिकरुपमा चकनाचुर भैसकेको थियो , मध्यवाम लोकप्रितावादको पुनरुत्थानपछि यसले पहिल्यै आफ्ना सिमाहरू संकेत गरीसकेको थियो । यो संकट तब आयो जब विश्वका शासकहरुले आफ्नो प्रतिक्रियामा तिनिहरुले अन्तिम संघर्षको तरङ्गमाथि प्रष्ट बर्बरता देखाए जसमा मध्यपूर्वका लोकप्रिय आन्दोलनहरुमा उनिहरुको भौतिक उन्मूलन , मध्यवाम पार्टिहरुमा उनिहरुको दु:खद विनास, जसले चुनावि प्रकृयाका माध्यमबाट कानुनहरुद्वारा खेलेर काम गर्ने प्रयस गरे , र नयाँ फासिवादप्रेरित दक्षिणपन्थी आन्दोलनहरुसंग तिनिहरुको मेलमिलाप गराउने जसलाई पूंजीवादी राजनितिको मूलप्रवाहमा झन शासकीय भूमिका दिइएको छ ।
आउने दिनहरु, आउने हप्ताहरु, आउने वर्षहरु अप्रत्याशित हुनेछन । स्थिरता र अस्थिरता, विद्रोह र शान्त, यसको आफ्नै संकटसंग डटेर मुकाविला गर्न एकअर्कामा वृद्धि हुनेछ र एउटा प्राणालीजस्तै एउटाबाट अर्कोमा प्रवाहित हुनेछन । जस्तो श्रमिकवर्ग यसको आफ्नै स्थायित्वकालागी लड्छ । तर पूंजीवादी व्यवस्था कुनैपनी सामजलाई अब लामोसमयसम्म संहठित गर्न अक्षम छ भन्ने कुरा पूंजीवादीप्राणालीले नै प्रमाणित गरेको छ । त्यसैले, जे-जस्तो भएपनि आउनेसमयमा महत्वपूर्ण कुरा भनेको जो सुकैलेपनी तिनिहरुले आफैलाई त्यस प्रणालिकालागी एक क्रान्तिकारी प्रतिपक्षको निर्माणमा समर्पित गर्न सक्नु हो कि जुन प्रणालिले हामिलाई यस विन्दुमा ल्याईपुर्‍याएको छ ।

लेखक : ड्यानियल ट्रेलर सम्पादक रेडफ्ल्याग वैकल्पिक समजवादी।
अनुवादक : उषाकिरण आजाद

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार